Jyoti Bhattachan’s Unhealthy Third Eye

Jyoti Bhattachan’s Unhealthy Third Eye

ज्योती भट्टचनको  तेस्रो नेत्रको अनुभव र प्रेतहरुसंगको सम्पर्क ।

Date 12.07.2016

बिरामीको जांच र उपचारको क्रममा भएका घटना

परिचय: ज्योती भट्टचन, घर: नदिपुर, वार्ड न …., पोखरा उप-महानगरपालिका, कास्की जिल्ला, गण्डकी अन्चल, नेपाल, पुरानो घर: थाक खोला, मुस्ताङ्ग

यो सबैका लागि खबर हो । यसलाई बुझ्ने प्रयास गरौँ र पात्रहरुलाई आदर गरौँ ।

यो भिडियो अनि संबेदनशिल र महत्वपूर्ण छ ।  यो भिडियो हेर्न सदस्यता स्तर ४ प्राप्त गरेको हुनु पर्दछ वा स्वयम् ज्योती भट्टचनको अनुमतिबाट पासवर्ड प्राप्त गरि हेर्न सकिन्छ । उहाँकाे अनुराेधमा याे भिडियाे सबैले हेर्न नमिल्न पासवर्ड बनाइएकाे हाे ।

 

ज्याेती भट्टचन पाेखरामा एक धेरैले चिन्ने व्यक्ति हुनुहुन्छ । उहाँ पाेखराकाे पृथ्विनारायण क्याम्पसकाे करिब ४० साल देखि इतिहासकाे प्राध्यापक हुनुहुन्छ । थकाली जात भएकाे र पढेकाे व्यक्ति भएर उहाँकाे थकाली समाजमा ठुलाे मान मर्यादा रहेछ ।

उहाँलार्इ हामी कहाँ ल्याइदिनु भएकाे उहाँकाे भाइ पर्ने अरूण भट्टचनले हाे । अरूणजी पनि अाफ्नै अज्ञात राेग र समस्याले हामीकहाँ अाउनु भएकाे हाे । हाम्राे क्लासमा भएका चर्चा र घटनाहरू, उदाहरणहरू र अनुभवहरू हेर्दा हाम्राे सबै थकालीहरूलार्इ यही राेग लागेकाे छ भनेर जाेक गर्दै उहाँले हसाउनु भयाे अनि अाफ्नाे परिचित र नातेदार पनि पर्ने दिदी ज्याेती भट्टचनजीलार्इ लिएर अाउनु भयाे ।

सुरूमा ज्याेतीजी हामीकहाँ अाउदा उहाँलार्इ समस्याकाे समाधान चाहिएकाे कि नचाहिएकाे जत्तिकै हुनुहुन्थ्याे । उहाँमा याे समस्या यति गढेकाे थियाे कि उहाँलार्इ ती समस्याहरूकाे बानी परिसकेकाे थियाे ।

हामी डाक्टर हाैँ त्यसैले बिरामीकाे हरेक गतिविधिकाे चियाे गर्नु हाम्राे काम हाे । उहाँ अाफुलार्इ सम्हालेर पनि हिड्न गाह्राे भइसकेकाे थियाे । शारीरिक सफासुग्घर, कपडा लगाइ तरिकामा एक शब्दमा भन्दा जथाभावीपन अाइसकेकाे थियाे र याे कुरा सबै उपस्थितहरूले थाहा पाइसकेका थिए ।

अब अझ प्रमुख कुरा तिर लागाैँ । उहाँलार्इ करिब १२ बर्ष देखिबाट कानमा अाएर के के बाेल्छ रे । तर उहाँले ती कुराहरू कानले सुन्ने मात्र नभएर मुखबाट बाेल्न थाल्नु हुन्थ्याे रे । हाम्राे क्लासमा अाएर पनि यस्ताे बाेलेकाे सुनेकाे घटनाहरू देख्न पाइयाे र केही घटनाहरू क्यामेरामा खिच्न पनि पाइयाे । तर पनि  उहाँले कानमा सुन्ने र त्यही अनुसार नबुझ्ने भाषामा बाेल्ने गरेकाे घटनाहरू अाकस्मित हुने भएकाे भएर सबै घटनाहरू खिच्न पाइएन । उहाँ क्लासमा एक्लै बाेल्नु हुन्थ्याे के हाे के हाे नबुझिने भाषामा । हामीहरू क्लासमा अरू मानिससँग अरूनै बिषयमा कुरा गरेपनि उहाँले त्याे नबुझिने भाषामा बाेल्नु हुन्थ्याे र भन्नु हुन्थ्याे कि याे कसैले हामीलार्इ जवाफ दिन खाेज्दैछ रे । त्याे भाषा मनाङ्ग मुस्ताङ्गकाे थकाली, भाेटे भाषा पनि हैन रे र उहाँले पनि बुझ्नुहुन्न रे । कसै कसैले याे पुरानाे तिब्बती भाषा जस्ताे छ भनेकाे भएर काठमाण्डाैमा बाैध्द गुम्बामा तिब्बतबाट अाएकाे सबैभन्दा ठुलाे लामालार्इ सुनाउदा पनि अर्थ लाउन सकेन रे । ती तिब्बती लामाहरूकाे भनार्इ अनुसार उहाँले बाेल्ने गर्नु भएकाे कुराहरू कुनै स्तुती हाेकि जस्ताे छ तर केही अर्थ लगाउन नसकेर र उपचारका केही विधिहरू नजानेर फर्कनु भएकाे रहेछ । अन्य विभिन्न ठाउँ, मान्छे, लामा, झाक्री, मन्दिरमा पूजा, गुरूकाे मन्त्र र साधनाहरू पनि अलि अलि गर्नु भएकाे रहेछ ।

थकाली जात थर धर्म र सँस्कारहरू अनुसारका कुनै चाढ पर्वहरू भएकाे बेलामा झन उहाँलार्इ कानमा बाेल्ने बढि हुन्छ रे । अाफ्नाे गाउँ तिरकाे कुनै डाँडालार्इ हेरेर घण्टाै त्यही नबुझिने भाषामा बाेलेर बस्ने गर्थेँ, केही कुराहरू याद र थाहा हुन्थ्याे तर अाफुलार्इ कन्ट्राेल गर्न सक्दिनथेँ भन्नुभयाे ।

म समाजिक मान्छे विभिन्न समाराेहरूमा उपस्थित हुँदा पनि यस्ताे बाेल्न अाउथ्याे त्यसैले भरसक अन्त कतै जान मन लाग्दैन भन्नुभयाे ।

याे एक सामाजिक, पारिवारिक राेग हाे । उहाँकाे अाफ्नाे दार्इले पनि पितृहरू कहिले कहिले देख्ने गरेकाे थियाे रे । उहाँकाे अाफ्नै दिदी पनि यस्तै गरेर सँधै पितृ, देवी देवताहरू सँग सँधै कुरा गरेर बस्छु भन्नुभयाे । अाफ्नी बहिनी ज्याेती भट्टचनले  दिदीलार्इ उपचार गर्न ल्याउदा दिदीले मलार्इ किन उपचार गर्नु पर्याे । मैले पितृ देखेकाे त हाे । त्याे भन्दैमा मलार्इ किन उपचार गर्नु पर्याे भन्नुभयाे ।

हामी कहाँ अाउन थाल्नु भए पछि हामीले जानेकाे बुझेकाे ज्ञान र तेस्राे नेत्रकाे अस्वस्थ समस्याकाे ज्ञान भएकाे भएर हामीहरूले केही कुरा गहिराइमा बुझ्न सफल भयाैँ । हाम्रा सबैकुरा मान्न ज्याेतीजी पनि तयार हुनु भएन । किनकि उहाँले बाेकेर हिडिरहनु भएकाे राेग उहाँहरूकै कर्म, शिक्षा, धर्म र सँस्कारले ल्याएकाे थियाे । धर्म र सँस्कारहरू देखासिकिमा गरिदै जाँदा बिच बाटामा ती सँस्कारहरूले अाफ्नाे उध्देस्य र महत्व हराउन सक्ने रहेछन् र एक रूढिवादी सँस्कारका रूपमा हाम्राे सामु रहेकाे हुन सक्दाेरहेछन् । सबै सँस्कारहरू त्यस्तै हुन् भन्न खाेजेकाे हाेइन । तर पनि केही महत्वपूर्ण कुराहरू हामीले उहाँलार्इ बुझाउन सफल भएका थियाैँ र केही विधिहरू पालना गर्न थाल्नु भएकाे थियाे जसका फल स्वरूप केही महिना पछि उहाँमा राेगका लक्षणहरू कम भएका छन् । उहाँकाे कानमा अाएर बाेल्ने र त्यस सँगसँगै उहाँले पनि मुखले बाेल्ने क्रम कम भएकाे छ । समय बित्दै जाँदा अन्य सुधारहरू अाउने हामीले अाशा राखेका छाैँ ।

करिब ३ महिना पछि काे भिडियाे हाे याे ।

 

क्रमशः अन्य प्राप्त भन्न याेग्य र सुधारका सामाग्रीहरू लिएर अाउने छाैँ ।

This post is also available in: English

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.