⇐विषय सूचीमा फर्कन

पाठ 1.5

किताबकाे उदय कसरी भयाे ?

मेरो जिज्ञासा थियो सृष्टि के हो ? जीवन के हो ? मृत्यु के हो ?

ममा यो जिज्ञासा कसरी आयो ?
म जन्मेको र हुर्केको ठाउँ नेपालको पोखरा शहरकाे वडा नं १३, कुँडहरमा हो । त्यहाँ सानै उमेर देखि त्यहाँ वरपरका जीवन परिस्थिती, धर्म, संस्कार, सामाजिक चालचलनसँग सम्बन्धित हुन पुगेँ । यो एउटा मिश्रीत समुदाय थियो । हिन्दु, बाैद्ध, मुस्लिम समुदायहरु थिए वरपर । नेवार समुदायको परिवारमा जन्मे हुर्केँ तर साथै सङ्गैका अन्य समुदायका धर्म, संस्कारसँग सम्बन्धित कुराहरु बुझ्ने मौका पाइरहेको थिएँ । आफ्नो जातको रितीरिबाज, संस्कृतिसङ्ग सङ्गै नजिकका ब्राह्मण समुदायले गर्ने गरेका कतिपय धर्म, संस्कारका विधिहरुमा सम्मिलित हुने मौका पाएँ र नजिकबाट नियाल्ने मौका पाइरहेको थिएँ । सानै उमेरदेखि अरुको पछिपछि लाग्दै विभिन्न पूजाआजामा सहभागी बन्न पाएँ । विभिन्न मन्दिरहरुमा गएँ र अरुले जस्तै लहैलहैमा पुजा गरेँ । रामायण, महाभारत, भागवत गीता, देवी भागवत, स्वस्थानी, देवी देवताहरुका स्तुतिहरु र अन्य पुराणहरु पढ्ने, धार्मिक प्रवचनहरू सुन्ने मौका पाइसकेको थिएँ । आफ्ना घरैमा, गाउँमा वरपर विभिन्न पूजाआजा, यज्ञ, महायज्ञ, प्रवचनहरु लगाउने चलन थियो । त्यहाँ उपस्थित हुने अनि अरुको लहैलहैमा आफुले सकेको सहभागी हुने मौका पाइरहेको थिएँ । तर यी कार्यहरु गर्दा ममा कुनै भक्ति र विश्वास जागेको थिएन । ती सबै कार्यहरू लहैलहैमा र आफु भन्दा ठुलाहरुको करकापले गर्ने गरेको थिएँ । घरमा बुबा (हाल स्वर्गीय)ले  फुर्सद हुने बित्तिकै रामायणका र महाभारत पुराणका श्लोकहरु भन्दै सुनाउनु हुन्थ्याे र जीवनको बारेमा बुझाउन खोज्नु हुन्थ्यो । ती सबै श्लोकहरुमा देवी देवताहरुका जीवनी, उपदेशहरु र मानिसका जीवन मृत्यु सम्बन्धितका कुराहरुले भरिएका हुन्थे । जीवन एक क्षणको छ, कुनै पनि बखत मर्न सक्दछ, यो जीवन मित्थ्या हो, यसको लागी पाप गर्न हुन्न भन्ने भावका उपदेशका कुराहरु बुबाले प्रायः भनिरहनु हुन्थ्यो । प्रायः तिनै मृत्यु शब्द र सम्बन्धित भावहरु हुन्थे ती उपदेशहरुमा । जतिखेर पनि त्यही मृत्यु शब्दहरु दोहोरी रहन्थ्यो मलार्इ भने मृत्युको कुरा सुन्न नपरे हुन्थ्यो जस्तो लाग्थ्यो । मेरो आजै मर्ने बेला आएको छैन यो मृत्यु शब्द अहिल्यै देखि किन घोक्नु पर्यो जस्तो लाग्थ्यो । म भर्खरको उमेरकाे स्कुल, कलेज पढ्दै थिए । मैले यी कुराहरुका गहिराइ बुझ्ने भइसकेको थिइन तर ती कुराहरु सुन्दासुन्दा मलार्इ प्रायः कण्ठ जस्तो भइसकेको थियो । घरमा बुबाले पढ्ने गर्नु भएका थुप्रै शास्त्रका किताबहरु जस्तै वेद, पुराणका किताबहरु थिए । बच्चै उमेरबाट ती धार्मिकशास्त्रका किताबहरूका फोटो हेर्ने रहरले ती किताबहरु छुने, चलाउने, पल्टाउने गरिन्थ्यो । पछि आफु अलि ठुलो हुँदै गएपछि ती धार्मीकशास्त्रका किताबहरुलार्इ गहिरिएर पढ्ने र त्यसैका चर्चा सुन्ने अवसरहरु प्राप्त भइरहेको थियो । बुबाका साथीहरु घरमा आउँदा पनि यिनै शास्त्रका श्लोकहरु पढ्ने, अर्थ लगाउने, एक आपसमा ती श्लोकहरुका भावहरु बुझाउन खोज्ने गरिइन्थे । घरमा पटकपटक विभिन्न जोगीहरु, पण्डितहरु, अन्य भलादमी मानिसहरुको अाउँने जाने, भेटघाट भेला जस्तै गरेर जम्मा हुने गर्दथ्यो । उनीहरुले आफुले पढेका शास्त्रहरु र आफ्ना गुरुहरुले सिकाएको शास्त्रका भावहरु, जीवनका बारेमा शास्त्रले दिएका उपदेशहरु एक आपसमा सुनाउँथे र म त्यहाँ उपस्थित भएको बेलामा मलार्इ पनि यस्ता कुराहरु पटकपटक सुन्ने मौका मिल्दथ्यो । तर उहाँहरुको भाव र मेरो भाव फरक थियो । उहाँहरुको भाव अनुसार उहाँहरु धार्मीक व्यक्ति भइसकेकाे भने जस्तो थियो । मृत्युपछि उनीहरू स्वतः स्वर्ग पुग्छन् भन्ने जस्तो उहाँहरुको भाव थियो । उहाँहरु मध्य कोही ब्राह्मणहरु, कोही गेरु बस्त्र लगाइ सकेका जोगीहरु, स्वामीहरु पनि हुन्थे । उनीहरु मध्य कोहीकोही त आफैले भागवत पुराणका यज्ञहरुमा प्रवचन भन्नेहरु पनि हुन्थे । यसरी भागवत पुराणका प्रबचन अरुलार्इ भन्दै सिकाउदै आएकाहरुलार्इ उनीहरुको स्वर्गको बाटो कसैले छेक्ने त कुरै भएन भन्ने जस्तै भावहरु ती भागवत पढ्ने पण्डितहरुको थियो । स्वर्गकाे चर्चा गर्ने, स्वर्गकाे बाटाे देखाउने र स्वर्गमा पुर्याएर अाउने कामकाे जिम्मेवारी नै तिनै ब्राह्मण, जाेगीहरूकाे हाे भन्ने भाव थियाे । त्यहि स्वर्ग पठाएकाे कार्यकाे धन्यवाद स्वरूप दिइएकाे दक्षिणा हातमा लिएर गाेजीमा हालेर अाफ्नाे खुट्टामा ढाेग गर्न सजिलै गरेर दिन्थे उनीहरूले । भने उनीहरू अाफै मरेपछि स्वतः स्वर्ग नपुग्ने त कुरै भएन । भने त्यहाँ अरू उपस्थित सहभागी मानिसहरु पनि अाफुलार्इ कोही भन्दा कमी ठान्नेहरू थिएनन् । उनीहरुले पनि कति पूजा, ब्रत, यज्ञ, तिर्थयात्रा, दान गरिसकेका थिए । त्यसैले उनीहरु पनि स्वतः स्वर्ग नै पुग्नेछन् भन्ने विश्वास भएको जस्तो भान थियो । तिनीहरु मध्यमा आफु मरेपछि कतै नर्कमा बास बस्नु पर्लाकि भनेर सोच्नेहरु कोही थिएनन् । तिनीहरुको बिचारमा मरेपछि नर्कमा पर्नेहरु भनेको त ब्राह्मणको कुरा नसुन्ने, पूजाआजा नगर्ने, आफ्नो कामधन्दामा मात्र व्यस्त रहने, पूजामा बोलाएको बेलामा नआउने, भगवानका नाममा गरिएका कार्यहरुमा चन्दा पनि नदिने, दक्षिणा नदिने वा कम दक्षिणा दिनेहरु होलान् जस्तो भाव थियो । सृष्टि के हो ? जीवन के हो ? मृत्यु के हो ? भन्ने प्रश्नको अर्थ नबुझेर अझै कतै खोज्दै गरेको जस्तो कोही लागेन उनीहरु मध्यमा । भगवाननै सृष्टिकर्ता, पालनकर्ता र सँहारकर्ता हुन् भनेर सबैलार्इ कण्ठ थियो । यो पृथ्वी, सुर्य, हिमाल, डाँडाकाँडा, नदिनाला, जीव जन्तुहरू सबै भगवानले सृष्टि गरेका हुन्, यो जीवन पनि भगवानले दिएका हुन् र हाम्रो मृत्युपछि उनै आएर लैजान्छन् भन्ने भाव सबैभन्दा सिपालु पण्डितदेखि तिनका कुरामा लहैलहैमा लाग्नेहरुको थियो । तर उहाँहरुको भाव र मेरो भाव फरक थियो । प्रमाण नभइकन केही विश्वास गर्न हुन्न । यदि यी धर्मशास्त्रका कुराहरू सहि हुन् भने केही न केही प्रमाणहरू अवश्य हुनु पर्ने हो । प्रमाण यदि कतै छैनन् भने यी कुराहरु जती मिठा भए पनि सत्य नहुन सक्दछन् । त्यसैले म तिमीहरुको पछि लहैलहैमा लाग्न सक्दिन भन्दै मनमनै सोच्दथेँ ।
सृष्टि के हो ? जीवन के हो ? र मृत्यु के हो ? भन्ने प्रश्नहरु मेरो मनमा जाग्न थालिसकेको थियो । उमेर त सानै थियो कुनै जिम्मेवारी उठाउने बेला थिएन । तर सानै उमेरमा पनि अरु मानिसहरु, आफन्तहरु मरेर गएका देखिए, मानिसहरु बिलापमा रोएका देखिए र ती मानिसहरु फेरी कहिल्यै फर्केर आउदैनन् रे भन्ने सुन्दा देख्दा अचम्म लाग्थ्यो र मन भित्रभित्र डर लाग्दथ्याे । यसै गर्दै गर्दै हुर्कदै गइयो । यसरी बाल्यकाल देखिकाे सँगत, रितीरिवाज, चलन, पारिवारिक शिक्षाले म मा यस्ता जिज्ञासाहरूका बिउ जगाएका रहेछन् र जीवन भर तिनै प्रश्नहरूका अपुरा जवाफहरू खाेज्दाे रहेछु ।
कलेजमा विज्ञान विषय लिएन पढ्न थालेँ । कलेजको विज्ञानकाे पढाइमा भौतिकवादका मात्र कुराहरु गरिन थालियो । भौतिकवाद भनेको संसारको सृष्टि यिनै ढुङ्गा, माटो, पानी, हावा मिलेर बनेका हुन्छ । अझ नजिकबाट भन्दा विज्ञानकाे केमेष्ट्रीशास्त्रमा भने अनुसार सन्सारमा करिब १०९ जति तत्वहरु छन् । तिनै १०९ वटा तत्वहरुको विभिन्न समिश्रणहरुको रुप र तिनीहरूकाे एक आपसको स्वचालित लेनदेन हो यो संसार  । यस संसारको सृष्टि र सन्चालनमा कुनै बाहिरी दैव्य शक्तिको सहभागीता छैन । मानिसको जीवनमा उस्को मृत्युपछि केही पनि बाँकी रहदैन । तिनका यादहरुमात्र बाँकी रहन्छन् भनेर भनिएकाे छ । होला त नी भनेर विज्ञानको भरमा परेँ । तर मनमा प्रश्न जाग्थ्यो । त्यसो भए यी गाउँलेहरुले गरेका कुरा र कर्महरु के हुन त ? सबै ख्याल ख्याल मात्रै हो त ? भन्ने लाग्दथ्यो ।
कलेजमा पढ्दै गरेको विज्ञान बिषय असाध्यै मन पर्यो । मलार्इ स्कुल पढ्ने बेलामा गणित विषय खुब मन पर्थ्यो । स्कुलमा पढ्दा गणितका फर्मुला घोक्दा र हिसाबहरु गर्दा असाध्यै मज्जा लाग्थ्यो । तर पनि कलेजको विज्ञानका बिषयहरु बायाेलाेजी, केमेस्ट्री, फिजिक्सका पढाइहरुले अझ फराकिलाेसँग सोच्न सक्ने बनायो । यसरी नै दिनहरु बित्दै थिए । भविष्यको बाटो कुन रोज्ने भन्ने र कसरी जीवनमा सफल हुने भन्ने तर्कहरुमा परिवारमा सरसल्लाह, साथीभाइहरुका कुराहरु, समाजको कुराहरु सुन्दै जाँदा अगाडिकाे पढाइमा डाक्टर बन्ने चाहना जाग्न थाल्यो । समय बित्दै गए सङ्गै पढाइले पनि उक्लिन थाल्याै, झन गहिरिदै जान थाल्याे र आफ्नो ती पढाइहरूमा भौतिकवादका कुराहरु स्पष्टै आउन थाल्यो । यहाँ कुनै भगवानहरु छैनन् भनेर संसारभरका प्रशिद्ध ठुला ठुला विज्ञानका प्रमुख न्युटन, अाइन्स्टाइनहरुले भनिसकेका रहेछन् । अब त झन विश्वास गर्नै पर्यो र विश्वास पनि बढ्न थाल्यो भाैतिकवादमा । यसमा  कुनै आनाकानी हुँदै भएन । संसार यदि भौतिकवादले भनेको जस्तै ढुङ्गा, माटाे, पानी, हावाका मात्रै हो भने लौ त भौतिकवादनै सही भन्न थालेँ । झन सजिलो भो पूजा गर्नै नपर्ने रहेछ जस्तो लाग्न थाल्यो । तर पनि जतिजति भौतिकवादका कुरा सामुन्ने आउँथे मेरो अगाडि अन्य प्रश्नहरु जाग्दथ्यो । त्यसो भए मेरो गाउँ, शहर वरपरका मन्दिरहरु के हुन् त ? ती मन्दिर भित्र भएकाहरु को हुन् त ? ती मुर्तीहरु ढुङ्गा मात्रै हुन् त ? भन्ने लाग्दथ्याे । अाफु भित्र धर्म संस्कार प्रति अविश्वास र शङ्का जाग्न थाले पनि बाहिर अरुका अगाडि अनादर गरेर कहिले पनि व्यक्त गरिन । अरुको अनादर गर्न हुँदैन भन्ने थाहा थियो त्यसैले कसैको पनि र कुनै पनि अन्य धर्म, संस्कारको अनादरका शब्दहरु कहिल्यै मुखबाट बाहिर आएनन् । यी सबै मानिसहरु झुटा कुराका पछि लाग्या हुन् त ? भनेर मन भित्र सँधै प्रश्न जागिरहन्थ्यो । अब म के गरूँ, कुन बाटाे अपनाउँ भन्ने साेच मन भित्र अाइरहन्थ्याे ।
पोखरा शहरमा थुप्रै लोकप्रिय मन्दिरहरु छन् । आफु सानो छँदा पोखरा वरपरमा भएका सबै मन्दिरहरूमा पटकपटक गएको छु, पूजा गरेकाे छु, घण्टी बजाएकाे छु, प्रसाद खाएकाे छु । मेरो बाल्यकाल तिनै मन्दिरहरुको वरपर बितेको थियाे । तर कलेज पढ्न थालेर भौतिकवादको कुरा बुझ्न थालेपछि आफ्नो नजिकका ती सितला देवी मन्दिर, भद्रकाली मन्दिर, बिन्ध्यबासिनी मन्दिर, तालबाराही मन्दिरहरूमा जान छोडेँ । अरु सङ्गसङ्गै साथी भएर जानु परेर त्यहाँ गएको बेलामा पनि मन्दिर भित्र पस्न र प्रसाद खान छोडेँ, प्रसादहरू खान मन नलाग्ने हुन थाल्यो । कहिलेकाहीँ अरूकाे साथमा मन्दिरमा गएका वेलामा अाफुसँगै गएका साथीहरु कसैले बाहिर फुल ल्याइदिएछन् भने यसो टाउकोमा फुल राख्ने गर्थेँ । भगवान छैनन् भने अरुको लहैलहैमा म किन लाग्ने ? अरुले जे सुकै गरुन् तर म गर्दिन भन्ने भावहरु आउँन थाले ।
तर भगवान छैनन् भन्ने प्रमाण पनि त छैन भन्ने लाग्दथ्यो । यसै विज्ञानको आधा कुरा सुनेर मात्रै पनि भएन । वास्तविकत कुरा कहाँ र कस्ले भनेको छ त भनेर मनमा प्रश्न जागिरहन्थ्यो । समय बित्दै गए सँगसँगै पढाइले अझै माथिल्लो क्लास उक्लन थाल्यो । विज्ञानका अझै नयाँ विषयहरु पढाइ हुन थाल्यो । ती सबै पढाइमा भौतिकवादको तर्क स्पष्ट थियो । त्यहि वादको पछि लाग्दै गएँ तर आफ्ना जीवनमा झन नयाँ नयाँ अनुभवहरु आउँथे जस्ले विज्ञानका भौतिकवादका तर्कलार्इ गलत वा अपुरा बनाउन खोज्दथ्यो । अरु मानिसहरुको अनुभवहरू सुन्ने, देख्ने, अन्य विभिन्न किताबहरु पढ्ने, विभिन्न खालका फिल्महरु हेर्ने मौका पाइयो जिवनमा । मानिसले बुझ्न नसकेका र विज्ञानले पनि बुझाउन नसकेका तर मानिसहरुले भोगिरहेका थुप्रै घटनाहरू रहेछन् । कुनै तर्क लगाउन नसकिएका, वैज्ञानिक अाधार नभएका तर मानिसले भााेगिरहेका विभिन्न अनुभवहरुका खबरहरु देख्ने र सुन्ने थुप्रै अबसर जीवनमा प्राप्त भए । मैले खाेजिरहेकाे, देख्ने र बुझ्रने भएर हाेकि मेराे वरपरनै त्यस्ता घटनाहरू घट्थे जुन कुरा विज्ञानले बुझाउन सकेकाे थिएन । मानाैँ  मैले तिनीहरूलार्इ खाेजिरहेकाे छैन कि ती घटनाहरूले मलार्इ खाेज्दै पिछा गर्छन्, मेराे अगाडि अाएर ती घटनाहरू घट्छन् र त्यस्ता घटनाका खबरहरू सुन्नमा अाउँछ जस्ताे लाग्दथ्याे कहिले कहिले । म वास्तबमा मन भित्रभित्र, भयवित र त्रसित थिएँ ।

 विज्ञानले के भन्छ ?

विज्ञानका सबै उपलब्धिहरु यहाँ उल्लेख गर्न तिर नलागौँ । तर मेरो जिज्ञासा र चासोका विषयहरुमा विज्ञानको के उत्तर र प्रतिकृयाहरु छन् भन्ने तिर मात्र छोटो चर्चा गर्न चाहन्छु । फिजिक्स, केमेष्ट्री, बायोलोजी, मेडिकल साइन्सहरुको अध्ययन र विकासको क्रममा पछिल्लो १०० बर्षमा विज्ञानले ठुलो फड्काे मारेको छ । तर पनि सृष्टि के हो ? जीवन के हाे ? मृत्यु के हाे ? भन्ने कुराहरुमा विज्ञान अझै अनभिज्ञ र अनजान छ । त्यसैको त्याे रहस्य पत्ता लगाउन विज्ञानमा विभिन्न प्रयास र प्रयोगहरु भइरहेका छन् ।
आजसम्मको विज्ञानले दिन खोजेको परिभाषालार्इ भौतिकवाद भनिन्छ । भौतिकवाद भनेको संसारको सृष्टि यिनै ढुङ्गा, माटो, पानी, हावा मिलेर बनेको हुन्छ । खुल्ला रुपमा बिरोध गरेर अरु बिचार तर्क र वादको बिरोधमा नबोले पनि भौतिकवाद भन्दा भिन्न अरु केही बिचारहरु आएछन् भने वैज्ञानिकहरु ती सबै बिचार र तर्कहरुलार्इ प्रमाण नभएका भनेर रुढिवादी बिचार हुन् भन्दछन् । त्यसैले हाम्रो समाजमा मानिदै आएका देवी देवता प्रतिको विश्वास, तिनीहरुको चर्चा, कथा, तिनीहरुका नाममा गरिने पूजाआजाहरू सबै बिना प्रमाणका हुन् र सबै रुढिवादी प्रथा हुन् भनिएको छ । मृत्युपछि मानिसको सबै कुरा सिद्धियो, केवल उसका याद मात्र बाँकी रहन्छन्, मृतकका तिनै यादलार्इ जे गर्न मन लाग्छ गर भन्छन् विज्ञानका किताब र गुरूहरू ।
हुन त विज्ञानको क्षेत्रमा पनि मरिसकेका मानिसहरुको राम्रा यादहरुलार्इ पटकपटक सम्झने, प्रशंसा गर्ने, नराम्रा यादहरुको बिरोध भर्सना गर्ने गरिन्छ । तर मरिसकेकाहरुले गरेका कामहरु, तिनले छोडेर गएका कामहरुको प्रभावहरु, उपयोगी किताबहरु, तिनले गरेका आविष्कारहरु, तिनीहरुले बनाएर गएका उपकरणहरुको मात्र याद गरिन्छ । मरिसकेका ठुलाठुला वैज्ञानिकहरुका नाम राखिएकाे थुप्रै शिक्षण सँस्थानहरु, अनुसन्धान सँस्थानहरु हुन्छन् । यी सबै कार्यहरू गर्दा तिनीहरूकाे कामकाे मात्र याद गरिएकाे हाे । तर ती मरिसकेकाहरु मृत्युपछि कुनै अवस्थामा अझै जीवित छन्, कतै बसेका हुन्छन्, तिनले आज पनि हामीलार्इ हेरीरहेका छन् वा आज पनि तिनीहरुसँग केही सम्बन्ध रहिरहेको छ भन्ने भाव र तर्कलार्इ विज्ञानले अश्विकार गरेको छ । त्यसैले धर्म संस्कारहरुमा गरिने सबै खालका पितृकार्यहरुलार्इ विज्ञानले रुढिवादी प्रथा र तर्क भन्दछ ।
चिकित्साशास्त्र त अझ मानव शरिरको र मानव जीवनको अध्ययन गर्ने विज्ञानको बिभाग हो । यस विज्ञानले मानव शरिरको रचना, कार्य क्षमता, रोग र उपचार विधिहरुको अध्ययन र उपयाेगकाे जिम्मेवारी लिएको छ । तिनै जिम्मेवारी अन्तर्गत चिकित्साशास्त्रलार्इ मानव जीवन सम्बन्धित विभिन्न  खाेज, प्रयोग, निष्कर्ष गर्ने जिम्मेवारी सुम्पेको छ समाजले । उपचारका क्रममा बिरामीको मृत्यु भएमा पनि डाक्टरहरु दोषी ठहरिदैनन् । यदि विज्ञानलार्इ थाहा भइसकेको कुरा डाक्टरहरुकाे लापरबाहिले गल्ती गरेकाे ठहर हुन गएमा त अवश्य डाक्टरहरु, अन्य डाक्टरका सहयोगीहरु दोषी मानिन्छन्, नत्र डाक्टरहरुले गरेका कोसिसहरुलार्इ असफल हुँदा पनि  विश्वास र आदरले हेरिन्छ । ती डाक्टरहरूले भरसक जानेर गल्ती गर्दैन् भन्ने जनमानसको भाव र विश्वास हुन्छ । डाक्टर, नर्सहरू भनेको बिरामीको लागि अन्तिम अवस्थासम्म पनि बिरामीको भलो चाहने व्यक्ति र समुह हुन् भन्दै मानिदै आएको छ । डाक्टरहरुले पनि आफुले पढेको, आफ्नो अनुभवका सबै स्रोत प्रयोग गर्दै बिरामीको ज्यान बचाउने सक्दो प्रयास गर्ने गर्दछन् । बिरामी पनि आफ्नो जीवन बचाइदिन्छन् कि भनेर जीवनको अन्त्यसम्म पनि डाक्टर प्रति त्यतिकैे आशावादी हुन्छन् । डाक्टरको बचाउने प्रयास र बिरामीकाे बाच्ने आशावादी प्रयास हुँदै जीवनको अन्तिम क्षणसम्म पनि विभिन्न ट्याब्लेट खाने र सुइ लगाउने गरिरहेका हुन्छन् । उपचारका क्रममा डाक्टरहरुको बचाउनै प्रयास र बिरामीकाे बाच्ने आशा भन्दा अन्य तेस्राे कुरा हुने गर्दैन । यदि डाक्टरहरुका प्रयासहरु असफल हुन पुगेमा बिरामीको मृत्यु हुन्छ । बिरामीको मृत्युपछि बिरामी बोल्न र चल्न छोड्छन् र अन्य मृत्युका लक्षणहरु देखिन्छन् । बिरामीका आफन्त मानिसहरु रुने कराउने, बिलाप गर्न थाल्दछन् । डाक्टरहरुले मृत्युको प्रमाणपत्र लेखेर दिए पछि बिरामीको लासलार्इ बिरामीको आफन्तहरुलार्इ बुझाइन्छ । त्यसपछि डाक्टरहरुको जिम्मवारी पुरा भएको मानिन्छ । हस्पिटलको त्यस खाली बेडमा पुनः नयाँ बिरामी भर्ना हुन आउँछन् र फेरी त्यही कार्य र तरिका सुरु हून्छ । कोही बचाउन चाहने, कोही बाच्न चाहने सम्बन्ध र सँघर्ष फेरी सुरु हुन्छ । त्यस जीवन मृत्युको सँघर्षमा कोही बाँचेर घर फर्कन्छन् त कोही उपचारगर्दा गर्दै मछर्न् । यो आजसम्मको समाजमा चलि आएको व्यवस्था र चलनचल्ति हो ।
डाक्टरहरुले बिरामीको मृत्युपछि पनि उसका लागी अझै केही गर्नु पर्छ भनेको छैन । विज्ञान र चिकित्साशास्त्रले मानिसको शरीर मरेपछि उसको सबै कुरा सिद्धियो भनेकोले नै मृत्युपछि केही व्यवहारहरु गर्नु पर्दैन भन्न खोजेको होे । तर विज्ञान र चिकित्साशास्त्रका विद्वानहरूलार्इ थाहा छ कि मृत्युपछि हरेक मर्ने व्यक्तिका लागि आफ्नो धर्म र संस्कार अनुसार अझै केही कुराहरु गर्ने चलनहरू छन् । त्यस लासलार्इ विसर्जन गर्ने भिन्नभिन्न तरिकादेखि ती मरिसकेकाहरुलार्इ खान दिने, पिउन दिने र तिनीहरुसँग बोल्ने बोलाउने समाजमा चलनहरू हुन्छन् । हरेक धर्म र संस्कारहरुमा यस्ता विभिन्न खालका प्रचलनहरू हुन्छन् भन्ने कुरा सबै वैज्ञानिकहरु र डाक्टरहरुलार्इ धेर थोर थाहा छ ।

धर्म र संस्कारका गुरुहरु मानिसको मृत्युपछि पनि उनीहरूका लागि अझै थुपै कार्य गर्नु पर्दछ भन्दछन् । नत्र मरिसकेकाहरुको  अात्मालार्इ र अझै जीउदै रहेका आफन्तहरुकाको जीवनमा के के अनर्थ हुन सक्दछ भन्ने आसयका भनाइहरु छन् । अनि सर्वसाधारण जनताहरु अज्ञानताको कारण कुनै ठाेस  तरिका, उपाय, विधि थाहा नपाएका कारण त्याे अज्ञात भय र त्रासमा निहुरिन बाध्य हुन्छन् र विश्वास नलागेका चलन चल्तिहरु पनि पालना गर्न बाध्य भइरहेका हुन्छन् । यस्तो अन्योल र एक आपसमा बाँझिएका प्रचलनहरु जनजीवनमा प्रचलित हुँदा हुँदा पनि विज्ञानले र चिकित्साशास्त्रले एक शब्द कतै यस बारेमा व्यक्त गरेको पनि देखिएन ।
प्रायः सबै डाक्टरहरु बिरामीको विभिन्न तरिकाबाट जाँच गर्ने, अनि छिटो छिटो औषधी सुइ दिने, चिरफार गर्न जानेकाहरूले चिरफार गर्ने काममा हतार र व्यस्त रहेका हुन्छन् । जीवन के हो ? मृत्यु के हो ? भनेर सोध्ने गरेका वा यसका बारेमा अलि नबुझेको जस्तो लागेर अरुलार्इ सोध्ने गरेका वैज्ञानिकहरु र डाक्टरहरु मैले भेटेको छैन । तिनीहरुबाट जगाइएका त्यस्ता विषयमा कुनै प्रश्नहरु सुन्न वा पढ्न पाएको छैन । जीवन र मृत्युको बारेमा आजसम्म जति ज्ञान उनीहरुलार्इ प्राप्त छ त्यो नै पर्याप्त छ जस्ताे उनीहरुले गरेका छन् । मानौँ उनीहरु आफुले गरिआइरहेको कार्य प्रति ढुक्क छन् ।

कानुनले के भन्छ ?

कुनै मानिसको मृत्युपछि मृत्युको खबर र मृत्युको कागजात कानुनमा आउँछ । कानुन अनुसार उसका जिम्मेवारीहरु र पदहरु अरुलार्इ सुम्पिने गरिन्छ र उसको सम्पत्ति पनि उसका परिवार वा हकदारहरुलार्इ सुम्पने गरिन्छ । उसको सम्पत्ति जीवीत रहेका अरु हकवालाहरुले आफ्नो आफ्नो हक अनुसार बाँडेर लिने चलन छ । मृतकका लागि केही सम्पत्ति छुट्याएर राख्नु पर्ने नियम कानुनमा पनि छैन र परिवारका हकवालाहरूले पनि त्यसाे गर्दैनन् । मृत्युपछि मृतकका लागी गरिने विभिन्न धार्मीक कर्मकार्यहरुमा जे सुकै गर कानुनलार्इ मतलब छैन । आफ्नो धर्म संस्कार अनुसार जे गर्न मन लाग्छ गर, गर्न मन भए गर, गर्न मन नभए नगर भनेको छ कानुनले । यो मृत्युको बारेमा कानुनले दिएको परिभाषा, अधिकार, नियम र चलन हो ।

धर्म संस्कारहरु के भन्छन् ?

सबै जसो धर्म संस्कारहरुमा सृष्टि र जीवनको बारेमा प्रायः उस्तै उस्तै बिचार दिइएको छ । प्राय: सबै धर्म र संस्कारहरुमा भगवान नै सृष्टिका रचना कर्ता, पालन कर्ता, सँहारकर्ता हुन् भनिन्छ । त्यस अनुसार मानिसको जीवन भगवानले दिएका हुन् र मृत्युपछि लिएर जाने पनि उनैले हो भन्ने चलन छ । धर्मात्मीहरुलार्इ स्वर्गमा लैजान्छन् पापीहरुलार्इ नर्कमा लैजान्छन् भनिन्छ सबै धर्मशास्त्रहरुमा । शब्द, भाषाहरु एउटै नभए पनि सबैको भाव यही हो । यसैलार्इ आध्यात्मवाद भनिन्छ । त्यसो भए त राम्रै हो रहेछ त । सबै धर्म र संस्कारहरुका एउटै बिचार रहेछन् भने सबै सङ्गै मिलेर बसौँन त भनेर भन्ने हो भने तिनीहरूका सृष्टि चलाउने भगवानहरु आफ्ना आफ्ना भिन्नै भिन्नै छन् । ती भिन्न भिन्न भगवानहरुका नाम र अनुहार एक आपसमा पटक्कै मिल्दैनन् । त्यसैले होला विभिन्न धर्म संस्कारका मानिसहरु तिनीहरूका भगवानका गुनगान एकै ठाउँमा सङ्गै बसेर गाउने चलन छैन । संसारमा विभिन्न महादेश, देशहरुमा भिन्न भिन्न समय र युगमा विभिन्न धर्म संस्कारहरूको उत्पत्ति भएको थियो । ती धर्म संस्कारहरुका कुराहरू एक आपसमा केही मिल्दा जुल्दा छन् र एउटै कुरा गरेका छन् जस्तो लाग्छ भने केही केही कुरामा अति भिन्न छन् । त्यही भिन्न कारणले हाेला तिनीहरू एकै ठाउँमा सङ्गै उभिन सुहाउदैन र एक अापसमा तछाड मछाड, लडभिड, लडाइहरु, झगडाहरु पनि हुने गरेको छ । त्यस्तो भिन्न भिन्न बिचार, तछाड मछाड, लडाइ झगडा भिन्न भिन्न धर्महरुका बिचमा मात्रै नभएर एउटै धर्म, संस्कार, शास्त्र भित्रका मानिसहरूमा पनि हुन्छन् । त्यसैले गर्दा ती धर्म र संस्कारहरुमा विभिन्न सम्प्रदायहरु र भिन्न भिन्न चलनहरु छन् । यस्तो विभिन्न सम्प्रदायहरु र भिन्न भिन्न चलनहरु प्रायः सबै जसो प्रचलित धर्म संस्कार भित्र छन् । अर्कै धर्म संस्कारकाहरु सङ्ग आफ्नो बिचार नमिल्नु त स्वभाविकै हाे । तिनका भगवानका अनुहारनै अर्कै अर्कै छन् र धर्मशास्त्रका किताबहरू पनि अलग्गै भए पछि सङ्गै बस्न नमिल्ने कुरा अलिक जायज हो, सङ्गै बस्दा धार्मीक विधिमा र मन्त्र उच्चारणमा एक आपसमा बाधा पुग्न जाला । तर एउटै धर्म, एउटै धर्मशास्त्र भित्रका र एउटै नाम र अनुहार भएका भगवानका चेलाचेलीहरु पनि भिन्नभिन्न कुराहरू गर्छन्, एउटै कुराका भिन्न अर्थ लगाउँछन्, एउटै कुराका लागि भिन्नै तरिका अपनाउँछन्, एक आपसमा पटक्कै मिल्दैनन् । एउटै भगवानले बोलेका कुराहरु र एउटै शास्त्र पढेका धर्म गुरुहरुमा पनि भिन्न बिचार हुनुमा ती धर्मका गुरु र चेलाहरुले कि त भगवानले बोलेको राम्रो सङ्ग सुन्दैनन् होला या त राम्रो सङ्ग बुझ्दैनन् होला सायद ? त्यसैले पो त तिनको काम गराइ तरिका र अर्थ लगाइ तरिका फरक हुन गयो होला । सबैकाे नाम लिन तिर नलागौँ । कतै कतैका धर्म संस्कारमा भगवानलार्इ सिङ्गै हाँसको मासु मन पर्छ कि कुखुराको अण्डा रङ्गाएको मन पर्छ भन्ने कुराको बहस छ । कतै फेरी उभिएर बोलाएको भगवानले राम्ररी सुन्छन् कि बसेर बोलाउँदा भन्नेमा विवाद छ । हिन्दु धर्ममा त चेलालार्इ प्रचार प्रसार गर्न दुइ चार बर्ष बाहिर टाढा पठायो भने चेला गुरु कहाँ फर्केर आउँदा चेलाको र गुरूकाे अर्कै अर्कै संस्कार भइसकेको हुन्छ । खोला पारिका ब्राह्मण र खोला वारिका ब्राह्मणले गर्ने कर्महरू फरक फरक विधिका हुन्छन् । एउटै जातका मानिसहरूले गर्ने कर्महरू खाेला वारि र पारि बस्नेहरूकाे फरक फरक हुन्छन् । यस्तो छ अाजकाे धार्मिक विधि र बिचारहरु ।
तर पनि मृत्युको बारेमा ती सबै धर्म र संस्कारहरुमा सबैकोे बिचार एक आपसमा केही मिल्दो जुल्दो छ र वैज्ञानिकहरुको भन्दा फरक छ । वैज्ञानिकहरु मानिसको शरिर एउटा छ भनेर भन्छन् र मानिस मरेपछि मानिसको वास्तविक अस्तित्व सिद्धियो भन्छन् । तर विभिन्न धर्म, धर्म गुरू र संस्कारहरुको भनाइ अनुसार मानिसको शरिर शरीर भौतिक शरीर र आत्मा शरीर दुइवटा  हुन्छ भन्छन् र मानिस मरेपछि पनि उसको आत्मा जीवित रहन्छ भन्छन् । तिनै मरेपछि पनि बाँकी रहेको आत्माको चाहना पुरा गर्न विभिन्न कार्यहरु गर्नु पर्दछ भनेर धर्म गुरुहरु सिकाउँछन् । यसरी धर्म गुरूहरू र विज्ञानका गुरूहरूकाे जीवन र मृत्युकाे बारेमा तर्क र धारणा स्पष्ट फरक रहेकाे छ ।
तर पनि ती धर्म र संस्कारका गुरुहरुले आफ्ना भगवानहरु पक्कै छन् भनेर प्रमाण दिन सक्दैनन् र आत्मा हुन्छ भनेर पनि प्रमाण दिन सक्दैनन् । मानिस मरेपछि तिनका लागि गरिएका कर्महरु सही र सत्य छन् भनेर देखाउन सक्दैननन् । मरेकाहरुका लागि दिइएको पानी, धुप, खानेकुरा, कपडा, अन्य सामानहरु तिनीहरुले हातैमा पाउँछन् वा पाइसके भन्नेकुराको कुनै प्रमाण कुनै पनि धर्म संस्कारमा देखाउने चलन वा देखाउने क्षमता छैन । धार्मिक गुरुहरुको बिचारमा मानिस भगवानले रचना गरेको हो, मरेपछि भगवानले लैजानु हुन्छ, ती भगवानका चर्चा नगर्ने, भगवानका पछि नलाग्नेहरु कहिल्यै स्वर्ग जानेछैनन्, त्यसैले भगवानका क्षमता र कुरामा भरोसा नगर्ने ती वैज्ञानिकहरु सबैे पापीहरु हुन् र ती वैज्ञानिकहरु मरेपछि स्वतः नर्कमा पर्नेेछन् भन्ने गर्छन् । यही बिचारले विज्ञान र धर्म संस्कारलार्इ दुइटा अलग अलग बाटोमा हिँडाएको छ । यसरी वैज्ञानिकहरु र धर्मगुरुहरुमा मत भिन्नता रहेको छ ।
(आजम्म संसारमा जति पनि लडाइ झगडाहरु भएका थिए वा आज पनि भइरहेका छन्, तिनीहरुमा बढी जसो झगडा र लडाइ यिनै धर्म संस्कारका नाममा गरिएका छन् । धर्मका नाममा विभिन्न स्वार्थहरु पनि अगाडि सरेका होलान् । यदि भगवान साँचैकै छन् भने ती भगवान पक्कै पनि सबैका लागि बराबर र समान हुनुपर्ने हो । कुनै एउटा देश, जाती वा सम्प्रदायको नियममा बाँधिएर अर्का सम्प्रदायको हानी गर्न चाहने गर्नु हुन्न होला भगवानले । यदि भगवान साँचैकै हुनुहुन्छ भने तिनको अनुहार सबैले देख्थे होलान् अनि भगवानका अनुहारका आधारमा लडाइ झगडा पनि गर्न पर्दैनथ्यो होला । यदि कुनै दिन मानिसमा भगवानलार्इ देख्ने क्षमता, भगवानका कुरा सुन्ने क्षमता र भगवानले दिनुभएको अर्तिको सही अर्थ लगाउने क्षमता आयो भने त्यस पछि कुनै धर्मगुरुको आदेश र इशारामा लडाइ झगडा गर्न नपर्ने दिन आउथ्यो होला । हामीलार्इ चाहिने आदेश र इशारा भगवान स्वयमले दिन्थे होलान् । हैन भने सधै यस्तै भाँडभैलो रहिरहने होला यस संसारमा ।)

समाजमा के भन्छन्  ?

समाजमा साधारण रुपमा विभाजन गर्ने हो भने मुख्य रुपमा तिन प्रकारका मानिसहरु हुन्छन् ।
सर्वसाधारण जनताहरु:  समाजमा जति सुकै धर्म र संस्कारको कुरा गरे पनि वास्तविकतामा सर्वसाधारण जनताहरुले गहिराइमा केही बुझेका हुँदैनन् । तिनीहरुले विज्ञानका कुरा गरे पनि र धर्म संस्कारका कुरा गरे पनि दुबैपक्षका कुराहरु गहिरिएर पढेका, बुझेका हुँदैनन् र दुबैपक्षका कुराहरु अलि अलि मात्रै बुझेका हुन्छन् । त्यसैले साधारण मानिसले आफुलार्इ जुनसुकै धर्मको वा संस्कारको हुँ भने पनि उसले गरिआएका सबै कार्यहरु र कर्महरु अरुको देखासिकिमा नै गर्दै आएका हुन्छन् । आफ्ना आमा बुबाका पालामा गर्ने गरेको भन्दा यसो दुइचार कुरा केही थप्न वा केही घटाउन भ्याएका हुन्छन् । त्यहि थपिएका कुरामा अर्का अर्का पुस्तामा अलिकति अलिकति थप्दै घटाउदै जाँदै आजको संस्कारहरु बनेको हो । त्यसैले एउटै धर्म र संस्कार भित्रका मानिसहरुमा पनि अलि ठुला नदीका वारि र पारि, डाँडा, जङ्गल वारिपारि बसोबास गर्ने मानिसहरुको रहन सहन, संस्कारहरु फरक फरक हुन्छन् ।
धर्म गुरुहरुः   यिनीहरु सिद्धान्तले आध्यात्मवादको अनुयायी हुन्छन् । अाफ्नाे धर्मका शास्त्रहरू पढेका, धर्म सम्बन्धित रितीरिवाजहरू गर्न जानेका, धार्मीकशास्त्र अनुसारका प्रवचनहरू दिन जानेका हुन्छन् । ती धर्मगुरुहरुले वैज्ञानिकहरुलार्इ अधर्मी पापी भने पनि, मौका परे यसो गालि गरे पनि, ती वैज्ञानिक भन्दा हामी ठुला हौँ भनेर पटक पटक भने पनि व्यवहारमा पनि फरक भएर अलग ठुलाे हुन सकेका हुँदैनन् । धर्मगुरुहरुले ती अधर्मी वैज्ञानिकहरुले बनाएको गाडीमा चढ्ने, तिनीहरुले बनाएको बिजुली बत्ती बाल्ने, तिनीहरुले बनाएको टेलिफाेनमा कुरा गर्ने गरेका हुन्छन् । आज धर्म गुरुहरुलार्इ जुन भौतिक सुविधा उपलब्ध छ ती सबै प्रायः विज्ञानले उपलब्ध गराएको विधीहरु र उपकरणहरु हुन् ।

वैज्ञानिकहरुः  यिनीहरु आफुहरू भौतिकवादको अनुयायी हौँ भन्छन् । धर्म संस्कार मान्ने आध्यात्मवादीहरुलार्इ रुढिवादी हुन् भने पनि आफ्नो लागी धार्मिक कर्महरु केही गर्दिन भन्न सक्दैनन् । आफ्नो आफ्नो संस्कारका अनुसार यसो कहिले कहिले भन्दै अाफ्नाे अाफ्नाे संस्कार अनुसारका मन्दिर, मस्जिद, चर्च, गुम्बा जाने गर्दछन् । मानिस मरेपछि केही रहदैन भन्दै आफु बुढा भएका भए पनि आफु मरेपछि मेरो लागि मृत्युपछिको कार्यहरु जस्तै पानी दिनु, खानेकुरा खुवाउनु, कपडा, खाट, कुर्ची चलन अनुसारकाे दिनु भनेका हुन्छन् र आफ्ना लागि क्रिया खर्च छुट्याएकै हुन्छन् । सबै विज्ञानका प्रोफेसरहरू, सबै मेडिकल डाक्टरहरुले आफ्नो आफ्नो धर्म अनुसार मृत्युपछिको कर्म, क्रिया गर्ने व्यवस्था मिलाएका हुन्छन् । यो के उचित हो ? आफु जीवन भर भौतिकवादको ओकालत गर्ने, मर्ने बेलामा आध्यात्मवादको पनि आड लिने यो त भएन । यो त दोधारे कुरा भयो । यो कार्यले त अरु मानिसहरुलार्इ धोका दिएको भयो । अरुलार्इ त लौ जेसुकै होस तर यो त अझ आफैलार्इ  दिएको धोका हो, आफ्ना परिवार, वरपर छिमेकी, विद्यार्थी र आफ्नो विज्ञानलार्इ दिएको धोका हो । आफुले जीवनकाे अन्त्यमा अाध्यात्मवादको आडलिन बाध्य भएकाे कुरा अाफ्ना विज्ञानका क्षेत्रमा भनिदिनु पर्ने थियाे । जीवनभर भाैतिकवादकाे समर्थन र प्रचार गरेकाे भए पनि जीवनकाे अन्त्यमा अाउदा म अाफ्नाे वादमा पूर्ण विश्वास नभएकाेले मरेपछि अझै केही चाहिने हाे कि भनेर अाध्यात्मवादकाे विधि पनि अपनाउने निधाे गरेकाे छ भनेर अाफ्ना विज्ञानका सहकर्मी र अाफ्ना किताब पढ्ने विद्यार्थीहरूलार्इ भनिदिनु पर्ने थियाे । केही पनि नभएको जस्तो गरेर आफ्नो सिद्धान्तको लाइन छोड्न मिल्दैन । किनकी भौतिकवाद र आध्यात्मवाद दुइ एकदम फरक बिचारहरु हुन् । यसलार्इ घोलेर एकै ठाउँमा ल्याउन मिल्दैनथ्यो ।
यसरी हाम्रा विज्ञानका गुरुहरुले अन्त्यमा आएर मेरो लागि पनि मरेपछिको क्रिया कर्म गरिदेउ भनेर खर्च छुट्याउनुको मतलब हो विज्ञानले भनेका कुराहरु सबै सत्य छैनन् । वैज्ञानिकहरु आफ्नो सिद्धान्तमा परिपक्व छैनन् । विज्ञानले भनेको कुराले मात्र जीवनको सबै घटना, समस्याहरुको अर्थ र उपाय नपाइएका अनुभव गरे होलान् ती वैज्ञानिकहरुले पनि । त्यसो भए सृष्टिको रहस्य, जीवनको रहस्य र मृत्युको रहस्यका बारेमा विज्ञानले थुप्रै कुराहरु गहिरिएर बुझ्न बाँकी रहेछ ।
मेरो चित्त बुझेको थिएन ।

अाफ्नाे जीवनमा विभिन्न पूजाआजा गरियो । साँचै भनु भने मेरो बाल्यकालनै तिनै मन्दिरहरुको वरपर खेल्दै बित्यो भने आज कलेजमा पढ्न थाले पछि ती मन्दिरहरुमा जान छोडेँ । अरुका लहैलहैमा ती मन्दिरहरुमा जाँदा पनि मन्दिर भित्र नपस्ने, मन्दिरको प्रसाद नखाने वा खासै मतलब नगर्ने भइ सकेको थिएँ । अरू मन्दिरहरूमा जस्तै काठमाण्डौको पशुपतिनाथ मन्दिरमा जाँदा पनि भित्र पस्न मन लागेन । मेरो बिचारमा कुनै ठोस निणर्य, परिभाषा त आइसकेको थिएन । यी ढुङ्गाका मुर्ति मात्र हुन् या यिनमा गरिएका पूजा कसैले देख्ने वा सुन्ने, आशिर्वाद दिने, मनोकामना पुरा गरिदिने पनि गर्छन्, म बुझेर मात्रै यी कार्य गर्ने छु, अहिलेलार्इ हो पनि भन्दिन हैन पनि भन्दिन भन्ने मेरो भावना र बिचार थियो । मेरा ती जिज्ञासाहरु एकै दिनमा पैदा भएका होइनन् । सानै उमेर बाटै उठेका प्रश्नहरु भए पनि सानै उमेरमा जागेका ती प्रश्नहरु त्यति स्पष्ट र दरिला थिएनन् । सानो उमेर जागेका जिज्ञासामा पृथ्वि के हो ? कत्रो होला ? सुर्य कत्रो होला ? आकासबाट पानी कसरी किन पर्छ ? आकासमा गड्याङ्ग गुडुङ्ग किन र कसरी हुन्छ ? भन्ने जस्ता बच्चाकै जिज्ञासाहरु थिए । मेरो ती जिज्ञासाका जवाफ कतै गएर खोज्ने सोच र याेजनाहरू थिएनन् । समय बित्दै गए । म पनि पढ्दै पढ्दै हुर्कदै गएँ । समय साथ साथै ती प्रश्न र जिज्ञासाहरुपनि म सङ्ग सङ्गै हुर्कदै झन बलिया दहरा हुदै जान थाले । अलि पछिका उमेरमा तिनै सोचहरु अलि कठोर हुन थालेका थिए । कलेजमा विज्ञान विषय लिएर पढ्न थालेपछि भौतिकवाद, आध्यात्मवादका परिभाषाहरु बुझ्न थालियो ।

सम्पर्क

मन्दिर नजाँदैमा र मन्दिरको प्रसाद नखाँदैमा जीवन रोकिने हैन रहेछ । डाक्टर बन्ने, जनताको सेवा गर्ने र उपचार गर्ने चाहना बलियो बनाउने बेला आयो । म मेरो पढाइ अझै अगाडी बढाउदै हेल्थ असिस्टेन्ट कोर्स पुरा गरेँ । त्यहाँ पढाइएका मेडिसिनका विषयहरुले मेरो जिज्ञासाहरूको उत्तर दिएनन् । झन जिज्ञासाहरु थपिदै बलिया हुँदैगए । जागिर खाने क्रममा नेपालका विभिन्न दुर्गम जिल्लाहरु हुम्ला, म्याग्दी हुँदै पोखराको क्षेत्रिय अस्पतालमा पनि सेवा गरेँ । समाजमा कस्ता कस्ता रोगहरु छन् र कतिपय रोगहरुको उपचार डाक्टरहरुले गर्न सकेका छैनन् र मानिसहरु अझै रुढीवादी तरिका अपनाउने गरेका छन् भनेर थाहा भयाे । कति राेगहरूकाे उपचार गर्न मानिसहरू सिधै लामा, झाँक्रि, फुक्ने कहाँ जाने गर्दछन् किनकि मानिसहरूलार्इ थाहा छ कि डाक्टरकहाँ गएर त्यस्ताे राेगकाे उपचार हुँदैन । कतिपय राेगहरू डाक्टरकाे उपचारबाट ठिक नभएर तिनै लामा झाँक्रि, फुक्ने कहाँ गएर ठिक हुँदा रहेछन् । कतिपय डर र त्रासका लक्षणहरूलार्इ अाज सम्म कतैपनि  उचित चर्चा र वर्णन गरिएकाे छैन रहेछ । समाजमा बोक्सि भनेर अरुलाई आरोप लगाउने, त्यस्ताे अवस्थालाई फेरी झारफुक गरेर ठिक हुने भन्ने कथन र प्रथा थियो । सँजाेगले भनाैँ या के भनाैँ म भएकाे ठाउँमा त्यस्ता घटना घट्थे, त्यस्ता अवस्थाका बिरामीलार्इ नजिकबाट हेर्ने, तिनीहरूसँग कुराकानी गर्ने माैका पाएकाे थिएँ । त्यस्ता बिरामीहरूलार्इ र त्यस्ता बिरामीहरूका उपचार र चर्चा गर्नेलार्इ कानुन र विज्ञानले रूढिवादी भनेकाे छ तर चारै तिर अझै यसकाे चर्चा सुन्नमा अाउँछन् । वास्तविक सत्यता तिर लाग्नु मेराे कर्तव्य थियाे । त्यसैले विज्ञानले के भनेकाे छ र कानुनले के भनेकाे छ भनेर न साेचेर वास्तविकता के हुन सक्छ याे हल्ला, अफवाह वा रूढिवादी प्रथामा भनेर गहिरार्इमा जान मन लागेकाे थियाे । त्यस दुर्इ बर्षको सेवाकाे प्राक्टिकल जीवनमा भोगेको अनुभवले मेरो जिज्ञासालार्इ झनै बलियो, दरिलो र भयानक डरलाग्दो बनाइसकेको थियो । मेरा जिज्ञासाहरु साधाराण हैन रहेछन् र मानिसहरुको नै सबैभन्दा कठिन भय, त्रास, रोग, लक्षण, उपचारसँग जानी नजानी सम्बन्धित रहिरहेको रहेछ भनेर थाहा भयो । धेरैे महत्वपूर्ण अनुभवहरु थपिन आए जस्ले मेरो जीवनलार्इ झन प्रश्नै प्रश्नले भरिकाे अँध्याराेमा पुर्यायो । पछिका पाठहरुमा विस्तृत बर्णन गरिएका छन् ।

 मेराे सहयाेगी साथी

आफ्नो अध्ययनलार्इ पूर्ण रुप दिन त्यस बेलाकाे सोभियत सँघ आजकालको रसिया देशले उपलब्ध गराएको डाक्टरी कोर्सको छात्रबृती प्राप्त गरी पढाइ अन्तगर्त रसिया देशमा पुगेँ । मलाइ पूर्ण विश्वास थियो कि मेरा जिज्ञासाहरुका भौतिकवादी जवाफ अथवा वैज्ञानिक जवाफ मलाइ भौतिकवादको सिद्धान्त बोकेको कम्युनिष्ट बिचारका अगुवा देश सोभियत सँघमा अवश्य मिल्नेछ । पढ्दै गएँ, समय बित्दै गए । मेडिसिनको उच्च शिक्षाको पढाइ त्यसैमा पनि टाढाको बिदेश, नयाँ भाषा भएको भएर अन्त सोच्ने मौकाहरु मिल्देनथे । सँधैको पढाइ र जाँचहरुमा व्यस्थ रहनु पर्थ्यो । कहिले कहिँ ती मेरा जिज्ञासाहरु कता हराउथे कता । आठ दश बर्ष बितेको थाहै भएन । थुप्रै नयाँ नयाँ विषयहरु पढिये, थुप्रै प्राक्टिकलहरु भए । तर कुनै पनि विषयको किताबमा मेरो प्रश्नको सही जवाफ उल्लेख थिएन । ती मैलै पढ्नु पर्ने किताबहरुमा मैलै मलाइ आवश्यक नभएका पानाहरुपनि सबै केलाएर हेरेँ । सबै किताबहरुको अगाडिको पाना देखि पछाडिको पानाहरुमा के लेखेका छन्, मेरा जिज्ञासाहरुका बारेमा पनि कतै केही उल्लेख चर्चा गरेका छन् भनेर पढ्ने गर्थेँ जुन कुराहरु मेरा पाठ्यक्रम भित्रका थिएनन् । मेरा जिज्ञासाहरु कहीँ कतै उल्लेख पनि थिएनन् र जवाफ पनि कतैै थिएनन् । सबै चिकित्साशास्त्रलार्इ एक मुष्ट जोडेर कुरा गर्ने हो भने मेरा जिज्ञासाहरु सृष्टि के हो ? जीवन के हो ? मृत्यु के हो ? भन्ने प्रश्नलार्इ नै प्रमुखता दिइएको छैन रहेछ । कतैकतै अलि अलि सानासाना केही छोटा पानामा अट्ने बिचारहरु दिइएका थिए तर ती बिचार तर्कहरु मेरो आफ्नो अनुभव अनुसारको सही जवाफ थिएनन् । यसरी चिकित्साशास्त्रको पढाइ सिद्धाएर प्रमाणपत्र लिँदाको दिन म खुसि भन्दा दुःखि हुन पुँगे किन कि म एक्लो रहेछु यस्ता फाल्टु कुराहरू सोचेर हिड्ने जस्तो लाग्यो ।
त्यति खेर पढाइ सिध्याएर आफ्नो देश फर्कने बेला भइसक्दा मलार्इ ठुलो दुबिधा पर्यो । आफ्ना जिज्ञासाहरु अपुरा हुँदा हुँदै घर फर्किएर जागिरमा जोडिन जाँदा कतै मेरा जिज्ञासाहरु सधै भरिलार्इ अपुरा अधुरा हुने हुन् कि भन्ने डर लाग्नथाल्यो । यदि यी जिज्ञासाहरुका रहस्य बुझ्न पाइन भने मेरो जीवन ब्यर्थ हुने भो भन्ने लागी सकेको थियो । त्यति खेरसम्ममा मेरो सँगसँगै डाक्टरी पढ्ने यस किताब कि लेखिकालार्इ एक जीवन साथीको रुपमा पाइसकेको थिएँ । उनीसँग सङ्गै पढ्ने क्रममा बेला बेलामा मेरा जिज्ञासाहरुका बारेमा उनीलार्इ भन्ने गर्दा उनीबाट यो प्रश्न अति जटिल तर अति महत्वपूर्ण छ भन्ने सहमति पाउदै आएको थिएँ । अब पढाइ सिध्याएर स्वदेश फर्कने कि अझै पढाइ जारिगर्ने भन्ने कुरामा उनीसँग मेरो सरसल्लाह भयो । त्यतिखेरसम्ममा मेरो जिज्ञासाका बारेमा म मा केही जवाफ, अनुभवहरु सङ्कलन भइसकेको थियाे जुन कुरा हामीले पढेको विज्ञान र चिकित्साशास्त्रमा उल्लेख वा चर्चा गरिएकाे थिएन । यही अलिकति भइसकेका अनुभवहरुलार्इ यत्तिकै खेर नफाल्न र त्यस अलि अलिका रुपमा मात्र रहेका ज्ञानलार्इ अलि स्पष्ट पारेर केही कुरा व्यक्त गर्न मिल्ने, लेख्न मिल्नेसम्म त पुर्याउनु पर्यो भन्ने सल्लाह भयो । अझै गहिराइमा पुगेर खोज गर्ने मेरो यस्तो चाहनालार्इ उनीले मन पराइन् र साथ दिने सहमती जनाइन् । यसरी उनीकाे पनि सहमती अनुसार यस महत्वपुर्ण लागेको कुराको छिनो फानाे लगाउने र छिटो छिटो गरेर केही भन्न योग्य कुराहरु जम्मा गरी स्वदेश फर्कने सल्लाह गरी हामी दुबै जना रसियाको मस्को शहरमा बस्यौँ ।

हाम्राे सम्पर्क र सँघर्ष        

                                                                                                                                                             अब यस जिज्ञासाका कुराहरूलार्इ अझै गहिराइमा बुझ्रने भनेर हामी दुबै जना लाग्याैँ । सुरूमा मैले बुझेका कुराहरू उनलार्इ पनि बुझाउन प्रयास गरेँ । उनीलार्इ बुझाउन नै समय लाग्याे मलार्इ सुरूमा तर पछिपछि उनीले पनि यी समस्याहरू देख्ने, भाेग्ने र बुझ्रने हुन थालिन्, अनि अलि पछिपछि ती मैले देख्ने र भाेग्ने गरेकाे अनुभवहरू उनीले पनि देख्ने, सुन्ने, अनुभव गर्ने हुन थालिन् । ती मैले मात्र देख्ने, सुन्ने अनुभव गरेका लक्षणहरू अरूले पनि गर्न थालेपछि म अझ ढुक्क भएँ, म पागल हाेइन रहेछु भनेर अझ पक्का भयाे । नत्र मलाइ थाहा थियाे कि मैले पढेकाे चिकित्साशास्त्रकाे साइक्रियाटिक्समा मैले गरेकाे अनुभव गरेकाहरूलार्इ अर्कै नाम र अर्कै निन्द्रा लगाउने अाैषधीहरू दिने चलन छ । तर त्याे देख्ने भाेग्ने अनुभवहरू अति कष्टकर थिए । सृष्टिकाे वास्तविकतालार्इ बुझ्ने चाहना राखेका हामी दुबै जनाले त्याे समस्याकाे सामना गर्ने अठाेट गरेका थियाैँ । मैले यसरी यस लडार्इकाे त्यस भयानक परिस्थितिमा एक शिक्षित, हिम्मतदार, विश्वाशिलाे र नजिककाे साथी पाएँ । यसरी अब याे सम्पर्क र सँघर्ष दुबै जनाकाे हुन थाल्याे । यसरी मलार्इ साथदिने नजिककाे साथी पाएँ । यसरी अब याे सम्पर्क र सँघर्ष दुबै जनाकाे हुन थाल्याे ।

सुरूमा  मैले त्यस वेला सम्म जम्मा गरेकाे अनुभवहरूलार्इ जाेडेर सानाे सानाे लेखहरू र सानाे किताब लेख्ने इच्छा मात्र थियाे । धेरै लामाे गहिराे खाेज गर्ने साेच र ताकत पनि थिएन । करिब दुइ बर्षमा केही मेडिकल जर्नलहरुमा प्रकासित गर्न मिल्ने जति सामाग्री तयार पार्छु होला भन्ने मेरो बिचारमा थियो । तर त्यो सम्भव भएन । जति बुझ्दै गए झन बढि अनुभवहरु थपिन थाले । हरेक दिन नयाँनयाँ कुराहरु अनुभवहरु हुन थाले । अनुभवहरु त हुँदाहुँदा भय त्रासहरु सङ्गसङ्गै आउँन थाले । मैले सपनामा जे देख्थेँ त्याे भाेलीपल्ट हुन्थ्याे । मरेका मान्छेहरू सपनामा अाएर कुरा गर्थे, जुन कुराहरू वास्तविक साँचाे हुन्थ्याे । हुँदाहुँदा ती मरेकाहरू म सँग बिपनामा नै अाएर कुरा गर्न थाले कहिले काहीँ । परिस्थिती भयावह, भयानक भएर अायाे र अाफ्नाे जीवन नै मर्ने कि बाच्ने भन्ने अवस्थामा पुर्यायाे । तिनीहरूसँगकाे सम्पर्क दुःख कष्टकाे हुँदाे रहेछ । सुरूसुरूमा ती हामीले गरेका अनुभव भय र त्रासहरु हाम्रा जिज्ञासाका कारण आएका हुन् भन्ने थाहा भएन मलार्इ । ती भयावहका कारणहरुलार्इ अरुनै कारणसँग जोड्ने गरिन्थ्यो पहिले पहिले तर पछिपछि समय बित्दै जाँदा र अर्थ लगाउँदै जाँदा बल्ल कारणहरू थाहा भयाे । मैले मृत्यु के हाे ? भन्ने प्रश्न जगाएकाे भएर ती मरेकाहरूले गुहार माग्न अाएका रहेछन् । ती मरेकाहरूसँग सम्पर्क हुँदा मलार्इ दुःख पिडा भय त्रास अाउनुकाे कारण ती मरेकाहरूले त्यस्ताे अनुभव गरिरहेका हुँदा रहेछन् र मलार्इ पनि त्यस्तै अनुभव भएकाे रहेछ । ती मरेकाहरु कोही नचिनेका हुन्थे त कोही अति चिनेका नातेदार र आफन्तहरु हुन्थे । ती भयावहका कारणहरुलार्इ बुझ्न गाह्राे भयाे । सही तरिकाहरू केही थाहा थिएन । त्यसपछिका दिनहरुमा अलि बुझ्न थालियाे तर झन जति बुझ्रदै गयाे ती अनुभवहरू यसरी अाउँन थाले कि हाम्राे रोक्न सक्ने परिस्थिती भएन । कहिले कहिले परिस्थिती मानव क्षमता भन्दा बाहिरका अनुभव र घटनाहरु हुन थाले । तिनीहरूकाे सम्पर्कका अनुभवहरूले  मृत्युकाे नजिक पुर्याउथ्याे । तर मैले यस्तै नचाहिँदाे कुराकाे खाेजि गर्दरहेछु भने कता कता केही खुबि र क्षमता पनि रहेछ म मा । भय र त्रासहरू अाए पनि जीवनमा डराउन नजानेकाे मानिस थिएँ । मैले तिनीहरूकाे सामना गर्ने हिम्मत जगाएकाे थिएँ । सम्पर्कहरू झन झन स्पष्ट हुन थाल्याे भने मैले पनि विभिन्न उपायहरू निकाल्न थालेँ । ती भय र त्रास ल्याउनेहरू अति नजिक थिए । मेराे गुहार माग्ने अन्त कतै ठाउँ छैन र मलाइ फुर्सद पनि छैन भनेर मलार्इ थाहा थियाे । मैले झन तिनीहरूसँग कुरा गर्ने जमर्काे गरेँ र म सफल भएँ । तिनीहरू बाेल्दा रहेछन्, हाम्राे कुरा सुन्न सक्दा रहेछन्, हाम्राे कुरा बुझ्रदा रहेछन् भनेर थाहा भयाे । तिमीहरू किन अायाै म कहाँ भनेर साेध्दा तैँले देख्छस् त्यसैले तँ कहाँ अाएकाे भनेर जवाफ दिए तिनीहरूले । तैँले जे खान्छस् हामीलार्इ पनि त्यहि चाहिन्छ भनेर भने तिनीहरूले । धेरैले हामी तँलार्इ मार्न अाएका हाैँ भनेर भने । म जहाँजहाँ जान्छु तिनीहरू त्यहाँत्यहाँ पुग्थे । त्यसैगरी मैले हजाराैँ मरेका मानिसहरूसँग कुरा गरेँ । तिनीहरूसँग सम्पर्क हुँदा धेरै दुःख पाएँ तर ठुलाे समाचार, खबर र रहस्यहरू बुझ्ने माैका पाएँ । त्यस बेला म रसियाकाे मस्काेमा थिएँ । एक दिन मरेका रसियनहरू अाएर मसँग बाेले ।  मलार्इ तिनीहरूले भने तैँले गरिरहेकाे खाेज प्रति हामीले धेरै दिन देखि हेरिरहेका छाैँ र यदि तँ सफल भइस् भने हामीहरूकाे पनि उध्दार हुनेछ भन्ने हामीलार्इ अाशा छ, तँ पक्कै सफल हुन्छस् भनेर हामीलार्इ विश्वास पनि छ, हामीहरू तेराे याे लडार्इमा तेराे पक्षमा छाैँ किन कि तँ पनि हाम्रै पक्षमा छस् र हामीहरू धेरै जना छाैँ भनेर भने । मैले साेधेँ कति हाे धेरै भनेकाे साेधेकाे त्यस्तै दशाैँ लाखभन्दा बढी (मिलिअाेन प्लस, million +) छाैँ भनेर भने तिनीहरूले । मैले त्यहि वेला पारेर साेधेँ । हुन त हाे मैले खाेजिगरेकाे कुरा राम्राे हाे सबैलार्इ चाहिने हाे तर मलार्इ एकदम गाह्राे भएकाे छ शारिरीक, व्यवहारिक सबै तिर भनेर भनेँ । उनीहरूले भने त्याे तँलार्इ गाह्राे भएकाे तेराे पितृ र तेराे देशबाटै पछि लागेकाहरूले गर्दा हाे । उनीहरू तँसँग बढी रिसाएका छन् र अलि असभ्य खालका छन् हामीहरू भन्दा भनेर भनेका थिए । अब म आफ्नो जिज्ञासालार्इ बिर्सेर अध्ययन र खोजलार्इ बिचमा रोकेर स्वदेश फर्कन नमिल्ने दिनहरु सुरु भए । यसरी मानिसको क्षमताभन्दा बाहिरका समस्याहरु आउँन थाले । मैले हरेस खाएँ धेरै पटक र यस लडाइबाट उम्कन चाहेँ र उम्कनलार्इ मेरा ती जिज्ञासाहरुलार्इ र मैले अनुभव गरिसकेका कुराहरुलार्इ भुल्न चाहेँ । मलार्इ पहिलो पटक बल्ल थाहा भयो कि मानिसले आफ्नो चाहनाले मात्र पढेका र अनुभव गरेका वा जिज्ञासाहरुलार्इ भुल्न र मेट्न मिल्दैन रहेछ । ती जिज्ञासाहरुले झन् सताउन थाल्यो । अनुभवका घटनाहरुका याद आएको आइहुन थाले । मैले धेरैपटक पछुतो माने पनि किन यस्तो जिज्ञासा राखेँ हुँला जस्तो लाग्यो । हुन त म सजिलै हार मान्ने वाला पनि थिइन । कारणहरु खोज्दै अगाडि बढ्दै गएँ । यस खतरनाक परिस्थितिको आभास भएपछि र यसको कारण, उत्तर र उपाय अब आफैले निकाल्नु पर्ने भएपछि कम्मर कसेर झन गहिरिएर अध्ययन गर्न थालें । रातदिन यसै कुराको खोजिमा लाग्नु पर्ने भएकोले त्यस समय मैले सबै सम्बन्धहरु बन्द गरेर एकान्त अवस्था सक्दो सृजना गरें । यसरी पढ्ने र खोजी गर्ने क्रममा विज्ञानशास्त्रबाट उचित उत्तर जवाफ नपाए पछि मैले विज्ञानशास्त्र भन्दा अन्त क्षेत्र तिर पनि खोजी गर्नथालेँ । मेरा जिज्ञासाका बारेमा अब कता चर्चा सुनिन्छ त भन्दै खोजी गर्दा यस्ता चर्चाहरु धर्मशास्त्रका किताबहरू र धर्म संस्कारका विधिहरुमा चर्चा सुनिने गरेको अनुभव र यादहरु आयो । सबै धर्म, विभिन्न धार्मीकशास्त्रका किताब, धर्म संस्कार, विधि, चलन, रितीरिवाजहरूमा नियाल्न थालेँ र पढ्न थालेँ । जति जति पढ्दै गयो अनुभव र ज्ञानहरु झन थपिदै गए । यसरी मैले सोच्न र खोज्न सकेका सबै किताबहरु पढ्दै जाँदा हिन्दु धर्मका पुराना शास्त्रहरुमा केही पँक्तिहरु लुकेर बसेका रहेछन् । ती पँक्तिहरू यसरी लुकेर बसेका थिए कि ती संस्कृतका किताबका उल्था गर्नेहरुले कि त गलत व्याख्या गरेका थिए कि त पुरा व्याख्या गरेका थिएनन् । ती लेखकहरुले त्यस पँक्तिकाे सही भाव बुझेका रहेनछन् जस्तो लाग्यो । ती संस्कृतमा लेखिएका पँक्तिहरू बुझ्न सुरुमा कठिन थिए । पछिपछि एउटै किताब धेरै चोटी पढेँ र अझ ती मेरो आँखा गडेका पँक्तिहरुलार्इ झन धेरै चोटी पढेँ । कुनै पँक्तिलार्इ सयौँ चोटी पढेँ, कुनै कुनै पँक्तिहरुलार्इ हजारौँ हजारौँ चोटी दोहाेर्याउन थालेँ । धेरै पटक पढेपछि अर्थहरु अझ स्पष्टस्पष्ट हुँदै आए । कुनै कुनै पँक्तिहरुलार्इ लाखाैँ पटक दाेहाेर्याएँ । म नेपाली हुँ । संस्कृत भाषा र मेरो मातृ भाषा नेपालीकाे एकदम नजिकको सम्बन्ध रहेछ । संस्कृत भाषाको लिपी र नेपाली भाषाको लिपी एउटै हो त्यसैले सुरुमा संस्कृतका श्लाेककाे अर्थ नबुझे पनि एउटै लिपी भएको भएर पढ्न उच्चारण गर्न सजिलो भयो । सानै देखि विभिन्न धार्मीक किताबहरु पढेको सुनेको भएर संस्कृतका शब्दहरू उच्चारण गर्ने तरिकाहरु थाहा थियो । ती संस्कृतका धेरै जसो शब्दहरु नेपाली भाषाका शब्दहरुमा प्रयोग हुने गरेको रहेछ । म जन्मेको ठाँउ, हुर्केको परिवेश, स्कुलका गुरुहरु, कति साथीहरु, गाउँको वातावरण सबै तिर ब्राह्मणहरुसँगको रहन सहन भएको थियो । ती ब्राह्मणहरुका सँगतबाट संस्कृतका केही संस्कार र भाव बुझ्ने भइसकेको रहेछु । ब्राह्मणहरुबाट शास्त्रका कुराहरु र संस्कृत भाषाका विभिन्न श्लोकहरू नचाहेर पनि पटकपटक सुन्ने मौका मिलिसकेको थियो त्यसैले मलार्इ त्यस अपठेरो परिस्थितीमा ती संस्कृतमा लेखिएका पँक्तिहरुको अर्थ लगाउन र भाव बुझ्न मद्दत मिल्यो । छाेटकरीमा भन्नु पर्दा मैले बाल्यकालमा गरेमा ब्राह्मणहरूकाे सँगतबाट पाएकाे ज्ञानलेनै मलार्इ त्यस मृत्युकाे भुमरीबाट निस्कने बाटाे देखाएकाे थियाे । पछिपछिका समयमा संस्कृत भाषालार्इ नै अाफैले अझ गहिरिएर अध्ययन गरेँ । साथै हिन्दी भाषा पनि मेरो लागि नजिकको भाषा थियो । हिन्दी भाषाका सयाैँ किताब, पत्र पत्रिका पढ्ने र हिन्दी भाषामा बाेल्ने थुप्रै भारतका साथीहरू सँग सँगत गर्ने माैका पाएकाे थिएँ त्याे अनुभव मलाइ काम लाग्याे । हिन्दु धर्मका थुप्रै शास्त्रहरु हिन्दी भाषामा रहेछन् वा संस्कृतको हिन्दी उल्था रहेछन् । संस्कृत र हिन्दी दुबै भाषा पढ्न सक्ने, बुझ्न सक्ने भएको भएर संस्कृतका हिन्दी उल्थामा उल्थाकार लेखकले छुटाएका अर्थहरू पनि बुझ्न सक्ने भएको थिएँ ।

त्यसो भए यो के होला त ?

यी सबै जिज्ञासाहरुका जवाफ खोज्ने क्रममा मेरो जीवनमा मैले गरेको विज्ञानशास्त्रको अध्ययनहरु, चिकित्साशास्त्रको अध्ययनहरु, बिरामीहरु, रोगहरु, लक्षणहरु, उपचारका अध्ययनहरु, विभिन्न धर्म र संस्कारका बारेमा गहिरिएर गरिएका अध्ययनहरु, धार्मिकशास्त्र वेदहरु, पुराणहरु, रामायण, महाभारत अन्य  विभिन्न शास्त्रहरुका अध्ययनहरु, आफ्नो अनुभवहरु, अरु मानिसका अनुभवहरु, विभिन्न प्रयोगहरु र प्रमाणहरु सबैबाट निकालिएको निचोड र निष्कर्ष जानी नजानी सुध्द असुध्द जे भए पनि प्रस्तुत गर्न चाहन्छु ।

 हाम्राे निष्कर्षः   याे किताबकाे उदय

 
यस्तो भय, त्रासका अनुभवहरु पार गर्दै म लेखक र मेरी श्रीमती लेखिकाले बटुलेका अनुभवहरुको ठुलाे सङ्ग्रह हुन पुग्यो । कुनै उपायको आशा नभएको र मर्नु न बाच्नु अवस्थालार्इ पारगरी खोजी गर्ने क्रममा केही उपाय र सुझावहरु भेटिन थाले । यिनै जिज्ञासाहरु सृष्टि के हो ? जीवन के हो ? मृत्यु के हो ? भन्ने विषयका बारेमा, त्यसबाट उत्पन्न हुन सक्ने भय त्रास, खतरा र उपायहरुका बारेमा हिन्दु धर्मका वेदशास्त्रहरूमा, पुराणहरुमा नदेखिने गरेर लुकेर बसेका रहेछन् । तिनै नदेखिने गरेर बसेका इशाराहरुलार्इ खोजिगरिरहेको मानिसको हातमा पर्न गइ त्यस सुक्ष्म इशाराहरुलार्इ लेन्स लगाएर र गहिरिएर हेर्न थाल्दा थुप्रै कुराहरुका जवाफ प्राप्त हुन थाल्यो ।

वेदशास्त्रका चर्चाहरू समाजमा प्रशस्त हुने गरेकाे छ । हिन्दु धर्म र संस्कारमा तिनै वेदशास्त्रहरूका नियम र विधीलार्इ उल्लेख गरेर अनुशरण गरिन्छ । तर मैले पढेकाे र बुझेकाे वेदका अर्थहरू र विधीहरू भन्दा समाजमा अाजका वेदका गुरूहरूले लगाएकाे अर्थ र तरिका भिन्न थिए । वेदशास्त्रमा मानवजातीलार्इ अति अावश्यक ज्ञानहरू दिइएकाे रहेछ जुन ज्ञानहरू अाजकाे अाधुनिक जीवन र अाधुनिक विज्ञानका लागि अति अावश्यक छन् । अाधुनिक विज्ञानले जुनकुराकाे खाेजिगरिरहेकाे छ त्यही कुराका जवाफहरू वेदशास्त्रमा लुकेर बसेका रहेछन् । मेरा जिज्ञासाहरू सृष्टि, जीवन र मृत्यु के हाे ?  का बारेमा पनि वेदशास्त्रहरू लेखिएकाे रहेछ । अाधुनिक विज्ञान र चिकित्साशास्त्रले खाेज्न नसकेकाे मानव शरीरकाे केही रचना र वर्णन त्यही वेदशास्त्रहरूमा लुकेका थिए । वेदशास्त्रहरूमा चिकित्साशास्त्रकाे क्षेत्रमा अाजसम्म चिन्न नसकेकाे, वर्णन गर्न नसकेकाे केही राेगका लक्षणहरूकाे वर्णन र उपचारका विधीहरू लुकेका रहेछन् । ती लुकेर रहेका रहस्यहरूलार्इ बाहिर ल्याएर अलि स्पष्ट बनाएकाे छु । समाजमा प्रस्तुत गर्नु भन्दा अगाडि विभिन्न जाँच, परिक्षणहरू गरेकाे छु र प्रमाण देखाउन सक्ने भएर मात्र अाज याे कुराहरू यस किताब मार्फत पेश गर्दैछु ।

यो किताब तिनै अनुभव, त्यसको तथ्य कुराहरु, निष्कर्ष र प्रमाणहरुको सँग्रह हो । आफ्नो जीवनमा भोग्नु परेका अनुभवका निष्कर्ष भएको भएर किताबको नाम यस्तो राख्न गइयो ।
ब्रह्मज्ञानः मृत्युलार्इ चिहाएर हेर्दा भय र मृत्युसँगको सम्पर्क र सँघर्षको रस 
लेखक डा. कमल मान श्रेष्ठ               लेखिका डा. इन्दु श्रेष्ठ
यस किताबमा उल्लेखित तर्कहरु विज्ञानका आजसम्मका बिचार तर्कहरुसँग केही मिल्दा जुल्दा, केही नमिल्ने नयाँ तर्क र सुझावहरु छन् । विज्ञान, चिकित्साशास्त्र र धर्म संस्कारका बिचारहरुमा पनि केही खण्डन र केही सहमतीहरु छन् ।
सबै मानिसका लागि महत्वपूर्ण भएको सुझावहरु उल्लेख गरिएकाछन् ।
यदि कसैलार्इ यस किताबका तर्क र बिचारहरु गलत लागेमा लिखित रुपमा कुन कुरा र किताबको कुन लाइन भनेर अँकित गरेर लेखकलार्इ प्रस्तुत गर्न पनि अनुरोध गर्दछु ।

यो किताबको बनोट

किताबको विभिन्न भागहरु छन् । यी सबै तरिका मार्फत यो किताबको विषय बस्तुलार्इ बुझ्न मद्दत मिल्ने छ।
१, लिखित तत्थ्य भाग ।
यो किताब इबुक र लेखहरूकाे रुपमा छन् । इबुकलार्इ डाउनलोड गरेर आफ्नो उपकरणमा कम्प्युटर, स्मार्ट फाेन जस्ता उपकरणमा हेर्न सकिन्छ ।
२, प्रमाण सम्बन्धित भागहरु ।
किताब सँग सम्बन्धित प्रतक्ष घटनाहरुलार्इ भिडियोमा रुपमा यसै किताबको वेबसाइटमा वा युटुबमा हेर्न सकिन्छ ।
३, यस किताब पढेर पाठकहरूले गरेका अनुभवहरूका लेखहरू यसै किताबको वेबसाइटमा हेर्न सकिन्छ । 
४, किताब सम्बन्धित आफ्ना प्रतिकृयाहरु पनि यसै किताबको वेब साइटमा राख्न सकिन्छ अरुले गरेका प्रतिकृयाहरुपनि हेर्न सकिन्छ ।

यो किताब प्रती पाठकका हुन सक्ने प्रतिकृयाहरु 

सुरूमा याे केताब पढ्दा वा यस किताबकाे चर्चा सुन्दा विश्वास गर्न सकिदैन । अाजकाे जमानामा अझै यस्ता रूढिवादी कुराहरू गर्दा रहेछन् जस्ताे लाग्न सक्दछ । तर याे एक समस्या भएर बसिसकेकाे छ कसैकाे जीवनमा । तर पनि विभिन्न मानिसहरूमा विभिन्न प्रतिकृयाहरू हुन सक्दछन् ।
यो किताब पढ्ने र बुझ्ने क्रममा पाठकहरु ५ अवस्थाबाट गुज्रने छन् ।
१,    यस्तो त हुनै सक्तैन ।
२,    खै के हो के हो ?
३,    यस्तो पो हुँदो रहेछ ?
४,   अब के के गर्नु पर्ने हो ?
५,   त्यसो भए जे पनि गर्न तयार छु ।
जति पड्दै गयो, पटकपटक दोहाेर्याएर बुझ्दै जाँदा आफु अलि अलि माथिल्लो अवस्था पुगिदै जाने छ ।

सामाजिक प्रतिकृयाहरु ।

मानव जातीको विकासकाे क्रममा सुरुको अवस्थाहरुका इतिहासलार्इ हेर्दै जाँदा मानिसहरुको ढुङ्गे युग देखिको वर्णन पाइन्छ । अनि मानिसहरु विस्तारै विस्तारै अनुभवका आधारमा र अर्काको अनुभवबाट सिक्ने क्षमता विकसित हुँदै आजको रकेट उडाउने, मोबाइल फाेनमा कुरागर्ने, इन्टरनेटको युगमा आइपुगेको छ । तर मानिसको विकासका क्रम र बिगतका समय सबै सजिला मात्र थिएन । कहिले कहिले भयानक प्रतिकृयाहरुको बाबजुद सत्यकुराहरुलार्इ अगाडि बढ्नु पर्यो । सत्य कुराहरु आखिर सत्यनै हुँदा रहेछन् । कसैले लुकाउन दबाउन खोज्दैमा सदाका लागि दबाउन सक्दैन रहेछन् । मानिसको विकासका क्रममा मानिसहरु समुहमा एक जुट भएर सामुहिक कुरा कार्यहरुगर्न थाले पछि विभिन्न समुहहरु बन्न गए  हाेलान् । आफ्नो परिस्थिती अनुसारका भेश भुषा, भाषा चलन चल्तिहरु बन्न गए होलान् र त्यसै अनुसार तर्क, अर्थ लगाउन थालियो होला । त्यसै क्रममा मानिसहरुलार्इ सृष्टि के हो ? जीवन के हो ? मृत्यु के हो ? भन्ने प्रश्नहरु र जवाफका आधारमा धर्म र संस्कृतीहरु बन्न गएकाछन् । मानिसहरुलार्इ सृष्टि के हो ? जीवन के हो ? मृत्यु के हो ? भन्ने कुराका केही अर्थ र तर्कहरु त्यति बेलाका समुहका प्रतिष्ठित व्यक्तिहरूले दिन थाले होलान् आफ्ना आफ्ना अनुभवका आधारमा । आफ्ना वा वरपरका व्यक्तिहरूको आधारमा मात्र बनाइएका ती तर्कहरु सबै सहि थिएनन् होला भने सबै गलत पनि थिएनन् होला । समय सापेक्षका खोजहरु र उपायहरु थिए होलान् ती जवाफहरू। समय बित्दै जाँदा नयाँनयाँ प्रमाणित तथ्यहरू थपिदै अाएका हुन् । तर कहिले कहिले सही तथ्यले मान्यता र स्थान नपाएकाे उदाहरणहरू छन् । आजभन्दा १००० बर्ष अगाडीसम्मको मात्र कुरा गर्ने हो भने समाजमा कुनै वैज्ञानिक ज्ञानका कुराहरुले ठाउँ पाउने गरेको थिएन । त्यति खेरको जमानामा आफ्ना आफ्ना ठाउँका पादरी, पुजारी, मौला र लामाहरु जस्ता धर्मगुरुहरुबाट नै समाजमा अन्तिम निर्णय दिने  चलन र साधन थिए । ती धर्मगुरुहरुले बुझ्न नसके र तिनीहरूकाे स्वार्थसँग मेल नखाए नयाँ परिवर्तनका तर्कहरुले समाजमा ठाँउ पाउने गरेको थिएन । जस्तै उदाहरणको लागि पृथ्वी चेप्टो हैन गोलो छ भन्ने तर्क भएको आफ्नो खोज प्रकाशित गरे बापत इटलीको रोम शहरमा त्यसबेलाका चर्चका प्रमुखहरुले धर्म र संस्कारले मानी आएको तर्क पृथ्वी चेप्टाे छ भन्ने तर्ककाे विपरित तर्क दियो भनेर ती वैज्ञानिकलार्इ सार्वजनिक ठाउँमा चोकमा सुलिमा चढाएर मारियो । तर वास्तवमा ती वैज्ञानिकले दिएका तर्क सही रहेछन् । आज ती वैज्ञानिकले दिएको खोजको तर्क नै सबैको लागि मान्य छ । त्यस्ता खालका अन्य उदाहरणहरु आज पनि भेटिन्छन् ।

त्यसैले सुरूसुरूमा याे किताबकाे सही भाव अाफुले पनि राम्ररी नबुझेकाे र अाफ्रना वरपरकाहरूले पनि राम्ररी नबुझ्रदा बिराेध हुन सक्दछ । त्यसैले यस किताबलार्इ राम्ररी पटकपटक पढ्न अनुराेध गर्दछु । नबुझेकाे बेलामा अाफुभन्दा बुझेकाेहरूसँग साेधेर अर्थ र उपाय निकाल्नु जायज हुनेछ । अाफै अडकल काटेर अर्थ निकाल्नेहरूले गलत भाव बुझ्न सक्नेछन् र अमृत पनि बिष बन्न सक्नेछ ।

⇐विषय सूचीमा फर्कन

This post is also available in: Nepali