भद्रकाली माताले डाक्टर मामालाई रसियाबाट नेपाल आउनु भन्दा पहिला दिनुभएको जिम्मेवारी कविता मार्फत
लेखिकाः शोभा ब्रह्मज्ञानी

शीर्षकः नेपाल जाउ नारीहरुको उद्दार गराउनुछ

अब तिमी नेपाल जाउ, नारीहरुको उद्दार गराउनुछ ।
ब्रह्मज्ञान बुझाइ, टुटेफुटेका मनलाई भराउनुछ ।।
दुर्गामाले भनेझै, शक्तिशाली नारी बनाउनुछ ।
अन्यायको विरुद्धमा, लड्न सिकाउनुछ ।।
मन दुःखेका पोकापोकी, फाल्न सिकाउनुछ ।
रिस राग त्यागि दुर्गामा कैपछि, लाउन सिकाउनुछ ।।
कालीमा जस्तै हिक्मतिला, नारी बनाउनुछ ।
असत्यको विरुद्धमा, लड्न सिकाउनुछ ।।
नारीलाई नि शान्त अनि, स्थिर बनाउनुछ ।
ब्रह्मको सगुन रुप दुर्गामा, भनि चिनाउनुछ ।।
दुर्गामालाई चिन्न सक्ने, नारी बनाउनुछ ।
साक्षात मातालाई देखाइ, वर्णन गर्न सिकाउनुछ ।।
दुर्गामाकै गुणको, मनन गर्न सिकाउनुछ ।
दुर्गामाकै फेसन हेरि, जीउन सिकाउनुछ ।।
अधिकार लिन सक्ने, नारी बनाउनुछ ।
सहि बाटोमा सभ्य बनि, हिड्न सिकाउनुछ ।।
मृत्युपछि मुक्ति हुने, बाटोमा हिडाउनुछ ।
गाह्रो त अवस्य छ, मेरो झिल्केले नँग्रै खियाउनुछ ।।
उद्दार पनि गर्नु छ, दोष पनि पाउनु छ ।
नारीको उद्दार भएको हेर्न, नसक्नेसँग अचम्म मान्नु छ ।।
दुर्गामाकै सृष्टि हो भनि, विश्वमा चिनाउनुछ ।
 दुर्गामाकै इशारामा, सबैलाई हिडाउनुछ ।।
पूर्ण चेतनाकि खानी, साक्षात माता देखाउनुछ ।
स्वस्थ तेस्रो नेत्र खोलि, माता भेटाउनुछ ।।
ब्रह्मज्ञानीले पनि नारीको, यदि अपमान गर्छ भने ।
ब्रह्मज्ञानको भावबाट टाढा, अवस्य हुन्छ जाने ।।
सम्मान पुर्वक हेर्ने गर, नारीलाई पनि ।
नारी पनी दुर्गामाकै, अंश भन्ने जानी ।।
समाजको उदाहरणिय बन्नु है, ब्रह्मज्ञानी नारी ।
सभ्य सक्षम भलाद्मी भै, महतलाई बुझ्ने गरि ।।
के गर्ने तनि झिल्के यी कुरा, ब्रह्मज्ञान भित्रै पर्छन् ।
तिमीले वास्ता नगरि सुखै छैन, गुहार माग्दै आउछन् ।।
…………………………………………………………………………………………………………………………………………………………..
सदाशिवजी कि जय ।
दुर्गा माताकि जय ।
सम्पूर्ण ब्रह्मज्ञानी देवीदेवताकि जय ।
मामा माइजुलाई हृदय देखिनै धन्यवाद 🙏
सम्पूर्ण ब्रह्मज्ञानी साथीहरूलाई धन्यवाद ।