शिवजीले दिनुभएको कविता
लेखिकाः शोभा ब्रह्मज्ञानी

शीर्षकः तेस्रो नेत्र

हरेक मानवले बुझ्नुपर्छ, तेस्रो नेत्र के हो ? ।
अन्जानको पर्दा हटि, देख्छन् वास्तविक जे हो ।।
कुनै अर्कै आँखा हैन, यो हो ज्ञानको आँखा ।
खुले देख्छौ अर्कै संन्सार, अदृस्यको शाखा ।।
निष्कृय अस्वस्थ र, अनि स्वस्थ गरि ।
तीन अवस्थामा रहेका हुन्छन्, मानव संन्सार भरी ।।
हरेक मानिसमा, तेस्रो नेत्र हुन्छ ।
कोहीको आफै खुलेको  हुन्छ, कसैको निष्कृय झै  हुन्छ ।।
निष्कृय र लाटो भएको, भाषा नबुझेर ।
नबुझेका अवश्यनै, भाषा कठिनै भएर ।।
तेस्रो नेत्र आफै जस्को, थियो खुलिराखेको ।
ती मानिसलाई अदृस्यले, दुःख दिइराखेको ।।
लुकिछिपी दु:ख कष्ट, दिने गर्थे जहिले ।
देख्न थाल्दा झन् साक्षात्कार, हुन आउछन् अहिले ।।
पहिला आँखा बन्द थिए, झ्याप्प खुले जब ।
आफ्ना अगाडि जे छ त्यही, देखियो नि तब ।।
यथार्थमा त्यस्तै भएको, खुल्दा तेस्रो नेत्र ।
जताततै पित्रृ प्रेत, रहेछन् यत्रतत्र ।।
अदृस्य संन्सारबाट, हो रहेछ खबर आउने ।
यही नबुझ्दा मानिसहरुले, धेरै दुःख पाउने ।।
काम्ने अनि बर्बराउने, भविष्यवाणी गर्ने ।
अस्वस्थ तेस्रो नेत्रको, अवस्थामा पर्ने ।।
काम्ने अनि हेराउने, भनी बसेका छन् ।
अस्वस्थ र खतरनाक,अवस्था पो हो त्यो झन् ।।
आँखा अगाडि नभएका, चित्रहरु आउने ।
नभएका गन्ध अनि, कानमा आवाज आउने ।।
अचानक डर लाग्यो, त्रास पनि आयो ।
जमिन भासिएझै लाग्ने, उडाइ कता लग्यो ।।
घरि जाडो भएको छ, गर्मी हुन्छ घरी ।
अदृस्य त आउने रहेछन्, पालैपालो गरि ।।
उतिबेलै एैया आच्छु, ज्वरो आएको छ ।
एकैछिनमा सन्चो भएको, अनुभव भएको छ ।।
एकैछिनमा रिस उठ्ने, जीउ थर्थरी काम्दै ।
त्यही वेलामा मरेका मानिसहरूको, झनै याद आउदै ।।
जुन किसिमका लिङ्ग शरीर, प्रवेश गर्न आए ।
तिनीहरुको लक्षण सबै, मानिसमा भए ।।
अनेक थरि औषधी दिए, उपचार भएन ।
धामी झाँक्री सबै चाहरे, केही टुङ्गो लागेन ।।
डिप्रेसन भो भन्छन् उता, औषधी जिवनभरि ।
पूर्ण रुपमा सन्चो कहिल्यै, भएन केही गरि ।।
शरीरको रोग हैन रहेछ, लिङ्ग शरीरको रोग ।
अदृस्यले शरीर चलाइ, गर्ने गरेका भोग ।।
सपना प्रमुख ग्रन्थी रहेछ, त्यही तेस्रो नेत्रको ।
हरेक सपनाको अर्थ लगाउदा, खबर भइ आएको ।।
ब्रह्मज्ञान बुझेकाले, सक्छन् अर्थ लाउन ।
सहि अर्थ लगाई अदृस्यको, खबर थाहा पाउन ।।
तन्द्रा रहेछ आँखा बन्दा, गर्दा आउने चित्र ।
केही भाव अनि कुराकानी, आउनेछन् त्यही भित्र ।।
तेस्रो नेत्रकै खबर रहेछ, तन्द्रामा आएको ।
यही इशारा नबुझ्दा झन्, अस्वस्थ भएको ।।
गलत संस्कारको कारणले, आउने धेरै रोग ।
अदृश्यले प्रवेश गरि, गर्ने रहेछन् भोग ।।
यही अस्वस्थ तेस्रो नेत्रले नै, अकाल मृत्यु ल्याउछ ।
यस्लाई स्वस्थ बनाउन सके, जीवन सुखी बन्छ ।।
ब्रह्मज्ञानी पढि बुझि, जान तर्काउन ।
खतरनाक छन् अकालमा, सक्छन् यिनले लान ।।
दिव्य नेत्रको सहि ज्ञान हुनु, स्वस्थ बनाउनलाई ।
ब्रह्मज्ञानको किताब पढ्नु, सहि रुपमा बुझ्नलाई ।।
ब्रह्मज्ञान पढ्दै बुझ्दै, मनन गर्दै जाने ।
बुझेकासँग परामर्श, बढाउदै लाने ।।
अगाडि बढ्नु पर्ने, अज्ञानी तर्काएर ।
स्वस्थ बनाइ भगवान भेट्ने, अगाडि गएर ।।
तेस्रो नेत्र हतियार हो, देख्न भगवान ।
दु:ख कष्ट आएपनि, यही हो मुल्यवान ।।
एक दुई हैन अति धेरै, रहेछन् प्रवेश गर्ने ।
कोही बुझ्छन् नबुझ्ने,  दुःख दिन अघि सर्ने ।।
आफुभित्र भएका, दुःख दिनेले पनि ।
बुझ्दा रहेछन् आफुले, बुझ्दै जाँदा अनि ।।
तेस्रो नेत्रबाट सम्पर्क अनि, दिन सकिन्छ खानेकुरा ।
तिनको कष्ट कम हुँदै जाँदै, शान्त हुन्छन् पुरा ।।
अनुभव गर्यो गर्यो, हैन कि झै पार्छन् ।
छेक्नका लागि एजेन्ट बनि, अनेक कुरा गर्छन् ।।
अनेकथरी अनुभव हुन,
थाल्छन् स्तर अनुसार ।
बटार्छन् मन कहिल्यै पनि, मान्न हुन्न हार ।।
अदृस्य आउने बाटोहरू, बन्द गर्दै लानु ।
भगवानको इशाराहरू, बुझ्दै अगाडि जानु ।।
एकाग्र हुँदै पढ्नु बुझ्नु, अनि मनन गर्दै ।
स्पष्ठ स्पष्ठ हुँदै जान्छन्, अनुभवहरू झनै ।।
दु:ख दिनेले नै बुझ्न थाल्दा, कष्ट कम हुन्छ ।
जीवनमा पनि धेरै कुरा, मिल्दै मिल्दै जान्छ ।।
स्वस्थ हुँदै भगवानहरु, देख्न सुरु गर्दै ।
दोधार पार्छन् हो कि हैन झै, अलमल पार्दै ।।
यिनलाई जिति अगाडि बढ्नु, देखेकै हो भन्दै ।
भगवानको इशारालाई, गहिरो रूपमा जान्दै ।।
रिसराग इर्ष्या माया मोहहरू, आवरण हो रहेछ मानी ।
भावले त्याग्नु म वास्तबमा, महत रहेछु जानी ।।
बुझेपछि अझै पूर्ण रुपमा, बुझ्नु ब्रह्मज्ञान ।
सबैभन्दा राम्रो अनि, खतरनाक छ जान ।।
ब्रह्मज्ञानी देवीदेवताको, सेवा सत्कार गर्नु ।
उहाकै चर्चा उहाँहरुको, रुपको वर्णन गर्नु ।।
ब्रह्मज्ञानीकै पछि लाग्नु, बुझ्न ब्रह्मज्ञान ।
किताब पढि मनन् गर्नु, लाउनु यसमै ध्यान ।।
ब्रह्मज्ञानीकै पछि लाग्नु, बुझ्न ब्रह्मज्ञान ।
किताब पढि मनन् गर्नु, लाउनु यसमै ध्यान ।।
………………………………………………………………………………………………………………………………………………………………….
सदाशिवजीकि जय ।
डाक्टर मामा माइजुलाइ हृदय देखिनै धेरै धेरै धन्यवाद🙏🙏  । सम्पूर्ण  ब्रह्मज्ञानी साथीहरूलाई धन्यवाद 🙏🙏 । — शोभा ब्रह्मज्ञानी