दुर्गा माताले दिनुभएको कविता      
     लेखिकाः शोभा ब्रह्मज्ञानी

शीर्षकः  सुझाब र सचेतना सम्पुर्ण मानवजातीका लागि

नेता शिक्षक डाक्टर अनि, वैज्ञानिक बनी ।
विज्ञान हेर्छौ धार्मिकमा केही, आधार छैन भनी ।।
जीवनभरी भौतिकबादी, हिंड्छौ नास्तिक बनी ।
बुढेसकालमा धाउछौ मन्दिर, चर्च र गुम्बा अनि ।।
तिम्रा कुरा अपूर्ण छन्, यही प्रमाणित भयो ।
बुढेसकालमा आइ भगवान त, छन् कि जस्तै लाग्यो ।।
मृत्युपछि पिण्ड खाने, प्रबन्ध मिलाउछौ ।
दिमाग लगाउ त्यो पिण्डले, के तिमी अघाउछौ ? ।।
मृत्युपछि पिण्ड खान, आउनै पर्ने भयो ।
किन भन्छौ मृत्युपछि, अस्तित्व सकियो ।।
अस्तित्व सकियो भने, किन खान दिन्छौ ? ।
यो कुरालाई गहिरो रुपमा, कहिले मनमा लिन्छौ ? ।।
जीवनभरि नास्तिक बनी, झुटो अडान लियौ ।
बुढेसकालमा किन तनि, दिमाग बदल्दियौ ? ।।
खानै आउन पर्ने भए, पिण्ड अनि पानी ।
त्यो पिण्डले साच्चै तिमी, सन्तोष हुन्छौ तनि ? ।।
ज्ञान दिनलाई गुरु अनि, बस्यौ शिष्य बनी ।
अपूर्ण ज्ञान दिलाइ बस्यौ, पार लाउनेछौ भनी ।।
गुरुलाई नै थाहा छैन, कसरी पार लाउने ? ।
शिष्यहरु भर परि, गुरुकै पछि लाउने ।।
तिम्रा गुरु मृत्युपछि, तरेकि तरेनन् ? ।
बुझ यता भवसागरमा, परेकि परेनन् ? ।।
धार्मिक गुरु पण्डित आइ, हामीसँग बोले ।
मृत्युपछि दु:ख पाछौँ, भनी पोल खोले ।।
धर्मगुरु वैज्ञानिक, डाक्टर अनि नेता ।
मृत्युपछि बिजोग छ है, अर्कै जीवन त्यता ।।
विश्व भरिका धर्म गुरु, सुन राम्रो गरि ।
ढुक्क भएछौ आ-आफ्नो, संस्कारको भर परि ।।
आजसम्म मरेका कोही, छैनन् पार भएका ।
मृत्युपछि पितृ अनि, प्रेत भइ जीएका ।।
विश्व भरिका मानिसलाई, भन्न खोजेका छौँ ।
मृत्युपछि अर्कै जीवन, छ है भनेका छौँ ।।
धन सम्पती मानपदबी, जीवन सुखै होला ।
मृत्युपछिको आपदमा, रित्तै छ है झोला ।।
तीन शरिरको मानव शरीर, हुन्छ भनेकाछौँ ।
लिङ्ग शरीरले चलाएको, अनुभव गरेकाछौँ ।।
अति धेरै पितृसँग, हामी बोलेका छौँ ।
गुहार माग्ने जतिलाइ हामिले, उद्वार गरेकाछौँ ।।
राजा नेता सैनिकहरु, रुँदै रुँदै आए ।
हाम्रो कुरा बुझ्नेहरु, सबै पार लाए ।।
अति दु:ख पाएका रहेछन्, गुहार माग्न आउने ।
यिनीहरुको सम्पर्कमा, मानिसलाई रोग लाउने ।।
अदृश्य
पितृ प्रेतहरु, रहेछन् वरिपरि ।
मानिसहरुको सम्पर्कमा, आउने चाहना गरि ।।
काम्ने अनि बर्बराउने, डिप्रेसन हुने ।
आजीवन औषधी खानु पर्ने, स्थितिमा आउने ।।
सम्पूर्ण मानवजाती, प्रभाबित भएका छन् ।
कैयौँ मानिस अकालमा, मरिगएका छन् ।।
भगवान हुनुहुन्छ, भेट्यौँ भनेका छौँ ।
आकाशको नि चेतना छ, हामी बोलेका छौँ ।।
ब्रह्मज्ञानी भगवानसँग, कुरा गरेकाछौँ ।
उहाँहरुको सगुन निर्गुण रुपको, वर्णन गरेका छौँ ।
केही रिसइबी छैन हामीलाई, कसैको धर्म माथि।
भगवान हुनुहुन्छ सबै, धर्म संस्कार भन्दा माथि ।।
जोसुकै ले जे भनेर, पुकार गरेपनी ।
सृष्टि चलेको त्यही ब्रह्मको, चेतनाले होनि ।।
शान्त अनि आनन्दको, अनुभव गरेकाछौँ ।
हजार सुर्य स्वप्रकाश देखि, अचम्म परेकाछौँ ।।
शुन्यताको नि चेतना छ, ब्रह्म चिनेकाछौँ ।
ब्रह्मको गुण गहिरिएर, बुझ्न हिडेकाछौँ ।।
ढुङ्गामा नि चेतना छ, बोल्छ फुल पनि ।
सजिब निर्जीव सारा चिजमा, चेतना छ अनि ।।
कोहीमा धेरै कोहीमा थोरै, चेतना सबैको ।
सृष्टि रहेछ सबै कुरा, महत नै महतको ।।
हामीपनी महत रहेछौँ, ब्रह्मबाट आएका ।
त्यही ब्रह्मको चेतनाले, पूर्ण भइ चलेका ।।
नाता सम्पत्ति भौतिक चिजमा, उता सुख पाइयो ।
उतै भुल्दा चेतनामा, यता बिर्को लाइयो ।।
रिस झगडा ईर्ष्या मोह, सबै त्यागेकाछौँ ।
मृत्युपछि मोक्ष हुने, अभ्यास गरेकाछौँ ।।
धार्मिक संघ सस्थाहरु, सबैको सम्मान गर्छौँ ।
यथार्थ बुझि सचेत हुन, अनुरोध गर्छौँ ।।
पहिला हाम्रो किताब पढ, एक एक लाइन गरि ।
दशौँ पटक पढेपछी, बोल अघिसरी ।।
पहिला हाम्रो किताब पढ, एक एक लाइन गरि ।
दशौँ पटक पढेपछी, बोल अघिसरी ।।
…………………………………………………………………………………………………………………………………………………………..
सदाशिवजीकी जय💐 , ब्रह्मज्ञानी दुर्गामाताकी जय🌹🌹, बजरङ्गबली हनुमान जी कि जय🌷🌷, सम्पूर्ण ब्रह्मज्ञानी देवीदेवता की जय💐🌺🌷🌱
डाक्टर कमलमान श्रेष्ठ र डाक्टर इन्दु श्रेष्ठलाई हृदय देखिनै धेरै धेरै धन्यवाद 🙏🙏उहाँहरुको 30 औँ बर्षको अध्ययन र वैज्ञानिक खोजको सफलताको अमृत रसको अनुभव गर्ने मौका दिनुभयो,  सम्पूर्ण मानवजातीको लागि अत्यावश्यक ब्रह्मज्ञान बुझ्ने मौका पाइयो,
सम्पूर्ण ब्रह्मज्ञानी साथीहरू लाई धन्यवाद 🙏🙏 —शोभा ब्रह्मज्ञानी