सरस्वती माताले दिनुभएको कविता    

लेखिकाः शोभा ब्रह्मज्ञानी

⇐विषय सूचीमा फर्कन

शीर्षकः महत

अव्यक्त थियो शुन्य ब्रह्म, चन्चलता आयो ।
त्यही चन्चलता आउनाले नै, सृष्टि रचना भयो ।।
तरङ्गको आवरणले, बन्यो घेरा जस्तो ।
अलग जस्तो देखाइदियो, भ्रम भयो कस्तो ।।
तरङ्गको आवरणले, भित्र बाहिर बन्यो ।
सम्युक्त रुप महत बन्यो, सुरुमै म भन्यो ।।
सम्पर्क गर्न थाल्यो, महतले म भन्दै ।
अनुभवका आवरणले, लिङ्ग शरीर बन्दै ।।
जति बन्छन् लिङ्ग शरीर, मेरो भन्न थाले ।
तेरो मेरो भन्दा भन्दै, झन् आवरण बढे ।।
ब्रह्म शिव परमात्मा, एउटै रुप थियो ।
त्यही ब्रह्मको चेतनानै, महतमा आयो ।।
महतहरुले देख्न थाले, प्रकृतीलाई मात्र ।
थाहा पाएनन् ब्रह्मको गुण, रहेछ उसै भित्र ।।
चेतना र स्वप्रकाश, पहिल्यै थियो ब्रह्ममा ।
ब्रह्मको ज्ञान बुझि बस्नु, नपरि भ्रममा ।।
अनगिन्ती महतहरुले, स्थुल शरीर बन्यो ।
महतहरुकै सम्पर्क नै, बाच्ने आधार बन्यो ।।
हरेक चिजमा महत रहेछ, सृष्टि नै महतको ।
भोक तिर्खा केही छैन यहाँ, मात्र चन्चलता लम्बाएको ।।
चलेको छ सबै सृष्टि, अनुभव बढाउदै ।
महतसँग सम्बन्ध राख्दै, चन्चलता लम्बाउदै ।।
लामा छोटा गोला च्याप्टा, धेरै आकार थिए ।
आवश्यकता अनुसार, एक अर्कालाई लिए ।।
सुरुमै महत पैदा हुँदा, भ्रममा परे ।
आत्मा ब्रह्म केही देखेनन्, प्रकृतीमा रमे ।।
ब्रह्ममय चारैतिर, जगत चेतनाको ।
सृष्टिका हरेक चिजमा, त्यही चेतना आएको ।।
ब्रह्मलाई थाहा रहेछ, सृष्टिका सबै कुरा ।
अनुभव गरि बस, जीवन हुन्छ पुरा ।।
महत भित्र बसेको छ, एउटै ब्रह्म आत्मा ।
स्वप्रकाश र चेतना रहेछ, उसकै साथमा ।।
छोड्नुपर्छ सबै आवरण, आनन्द भेट्नलाई ।
कोसिस गर्नु हरदम आफ्नो, आवरण मेट्नलाई ।।
आवरण त्यागि हेर, झिलिमिली देख्न ।
जुन घेराले अलग देखियो, त्यही घेरालाई मेट्न ।।
आयौ सबै ब्रह्मबाट, प्रकृती मै भुल्यौ ।
बिलाउनु थियो त्यही ब्रह्ममा, कता पुग्यौ पुग्यौ ।।
खान मात्र बाच्ने हैन, बाच्नलाई हो खाने ।
उद्देश्य एउटै लिनु, ब्रह्म तिर जाने ।।
नेता पाइलट शिक्षक डाक्टर, इन्जिनियर बनेका ।
कोही उध्योगी व्यवसाई, कोही बेरोजगार भएका ।।
जे गरेर बाचे पनी, बाच्नु नै हो धर्म ।
ब्रह्मज्ञान बुझि बस्नु, यही हो राम्रो कर्म ।।
ज्ञानको आँखा खोल्नु पर्ने, स्वप्रकाश देख्न ।
आकाश सँग कुरा गरि, मनको ब्यथा पोख्न ।।
आवरण थप्नु पर्ने, जीवको विकास हुन ।
त्यही आवरण त्याग्नु पर्ने, अव्यक्तमा जान ।।
उद्देश्य लिनु सधैं, ब्रह्ममा बिलाउने ।
त्यही महतलाई फुटालेर, शुन्यमा मिलाउने ।।
जीवित हुँदै बस्नुपर्छ, अनुभवले भरि ।
भावमा बस्नु मृत्युपछि, काम लाग्ने गरि ।।
झिल्के अनि झिल्किनीलाई, धन्यवाद दिनु ।
झिल्केका हरेक कुरा, मनन गरि लिनु ।।
झिल्के अनि झिल्किनीलाई, धन्यवाद दिनु ।
झिल्केका हरेक कुरा, म…न..न् .. ग..रि …लि….नु …।।

========================================================================

शिवजीलाई धन्यवाद । सरस्वती मातालाई हृदय देखि नै धन्यवाद । सम्पूर्ण ब्रह्मज्ञानी देवीदेवतालाई धन्यवाद । मामा माइजुलाई धेरै धेरै धन्यवाद । सधैं भरि यसरी नै शिवजीको इशारा बुझ्न पाम । सम्पूर्ण ब्रह्मज्ञानी साथीहरूलाई धन्यवाद 🙏🙏 । — शोभा
ब्रह्मज्ञानी