कविता 

 शीर्षकः  शिवजिलाई चिट्ठी

                                   लेखिकाः  शोभा ब्रह्मज्ञानी
भवसागर पार गर्दिने, सृष्टि कर्ता भेट्यो ।
ब्रह्मबाट ब्यक्त महतले, उस्लाई चिट्ठी लेख्यो ।।
भावुक हुँदै चिट्ठी लेख्छु, राख्नुस जतन गरि ।
यता महत पर्खिराछु, बिलाउने आश गरि ।।
पृथ्वीमा अर्कै नामले, परिचित भएकोछु ।
ब्रह्मज्ञानको बिलाउने, बाटोमा लाएको छु ।।
माकुराको जालमा परि, अल्झिएको छु यता ।
सबै छोडि बिलाउनलाई, आउछु भन्छु त्यता ।।
कुशल आरामै हुनुहुन्छ, होला हजुर त्यता ।
हजुरको कृपयाले, आरामै छु म ता ।।
नयाँ नौलो हजुरको, के छ हालखबर ।
यो महतलाई बिलाउदिन कि, भन्ने नै छ डर ।।
जबाफ फर्काउनुस् है प्यारा, अब के गरौँ खै ।
घरी लाग्छ यस्तो तालले, बिलाउदिनकि झै ।।
नबुझेका हिडेका छन्, ढुक्क मन गरि ।
मृत्यु बुझेँ बिलाउनुछ, म त जसै गरि ।।
हजुर आउनु भएन भने, के गर्ने होला मैले ।
सारा जीवन ब्रह्मज्ञानी भै, बिताउदैछु अहिले ।।
मनमा धेरै सोच आए, घरी घरी डर ।
आजै भन्छु हजुरमै, परेको छु भर ।।
आपदको त्यो घडीमा, आउनुस है निम्तो दिन्छु ।
मेरो सारा कुरा हजुरलाई, आजै जिम्मा दिन्छु ।।
जति जे छ मेरो भागमा, हजुरलाई सुम्पिन्छु ।
बाँकी जीवन हजुरकै काममा, समय मैले दिन्छु ।।
मेरो यात्रा सफल पार्नुस्, माग्छु मैले यति ।
काम लगाइ भनी झिजो, नमान्नुस् है कत्ती ।।
सजिलो छैन रहेछ, बिलाउने यो यात्रा ।
आफ्नै मान्छे जताततै, छेक्ने यत्रतत्र ।।
समर्पित हुनै गाह्रो, अबुझ चेतना यो ।
हजुरको सहयोग बिना, अगि जान्न झै भो ।।
ब्रह्मज्ञानका सारा कुरा, घोक भनेको तलाई ।
किन ढिला गर्छस् भनी, थप्पड हान्नुस् मलाई ।।
सम्पूर्ण ब्रह्मज्ञानी, शिवजी र माता ।
मलाई आपद पर्दा नजर, लाइदिनुस है त्यता ।।
कहिले अति नजिक हुन्छु, टाढा हुन्छु कहिले ।
यस्तै भावले नजिक हुन, मन छ मलाई जहिले ।।
बाटोमा रोकिएँ भनेँ, बर्बादै हुन्छु ।
यही डरले मनमा साह्रै, चिन्ता पिर लिन्छु ।।
कतै गल्ती गरेँ होला, मलाई माफ दिनुस है ।
यो चिट्ठीलाई मनको छेउमा, कृपया लिनुस है ।।
यहाँ सम्म  ल्याइदिनुभयो, ब्रह्मज्ञानमा डोहोर्याइ ।
बिन्ती गर्छु छोड्नुस मलाई, उच्च शिखर पुर्याइ ।।
बिट मार्दै छु यो चिट्ठीको, आज यति भन्दै ।
हजुरको जबाफको, इन्तेजार गर्दै ।।
डाक्टर मामा माइजुले नै, देखाउनु भयो बाटो ।
के दिउ मैले हजुरहरुलाई, यो गुनको साटो ।।
……………………………………………………………………………………………………………………………………………………………….
सदाशिवजी कि जय,
सम्पूर्ण ब्रह्मज्ञानी देवीदेवताकी जय,
डाक्टर मामा माइजुलाई हृदय देखिनै धेरै धेरै धन्यवाद, मानिस जन्मे पछि मोक्ष हुने काममा लाग्नुनै जीवनको सार हो भनेर जुन अमृत ज्ञान दिनुभएको छ हजुरहरु प्रती हृदय देखिनै आभारी छु,  धन्यवाद सम्पूर्ण ब्रह्मज्ञानी साथीहरूलाई धन्यवाद ।। —लेखिकाः  शाेभा ब्रह्मज्ञानी