शिवजीको वर्णन
लेखिकाः शोभा ब्रह्मज्ञानी

शीर्षकः शिवजीको पुक्क पुक्क गाला

शिवजी आउनु भयो, पुक्क पुक्क गाला ।
घाटिमा रुद्राक्ष र, सर्पको थियो नि माला ।।
पुरै शरीर निलो रङ्गमा, देखेको थिएँ मैले ।
यस्तो रुप राम्रो सँग, देखेको थिइन पहिले ।।
आँखा पनि कति राम्रा, हेर्दै पुलुपुलु ।
मै आफैनी रुप देख्दा, परे झुलुमुलु ।।
कानमा चेप्टो मोटो, कुण्डल सजाएर ।
हातमा त्रिशुल अनि, डमरू झुण्याएर ।।
मोटा मोटा पाखुरा, राम्रा थिए अति ।
पेटमा पनि सिक्स प्याक रहेछन्, गन्नै मिल्ने जति ।।
कति राम्रो गुलाबी ओठ, सजिएको कस्तो ।
मुसुक्क हास्दा खेरी, लठ्ठ पार्ने जस्तो ।।
हातमा रुद्राक्षको, थियो कङ्गन पनि ।
कसिलो शरीर कति, साह्रै राम्रो हो नि ।।
जटामाथि चन्द्रमा, क्यारी अडिएको ।
चन्द्रमाको भित्र पनि, झलमल्लै भरिएको ।।
चन्द्रमाको साइज पनि, कति राम्रो मिलेको चट्ट ।
टाढाबाट हेर्दाखेरी मैले, टलक्क भरिएझै बुट्टा ।।
कपालको जुरो पनि घुमाउरो, क्यारी मिलाएको ।
फुल अनि रुद्राक्षले ठ्याक्कै, क्यारी सजिएको ।।
गाजलु राम्रा आँखा झिल्के झै, मोहनी लगाउने ।
ती आखाको वर्णन गर्ने किन होला, शब्दनै नआउने ।।
गाजलु पुल्के आँखा, हेरिरहन मन लाग्ने ।
हजुरको रुप देख्दा मलाई, भोक तिर्खा नै भाग्ने ।।
नाक पनि चुच्चो राम्रो अनि मिलेको हो कति ।
भाग्यमानी एक नम्बरमा परियो, हजुरलाई देख्ने जति ।।
कति माया लाग्ने हो प्यारा, हजुरलाई देख्दा ।
हजुरको रुपको वर्णन, यो कपिमा लेख्दा ।।
कपिमा मात्र हैन शिवजी, मनमै लेख्ने बनाइदिनु ।
हजुरकोअमृत ब्रह्मज्ञान, मेरो शिरबाट खन्याइदिनु ।।
हजुरको पूर्ण वर्णन गर्न सकिन अहिले ।
पूर्ण वर्णन गर्ने छु अझै, वर्णन गर्न सिकाउनु हुन्छ जहिले ।।
……………………………………………………………………………………………………………………………………………………………….
शिवजीलाई धेरै धेरै धन्यवाद🙏 डाक्टर मामा माइजुलाइ हृदयबाट नै धेरै धेरै धन्यवाद 🙏🙏।। शिवजी देखेर उहाँको वर्णन गर्न सक्ने बनाइदिनु भयो सम्पूर्ण ब्रह्मज्ञानी साथीहरूलाई धन्यवाद 🙏🙏🙏।। – लेखिका: शोभा ब्रह्मज्ञानी