Kanya Gurung and snake god(Nag)

Kanya Gurung, Pokhara, Dip Housing, (Ex. British Gorkha solders’s family, Now Residence of Britain)

उहाँलार्इ एक अज्ञात समस्याले छाेएकाे रहेछ । राेगले कहिले छाेएकाे थियाे थाहा भएन तर अस्वस्थताका  लक्षणहरू बेलायतमा बस्ता सुरू भएकाे थियाे रे । उहाँमा केहि शारीरिक र मानसिक परिवर्तनहरू रिसाउने, झिझाे लाग्नेहरू त अलि अलि सुरू भएकाे रहेछ तर अचानक एक दिन काम्न थाल्नु भएछ र बेहाेस तरिकाले बाेल्न थाल्नु भएछ ।  नबुझ्ने खाम भाषामा बाेल्नु हुन्थ्याे रे कहिले कहिँ । उहाँले के के बाेल्नु भयाे उहाँलाइ थाहा थिएन तर धेरै बेर बाेल्नु भएछ र व्यवहारिक कुराहरू असन्तुष्टका कुराहरू गर्नु भएकाे थियाे रे। अनि यहाँलाइ तुरून्त बेलायतकाे अार्मी हस्पिटलमा लगियाे रे । हस्पिटलमा पुग्दा पनि उहाँ काम्दै बाेल्दै हुनुहुन्थ्याे रे । डाक्टरहरूले जाँचेर केहि राेग नदेखेर पारिवारिक चिन्ताले हाेला भनेर फिर्ता पठाइ दिएछन् ।  त्यसपछि उहाँ पटक पटक काम्न थाल्नु भयाे । बेलायतमा भएका साथीहरूले विभिन्न सल्लाह दिने क्रममा झारफुक गर्ने मानिस पनि भेटिएछ बेलायतमा । त्यहाँ बेलायतमा भेटिएका झारफुक गर्नेहरूकाे अनुसरण गरेर पनि कुनै राहत मिलेन रे । कसैले पुजाअाजा गर्न सिकाएछन् । उहाँले मिहिनेतले साफ सुग्घर सुध्ध भएर सबै विधि पुर्याएर सँधै पुजाअाजा गरिन रे । तर उनमा अाएकाे अज्ञात लक्षणले घर परिवारका सबै  सदस्यहरूमा अशान्ती अाएकाे अनुभव गरेका रहेछन् । करिब १० बर्ष जति बेलायतमा बसेर गरिएकाे मिहिनेत र उपचारले कुनै स्पष्ट कमि नअाए पछि उनीलार्इ नेपालमा ल्याइएकाे रहेछ । नेपालमा अाएर करिब ३ देखि ४ बर्षसम्म उपचारकाे क्रममा विभिन्न लामा, झाँक्री, धार्मिक गुरूहरूकाे पछि लाग्दै उनीहरूकै निर्देशनहरू अनुसरण गर्दै, पुजा पाठहरू गर्ने, माछा मासु नखाने, लसुन प्याज नखाने, अरूले पकाएकाे नखाने, अरूले छाेएकाे नखाने कुराहरू सिक्नु भएकाे रहेछ । कुनै अाफन्तकहाँ पाहुना हुन जाँदा अाफैले घरमा पकाएर लानु पर्ने बाध्यता थियाे रे । नत्र शरीरमा नाग रिसाएर गालि गर्न अाउथ्याे रे । यस्ताे अज्ञात खबर र विस्वासमा जीवन काट्दै थिइन । एक दिन अचानक एक जना छिमेकी बहिनी दीपा श्रेष्ठ सँग भेटहुँदा अाफ्ना जीवनका कथा र व्यथाहरू साटासाट गर्ने क्रममा हाम्राे बारेमा सुन्ने माैका पाइछिन र ठुलाे अाशाले म अाएकि हुँ भनेकि थिइन् । तर पहिलाे दिनकाे कुराकानीमा उनी म सँग केहि गुहार माग्न अाएकाे नभएर मलाइ धर्म संस्कारकाे बारेमा सिकाउन अाएकि जस्तै कुरा गर्न थालिन । उनीका देवीदेवताहरूकाे प्रशँसा, नागका प्रशँसा, धर्म गुरूहरूका प्रशँसा गर्न थालिन । मलाइ लामाे कुरा गर्ने फुर्सद नभएकाेले मैले भनेँ मलाइनै केहि सिकाउन अाएकि हाै भने फर्केर जाउ अाफ्नाे बाटाे लाग, मैले तिमीलाइ बाेलाएकाे हाेइन तिमी अाफै अाएकि हाै, मलाइ तिम्राे शिक्षा लिनु पर्ने अावस्यकता छैन भनेर अलि मिलाएर घुमाएर भनेँ । अलि कति बुझिछिन क्या त्यस पछि मलाइ सिकाउन छाेडिन् । केही समय, महिनासम्मकाे परामर्शले उनीमा परिवर्तन अाउन थाल्याे । उनीका ती अज्ञात लक्षण र बाध्यताहरू अहिले छैनन् भनेर भन्छिन अाजकाल । तर उपभार अझै चल्दैछ । क्रमशः

This post is also available in: English Hindi

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.