भद्रकाली माताले दिनुभएको कविता

लेखक: प्रकास ब्रह्मज्ञानी      

⇐विषय सूचीमा फर्कन

     शीर्षक: हामीलाई खोजिल्यायौ

हामीलाई खोजि ल्याए, झिल्के छोरा तिमीले

सधैं भरि हेरि रहछु, भद्रकाली मैले ।।

हामीलाई खोजि गर्दा, धेरै कस्ट सह्यौ 

तपस्या त्याग गरि, मलाई तिमीले पायौ ।।

सर्वस्वलाई टेकि तिमीले, हाम्रो पछि लाग्यौ 

घर परिवार अनि धन, सबैलाई त्याग्यौ ।।

हामीलाई खोज्न भनि, जीवन दिए बली ।

बल्ल तिम्रो जीवनको, देख्न थालेलालि ।।

छोरा यस्तो  होस्, आमालाई खोज्ने

संन्सारिक माया छोडि, मेरो पछि लाग्ने ।।

जुगौँ जुग धन्य , झिल्के तिमीलाई

बास बस्ने ठाउँ दियो, तिमीलेहामीलाई

हामीलाई चिनाउने काम, गर्छ दिन रात

तिम्रो लागि सधैं सधैंहाम्रो निहात ।।

कति गाह्रो हुन्छ तिमीलाईनौनाडी गल्छ 

कपाल ठाडो बनाई तिमी, आलस्यमामा पर्छ ।।

पसिनाले रुझि तिमी, मलाई बस्छौ हेरि

मैले छुँदा यिनीहरू, जान्छन् टाढा फेरी ।।

छु भनि भन्दा खेरि, धेरै कष्ट पाए

तिमी रुँदा पनि, धेरै चोटीरुएँ‌‌ ।।

सधैं भरि बस्छौ झिल्केहाम्रो भनी दासी 

दुःख कष्ट सहि तिमी, हिड्छौ सधै हाँसी ।।

मनको कुरा मलाई पोखि, सधैं हिड्छौ तिमी

तिमिलाई साथ दिन आउछु, सधैं भरी हामी ।।

ब्रह्मज्ञान सिकाउनु है, ज्यानको ख्याल गरी

भन्नु पर्छ तिमीले त, जीवन नै भरि ।।

थान्छौ तिमी सधैं भरि, समयलाई महङ्गो 

ब्रह्मज्ञान बुझ सबैले, पछि होला नाङ्गो ।।

आउने छैन यस्तो मौका, सधैं धुमी धुमी ।

ब्रह्मज्ञान सिकाउनुलाई, आउछौ सधैं हामी  ।।

मन खाली गरी सुन, ब्रह्मज्ञानका कुरा

देख्ने कोसिस गर है, ब्रह्मज्ञानका तारा ।।

मेरी छोरी झिल्केनीलाई, माया छनी अती

हाम्रो चर्चा गर्दा तिमीलाई, दुख भयो अती ।।

दुख भयो भन्दैमा, नमान  है पिर

तिम्रो मेरो एउटै ज्यान, एउटै होनी शिर ।। …..२

⇐विषय सूचीमा फर्कन

………………………………………………………………………………………………………………………………………………………………

मामा माइजु   सबै ब्राह्मज्ञानी साथीहरुलाई धन्यवाद

सदाशिव जी  की जय ।। —लेखक: प्रकास  ब्रह्मज्ञानी