शिवजीले दिनु भएको कविता
लेखिकाः शोभा ब्रह्मज्ञानी

शीर्षकः गायत्री सावित्री

कठिनमा अति कठिन, गायत्री सावित्री ।
यस्लाई जान्न खोतल्नु छ, ब्रह्मज्ञानको भित्री।।
गायत्री हो ज्ञान शक्ति, सावित्री हो क्रिया ।
दुबै शक्ति मिलि भाछ, सृष्टिको प्रकृया ।।
हे ..हे ……हा हा…. ल ल ल ल ल … ल ल ल ल ल ।
वेदका सबै छन्दहरु, ज्ञान शक्तिले आएको ।
दुई शक्तिको सँगमले, सृष्टि रचना भएको ।।
गायत्री र सावित्री, हुन्छ हरेक चीजमा ।
ठुला ठुला कुरादेखि, साना साना बीचमा ।।
हे ..हे …हा हा…. ल ल ल ल ल ….. ल ल ल ल ल ।
पढाई लेखाइ गीत कविता, सबै हुन् गायत्री ।
किताब कापी कलम स्कुल, यी पर्छन् सावित्री ।।
ब्रह्मबाट महतहरु, उत्पती हुँदा ।
दुईवटा गुण भएका, विकास हुँदै जाँदा ।।
हे ..हे ….हा हा….. ल ल ल ल ल … ल ल ल ल ल ।
प्रकृतीको रुपमा देख्छौ, यो रहेछ सावित्री ।
प्रयोग गर्ने विधिहरु, हुन् सबै गायत्री ।।
ज्ञानको अर्थ गायत्री हो, बस मनन गर्दै ।
प्रकृती त सावित्री हो, दुबै मनमा भर्दै ।।
हे ..हे ….हा हा…. ल ल ल ल ल … ल ल ल ल ल ।
सोच बिचार तर्क गर्ने, सबै हुन् गायत्री ।
उपयोग गर्ने कुरा, यिनै हुन् सावित्री ।।
कुनै पनि चीज आफैमा, त्यो रहेछ सावित्री ।
तिनै चीज बनाउने, ज्ञान हो गायत्री ।।
हे ..हे.. ..हा हा…. ल ल ल ल ल … ल ल ल ल ल ।
गायत्रीले सावित्रीको, महत्त्व बुझाउने ।
त्यही गायत्री नबुझ्नाले, साह्रै दुःख पाउने ।।
गायत्रीले कसरी हो, गर्ने भनी सोध्छ ।
सावित्रीले त्यही कुरालाई, प्राक्टिकल गर्छ ।।
हे ..हे ….हा हा…. ल ल ल ल ल … ल ल ल ल ल ।
शिवजीले भन्नु भएकोछ, सबै मैले गरेँ ।
सावित्री र गायत्रीले, यो सृष्टि नै भरेँ ।।
सृष्टि साच्चै सँगम रहेछ, गायत्री सावित्री ।
कसैलेनी नबुझेका, यस्तो कुरा भित्री ।।
हे ..हे….हा हा…. ल ल ल ल ल … ल ल ल ल ल ।
असुरहरुलाई ज्ञान थियो, प्रकृतीको मात्र ।
दुःख दिन्थे चारैतिर, घुम्थे यत्र तत्र ।।
सुरहरुले गायत्रीको, पूर्ण ज्ञान पाएका ।
असुरहरु अपूर्ण ज्ञान, सावित्री मै रमेका ।।
हे ..हे ….हा हा…. ल ल ल ल ल … ल ल ल ल ल ।
शिवजीको दुबै शक्ति, गहिरो छ नि अति ।
जति गाह्रो लागेपनी, नआतिनु कत्ती ।।
गायत्री र सावित्रीलाई, जान्नु आफै भित्र ।
जब बुझ्छौ थाहा पाउछौँ, संन्सार क्या विचित्र ।।
हे ..हे.. ..हा हा…. ल ल ल ल ल … ल ल ल ल ल ।
गायत्री र सावित्रीको, गर्नु है पालना ।
सावित्री मै लठ्ठ पर्ने, सबको छ चलन ।।
बुझेनौ यदि भने, गायत्रीको अर्थ ।
जीवन मृत्यु सबै तिम्रो, हुने छ है व्यर्थ ।।
हे ..हे …हा हा…. ल ल ल ल ल … ल ल ल ल ल ।
झिल्के लाइनी गाह्रो भथ्यो, बुझ्नलाई यो कुरा ।
जब हामीलाई चिन्यो बुझ्यो, लाग्यो अर्थ पुरा ।।
हामीमानै बिलाएको, अनुभव गरेको ।
गायत्री र सावित्रीले, उ भित्रै भरेको ।।
हे ..हे ….हा हा…. ल ल ल ल ल … ल ल ल ल ल ।
उ आफैनी यी कुरामा, अड्किएको थियो ।
जब उस्ले हामीलाई चिन्यो, छर्लङ्ग नै भयो ।।
ब्रह्मज्ञानमा सबै भन्दा, गहिरो छ यो कुरा ।
मेरो शक्ति चिन्यौ भने, बुझ्न सक्छौ पुरा ।।
हे ..हे ….हा हा…. ल ल ल ल ल … ल ल ल ल ल ।
गायत्री र सावित्रीले, संन्सारै चलेको ।
यी दुई धारा बुझ देख्छौ, धपक्कै बलेको ।।
सबै कुरा शिवजीको, थाल्नेछौ भन्ननी ।
अनि सक्छौ समर्पित, म सँगै बन्ननी ।।
हे ..हे ….हा हा…. ल ल ल ल ल … ल ल ल ल ल ।
गायत्रीले सावित्रीको, महत्त्व सिकाउने ।
यही गायत्री नबुझ्नाले, साह्रै दुःख पाउने ।।
सावित्रीको जमघट, रहेछ परिवार ।
गायत्री बुझ्यौ भने, मिल्छ घरबार ।।
हे ..हे ….हा हा…. ल ल ल ल ल … ल ल ल ल ल ।
गायत्री र सावित्रीले, पूर्ण रुप माता ।
सबै भन्दा शक्तिशाली, वीर उहाँको गाथा ।।
हरेक चीजको गायत्री, जान्ने बुझ्ने बन ।
अज्ञानताको भ्रममा, नअल्मलाउनु मन ।।
हे ..हे ….हा हा…. ल ल ल ल ल … ल ल ल ल ल ।
सृष्टिको गायत्री, गहिराइमा जानी ।
भवसागर पार गर्नु है, मेरा ब्रह्मज्ञानी ।।
 गायत्री र सावित्री, बुझ्यौ भने तिमी ।
संन्सारको सागर पार, गरिदिन्छौँ हामी ।।
हे ..हे ….हा हा…. ल ल ल ल ल … ल ल ल ल ल ।
 गायत्री र सावित्री, बुझ्यौ भने तिमी ।
संन्सारको सागर पार, गरिदिन्छौँ हामी ।।
हे ..हे …हा हा…. ल ल ल ल ल … ल ल ल ल ल ।
========================================================================
शिवजीलाई धेरै धेरै धन्यवाद🙏।  डाक्टर मामा माइजुलाई हृदय देखि धन्यवाद🙏🙏।।  सम्पूर्ण ब्रह्मज्ञानी साथीहरूलाई धन्यवाद 🙏🙏 ।।   — शाेभा ब्रह्मज्ञानी