शीर्षकः दुर्गा माताको रुपहरु

⇐विषय सूचीमा फर्कन

लेखिकाः शोभा  ब्रह्मज्ञानी
शैलपुत्री प्रथम नाम, छोरी हिमालकि ।
चार हात त्रिशुल डमरु र, कमलको फुल लिएकि ।।
शिवजीलाई पाउन भनि, तपस्या गरेकि ।
कठोर तपस्यामा लिन, ब्रह्मचारिणि भाकि ।।
कमण्डलु र माला लिइ, बस्ने दुई हातमा ।
तपस्यामा मग्न स्वेत, बस्त्र छ साथमा ।।
शिरमा अर्धचन्द्र, बाघको बाहनमा ।
माँ चन्द्रघन्टा अस्त्र सस्त्र,दश वटै हातमा ।।
कुश्माण्डा हो चौथो नाम, सृष्टिकि रचना ।
आठ वटै हात बाघको बाहन, सृष्टिकै चेतना ।।
पुत्र कुमार कार्तिकेकि, माँ स्कन्दमाता ।
सिँहको बाहन काखमा पुत्र, हात चारवटा  ।।
महर्षी कात्यानकी, पुत्री रुपमा जन्म ।
कमलको फुल बरद मुद्रा, सिँहको बाहन।।
भएन्कर रुप कालरात्रीमाँ, त्रिनेत्र धारी ।
अस्त्र सस्त्र चारभुजा, गधामा सवारी ।।
चार भुजा खड्ग बरद, अभय मुद्रा धारी ।
सातौँ रुप कालरात्रीमा, अशुर बिनाशकारी ।।
कालिमातालाई शिवजीले, गौरबणबनाइ ।
स्वेत बस्त्र चार हात अनि, साढे बाहन सजाइ ।।
आठौ रुप महागौरी, माता तपस्विनी ।
त्रिशुल डमरु अभय अनि, वर मुद्रा लिनि ।।
अष्ठ सिध्दि प्राप्त गर्ने, सिध्दिदात्री माता ।
अणीमा महिमा गरिमा तनिमा, वीर उहाँको गाथा ।।
कमलफुलमा बिराजमान, सिध्दिदात्री माता ।
सिँहको बाहन खुशी छ मुद्रा, चक्र धारण हात ।।
……………………………………………………………………………………………………………………………………………………………………
सदाशिवजी कि जय🌺
नबदुर्गा माताकी जय 🥀🌺
सम्पूर्ण ब्रह्मज्ञानी देवीदेवता कि जय🌹🌺🌼
डाक्टर मामा माइजुलाई धेरै धेरै धन्यवाद ।
सम्पूर्ण ब्रह्मज्ञानी साथिहरुलाई धन्यवाद ।