भद्रकाली माताले दिनुभएको कविता

लेखक: प्रकास ब्रह्मज्ञानी      

⇐विषय सूचीमा फर्कन

     शीर्षक: हामीलाई खोजिल्यायौ

हामीलाई खोजि ल्याए, झिल्के छोरा तिमीले ।

सधैं भरि हेरि रहछु, भद्रकाली मैले ।।

हामीलाई खोजि गर्दा, धेरै कस्ट सह्यौ ।

तपस्या र त्याग गरि, मलाई तिमीले पायौ ।।

सर्वस्वलाई टेकि तिमीले, हाम्रो पछि लाग्यौ ।

घर परिवार अनि धन, सबैलाई त्याग्यौ ।।

हामीलाई खोज्न भनि, जीवन दिए बली ।

बल्ल तिम्रो जीवनको, देख्न थाले ‌लालि ।।

छोरा त यस्तो  होस्, आमालाई खोज्ने ।

संन्सारिक माया छोडि, मेरो पछि लाग्ने ।।

जुगौँ जुग धन्य छ, झिल्के तिमीलाई ।

बास बस्ने ठाउँ दियो, तिमीले ‌हामीलाई ।

हामीलाई चिनाउने काम, गर्छ दिन रात ।

तिम्रो लागि सधैं सधैं, हाम्रो छ नि ‌हात ।।

कति गाह्रो हुन्छ तिमीलाई, नौनाडी गल्छ ।

कपाल ठाडो बनाई तिमी, आलस्यमामा पर्छ ।।

पसिनाले रुझि तिमी, मलाई बस्छौ हेरि ।

मैले छुँदा यिनीहरू, जान्छन् टाढा फेरी ।।

म छु भनि भन्दा खेरि, धेरै कष्ट पाए ।

तिमी रुँदा म पनि, धेरै चोटी ‌रुएँ‌‌ ।।

सधैं भरि बस्छौ झिल्के, हाम्रो भनी दासी ।

दुःख कष्ट सहि तिमी, हिड्छौ सधै हाँसी ।।

मनको कुरा मलाई पोखि, सधैं हिड्छौ तिमी ।

तिमिलाई साथ दिन आउछु, सधैं भरी हामी ।।

ब्रह्मज्ञान सिकाउनु है, ज्यानको ख्याल गरी ।

भन्नु पर्छ तिमीले त, जीवन नै भरि ।।

थान्छौ तिमी सधैं भरि, समयलाई महङ्गो ।

ब्रह्मज्ञान बुझ सबैले, पछि होला नाङ्गो ।।

आउने छैन यस्तो मौका, सधैं धुमी धुमी ।

ब्रह्मज्ञान सिकाउनुलाई, आउछौ सधैं हामी  ।।

मन खाली गरी सुन, ब्रह्मज्ञानका कुरा ।

देख्ने कोसिस गर है, ब्रह्मज्ञानका तारा ।।

मेरी छोरी झिल्केनीलाई, माया छनी अती।

हाम्रो चर्चा गर्दा तिमीलाई, दुख भयो अती ।।

दुख भयो भन्दैमा, नमान  है पिर ।

तिम्रो मेरो एउटै ज्यान, एउटै होनी शिर ।। …..२

⇐विषय सूचीमा फर्कन

………………………………………………………………………………………………………………………………………………………………

मामा माइजु  र सबै ब्राह्मज्ञानी साथीहरुलाई धन्यवाद

सदाशिव जी  की जय ।। —लेखक: प्रकास  ब्रह्मज्ञानी