हनुमानजीले दिनुभएको कविता
लेखिकाः शोभा ब्रह्मज्ञानी

शीर्षकः बोक्सी लिङ्ग शरीर

बोक्सी भन्ने जात वास्तबमा, कुनै मानिस हैन ।
यो कुरा त सब जनाले, नबुझि भएकोछैन ।।
सामाजिक शोषण भएकोछ, घर समाजमा अति ।
वास्तबमा बोक्सी के हो, नबुझेर कत्ति ।।
अनगिन्ती प्रकारका, लिङ्ग शरीर हुन्छन् ।
यी मध्यमा एकथरीले, मानिसको रुप लिन्छन् ।।
कहिले जन्मे थाहा छैन, कहिल्यै नि नमर्ने ।
मानिसमा प्रवेश गरि, सधैं राज गर्ने ।।
दुष्ट स्वभाव रिस डाह यस्ता, लिङ्ग शरीरहरुको ।
झैझगडा खल्लबल्ल, पार्छन यिनले घरको ।।
जस्को दुख्छ मन अनि, रिस उठ्छ खास ।
लिङ्ग शरीर उसैमा गइ, बस्ने रहेछन् बास ।।
कुरा काट्ने गाली गर्दै, मन दुखाउने बानी ।
यीनै भित्र बास बनाउछन्, आफै जस्तै मानी ।।
मानिसमा प्रवेश गरि, घुमाइदिने मन ।
अर्काको शरीरलाई, मान्ने आफ्नै तन ।।
आफु जस्तै डुब्लिकेट, लिङ्ग शरीर बोक्सी ।
मानिसमा आइ भोग गर्ने, पार्ने उल्टै दोषी ।।
आफ्नु जस्तै रुप नाम गरि, शरीरमा बस्ने ।
दु:ख पीडा कोलाहलमा, रहेछन् यिनी हाँस्ने ।।
मानिससँग नजीकबाट, सम्पर्क गरेका ।
घुलमिल भइ खल्लबल्ल पार्ने, बानी नै परेका ।।
बोक्सी लिङ्ग शरीरहरु, बस्छन् सरि सरि ।
एक मानिसको शरीरबाट, अर्कोमा खासगरि ।।
अर्कोमा सरेपछि, थाल्ने प्रभाव पार्न ।
बिरामी भै धाउछन् फुक्न, उपचार गर्न ।।
फुक्न हेराउन बसेका छन्, धामी झाँक्री पनि ।
तेस्रो नेत्र खुलेको छ, देख्न सक्छन् अनि ।।
जस्को शरीरबाट आयो, उसैको नाम भन्दै ।
बोक्सी लिङ्ग शरीर बोल्छन्, साक्षात्कार बन्दै ।।
सत्यतथ्य केहि थाहा छैन, धामी झाँक्रीलाई नी ।
मानिसलाई नै दोष लगाइदिन्छन्, फलानी हो भनि ।।
गरिब असहायलाई भनी हाल्छन्, हेप्दै बोक्सी भनि ।
धनी बडासँग डराउछन, चुपै लाग्छन् अनि ।।
फलानी बोक्सी भनि, हुन थाल्यो हल्ला ।
बोक्सी लिङ्ग शरीरले, पार्यो खल्लबल्ल ।।
नबुझ्नाले बोक्सी भन्छन्, उस्को गल्ती छैन ।
आफै पीडित कस्लाई भन्नु, केहि गरेकै हैन ।।
अरुलाई के दोष दिन्छौ, बोक्सी आफै भित्र ।
ब्रह्मज्ञान बुझ्नथाल, देख्छौ आफ्नै चित्र ।।
अन्तिममागइ अकाल मृत्यु, पार्न सक्छन् यिनले ।
पितृ सम्झाइ खल्लबल्ल, पार्न लाउछन् यिनले ।।
रिस राग ईर्स्या डाह त्यागि, बुझ ब्रह्मज्ञान ।
बोक्सी लिङ्ग शरीर चिन्न, लगाउ यस्मै ध्यान ।।
………………..
बोक्सी लिङ्ग शरीर चिन्न, लगाउ यस्मै ध्यान ।।
……………………
बोक्सी लिङ्ग शरीर चिन्न, लगाउ यस्मै ध्यान ।।
………………………………………………………………………………………………………………………………………………………….
सदाशिवजी कि जय ।
सम्पूर्ण ब्रह्मज्ञानी देवीदेवताकी जय ।
बजरङ्गबली हनुमानजी  कि जय ।
दुर्गा माता कि जय ।
डाक्टर कमलमान श्रेष्ठ र डाक्टर इन्दु श्रेष्ठलाई हृदय देखिनै धन्यवाद । आफ्नो जीवनमा धेरै दुःख कष्टको सामना गरेर भय र त्रास सँगको सम्पर्क र सँघर्षको रस अमृत ब्रह्मज्ञान बुझाउनु भयो । ब्रह्मज्ञानी देवीदेवताहरुलाई देखेर उहाँहरुको इशारा बुझ्न सक्ने बनाइदिनु भयो ।
जुन भाग्यमानी मानिसले हजुरको कुरा बुझ्छ उस्को सम्पूर्ण जीवन र मृत्युपछिको जीवन पनि सार्थक हुनेछ । — शोभा ब्रह्मज्ञानी