शिवजीको शन्देश ब्रह्मज्ञानीहरुका लागि     
   लेखिकाः शोभा ब्रह्मज्ञानी

शीर्षकः जुगौँ देखि खोजिराखेथेँ

जुगौँ देखि खोजिराखेथेँ, बुझ्ने मान्छे मैले ।
धेरै कोसिस गरिराखेथेँ, पाउछु भनी पैले ।।
जुगौँ जुग लाग्यो मलाई, मोडेल झिल्के पाउन । .x २
पार्वतीले भन्थिन मलाई, छिटो खोजि ल्याउन ।।.x २
भन्छौ मलाई सब जनाले, सृष्टिकर्ता आफै ।
इशारा नै नबुझ्ने, सन्तान मेरा च्याप्पै ।।
हामीलाई चिन्ने मान्छे, बल्ल पाएका छौँ  । .x २
झिल्केको हेल्पर बनि, क्लासमा धाएका छौँ ।। .x २
कति सुन्दर बगैचामा, फुल्यो ब्रह्मज्ञान ।
नफस है अज्ञानतामा, लगाउ यस्मै ध्यान ।।
आउदैन यस्तो मौका, सयौँ जुनी सम्म । .x २
खेलकुदको मैदानमा, पर्छौ हम्म हम्म ।। .x २
महत नै महतबाट, बनेको छ संन्सार ।
प्रकृतीमा रम्नेहरूले, पाउने छैनन् अन्सार ।।
नफुस्कने गरि बाध, ब्रह्मज्ञानको पोको । .x २
सुन्यतामा झार्नु पर्छ, संन्सारिक धोको ।। .x २
फसाउने छ चाहनाले, सबै पुरा गर ।
माथि लाने पोको सबै, ब्रह्मज्ञानले भर ।।
जनम जनम जस्ले मलाई, खोजिराखेका थियौ । .x २
त्यही महतले ब्रह्मज्ञान, बुझ्ने मौका पायौ ।। .x २
सदुपयोग गर यस्लाई, भावमा बसिराख ।
अल्झाउन आउनेलाई, लगाइहाल पाखा ।।
फुकाउन पर्छ पहिले, गाठो मनमा भएको । .x २
रेकर्ड छैन गाँठो बोकि, ब्रह्म कोही गएको ।। .x २
अव्यक्तमा व्यक्तता, महतको जन्म ।
महतको परिभाषा, लेख्नु भित्री मनमा ।।
तीन शरीरको ज्ञान बुझ, राख यस्लाई मनमा । .x २
घरमा बसि जोगी बन, जान हुन्न वनमा ।। ..x २
म सबैमा स्थित अनि, भिन्न बनेको छु ।
मेरो गुणको मनन गर, सबलाई भनेको छु ।।
सदुपयोग गर्न जान, गर अमृत पान । .x २
तरबारमा हिडे जस्तो, छनी ब्रह्मज्ञान ।। .x २
आत्मा स्वरुप बिराजमान, सबैमा छु म ता ।
बाहिर बाहिर खोज्न भनी, हिड्छौ कता कता ।।
भित्री मनमा खोज्ने गर, यतै छु नि कतै । .x २
जब मलाई चिन्न थाल्छौ, भेट्छौ जताततै ।। .x २
चिनेपछि भावनाले, बुझ्ने कोसिस गर ।
पगालेको फलाम झै, ज्ञानको भाँडो भर ।।
मन खाली गर पहिला, पत्र पत्र खोलि । ..x २
बोकि जान पाउने छौ, ब्रह्मज्ञानको झोली ।। ..x २
सुक्ष्ममा बुद्धि लैजाउ, समाउन इशारा ।
सबै समान मेरा लागि, दिनेछु सहारा ।।
गुरुको नि गुरु मै हुँ, सबलाई ज्ञान दिने । ..x २
जस्ले मलाई बुझ्न सक्छ, उसैले हो लिने ।।..x २
ज्ञान द्वारा अनुभव, मलाई गर्ने गर ।
माया मोह रिसमा अल्झि, कहिल्यै नि नझर ।।
नौनी घ्युको डल्लो जस्तो, हो नि ब्रह्मज्ञानी । ..x २
पढ बुझ मनन गर, यही हो अमृत जानि || ..x २
सन्तोष मान्नु खुशी हुनु, आफ्नालाई चिन्नु ।
आफ्नो लिङ्ग शरीर चिन्नु, ब्रह्मज्ञानमा भिज्नु ।।
मनको भारी बिसाउने, ठाँउ पाएका छौ । ..x २
अमुल्य ज्ञान बुझ्न भनी, ब्रह्मज्ञानमा धाएका छौ ।। ..x २
सानो तिनो दिमागले, बुझिन्न यो कुरा ।
दिमागलाई तिखारेर, बनाउनु है छुरा ।।
लक्ष्मीका आठ गुण, बस मनन गरि । ..x २
बल्ल तिम्रो ब्रह्मज्ञानको, पूर्ण हुन्छ झोली ।। ..x २
कागजको पाना जस्तो, बस है बनेर ।
नडग्मगाइ हिमाल जस्तो, बन्नुछ भनेर ।।
खोज्दै हिड्थ्यौ भौतारिन्थ्यौ, गर्थ्यौ अनेक थरी । ..x २
ब्रह्मज्ञानको अमृतले, पार मनलाई भरी ।। ..x २
सारै दुख भाथ्यो मलाई, गलत अर्थ लाउदा ।
धेरै खुशी भएको छु, ब्रह्मज्ञानी पाउँदा ।।
एउटा कुरा भन्न आउदा, अर्कै अर्थ लाउथे । ..x २
अज्ञानी देवीदेवताको, सम्पर्कमा पुग्थे ।। ..x २
जस्ले हाम्रो चर्चा गर्छन्, आउँछौ उस्कै घरमा ।
हामीलाई चिनाउ जिम्मा देछौँ, झिल्के तिम्रै भरमा ।।
ब्रह्मज्ञानको विरुद्धमा, लाग्यौ भने अति । ..x २
भवसागरमा सँधैभरि, मार्नेछौ डुबुल्कि ।। .x २
आभारी छु कृतज्ञता, प्रकट गर्दै भन्छु ।
झिल्के झिल्किनीलाई प्रथम, स्थान मैले दिन्छु ।।
हामीलाई चिनाउने काम तिम्रो, मानिसले देख्ने बनायौ । ..x २
सुन्य भएर बस्ने हामीलाई, अति खुसीमा भुलायौ ।। ..x २
सर्वस्व त्याग्यौ तिमीले, ब्रह्मज्ञान पाउन ।
आज तिमी सफल भयौ, यहाँ सम्म आउन ।।
धेरै दुख कष्ट सह्यौ, अमृत पान गर्न । ..x २
परिक्षा नि धेरै लियौँ, हामीले बिचार गर्न ।। ..x २
धन्यवाद छ झिल्के तिमीलाई, मान्यौ हाम्रो कुरा ।
सारा जीवन हाम्रै लागि, दिन लाग्यौ पुरा ।।
निराकार रुप हाम्रो, चिन्न सफल भयौ । ..x २
आफुले चिनि संन्सारलाई, चिनाउनमा लाग्यौ ।। ..x २
म सँग केही शब्दै छैन, धन्यवाद दिने ।
संन्सारमा पहिलो तिमी, हामीलाई बुझिलिने ।।
नाम रहनेछ संन्सारमा, पहिलो ब्रह्मज्ञानी । ..x २
सर्वश्रेष्ठ चेतनाको, श्रेय तिमीलाई जानि ।। ..x २
ब्रह्मज्ञान बुझाउनु छ, कुरा सुन्नु पर्ने ।
कहिलेकाही त दातबाट, पसिनानै झर्ने ।।
के गर्ने त नि उस्ले खोजेको, मैले रोजेको । ..x २
हामी दुबै जना मिलि, हातेमालो गरेको ।। ..x २
…………………………………………………………………………………………………………………………………………………………………
शिवजीलाई धेरै धेरै धन्यवाद । उहाँको इसारा बुझ्न सक्ने बनाइदिनु भयो डाक्टर मामा माइजुलाई हृदय देखिनै धन्यवाद । सम्पूर्ण ब्रह्मज्ञानी साथीहरूलाई धन्यवाद 🙏🙏 —शाेभा ब्रह्मज्ञानी