शिवजीले दिनुभएको कविता 
    लेखिकाः शोभा ब्रह्मज्ञानी

शीर्षकः डाक्टर कमलमान श्रेष्ठ र डाक्टर इन्दु श्रेष्ठको

ब्रह्मज्ञानको लागि गर्नु भएको संघर्षको कहानी

डाक्टर पढाई पुरा गरि, थाले खोजि गर्न ।
सोच्न थाले कता गइ, लिने होला भर्ना ।।
कुनै कलेज नचाहिने, रहेछन् वरिपरि ।
छर्लङ्ग देख्न थालेँ, आउछन् घरीघरी ।।
अचम्म मान्न थाले, म पागल त भइन ।
आफै डाक्टर थाहा छ सबै, केही भएकै छैन ।।
पालैपालो आउछ्न् अनि, कुरा गर्न थाल्छन् ।
कोही भन्छन् गुहार चाहियो, कोही मारम् भन्छन् ।।
संन्सारमा म एक्लै भएँ, भुत प्रेतलाई देख्ने ।
सानो किताब छाप्नु पर्यो, यही बारेमा लेख्ने ।।
सोचेको मात्र थिएँ, आए हुरुरुरु ।
हाम्लाई देख्छस् लेख्छस् भन्छन्, लौन कसो गरु ।।
अचम्मको अनुभव, म्याडम मेरि त्यस्तै ।
किताब बनि आउनुभयो, खोजेको नि यस्तै ।।
यती धेरै दुःख दिन्छन्, सहन गर्नै गाह्रो ।
अब मार्छन् जस्तै पार्छन्, जीउन पर्यो साह्रो ।।
विज्ञानको हिसाबले, खोज्न चाहेको छु ।
विज्ञानलाई केही थाहा रहेनछ, अचम्म परेछु ।।
विज्ञानसँग दाज्दै अब, वेद पल्टाउने पालो ।
यस्मा त केही लेख्या रहेछ, आश पलाउन थाल्यो ।।
लाइन लाइन घोरिएर, बुझ्न थालेको छु ।
सबै किताब एक एक गरि, चार्न थालेको छु ।।
कहिले लाग्छ जिते जस्तो, हारे जस्तो कहिले ।
तिनीहरुकै सम्पर्कमा, हुने रहेछु जहिले ।।
लिउ भने कसरी लिउँ, लागि सके मार्न ।
छाडौँ भने क्यारी छाडौँ, भएकै छैन हार्न ।।
निल्नु न ओकल्नु भो, खतरनाक भो अति ।
पहिल्यै मरे यो बारेमा, खोज्ने मान्छे जति ।।
थाहा पाइयो अलपत्र, रहेछन् वरिपरि ।
भुल्न पनि नमिल्ने, भएछ मनभरि ।।
साथमा भएकि श्रीमतीनी, क्यारि बुझाउन मन ।
मेरो अब के रह्यो र, जान्छु भन्छिन् वन ।।
डाक्टरको पढाई पनि, बगायौँ खोलामा ।
अब बाकी केही रहेन, रित्तैथ्यो झोलामा ।।
अज्ञात रोगको उपचार, सक्यौँ भने गर्न ।
डाक्टर नाममा परिचित, आउने छौँ है गर्न ।।
साथीभाइ इष्टमित्र, याद छैन नाम पनी ।
म आफैमा हराएछु, खोजि गर्दा अनि ।।
सबैले पागल भन्न थाले, भित्रै गुप्तबास ।
जसै पार गर्छु भन्ने, लाग्छ फेरि आश ।।
दिन अनि रात पनी, सम्मै थियो मलाई ।
अदृश्यको लडाइमा, थालेको जित्नलाई ।।
बर्षौ बित्यो साथीभाइसँग, बोल्न छाडेकोनि ।
भित्रभित्रै ब्रह्मज्ञान, खोज्न थालेको नि ।।
अन्धाधुन्ध जीवन भयो, भुत प्रेतको साथमा ।
अब हामीलाई बचाउने काम, भगवानको हातमा ।।
गर्नै पर्ने भयो अब, तपस्या कठोर ।
भगवानलाई खोज्नै पर्यो, आपद पर्यो घोर ।।
गर्न थालेँ पुजापाठ, व्रत आराधना ।
छन् कि छैनन् भगवान, थाहा नपाइभएन ।।
पुराणका भिलेन पात्र, रहेछन् थाहा पाएँ ।
हिरो पात्र पनि छन् कि भन्दै, खोज्न तिर लाएँ ।।
अदृश्य पितृ प्रेत, सबै रहेछन् यतै ।
भगवान नि हुनुपर्छ, पक्कै यतै कतै ।।
पुराणका पात्र खोज्छस्, डाक्टर भएरनी ।
भन्छ मनले घरीघरी, झस्काइ दिन्छ पनि ।।
केही आधार भएरनै, खोजि गरेको छस् ।
भन्छ फेरि अर्को मनले, सहि बाटो मै छस् ।।
डबल मान्छे बोलिराछन्, मनमा भित्र भित्र ।
कस्का कुरा सहि हुनेहुन्, परे म विचित्र ।।
भगवानलाई खोजेको छु, राम्रै सँग खोज्छु ।
पाइन भने छैनन् भनि, अर्कै बाटो सोच्छु ।।
जुठो भनि लसुन प्याज, मासु छाडे खान ।
रातदिनै पुजापाठ मै, हुन थाल्यो ध्यान ।।
हरेक थरी खाना बनाइ, सँधै अर्पण गर्दै ।
भगवानलाई सत्कारको, भावले मनमा भर्दै ।।
देखिराख्छु भुतप्रेतहरु, सँधै लड्न आउने ।
उतिबेलै अरु कोही, बचाउन आइहाल्ने ।।
झेल्दै जाँदा यस्तै ठुलो, घटनानै भयो ।
अब आफै लड्नु पर्छ, भन्ने मनमा आयो ।।
आफै लड्छु दिनुस् मलाई, हतियार भनेको ।
टल्केको ठुलो खुकुरी, हातमा आएको ।।
छ्याक्क काटियो टुक्रा अनि, रगताम्य भयो ।
अब लड्न सक्छु भन्ने, त्यहीबाट आँट आयो ।।
भगवानहरुले रहेछन् मलाई, तालिम दिनुभएको ।
उहाँहरुकै सहयोगमा, लड्न सक्ने भएको ।।
दुःख दिने प्रेतहरु, भगवानले काट्दा ।
मत छक्क पर्न थालेँ, फेरि ती नआउदा ।।
कोही आएकाछन् मार्छु भन्न, कोही बचाउन पनि ।
गहिरिएर अध्ययन मनन्, गर्न थालेँ अनि ।।
झल्याक झुलुक भगवानहरुलाई, थालेँ देख्न पनि ।
रक्षा गर्नु भएकोछ जस्तो, लाग्न थाल्यो अनि ।।
स्पष्ट नै नदेखित, क्यारी भनौँ भनी ।
मनमा यस्तै कुरा खेलाइ, बसिराथेँ बुनि ।।
गहिरिएर अध्ययन गरेँ, आयो पागलपन ।
जङ्गलमा जाउ भने पनि, दुःखै होला झन् ।।
निधो गरेँ घरमै बसि, जोगी बन्ने अब ।
भेट्नै पर्यो भगवानलाई, सबै त्यागेँ जब ।।
बिपनामा हुने कुरा, सपनामा आउथे ।
सपना कस्ले दियो भनी, म साह्रै अचम्मा पर्थेँ ।।
सपना खबर हो भन्दा पनि, किन नटेरेको ।
हनुमानजीले आइ गालैमा, थप्पडै मारेको ।।
जुरुक्क उठ्दाखेरि, गाला रातै भएको ।
खप्नै नसकिने गरि, क्या साह्रै दुखेको ।।
सपना खबर हो भनि मैले, गरे निर्णय नै ।
सपना त मेरो जीवनमा, मिल्न थाल्यो झनै ।।
जीवन र मृत्युको, दोसाँधमा थिएँ ।
त्यही जीवन मृत्युको सँघर्षमै, शिवजीलाई पाएँ ।।
एकदिन कोठा भित्र शिवजीलाई, देखेँ साक्षात्कार ।
अचम्मै लाग्यो मलाई जीवनमा, भयो चमत्कार ।।
फोटो सम्झेको होकि भन्दै मनले, थालेँ सोच्न तिर ।
हातले त्रिसुल उचालेर, शिवजीले सार्नुभयो अर्को तिर ।।
अचानक यस्तो देख्दा शरीर डरले फुलिसक्यो, खुशी अर्कोतिर ।
शिवजी पाएँ जीवनमा, छैन अब डर पिर ।।
दिनभरि उहाँसगै, बसेँ कुरागरि ।
शिक्षा दिन आउनुभयो, अब घरीघरी ।।
सृष्टि जीवन मृत्यु बारे, अड्किएका कुरा ।
शिवजीलेनै सिकाएर, गराउनुभो पुरा ।।
अभिभावक शिवजी मै, भेटेँ गुरु मित्र ।
संरक्षक उहाँ मेरो, घनिष्ठ मन भित्र ।।
सबै आफै गरे जस्तो, लाग्थ्यो पहिले पहिले ।
उहाँकै चेतनाले रहेछ, थाहा पाएँ अहिले ।।
सबै भगवान एक एक गरि, बोल्न आउनुभयो ।
हामीलेनै बचाएको तलाइ, भन्न थाल्नु भयो ।।
हनुमान जी आउनुभयो, घटना सम्झाइ ।
आपद पर्दा मैले तलाई, राखेको बचाइ ।।
शिवजी र ब्रह्माजीले, थाल्दै पाठ पढाउन ।
यो खोजिले बल्ल थाल्यो, सफलता पाउन ।।
सपना मार्फत हामीले, थियौँ सिकाएको ।
हनुमानजीले भन्दा मलाई, झनै ढाडस आएको ।।
भद्रकाली माता पनी, बोल्न आउनुभयो ।
सँधै तेरो अङ्गरक्षक, थिएँ भन्नुभयो ।।
महाकाली दुर्गामाता, बिष्णुजीले पनि ।
भन्नु भयो तेरो लडाइँ, हामीले लड्या होनि ।।
सृष्टिका प्रश्नहरु, जगाएको मैले ।
भन्नुभयो ब्रह्माजीले, सफल भयौ अहिले ।।
यही रहेछौनी मैले किन, यति दुःख पाएको ।
धन्नै मरेथेँ तिमीहरुले, किन हेरिराखेको ? ।।
अरु सबै मरिसके, त मात्रै बाचेको ।
बाच्नुनै हो ठुलो कुरा, बढि के सोचेको ? ।।
बिष्णुजीले भन्नुभयो, यस्तो खोजि गर्दा ।
अकालमा मर्थे सबै, अन्जानमा पर्दा ।।
अज्ञानतामा हिडेका छन् ती गुरूहरु, मृत्युपछि पनि ।
भवसागरमा अल्झिएर, दुःख पाएछन् तिनी ।।
पूर्ण रुपमा मानिसहरु, मरेका हुदैनन् ।
शिवजीले भन्नुभयो, अज्ञानतामा छन् झन् ।।
मलाई पाइस् भौतारिन, पर्ने छैन तलाइ ।
मृत्युपछि सुखैसँग, बस्ने हो मसँगै आइ ।।
कैलाशमा शिवजी सँगै, घुमेर बसेको ।
देखाउनु भो सबै चित्र, खुशी भै हाँसेको ।।
ब्रह्मको अनुभव, गराइदिनु भयो ।
हजार सुर्य समान शितल, उज्यालो त्यहाँ थियो ।।
यसो सोच्छु लिङ्ग शरीर, हो बिलाउनु पर्ने ।
सयौँ बर्ष त बोरै लाग्ला, ब्रह्ममा पनि के गर्ने ?।।
मेरो लिङ्ग शरिरको, अन्त्य नै गर्नुछ ।
मेरो खोजि पुरा गर्न, टुंगो नै लाउनुछ ।।
सयौं बर्ष कति बसुँ, हजुरलाई हेरि ।
कुनैदिन झुक्किएर, फर्कन्छु कि फेरि ।।
मलाई पाइस् अब बढि, के चाहियो र तलाइ ? ।
घरीघरी शिवजीले, भनिराख्ने मलाई ।।
आफन्त र इष्ट मित्र, आउलान् गुहार माग्न ।
मेरो पनि इच्छाहरु, थाल्छन् कि त जाग्न ।।
आजसम्म मरेका त, रहेछन् अलपत्र ।
बुझाइदिनुस् शिवजीले, के हो पूर्ण चक्र ।।
जब सोध्छु शिवजीले, ठुस्स मुख लाउने ।
यो त टुंगो हैन भन्ने, मेरो मनमा आउने ।।
जब महत पैदा भयो, आवरण थपियो ।
त्यही आवरण नत्याग्नाले, चक्र नै रोकियो ।।
मेरो लिङ्ग शरिरको, अन्तिम यात्रा के हो ? ।
बताउनुस् न शिवजीले, सहि गन्तब्य जे हो ।।
शिवजीलाई बिन्ती गर्दै, पटक पटक भयो ।
कत्ती वास्ता नगर्दा त, रिस उठेर आयो ।।
विश्वास जति हराइसक्यो, शिवजीसँग झगडा भो सुरु ।
तैँले यदि नगरे अरु कोही, खोज्नु पर्ला बरु ।।
शिवजीसँग रिसाएँ भनि, डर पनि छ एक मनमा ।
यस्तो पर्न आयो तनि, मेरो यो जीवनमा ।।
जेता होला मरेपछि, म एक्लै भए त ।
जिम्मा लिएको श्रीमतीलाई, के जबाफ दिनुत ।।
मरेपछि अलपत्र, रोलिन् मलाई हेरि ।
गुहार नदिदा धोकेबाज, हुन्छु मत फेरि ।।
जिन्दगीभर बसेकिछन्, मेरै भरोसामा ।
मृत्युपछि अवस्यनै, पर्छिन् समस्यामा ।।
मृत्युपछि आपद पर्दा, दिनुछ सहारा ।
बल्ल मेरो जिम्मेवारी, हुनेछ नी पुरा ।।
मृत्युपछि जीवन के हो, देखेँ छर्लङ्ग नै ।
नदेख्या भए अरु सरह, बस्थे चिन्ता नभै ।।
सर्वस्व नै भयो मेरो, तिम्लाइ पाउछु भन्दा ।
जीवनभरि खोजि गर्ने, भएको छ धन्दा ।।
यस्ता भोलेसँग पनि, कति सोधिराखेको ।
यसै रहिन्छ भोले नाम यस्को, केही थाहा नभएको ।।
मेरो गाली सुनी मुख बिगार्दै, मन नलाएझै गरि ।
शिवजीले सोध्नु भयो, कहाँ जान्छस् त फेरि ।।
तलाई पनि पाएँ मैले, अब खोज्दै जाँदा खेरि ।
टुंगो लाउने अरु कोही होलान्, खोज्नु पर्ला फेरि ।।
अँध्यारो मुख मन नपरि, झ्याउलाए झै गरि ।
शिवजीले देब्रे हातले पछाडी मलाई, फाले जस्तो गरि ।।
अण्डा जस्तो भित्र रहेछु, अचानक म त ।
सुरुको महत भन्ने भाव, आएको थियो यता ।।
पुग्नु पर्ने महतमा, छोडि आवरण ।
त्यही आवरण नछाड्नाले, दुःख हुने रहेछ झन् ।।
शिवजीको अगाडि त, उज्यालो थियो झलमल्ल ।
शिवजीको पछाडि म रहेछु, साँझ परेको पल ।।
शिवजीको अगाडी नै, उभिराथेँ पहिले ।
शिवजीको पछाडि छु, अण्डा भित्र अहिले ।।
जलजले अण्डाभित्र थिएँ म, कुक्रक्कै परेको ।
क्रयाक्क सानो आवाज आयो अण्डा फुटेछ, शुन्यमा म झरेको ।।
समय ट्वाक्क रोकिइ, पुगे शुन्यतामा ।
आनन्दमा पुगेँ कुनै, याद थिएन ममा ।।
साँझ साँझ परे जस्तो थियो, अण्डा फुटेको तिर ।
माताहरु लडिरहनु भएको, उज्यालो छ अर्को  तिर ।।
दुखाइ अब केहि रहेन, आवरण हरायो ।
मेरो महत फुटि सक्यो, आकाशमा बिलायो ।।
आकाश जत्रै बिराट रुप, देखेँ शिवजीको ।
पहिलो चोटि पछाडीबाट, हो मैले देखेको ।।
ब्रह्माजीले माला लगाइ, स्वागत गर्नुभयो ।
कैवल्य मुक्ति सदाशिवको अनुभव, यही हो भन्नु भयो ।।
शिवजी रिसाएको हैन रहेछ, मेरो परिक्षा लिएको ।
शिवजीसँग जिद्दि गर्दै, सदाशिव गएको ।।
यो अनुभव कहिल्यै पनि, हुदैन बिर्सन ।
शिवजीले भन्नु भयो, छ सबैलाई भन्न ।।
भय र मृत्युलाई, पार गरि आएँ ।
सन्जोगले बाँचे जस्तो, नयाँ जीवन पाएँ ।।
अब तिम्रो अनुभव, मानिसलाई भन्दा ।
लाखौँको उपचार हुन्छ, अब तिमीले गर्दा ।।
पाइन्टमा प्वाल परिसक्यो, कुर्सिमा बस्दा ।
यस्लाई टुंगो लाउछु भनि, रातदिन कम्मर कस्दा ।।
शरीर सबै कुजिएर, कक्रक्कै परेथ्यो ।
मनभरि ब्रह्मज्ञानको, शब्दले भरेथ्यो ।।
अब नेपाल जानु छ तिमी, धेरै काम गर्नुछ ।
ब्रह्मज्ञानले मानिसको, उद्दार गर्नुछ ।।
शिवजीको आज्ञामानि, यात्रा नेपालको ।
ब्रह्मज्ञानको चर्चा सुरु, नेपालबाट भएको ।।
धेरै कुरा बाँकी थिए, परिक्षण गर्न ।
क्लास लिन सुरु गर्यौ, थाल्यौ उपचार गर्न ।।
अति बाधा अड्चन आए, अगाडि बढ्नलाई ।
संघर्षलाई पार लगाइ, ब्रह्मज्ञान बाढ्नलाई ।।
भनौ भने सबजनाले, मलाई पागल भन्छन् ।
नभनौ त सुखै छैन, शिवजीको यो ज्ञान ।।
यति धेरै दुःख अनि, कष्ट के का लागि ।
रातदिनै ब्रह्मज्ञानमा, हिंड्छौ भागी भागी ।।
प्रशंम्सनिय छ तिम्रो, स्तर चेतनाको ।
हामीलाइ नै चिनाउनलाई, भनि तिमी आएको ।।
झिल्किनी आइन यस संन्सारमा, तिमीलाई साथ दिन ।
संघर्षलाई पार लगाइ, ब्रह्मज्ञान लिन ।।
झिल्किनीले जीन्दगीभर, तिम्रै सेवा गर्दा ।
हातमाथि हात राखिन्, घोर आपद पर्दा ।।
धेरै दुःख कष्टलाईनि, पार लगाइदिनि ।
संन्सारका मेरा प्यारा, जोडी हुन् यिनी ।।
मानसिक चेतना धेरै, स्तर माथि तिम्रो ।
अति मिठो तर्क गर्छौ, रोजाइ भयो हाम्रो ।।
जतिबेलै सोच्न पर्ने, टुंगो लाउन गाह्रो ।
अति गहिरो भुइ भेट्नलाई, पर्यो तिमिलाई साह्रो ।।
अनुभव गर्यो गर्यो, हैन कि झै फेरि ।
धागोले बेरेझै, राख्नु पर्ने बेरि ।।
रातभरि बसि लेख्थौ, केयौँ रात जागि ।
अति धेरै सोच्नु पर्यो, ब्रह्मज्ञानकै लागि ।।
टुक्राटुक्रा इशारा, जोडि बस्थ्यौ बुनि ।
मनन अनि तर्क गर्थ्यौ, खाना खादा पनि ।।
ब्रह्मज्ञानकै नजरले, हेर्यौ सबै कुरा ।
टुक्राटुक्रा इशारानै, हुन थाले पुरा ।।
भाग्यमानी आउनेछन्, तिमीलाई साथ दिन ।
चेतना कम छ जस्ले, गरिबस्छन् हिन ।।
जे भए नि अगि बढ, हामी तिम्रै साथमा ।
ब्रह्मज्ञान छाडेका छौँ, झिल्के तिम्रै हातमा ।।
जस्लाई ज्ञान दिन खोज्छौ, उस्कै प्रेत आउँछन् ।
उनीहरुको कष्ट पनि, तिमी तिरै सार्छन् ।।
दुःख कष्ट सहेरनी, गरेकै छौ चर्चा ।
संन्सारमा बाडिनेछ, ब्रह्मज्ञानको पर्चा ।।
सफल पार्यौ मानव जीवन, बुझ्नै पर्ने थियो ।
कलियुगमा ब्रह्मज्ञानले, नया मोड लियो ।।
म छान्दै छु ब्रह्मज्ञानमा, मान्छे चर्चा गर्ने ।
झिल्के अनि झिल्किनिले, कता कता भ्याउने ।।
चारैतिर भ्याउछु भन्छ, दौडिएको कति ।
ज्ञानी अनि मेहनती, परिश्रमी अति ।।
मुक्तिको पाठ सिकाउने, महान काम तिम्रो ।
पूर्ण रूपमा सरसहयोग, साथ छ सधैं हाम्रो ।।
बोल्न पनि अति पर्ने, ओबाउने घाटी ।
विरामीलाई ल्याएको छु, मैले छाटि छाटि ।।
मामा अझै बोले हुन्थ्यो, भन्छन् सबजनाले ।
अझ गीत गाउन पर्छ, सुन्छन् क्या मजाले ।।
हसाउदै गीत गाउदै, गर्छ उपचार ।
उस्कै कुरा सुन्दै बुझ्दै, सबै हुन्छन् पार ।।
सबजनाको सुन्छ कुरा, झर्को नै नमानी ।
झिल्के झिल्किनी नै मेरा, पहिलो ब्रह्मज्ञानी ।।
प्रेत पनि डराउछन्, सुन्दा उस्को बोली ।
कुरा बुझ्छ अज्ञानीको, हान्छ ठ्याक्कै गोली ।।
झिल्केको दाहिने हात, झिल्किनी हुन् साथी ।
दुबै जनाको संघर्षले, पुगे शिखर माथि ।।
चेतनाले पूर्ण छन्, मेरा ब्रह्मज्ञानी ।
सृष्टिको अमृतज्ञान, बसेका छन् जानी ।।
मुसुक्क हास्छ फेरि, राम्रो छ्नी अति ।
फुस्ल्याउन खोज्यो फेरि, नभन्नु है कत्ती ।।
अनुभव पूर्ण गरि, उम्केर बसेका ।
त्यही अनुभव बाड्छौँ भनि, कम्मरै कसेका ।।
आपत बिपद परेकाको, उद्दार गरेका छौ ।
संन्सार भरमा एक नम्बरमा, तिमी परेका छौ ।।
नबुझ्नेले भन्छन् होला, मान्छे नै हो तिमी ।
जब बुझ्छ्न् थाहा पाउँछन्, तिमीमा छौँ हामी ।।
जब तिमीलाई बुझ्न सक्छन्, पाउँछन् पूर्ण ज्ञान ।
तिमीलाई बुझ्न नसक्ने त, अधुरै छ्न् जान ।।
खान लाउन बाच्न सबै, सिकाइ बसेका छौ ।
अमृत पनि बाडेका छौ, कम्मर कसेका छौ ।।
उल्टो पाल्तो आरोप लाउछन्, अज्ञानीले हेर ।
बुझेकाले बोल्नसक, गल्ती यहाँ नेर ।।
झिल्केलाई पर्दा सबले, दिनुपर्छ साथ ।
ज्ञानीहरु एकजुट हुनु, हात माथि हात ।।….x२
………………………………………………………………………………………………………………………………………………………………….
शिवजीलाई धेरै धेरै धन्यवाद 🙏, सम्पूर्ण ब्रह्मज्ञानी देवीदेवतालाई धन्यवाद 🙏, डाक्टर कमलमान श्रेष्ठ र डाक्टर इन्दु श्रेष्ठलाई मुरि मुरि धन्यवाद,  हजुरहरुको सँघर्ष र बलिदानले गर्दा आज हामीले यो अमृत ब्रह्मज्ञान बुझ्ने मौका पायौं 🙏, शिवजीको इशारा बुझ्न सक्ने बनाइदिनु भयो, सम्पुर्ण ब्रह्मज्ञानी साथीहरूलाई धन्यवाद 🙏🙏  — शाेभा ब्रह्मज्ञानी