( किताब तथा वेवसाइटको परिचय )

(Introduction of online book)

ब्रह्मज्ञान: मृत्युलाई चिहाएर हेर्दा भय र मृत्युसँगको सम्पर्क र सँघर्षको रस 

लेखकहरू:    डा. कमल मान श्रेष्ठ,       डा. इन्दु श्रेष्ठ

डाक्टरहरूका अनुसन्धानका निष्कर्ष र परिणामहरू

             हामी, यस किताबका लेखकहरू, चिकित्साशास्त्रका डाक्टरहरू हौँ  । यो वेवसाइट हामी डाक्टरहरूका अनुसन्धानका परिणामहरू प्रकाशित गर्ने ठाउँ हो ।               

मानिसहरूले शारीरिक तथा मानसिक समस्याहरूका केहि रोगहरू तथा लक्षणहरूको कतै गएर पनि उचित उपचार र समाधान नभएको अनुभवहरू गरेका थिए र अझै पनि गर्दैछन् । कुनै कुनै लक्षणहरू किन आउँछ र किन जान्छ त्यस्को कारण डाक्टरहरूलाई थाहा छैन र जनताहरू पनि कतिपय रोगहरुका उपचारका लागी डाक्टर कहाँ जानु हुँदैन भन्दै अन्य तरिकाहरू अपनाउने चलन हुन्छन् । त्यसैले हामी तीनै समस्याहरूका जवाफहरूका खोजिकालाई अझै गहिराइमा गएर अध्ययन र खोजिहरू गर्यौँ । हामी लेखकहरूले गरेका तिनै अध्ययन र खोजिहरूका परिणामहरूलाई यस किताबमा प्रस्तुत गरेका छौँ । जुन कुराहरु केवल कुराहरु मात्र नभएर त्यस कुराहरुका प्रमाणहरू समेत लिखित तर्क, अनुभव र घटनाहरूका प्रत्यक्ष भिडियोहरू समावेश गरेका छौँ ।

                  चिकित्साशास्त्र क्षेत्रमा मानिसहरूले केहि लक्षणहरूका उचित, पर्याप्त  उपचार नभएका अनुभवहरू गर्ने गरेका हुन्छन्, जस्तै कतिपय डिप्रेसन भनिएका लक्षणहरू, सिजोफ्रेनिया भनिएका लक्षणहरू, स्प्लिट पर्सनालिटी भनिएका लक्षणहरू, राती निन्द्रा नलाग्ने, राती निन्द्रा खुलेपछि धेरै बेर सम्म निदाउन नसक्ने, नराम्रा सपनाहरू देख्ने, सपना देखेर झस्कने, निन्द्रामा कराउने, निन्द्रामा कसै सँग बोल्ने, निन्द्रामा हिड्ने, दिउसो होसमा ननिदाएको वेलामा पनि एक्लै बोल्ने, रिसाइराख्ने, झगडाहरू गरिराख्ने, रिसाउदा वा झगडा गर्दा होस नपाउने, काम्ने, देवीदेवताहरू वा पितृहरू आएर बोलेको भन्ने लक्षण भएकाहरू । यी लक्षणहरूका वास्तविक कारणहरू, तर्कहरू, तरिकाहरू र उपचारका विधिहरू विज्ञानले र चिकित्साशास्त्रले वयान गरेको र आज सम्मका धर्म, संस्कार र समाजमा मानिदै आएका तर्क भन्दा फरक रहेछन् ।     

हाम्रा निष्कर्ष, सेवा र सुझावहरू

  हामीले हाम्रा अनुसन्धानका खोजिका प्रश्नहरू र खोजिका निष्कर्षहरूलाई तिन तरिकाबाट प्रस्तुत गरेका छौ ।

१. हाम्रो निष्कर्ष: ब्रह्मज्ञानको किताब

(Website Online Book) इ किताबको नाम :

 ब्रह्मज्ञानः मृत्युलाई चिहाएर हेर्दा भय र मृत्युसँगको सम्पर्क र सँघर्षको रस

लेखकः डा. कमल मान श्रेष्ठ  लेखिकाः डा. इन्दु श्रेष्ठ

 यो किताब वेवसाइटमा रजिष्टर गरेर सदस्यता (मेम्बरशिप) लिएर पढ्ने किताब हो । यो किताबका सबै पानाहरू सदस्यता लिएकाहरूका लागी मात्र हेर्न वा पढ्न मिल्दछ ।

+मानव जीवनका अज्ञात रोगहरू, लक्षणहरू के के हुन् ?  किन आउँछन् ?  + विज्ञान र चिकित्साशास्त्रले आज सम्म पत्ता नलगाएका अपूर्ण ज्ञानहरू के के हुन् ? +सृष्टि, जीवन, मृत्यु र तेस्रो नेत्रको नयाँ परिभाषा र परिचय के हो ? +वेदशास्त्रहरूका प्रमुख तात्पर्य के हो ?  ब्रह्म भनेको के हो ?  सदाशिव भनेको के हो ?  सँस्कार भनेको के हो ?, देवी देवताहरू भनेको के हो ?  ब्रह्मज्ञान विज्ञान हो । यो धर्मशास्त्र, सँस्कारका कुरा होइनन् । मानव जीवनका सम्बन्धित कुराहरू विज्ञानले नभेटेकाकुराहरू वेदशास्त्रमा उल्लेख रहेछन् र त्यही कुराहरू सर्वसाधारणले बुझ्ने भाषामा प्रस्तुत गरिएको छ । 

यो किताब पढ्ने सदस्यता किन्ने तरिका

२. हाम्रो सेवा: ब्रह्मज्ञानको उपचार परामर्श सेवा (Consultation clinic)

मानव जीवनका अज्ञात रूपमा रहेका रोगहरू, मानवका अज्ञात स्वभावहरू जस्ता समस्याहरू आएर अस्वस्थ भएकाहरूलाई परामर्श तथा उपचार गर्न सकिन्छ ।

+काम्ने, बर्बराउने, बेहोसिमा बोल्ने, एक्लै बोल्ने, कानमा आएर बोलेको सुन्ने, आँखा अगाडी चित्रहरू आउने,

+निन्द्रामा झस्कने, निन्द्रामा बोल्ने, निन्द्रामा हिड्ने, सपनामा नराम्रो देख्ने, सपनामा मरेका मानिसहरू देखिराख्ने, पितृहरू देखिराख्ने,

+ देवीदेवता आएर बोलेको भन्ने, अरूको बारेमा भविष्यवाणीहरू गरिदिने, देविदेवता आएको भनेर चोखो खाने, पूजाआजाहरू गर्ने, अरुको उपचारहरु गरिदिने तर आफु शारीरिक रूपमा स्वस्थ नहुने,

+रिसाउने, झगडा गर्ने, एक्लै बस्ने, मन दुख्ने, मर्न मन लाग्ने, पटक पटक मर्न प्रयासहरू गरिसकेका, Depression, Schizophrenia, Split Personality भनिएका र हस्पिटलका डाक्टरहरूका औषधीहरू खाँदा पनि ठिक नभएको, पूर्ण उपचार तिर नगएका विरामीहरूलाई परामर्श गरिन्छ र हामीले खोजि गरेका विषयहरूसँग सम्बन्धितहरूका उपचार गरिन्छ ।   

+++ थप सेवा तथा जानकारी

उपचार तथा परामर्शका लागी पहिला सम्पर्क गरेर अनुमती लिएर मात्र आउन पाइनेछ । 

स्थान:  क्लिनिक पोखरा, 

सम्पर्क: ई मेल-  kamalsfabulous@gmail.com

३. हाम्रो सुझावहरू: ब्रह्मज्ञानी बन्न सिकाउने क्लास

१. ब्रह्मज्ञानको किताब पढ्न भावहरू बुझ्न सिकाइन्छ । ब्रह्मज्ञान मानव जीवनका लागी अति महत्वपूर्ण छन् । ब्रह्मज्ञान जानेकाहरूलाई ब्रह्मज्ञानी भनिन्छ ।  

२. ब्रह्मज्ञानद्वारा अज्ञात रोग र समस्याहरूको समाधान हुन सक्दछ ।

३. मानिसहरूका अज्ञानतामा तेस्रो नेत्र खुलेर अस्वस्थ भएका हुँदा रहेछन् । त्यस अवस्था भनेको के हो ? कहाँबाट आयो ? अब के गर्नु पर्दछ भन्ने कुराहरू सिकाइन्छन् ।  ब्रह्मज्ञानले अस्वस्थ तेस्रो नेत्रलाई स्वस्थ बनाउन मद्दत गर्दछ ।

४. मानिसहरूले स्वस्थ तेस्रो नेत्रद्वारा पितृ, देवीदेवताहरूलाई देख्न, बोल्न, कुराकानी गर्न, सोधपुछ गर्न सक्दछन् । स्वस्थ तेस्रो नेत्रद्वारा ब्रह्मज्ञानी देवीदेवताहरू शिवजी, दुर्गामाता, दुर्गामाताका रूपहरू, लक्ष्मी नारायण, सरस्वती ब्रह्माजी,  सीताराम, राधाकृष्णहरूलाई देख्न सक्दछन् र ब्रह्मको अनुभव, कैवल्य मुक्ती वा सदाशिवको अनुभव गर्न सक्दछन् भनेर विधिहरू सिकाइन्छन् र सक्षम भएकाहरूलाई ब्रह्मको अनुभव र सदाशिवको अनुभव गर्न सिकाइन्छ र क्लासमा त्यस्ता अनुभवहरू गरेका थुप्रै उदाहरणहरू छन् ।  

५. मानिसको सपना समाचारको स्रोत हो । त्यस समाचार पढेर अर्थ लगाउन आवस्यक हुन्छ । हरेक मानिसमा भएको तेस्रो नेत्रलाई स्वस्थ बनाएर, अस्वस्थबाट स्वस्थ हुन सिकाएर, तेस्रो नेत्रका भाव बुझ्न सिकाइन्छ ।

६. यहि कुराहरू सिकाएर वेदशास्त्रले मानव जातीका लागी ल्याइदिएको अमुल्य ज्ञान, अमृत ज्ञान, ब्रह्मज्ञानलाई मानिसले बुझ्ने भाषामा बुझाइदिने, अनुभवहरू गर्न सिकाइदिने कार्यहरू गरिन्छन् ।

अनुमती लिएकाहरूका लागी मात्र सुझाव र परामर्शहरू दिइनेछ ।

स्थान: पोखरा      

सम्पर्क:  ईमेल- kamalsfabulous@gmail.com     

हाम्रो परामर्श सेवाहरू र उपचारहरूका केहि उदाहरणहरू

मानिसहरूले भोग्दै आएका अज्ञात रोगहरू, लक्षणहरू र समस्याहरूका उदाहरणहरू

किचकण्डीको सम्पर्कबाट अस्वस्थ अवस्थाहरूका प्रत्यक्ष उदाहरणहरु

भुत प्रेतहरू भएको फिल्म हेर्दा ति भुत प्रेतहरुसँगको सम्पर्कबाट अस्वस्थ अवस्थाहरूका प्रत्यक्ष उदाहरणहरू

पितृहरूसँगको सम्पर्कको अस्वस्थ अवस्था

पितृहरूसँगको सम्पर्कको अस्वस्थ अवस्था

पितृ, नागहरूसँगको सम्पर्कको अस्वस्थ अवस्था

पितृ, नागहरूसँगको सम्पर्कको अस्वस्थ अवस्था

…..यस किताब भित्रका कुराहरु….

यी माथीका भिडियोहरूमा देखाइएका मानिसले भोग्दै आएका समस्याहरूका कारणहरु के हो भनेर थाहा भएको छ र ति समस्याहरूका समाधानहरु भएका छन् । यि समस्याहरू कसरी समाधान हुन्छन् भन्ने कुराहरू यस ब्रह्मज्ञानको किताबमा लेखिएको छ ।….

किताबका अन्य भागहरु:

१.  ओझेलमा परेका अज्ञात रोगहरु: 

           मानव जीवनमा आज सम्म परिचय पाउन नसकिएका, अज्ञात भएर ओझेलमा परेका रोगहरु तथा लक्षणहरू के के हुन् ?  …… for more info ⇒

२. मानव शरीरको रचना– 

        मानिसको हामीले देख्ने गरेको शरीर तीनवटा विभिन्न शरीर मिलेर बनेको हुन्छ ।

१. बाहिरबाट देखिने भौतिक तत्वको शरीर हुन्छ-जसलाई स्थुल शरीर भनिन्छ । २. त्यस बाहिरको स्थुल शरीर भित्र चेतनाको अदृस्य शरीर हुन्छ-जसलाई लिंग शरीर भनिन्छ । ३. त्यस लिंग शरीर भित्र आत्मा शरीर हुन्छ । यी तीनवटा शरीर मध्य चेतनाको लिंग शरीरनै मानिसको प्रमुख शरीर हो ।……..for more ⇒

३. मानिसको अपूर्ण मृत्यु–

मानिसको हामीले देख्ने मृत्यु भनेको त्यस स्थुल शरीरलाई आफ्नो लिङ्ग शरीरले त्यागेको हो । त्यस स्थुल शरीरलाई त्यागेपछि पनि चेतनाको लिंग शरीर जीवित रहन्छ त्यसैले हामीले देख्ने गरेको मृत्यु अपूर्ण मृत्यु मात्र हो । ……… मानिसहरू मरेपछि पनि केही अपुर्ण भ्रमका चेतना सहित जीवित रहेका हुँदा रहेछन् र त्यस अज्ञानताको अवस्थाबाट पार पाउन आफ्ना नजिकका छोरा छोरी, नातेदार, इष्टमित्र, साथीभाई वा अन्य सम्बन्धितहरूसँग सम्पर्कमा आइ गुहार मागिरहेका हुँदा रहेछन् । त्यसैले मानिसहरूले मरेका मानिसहरूसँगको सम्पर्कको अनुभवहरू आफ्नो आफ्नो तरिकाले गरिरहेका रहेछन् ।……..for more ⇒

४. ब्रह्मको छोटो परिचय–

ब्रह्म भनेको सृष्टिको सबभन्दा सुरुको अवस्था हो । यो सुरुमा अव्यक्त अवस्थामा रहेको हुन्छ । ब्रह्मलाई परमात्मा वा सदाशिव पनि भनिन्छ । सृष्टिमा अवस्थित सम्पूर्ण चिजहरुको सुरुआत त्यहिं ब्रह्मबाट भएको हो र अन्त्य पनि त्यहिं ब्रह्ममा हुन्छ ।………for more ⇒

५. आत्मा वा जीवको उत्पत्ति–   

ब्रह्मको व्यक्त र अव्यक्त अवस्था हुन्छ ।…… ब्रह्मको आफ्नो स्वभाव अनुसार ब्रह्मको कुनै एक ठाउँमा अचानक चंचलता ऑउछ र त्यो सिमित ठाउंको टुक्रा व्यक्त हुन्छ ।…………त्यसैगरी ब्रह्ममा पैदा भएको तरङ्गले बनेको आवरणले ब्रह्मलाई त्यस तरङ्गभन्दा भित्रको सानो भाग र तरङ्ग भन्दा बाहिरको ठुलो भागमा विभाजन गरिदिन्छ । ब्रह्ममा पैदा भएको तरङ्गको आवरणलाई प्रकृती भनिन्छ । त्यस तरङ्गको आवरण भित्रको भागलाई आत्मा वा पुरुष भनिन्छ । त्यस ब्रह्ममा पैदा भएको प्रकृती र आत्माको संयुक्त रुपलाई  महत भनिन्छ । यसलाई आत्मा शरीर पनि भनिन्छ । यो नै सृष्टिको पहिलो जीव हो ।.. ………for more ⇒

६. लिंग शरीरको उत्पत्ति –

…….महतहरुले अरु महतहरुसंग जति बढी सम्पर्क हुँदै गए त्यतिनै त्यस महतका आवरणहरु थपिदै जान्छन र महतहरु झन् अनुभवी बन्दै जान्छन् । यसरी महतमा अनुभवका आवरणहरु थपिदै जाँदै विभिन्न लिंग शरीरको रुप लिन्छन् । ……..for more ⇒

७. मानिसको पूर्ण मृत्यु–

….. यसरी सबै कुरा भुल्दै जाँदा सुरुको महतमा पुगेको अनुभव गर्नु पर्दछ । त्यस सुरुको महत वा आत्मा शरीरबाट त्यसको म भन्ने भावनाको आवरणलाई छोडेर आत्माले आफु ब्रह्ममा बिलाएको अनुभव गर्नु पर्दछ । यो नै लिंग शरीरको मृत्यु हो र मानिसको पूर्ण यात्रा हो । यहि पूर्ण यात्राको मानिसले चाहना राखेको हुनुपर्दछ ।……..for more ⇒

८. तेस्रो नेत्र के हो ?

            हरेक मानिसको तेस्रो नेत्र हुँदो रहेछ । मानिसहरूलाई यो कुरा थाहा थिएन । तेस्रो नेत्र अज्ञानतामा अस्वस्थ अवस्थामा रहेको हुँदोरहेछ । यस कुरालाई आज सम्मका विज्ञानका शास्त्रहरूले वा चिकित्साशास्त्रले चिन्न, बुझ्न, पत्ता लगाउन सकेका रहेनछन् । यो अज्ञानताका कारण मानिसमा विभिन्न रोग, लक्षणहरू भोग्नु परेको र समाजले अन्योलतामा गलत निर्णयहरू लिनुपरेको रहेछ । मानिसहरु यस्ता अनुभवहरू, लक्षणहरू र यसबाट उत्पन्न भएका समस्याहरू लिएर उपचारका लागी भनेर डाक्टरहरू कहाँ पुगेका थिए । यस्ता समस्याहरू विकसित भनिने वा अविकसित भनिने संन्सारका सबै देशका मानिसहरूले अनुभव गरेका थिए र अझै गर्दैछन् । झन मानिसहरूमा भएको त्यस तेसो नेत्रको लक्षणहरू र त्यसबाट उत्पन्न भएका समस्याहरूलाई विज्ञानशास्त्रका वा चिकित्साशास्त्रका डाक्टरहरूले अर्कै रोगको सँज्ञा दिएर गलत परिचय, गलत नाम र गलत उपचारका विधिहरू अपनाएर विरामीहरूको जीवनलाई झन कष्टमय बनाएका रहेछन् । अझै पनि मानिसहरू उपचारका लागि विभिन्न बाहानामा लामा, झाँक्री, झारफुक, पण्डित, पादरीहरु कहाँ किन जान्छन् ? यस्ता केहि तेस्रो नेत्रका चर्चाहरू मानव जीवनका हरेक गतिविधिहरूसँग र चिकित्साशास्त्रसँग सम्बन्धित छन् कि छैनन् भन्ने कुराहरू यहाँ यस किताबमा पढ्न बुझ्न पाइन्छ । के तेस्रो नेत्र भन्ने हुन्छ त ? यस बिषयमा चर्चा, वर्णन र उदाहरणहरु प्रस्तुत गरेका छौँ ।.…..for more ⇒   

 तेस्रो नेत्रका अनुभव गरिसकेका केहि अनुभवीहरू   तेस्रो नेत्र खुलेका मानिसहरू 

९. सृष्टि के हो  ?

            सृष्टि के हो ? भन्ने बिषयमा आधुनिक विज्ञानले दिएको तर्कहरु सबै पर्याप्त छैन रहेछ । सृष्टिका बारेमा वायोलोशास्त्र, फिजिक्सशास्त्र तथा केमेष्ट्रिशास्त्रहरुले दिएको वर्णन अनुसार यो संसार भौतिक तत्वहरूबाट बनेको हो जस्तै अणु, परमाणु, इलेक्ट्रोन प्रोटोन, न्युट्रोनहरूबाट । अणु, परमाणु, इलेक्ट्रोन प्रोटोन, न्युट्रोनहरू भन्दा अरू त्यसभन्दा सुक्ष्म कुराहरू पत्ता लाग्न सकेको छैन र प्रयासहरू भइरहेका छन् तर त्यस सृष्टिको अपूरो बयानलाई वेदशास्त्रहरूमा दिइएको तर्कहरूले केही थप जानकारी दिएको रहेछ र सृष्टि के हो ? कसरी सृष्टिमा ती अणु, परमाणुहरू बनेका हुन् भन्ने तर्कहरू वेदशास्त्रहरूमा दिइएका छन् ।  त्यही वेदशास्त्रहरूमा दिइएको नयाँ तर्क र प्रमाणहरू मानव जीवनसँग सम्बन्धित भएका तथ्यहरूलाई यहाँ प्रस्तुत गरिएको छ ।……for more ⇒

१०. जीवन के हो ?

               जीवन के हो ? भन्ने बिषयलाई जीव विज्ञान र चिकित्साशास्त्रहरुद्वारा  दिइएको तर्क र परिभाषाहरु (Anatomy and Physiology of Human Body) अपुरा रहेछन् । सृष्टिमा जीवहरूको सुरूवात कसरी भयो ?, जीवहरू कहाँबाट पैदा भएका हुन्?, जीवहरूमा भएको चेतना कहाँबाट आएको हो ? जीवहरूमा भावनाहरू कहाँबाट आएको हुन्छ ? जीवहरूका सँचालनका लागी चाहिने उर्जा, करेन्ट कहाँबाट आएको हुन्छ ? ।  यस बारेमा केही नयाँ तर्क र प्रमाणहरु पेश गरिएको छ ।…..for more ⇒

११. मृत्यु भनेकाे वास्तवमा के हाे ? मृत्यु पछिको यात्रा ? …..for more ⇒

१२. भवसागर भनेकाे के हाे ? …… मानिससको मृत्युपछिकाे जीवनमा वास्तविकताकाे अज्ञानतामा भ्रममा भईरहेका वेलामा आएका भावना र अनुभवका डर त्रासहरू …..for more ⇒

१३. वेदशास्त्रहरुसँग सम्बन्धित कुराहरु

 धर्म भनेको के हो ?       संस्कार भनेको के हो ?       वेदशास्त्र भनेको के हो ?

  वेदशास्त्रहरुको तात्पर्यका महत्वपूर्ण भागहरू: 

१. वेदशास्त्र शिवजीले दिनु भएको हो । २. सृष्टिको सुरू ब्रह्मबाट भएको हो र सृष्टिको अन्त्य पनि त्यही ब्रह्ममा हुन्छ । ३.  ब्रह्म जानाती ब्राह्मण:  ब्रह्मका ज्ञान भएकाहरू ब्राह्मण हुन् । ४. शिवजी, ब्रह्मा र सदाशिव भनेको एउटै हो तर विभिन्न अवस्थाहरूको नाम हो । ५. ब्रह्मज्ञानको ज्ञान भएका र अनुभव भएकाहरूलाई ब्रह्मज्ञानी भनिन्छ । ६. मानिसको शरीर तीनवटा विभिन्न शरीर मिलेर बनेको हुन्छ । ७. मानिसको हामीले देख्ने गरेको मृत्यु अपूर्ण मृत्यु मात्र हो । ८. मानिसको मृत्यु पछि पनि उस्को लिङ्ग शरीर जीवित रहेको हुन्छ । ९.  शान्त , आनन्द, स्वप्रकाश र चेतना ब्रह्मका विभिन्न गुणहरू मध्येका ४ वटा प्रमुख गुणहरू हुन् । १०. शिवजी निराकार अव्यक्त ब्रह्मको देखिने व्यक्त रूप हो । ११. शिव सबैमा छन्, सबै शिवमा छन् । यो बुझेकाले शिव पाउने छन् । १२. हरेक मानिसको तेस्रो नेत्र हुन्छ । १३. वेदशास्त्रको अपूर्ण ज्ञान विभिन्न रोग र समस्याहरूको कारण हुन सक्दछन् र वेदशास्त्रको पूर्ण ज्ञान ती रोग र समस्याहरूको समाधानका उपायहरू हुन् सक्दछन् । १४. ब्रह्मज्ञानी द्वारा ब्रह्मज्ञान बुझ्ने मौका मिल्दछ ।

ब्रह्मज्ञान वेदशास्त्रको तात्पर्य हो । ब्रह्मज्ञान मानव जीवकका लागी अमृत हो । भगवान धर्म सँस्कार भन्दा पर छन् । ब्रह्मज्ञान धर्म सँस्कार होइन यो विसुध्द विज्ञान हो वेदशास्त्रहरुको चर्चा र अनुशरण गरेर त्यसमा उल्लेख भए अनुसारका चिजहरू देख्ने, छुने, सुघ्नने, खाने, माग्ने, दिने, पाउने, बोल्ने, सुन्ने जस्ता प्रत्यक्ष अनुभवका अनुभुतिहरू हुनु र त्यस्को सहि सदुपयोग हुनु भनेको सही मार्ग हो ।

१४. हिन्दु वेदशास्त्रहरूमा गायत्री र सावित्री भनेको के हो ? ……..for more info⇒

१५. ॐ भनेको के हो ? ……..for more info⇒

१६‌‍‌‍‍‍‍‍‍‍‍‍‍‌. नेपाली समाजमा इसाइकरण किन भएको छ ?  यहि ब्रह्मज्ञान नबुझेर भएको हो ।   …….for more information ⇒

१७. ( किताबको नाम kamalsfabulous.com किन राखियो ?  kamal’s fabulous  भनेको कमलका नपत्याउने कुराहरू भनेको हो )

               यस किताबमा उल्लेख गरिएका कुराहरू, तर्कहरू, भिडियोहरू सुरूमा पत्याउन नसकिने खालका नै छन् र आज सम्म सम्पर्कमा आएका मानिसहरू र यस विषयमा चर्चा गरिदा सबैलाई सुरूमा पत्याउन गाह्रो नै भएको थियो । त्यसैले नयाँ पाठकहरूलाई पनि यस किताबका तथ्यहरूमा सुरूका दिनमा नै देखेर सुनेर पनि विस्वास नलागेमा पनि यो स्वभाविक नै मानिन्छ । यो कुरा नै नपत्याउने कुराहरू जस्तै छन् सुरूसुरूमा । तर यी कुराहरु लिखित रुपमा लेखिएका र शिक्षित डाक्टरहरूद्वारा प्रमाण सहित प्रस्तुत गरिएका छन् ।  

                 हरेक मानिसहरुको तेस्रो नेत्र हुन्छ, त्यस तेस्रो नेत्रको अस्वस्थ र स्वस्थ अवस्था हुन्छ, हामीले मरिसके भनेका मानिसहरु पूर्ण रुपमा मरेका छैनन् रहेछ, मानिसले तेस्रो नेत्र द्वारा पितृ, भुत प्रेत, देवी देवताहरुलाई देख्दछन् । स्वस्थ तेस्रो नेत्र भएकाहरूले शिवजी, दुर्गा माता, दुर्गा माताका अन्य विभिन्न रुपहरु, हनुमानजी, गणेशजी, राधा, कृष्ण, राम,सीता जस्ता वेदशास्त्रहरूमा उल्लेख भएका देवी देवताहरूसंग कुराकानी गर्न सक्दछन् । ब्रह्मज्ञानीहरूले ब्रह्मको अनुभव गर्न सक्दछन्, सदाशिव वा कैवल्य मुक्तिको अनुभव गर्न सक्दछन् ।

                 यो कुराहरु कुनै धर्मसंग सम्बन्धित छैन तर धर्म र संस्कारमा उल्लेखित कुराहरु पनि चर्चा गरिएको हो । यो हरेक विज्ञानहरु र हरेक मानिसहरुसंग सम्बन्धित छन् । समाजमा देवी देवता भन्ने शब्द कुनै अध्यात्मिक चर्चा मात्र नभएर सृष्टिका वास्तविक रुपमा रहेका जीवहरु  हुन् । (This is  in a physical state not in spiritual state ) ती देवी देवताहरुलाई देख्न, छुन, स्पर्श गर्न सकिंछ, ती  देवी देवताहरुसंग बोल्न सकिन्छ र तिनीहरुसंग  मित्रता, शत्रुता गर्न सकिन्छ । मानिसको मृत्यु पूर्ण रुपमा भएको छैन र उ मृत्युपछि पनि मानिसहरुसंग सम्पर्कमा आएको हुन्छ वा आउन चाहिरहेको हुन्छ ।

             हामीबाट परामर्श र शिक्षा पाएका शिक्षित व्यक्तिहरुले आफ्नो स्वस्थ तेस्रो नेत्र खुलाएका छन् । उनीहरु आफ्नो स्वस्थ तेस्रो नेत्र द्वारा मन्दिर, घर वा अन्य आवश्यक स्थानबाट देवी देवताहरुसंग सम्पर्क गरेर कुराकानी गर्ने, आफ्ना प्रश्नहरुका जवाफ प्राप्त गर्ने र तिनीहरुसंगको सम्पर्कबाट प्राप्त हुने दु:ख वा सुखको अनुभव गर्ने गरेका र उनीहरूबाट प्राप्त सरसल्लाह सुझाव अनुसार हरेक दिनको आफ्नो दैनिकि चलाउने गरेका छन् ।

               सृष्टि के हो ? जीवन केहो ? मृत्यु के हो ? तेस्रो नेत्र के हो ? भन्ने विषय यदि मानिसको लागी महत्वपूर्ण हो भने बेलैमा सजग हुन आवश्यक छ । हामीले देखेका, पढेका र बुझेका कुराहरु कतै अपुरा छन् कि ? सृष्टि, जीवन र मृत्युको वास्तविक रहस्यलाई नबुझी मरेकाहरु आधी बाटोमा अलपत्र परेका हुँदारहेछन् । जीवन र मृत्युको यो अलपत्र देख्नलाई मानिसको स्वस्थ तेस्रो नेत्र चाहिँदो रहेछ ।

       मानव समाजमा चर्चा गरिने मध्येका केहि कुराहरूको रहस्यको जवाफ कतै खोजेर पाइदैन भन्ने चलन थियो त्यहि कुराहरूका केहि रहस्यहरू आज यस किताबमा खोज्यो भने पाइन सक्छन् । मानिसको मृत्युपछि के हुन्छ कस्लाई थाहा छ र ?, मरेर गएकाहरूलाई कस्ले देखेको छ र ?, देवीदेवताहरूलाई कस्ले देख्या छ र ? आदीआदी कुराहरू समाजमा गरिन्छन् । तिनै कुराहरूका केहि जवाफहरू र प्रमाणहरू यहाँ प्रस्तुत गरिएका छन् ।

 यस किताबले मानिसलाई सहि मार्गमा डोर्याउनेछ ।

 लेखकहरूलाई आफ्नो अध्ययन पुरा गरेर यस किताब लेख्न र प्रकाशित गर्ने  सम्म आइपुग्न करिब ३५ बर्षको मिहिनेत लागेको छ

ब्रह्मज्ञान पूर्णज्ञान हो । ब्रह्मज्ञान विना अन्य कुनै पनि ज्ञान अपूर्ण रहेछ । ब्रह्मज्ञानको विना गरिएका कार्यहरू अपूर्ण छन्, ब्रह्मज्ञानको विना कुनै पनि धर्म सँस्कार, सँस्कारका विधिहरू अपूर्ण छन्, ब्रह्मज्ञान विना पढिएका पढाइएका सबै ज्ञान, विज्ञानहरू अपूर्ण छन्, ब्रह्मज्ञान विना विरामीले गराएका उपचार र डाक्टरले गरेका उपचारहरु अपुर्ण छन् । ब्रह्मज्ञान विना जीवन अधुरो, अपुरा, अलपत्र हुने रहेछ । ब्रह्मज्ञान विना सृष्टि, जीवन, मृत्यु र तेस्रो नेत्रकाे परिभाषा अपूर्ण छ रहेछ र मृत्यु पछिकाे यात्रा अपूर्ण रहेछ र यसै अपूर्ण यात्राकाे अवस्थालाई भवसागर भनिएकाेरहेछ । 

      

 

         

This post is also available in: Nepali