गीतः

 शिर्षकः  शिवजीलाई पुकार

⇐विषय सूचीमा फर्कन

लेखिकाः शोभा  ब्रह्मज्ञानी
लाखौँ बर्ष भयो होला, यो धर्तीमा आएको ।
अहिले बल्ल महत रहेछु, भन्ने थाहा पाएको ।
ब्रह्मज्ञानमा बिलाइदिनुस यो महतलाई सदाशिवमा ।।
केयौँ जनम तड्पिएँ होला, कति दुःख पाई ।
शिवजीलाई भेट्न पाएँ, यो जनममा आइ ।।
ब्रह्मज्ञानको रहस्य बुझ्न पाएँ जीवन मरणको ।।
फेल भएको छु परिक्षामा, क्षमा याचना माग्छु ।
माफ गर्दिनुस अब देखि, सुधार्नमा लाग्छु ।।
ब्रह्मज्ञानमा बिन्ती गर्छु बिलाइदिनुस शिवजी सदाशिवमा ।।
मन छैन यो धर्तिमा, फर्किआउन फेरि ।
बिलाइदिनुस बिन्ती गर्छु, जसोतसो गरि ।।
ब्रह्मज्ञानमा बिलाइदिनुस शिवजी शदाशिवमा ।।
भाग्यमानी ठानेको छु, बिलाउने बाटो भेटेँ ।
चाहना र मोह सबै, मनैदेखि मेटेँ ।।
ब्रह्मज्ञानमा बिलाउन मन, लाग्यो अति सदाशिवमा ।।
धेरै भोगे यो धर्तिमा, बैराग्यता आयो ।
किन किन भित्रै देखि, बिलाउन मन लाग्यो ।।
ब्रह्मज्ञानमा तड्पिएको छु बिलाउनलाई सदाशिवमा ।।
अनुभव मात्र हैन, बिलाउनु छ साचो ।
लाग्छ मलाई यो धर्तीमा, छैन मेरो खाचो ।।
ब्रह्मज्ञानमा नफर्किने गरि बिलाउनुछ सदाशिवमा ।।
केही गर्न बाकी छैन, बाहेक ब्रह्मज्ञान ।
चन्चलता लम्बाइ हजुरमै, बिलाउनुछ ध्यान ।।
ब्रह्मज्ञानमा बिलाइदिनुस शिवजी सदाशिवमा ।।
काम नगरि भएकै छैन, चन्चलता लम्ब्याउन ।
अति मन लागेको छ, हजुर मै बिलाउन ।।
ब्रह्मज्ञानमा बिन्ती प्यारा बिलाइदिनुस सदाशिवमा ।।
जलजले अण्डा भित्र, मन छ आफैलाई देख्न ।
प्वाट्ट फुटि आवाज आएको, अनुभवमा लेख्न ।।
ब्रह्मज्ञानमा बिर्सन मन छ सारा कुरा सदाशिवमा ।।
……………………………………………………………………………………………………………………………………………………………
सदाशिवजी कि जय,  सम्पूर्ण ब्रह्मज्ञानी देवीदेवताकी जय, दुर्गा माताकी जय, डाक्टर मामा माइजुलाई हृदय देखिनै धेरै धेरै धन्यवाद, भय र मृत्युसँगको सम्पर्क र सँघर्षको रस सदाशिव ल्याउनुभयो र मोक्ष प्राप्त गर्नु पर्छ भनेर सिकाउनु भयो,
सम्पूर्ण ब्रह्मज्ञानी साथीहरूलाई धन्यवाद ।
लेखिकाः शोभा ब्रह्मज्ञानी