कुशल श्रेष्ठकाे शिवजीसँगकाे प्रत्यक्ष कुराकानी
लेखक डा. कमल मान श्रेष्ठ, पाेखरा, १६ माघ २०७३
कुशल श्रेष्ठ, घर पदमपुर, चितवन, उमेर १७, पाेखरामा अाफ्नाे मामा अनिल श्रेष्ठकहाँ केही दिनकाे लागि पाहुना भएर अाउनु भएकाे रहेछ । मामा अनिलले पाेखरामा ब्रह्मज्ञानकाे बारेमा बुझ्ने माैका पाउनु भएकाे थियाे । ब्रह्मज्ञानकाे ज्ञान र अनुभव अनुसार मानिसहरूका बिचमा रहेका थुप्रै अज्ञात राेग र लक्षणहरू जसकाे सही नाम र उपचार नभएकाे अवस्थामा रहेछन् भनेर भनेकाे छ, ती अज्ञात राेगहरूकाे नयाँ नाम, लक्षणहरू र उपचारका विधिहरू बताएकाे छ र त्यस्ता थुप्रै बिरामीहरूकाे उपचार भएकाे प्रमाणहरू जुटाएकाे छ । ब्रह्मज्ञानकाे क्लासमा देखेकाे बिरामीहरूकाे लक्षणहरू जस्तै लक्षणहरू उसकाे दिदीमा पनि छ जस्ताे लागेर अाफ्नाे दिदी भिनाजुलार्इ भनेकाे रहेछ र दिदी भिनाजुले के कुरा हाे भने बुझ्न छाेरा कुशललार्इ पठाएका रहेछन् ।
कुशलकाे अामा अनिलकाे साख्खै कान्छि दिदी रहेछ । करिब १५ बर्ष देखी उनीलार्इ एक अज्ञात राेग र लक्षणहरू ग्रसित गरेकाे रहेछ । काम्ने, के के कुरा अर्थ नलाग्ने गरेकाे कुराहरू बाेल्ने, नाग लागेकाे हाे भन्ने र घर भित्रबाट भुर्इमा लडिबुढी गर्दै, बटारिदै भुर्इमा घिस्रिदै घिस्रिदै बाहिर अाँगनमा पुग्छिन रे । केही बेर बाहिर लडिबुढी गरेर त्यसै गर्दै घर भित्र अाउछिन रे । सँधै पुजाअाजा गर्नु पर्ने, चाेखाे गर्नु पर्छ रे । अनेक ठाँउमा उपचार गर्न लगेका र झारफुक गर्न पनि कतै नछाेडेका हुन रे । तर उपचार अझै हुन सकेकाे रहेनछ । कुशलकाे भनार्इ अनुसार घरमा सँधै झगडा भैरहन्छ रे ।
छाेरालार्इ त केही भएकाे छैन हाेला भनेकाे रहेछन् । ब्रह्मज्ञानकाे क्लासमा अाएर अरू बिरामीहरूकाे लक्षण देखेपछि कुशलले अाफुलार्इ पनि कहिले कहिले यस्तै लक्षणहरू हुन्छन् भन्न थाल्याे । केटा भर्खरकाे उमेरकाे १२ क्लासमा साइन्स बिषय लिएर पढ्दै गरेकाे तर दिमाग अलि तेजिलाे रहेछ । यहाँ ब्रह्मज्ञानमा भएका कुराहरू अनुसार साेच्न थालिहालेछ । मेराे पनि तेस्राे नेत्र खाेल्नु पर्याे, मैले पनि शिवजीलार्इ देख्नु पर्याे भन्न थालेछ । यहाँ ब्रह्मज्ञानमा देखेका कुराहरूकाे अनुभव म अाफैले पनि गर्न थालेँ भने अनि बल्ल बुबा अामालार्इ भन्न सजिलाे हुन्छ भन्दै शिवजीलार्इ पुकार्न थालेकाे रहेछ । अनि क्लासमा उ सँग केही कुराहरू र अनुभवहरू सुन्दा उसकाे तेस्राे नेत्र खुलिरहेकाे रहेछ भन्ने थाहा भयाे अनि उसलार्इ अगाडि बाेलाएर कुराहरू साेध्न थालेँ । उसले त सिधै तेस्राे नेत्र खुलेका सिनियरहरू जस्तै गरेर कुराहरू गर्न थाल्याे ।
केही बेर तेस्राे नेत्रबाट कुराहरू गर्दै शिवजी सँग कुाराहरू गर्न थालियाे । अनि शिवजीले लाै भन कता घुम्न मन छ ब्रह्मकाे अनुभव गर्छस् कि सदाशिवकाे भन्नुभयाे । सदाशिवकाे अनुभव अलि बेला भएकाे छैन भनेर ब्रह्मकाे अनुभव राम्ररी गरेकाे थियाे । ब्रह्मकाे अनुभव गर्दा शिवजीले विभिन्न कुराहरू खुलाउनु भएकाे र रमाइलाे गर्ने खेलहरू खेलाउनु भएकाे थियाे ।
केहि दिन पछि कुशलले ब्रह्मकाे अनुभव गर्नुभयाे ।
This post is also available in: English