भद्रकाली माताले दिनुभएको कविता
लेखक: प्रकास ब्रह्मज्ञानी
शीर्षक: हामीलाई खोजिल्यायौ
हामीलाई खोजि ल्याए, झिल्के छोरा तिमीले ।
सधैं भरि हेरि रहछु, भद्रकाली मैले ।।
हामीलाई खोजि गर्दा, धेरै कस्ट सह्यौ ।
तपस्या र त्याग गरि, मलाई तिमीले पायौ ।।
सर्वस्वलाई टेकि तिमीले, हाम्रो पछि लाग्यौ ।
घर परिवार अनि धन, सबैलाई त्याग्यौ ।।
हामीलाई खोज्न भनि, जीवन दिए बली ।
बल्ल तिम्रो जीवनको, देख्न थाले लालि ।।
छोरा त यस्तो होस्, आमालाई खोज्ने ।
संन्सारिक माया छोडि, मेरो पछि लाग्ने ।।
जुगौँ जुग धन्य छ, झिल्के तिमीलाई ।
बास बस्ने ठाउँ दियो, तिमीले हामीलाई ।
हामीलाई चिनाउने काम, गर्छ दिन रात ।
तिम्रो लागि सधैं सधैं, हाम्रो छ नि हात ।।
कति गाह्रो हुन्छ तिमीलाई, नौनाडी गल्छ ।
कपाल ठाडो बनाई तिमी, आलस्यमामा पर्छ ।।
पसिनाले रुझि तिमी, मलाई बस्छौ हेरि ।
मैले छुँदा यिनीहरू, जान्छन् टाढा फेरी ।।
म छु भनि भन्दा खेरि, धेरै कष्ट पाए ।
तिमी रुँदा म पनि, धेरै चोटी रुएँ ।।
सधैं भरि बस्छौ झिल्के, हाम्रो भनी दासी ।
दुःख कष्ट सहि तिमी, हिड्छौ सधै हाँसी ।।
मनको कुरा मलाई पोखि, सधैं हिड्छौ तिमी ।
तिमिलाई साथ दिन आउछु, सधैं भरी हामी ।।
ब्रह्मज्ञान सिकाउनु है, ज्यानको ख्याल गरी ।
भन्नु पर्छ तिमीले त, जीवन नै भरि ।।
थान्छौ तिमी सधैं भरि, समयलाई महङ्गो ।
ब्रह्मज्ञान बुझ सबैले, पछि होला नाङ्गो ।।
आउने छैन यस्तो मौका, सधैं धुमी धुमी ।
ब्रह्मज्ञान सिकाउनुलाई, आउछौ सधैं हामी ।।
मन खाली गरी सुन, ब्रह्मज्ञानका कुरा ।
देख्ने कोसिस गर है, ब्रह्मज्ञानका तारा ।।
मेरी छोरी झिल्केनीलाई, माया छनी अती।
हाम्रो चर्चा गर्दा तिमीलाई, दुख भयो अती ।।
दुख भयो भन्दैमा, नमान है पिर ।
तिम्रो मेरो एउटै ज्यान, एउटै होनी शिर ।। …..२
………………………………………………………………………………………………………………………………………………………………
मामा माइजु र सबै ब्राह्मज्ञानी साथीहरुलाई धन्यवाद
सदाशिव जी की जय ।। —लेखक: प्रकास ब्रह्मज्ञानी