शिवजीले दिनुभएको कविता 
 लेखिकाः शोभा ब्रह्मज्ञानी

शिर्षकः स्वर्गबस्ती ब्रह्मकुटी

जुगौँ देखिको सपना, पुरा हुने भयो ।
बल्ल मेरो मनमा पनि, हर्ष उल्लास छायो ।।
झिल्केको सपनाले, पूर्ण रुप पाउनेछ ।
झिल्के झिल्किनिको मनमा पनि, हर्ष उल्लास छाउने छ ।।
कति शुन्दर बन्ने होला, हाम्रो स्वर्ग बस्ती ।
यस्लाई साकार पार्ने झिल्के, झिल्किनी नै महान हस्ती ।।
शान्त र आनन्दले, भरिभराउ कुटी ।
यस्लाई पूर्ण रुप दिनु, ब्रह्मज्ञानी जुटि ।।
हातमाथि हात राख्नु, बुझ्ने ब्रह्मज्ञानी ।
मेरो पनि साथ र सहयोग, यसैमा छ जानी ।।
झिल्केलाई चिन्नेछन्, डाक्टर ब्रह्मज्ञानी भनि ।
झिल्किनिलाई भुल्ने छैनन्, ब्रह्मज्ञानको जरो भनि ।।
यस्तो बनोस स्वर्ग बस्ती, इमान्दारीको बास ।
बुझेकाले बेइमान गर्ने छैनन्, भन्ने लागेको छ आश ।।
सबै मेरा ब्रह्मज्ञानी, झिल्केको इशारा मान्नु ।
जाल झेल इर्स्या त्यहा चल्ने छैन, सब जनालाई भन्नु ।।
गलत फाइदा उठाउनेलाई, चलाख हुनु चिन्नलाई ।
खराब मान्छे आउन सक्छन्, पर्ने छ है छान्नलाई ।।
सबैलाई समान व्यवहार गर्नु, परिवार ब्रह्मज्ञानी ।
ब्रह्मज्ञानको नियम मान्नु, अनुशासन हो जानी ।।
जिम्मेवार लिनु सबैले, भाग लगाउनु काम ।
विश्वभरि फैलाउनुछ, ब्रह्मज्ञानीको नाम ।।
कोसिस गर्नु सबै ज्ञानी, बन्न झिल्के जस्तै ।
धैर्यता र सहनशिलता, हुनुपर्छ त्यस्तै ।।
शिवभक्त यस्ता हुनुपर्छ, भनी उदाहरणिय बन्नु छ ।
शिवजीलाई देख्न अनि, बोल्न सकिन्छ है भन्नु छ ।।
सबै जना छक्क पर्नेछन्, देख्दा ब्रह्मज्ञानी ।
शिवजीलाई देख्छन् रे, भन्दै अचम्म मानि ।।
मुक्तिको पाठ सिकाउने, ब्रह्मकुटी बन्दै ।
मान्छेहरु भिड लाग्नेछन्, स्वर्गै छ रे भन्दै ।।
अज्ञानीले बिरोध गर्छन्, पागल हुन् नि भनि ।
भाग्यमानी बुझ्न आउछन्, अमृत होनि भनि ।।
पोखरीमा रंगीचंगी, माछा पौडी खेल्दै ।
स्विमिङ्ग पुलमा ब्रह्मज्ञानी, अचम्म मान्दै ।।
एकातिर ध्यान बसेका, बोलाउनलाई माता ।
मातालाई हतार हुने, स्विमिङ्ग खेल्न उता ।।
ब्रह्मज्ञानी भगवान, घुम्दै मख्ख परि ।
ब्रह्मज्ञानीसँग कुरा गर्न, आउदै घरीघरी ।।
ब्रह्मज्ञानीहरु चारैतिर दौडिएका, जागरिला अति ।
साग सब्जी फलफूल, बगैंचा कति हो कति ।।
माछा मासु बगैंचा, भरिभराउ कुटी ।
अति खुशी समान बिचार, बस्ने छन् जुटि ।।
सृष्टि जीवन मृत्यु के हो, सबै बुझेका छन् ।
मानव जीवनमा गर्नुपर्ने, सबै गरेका छन् ।।
ब्रह्म अनि सदाशिवको, गुन्जन चारैतिर ।
जीन्दगीका दुःखका दिन, भुल्छन् यहाँनेर ।।
फलोस् फुलोस् ब्रह्मज्ञान, टिकोस सधैंभरि ।
शिवजीलाई यो संन्सारको, राजा मान्ने गरि ।।
==========================================================================
शिवजीलाइ धेरै धेरै धन्यवाद डाक्टर मामा माइजुलाई हृदय देखि धन्यवाद सम्पुर्ण ब्रह्मज्ञानी साथीहरू लाई धन्यवाद