शिवजीले दिनुभएको कविता
लेखिकाः शोभा ब्रह्मज्ञानी

शीर्षकः मृत्यु

सबै भन्दा ठुलो कुरा, मृत्यु बुझ्नु के हो ? ।
सबै मान्छे दुःख पाएका, यही नबुझ्नाले हो ।।
मृत्यु बुझ अनि बल्ल, लाउन सक्छौ पार ।
जति खेरै आउँछ मृत्यु, बन्नु है तयार ।।
एउटा कुरा सब जनाले, ध्यान दिएर सुन्नुस ।
मृत्युपछि अर्कै जीवन, हुने रहेछ बुझ्नुस ।।
मर्छु भन्ने कुरा सुन्दा, कति डर लाएको ।
थाहै नपाइ समय गयो, जाने दिन आएको ।।
वेला छदा धन सम्पत्ति, सन्तान मै ध्यान गएको ।
मरेपछि अलपत्र, सबैलाई यस्तै भएको ।।
सातै जुनी बाच्छौ कि झै, सबै प्लान गर्थ्यौ ।
माया मोह रिस राग, यसै मन भर्थ्यौ ।।
बाचुन्जेल त दुःखे पनी, ओखती खान मिल्ने ।
मरेपछिको दुःख पीडा, कसरी हो झेल्ने ।।
एकछिन फुर्सद नभैकन, कराकर मै थियौ ।
सबै कुरा च्वाट्ट छुट्यो, कता पुग्यौ पुग्यौ ।।
आफ्नै लास जलाएको, हेरेर बसेको ।
मरे जस्तो लाग्या छैन, हियो नै खसेको ।।
सबै जना रोइरहेका, सम्झाउछु नि भन्छौ ।
तिम्रो कुरा कोही सुन्दैनन्, अलमल पर्छौ ।।
आफन्त र इष्टमित्र, रोइकराइ गरेका ।
हामीलाई छोडि गयौ भन्दै, आँसु नै झारेका ।।
भोक पनि लाग्दो रहेछ, निद्रा पनि लाग्दै ।
सबैसँग गुहार माग्छौ, चारैतिर धाउदै ।।
लौन मलाई गुहार देओ, भन्दै छ डुलेको ।
घर सम्पत्ति छोराछोरी, केही नी नभुलेको ।।
तीन शरीरमा एउटा शरीर, खरानी भइगएको ।
बाँकी दुइटा शरीर यतै, साह्रै दुःख पाएको ।।
मरेपछि हुने रहेछ, डरलाग्दो जीवन ।
त्यही जीवनलाई पार लगाउन, आतुर बनाउ मन ।।
ब्रह्मज्ञान बुझ्नु पर्छ, उमेर होस छदै ।
ढिला सुस्ती गर्यौ भने, दुःख पाउछौ हदै ।।
शिवजीलाई चिन बुझ, भन बारम्बार ।
मरेपछि उहाँलेनै, लगाउने हो पार ।।
सेवा गर माताहरूको, मन्दिरमा गइ ।
रिझाउनु छ खुशी पार, आफ्नै लागि हो है ।।
सेवा गर माताहरूको, मन्दिरमा गइ ।
रिझाउनु छ खुशी पार, आफ्नै लागि हो है ।।
…………………………………………………………………………………………………………………………………………………………
शिवजीलाई धन्यवाद । उहाँको इशारा बुझ्न सक्ने बनाइदिनु भयो । मामा माइजुलाई धेरै धेरै धन्यवाद । सम्पुर्ण ब्रह्मज्ञानी साथीहरूलाई धन्यवाद 🙏🙏🙏 । —  शोभा ब्रह्मज्ञानी