शिवजीको शन्देस सबैका लागि 
  लेखिकाः शोभा ब्रह्मज्ञानी

शीर्षकः शुद्ध विज्ञान ब्रह्मज्ञान

शुद्ध विज्ञान ब्रह्मज्ञान, च्यालेन्ज दिन्छौ कस्ले ? ।
अज्ञानताको भुमरीमा, फसेको छ जस्ले ||
भित्र पस किताब पढ, औला ठडाउ अनि |
के गल्ती छ कुन लाइनमा, भन्नु पर्छ पनि ||
किन बोल्छौ नजानेमा, शंका गर्छौ किन ? |
बाध्यतामा पार्या छैनौँ, ब्रह्मज्ञान लिन ||
जो रोगी छ जीवनभर, भौतारि हिनेको |
जस्ले खोज्याछ शिवजीलाई, उसैलाइ बनेको ||
जस्लाइ परेको छ उस्लाई थाहा छ, उस्को मनको ब्यथा |
धामी झाँक्री जन्तर मन्तर, धाउनेहरूको कथा ||
बिरामी भै जीवनभरि,  कामेर बसेका |
भुत प्रेत पितृसँग, सम्बन्ध गाँसेका ||
डाक्टरलाई नै थाहा छैन, के रहेछ ओखती ?|
लाखौँ मान्छे परेका छन्, आपत र विपत्ति ||
जीवनभरि दिर्घ रोगी, औषधी खाएका |
औषधीले काम नगर्दा, ब्रह्मज्ञान धाएका ||
भन्न त भन्छौ होला, शरीरमा लाग्छ रोग |
तिम्ला केथा अज्ञानीले, गर्दा रहेछन् भोग ||
मान्छे धेरै मर्दा रहेछन्, मृत्युमा अकाल |
यस्को पनि कारण रहेछ, पार्दा रहेछन् जाल ||
पितृ साह्रै दुःख पाएका, तिन्कै व्यथा कति |
अन्जानमा आशिर्वाद, माग्ने गर्छौ अति ||
कारण के हो ब्रह्मज्ञानले, बुझाइदिन्छ साँचो ।
पुजारी र ज्योतिषीहरूले, लाउन सक्छन् पासो ||
मख्ख पनि परेका छन्, ठुलै मान्छे मानी |
तिन्लाइ केथा यो कति, खतरनाक हो भनी ||
दुनियाँका पितृ तार्ने, जिम्मा यिन्ले लिएका |
तरेकि तर्या छैनन्, अन्सारै नपाएका ||
काम्ने अनि हेराउने त, आफै रहेछन् रोगी |
गरिराखेका प्रेतहरूले, शरिरभित्र भोगी ||
मख्ख पनि परिराखेका, माता चढिन् भनी |
भुत प्रेत पितृ आएका, भन्ने नै नजानी ||
यिन्ले पनि बनाएका, भाडो कमाइ खाने |
तिन्लाइ पनि लान सक्छ्न्,  त्यस्ता चिजले जाने ||
दुःख कष्ट यिन्लाइ पनि, भैराखेको थियो |
शान्त पार्न दिनदिनै, बाल्ने गर्थे दियो ||
धेरै चोखो गर्न पर्ने, छाडे मिठो खान |
साह्रै चोखो चाहिएको, प्रेतलाई हो जान ||
बुझे भने ब्रह्मज्ञान, यिन्को रोग जान्छ |
काम्ने पनि हराउछ, जीवन सुखी बन्छ ||
भगवानलाई पर्या छैन, चोखो चोखो खान |
जुठो चोखो सबै चिजमा, शिवजी छन् जान ||
चिन्यौ भने भगवान, जुठो केही छैन |
यो कुरा त सब जनाले, नबुझि भाछैन ||
सब कुराको पर्दाफास, ब्रह्मज्ञानले गर्छ |
गहिरिएर बुझ्यौ भने, सबको आँसु झर्छ ||
नबुझ्नेले सोच्छौ होला, अर्कै धर्म भनी |
राम्रोसँग बिचार गर, शिवजी कुन धर्मका हुन् तनि ? ||
धर्म भन्दा धेरै माथि, यो ब्रह्मको ज्ञान |
रोगीको उपचार गर्ने, ठाँउ हो जान ||
शिवजीले सब सृष्टिको, नक्सा उतारेका |
विश्व भरि फरक फरक, नामले पुकारेका ||
सृष्टिकर्ता शिवजी, सब जनाको साझा |
हेरिराख्नु भएको छ, सबजनाको माझ ||
डाक्टरका नि डाक्टर हुन्, डाक्टर कमलमान |
भगवानले दुत बनाइ, पठाएको जान ||
बुझ्नेलाइ साह्रै गहिरो, नबुझ्नेलाई पहिरो |
थेग्न कत्ती नसकिने, बिरामीको ओइरो ||
लागेका छन् सबै लाइन, उपचार गर्न |
शिवजीले छानी छानी, लिनु भएको भर्ना ||
मुक्ति जस्ले खोजिराखेकोछ, बुझ्छ ब्रह्मज्ञान |
अहंकारि घमण्डीमा, पस्दैन यो ज्ञान ||
पारिवारिक आर्थिक अनि, सामाजिक रोग ।
अज्ञानीले गरिराका, अपराध घोर ||
शरीरमा प्रवेश गरि, सबलाई दुःख दिएका |
दुख पीडा कोलाहलको, मजा यिन्ले लिएका ||
अज्ञानीलाई चिनेर, तर्काउने ज्ञान |
जब यिनीहरु तर्किन्छन, शिवजी यही छन् जान ||
भुत प्रेत मान्छे सबै, शिवजीका सन्तान |
उन्ले पनि पहिला तिमी, आफै तर्काउ भन्छन् ||
सबलाई समान गर्ने अरे, शिवजीले हेर |
हाम्ले कुरा नबुझेका,  हो यही नेर ||
व्रत पुजा ध्यान सबै, शिवजीलाई गर्थ्यौ |
अन्जानमा यही पुजाले, अज्ञानीलाई भर्थ्यौ ।।
दुई प्रकारका हुने रहेछन्,  देवीदेवता पनि |
अन्जानमा एकै ठाँउमा, स्थान दियौँ अनि||
फलफूल पनि भाचिकुची, छुट्टै पानी दिने |
सृष्टिकर्ता शिवजीले, कसरी हो लिने ? ||
सबै सृष्टि उस्कै रहेछ, अड्कलेर दिएको |
एक पैसा चढाएर, लाखौँ के मागेको ? ।।
गर्छौ भने शिवजीलाई, बोलाउ सम्मान गर |
कसरी हो सम्मान गर्ने, ब्रह्मज्ञानमा पढ ||
साक्षात्कार हुनुहुन्छ, शिवजी र माता |
देख्ने बोल्ने चिन्ने भए, खोल्नु तेस्रो नेत्र ||
स्वस्थ नेत्र खोले पछि, भगवान देख्ने |
जब हुन्छ अस्वस्थ, पितृ प्रेत भेट्ने ||
हाम्रो दुई आखाले, नसकिने देख्न |
त्यही कुरा बुझाउन शिवजीले, थाल्नु भयो लेख्न ||
भगवान देख्नलाइ, खोल्नु तेस्रो नेत्र |
जब तिम्ले देख्न थाल्छौ,  भेट्छौ यत्र तत्र ||
(दुइलाइन पुगेकाे छैन यहाँ)
……………………………………………………………………………………………………………………………………………………………..
शिवजीलाई धन्यवाद🙏 , डाक्टर कमलमान श्रेष्ठ र डाक्टर इन्दु श्रेष्ठलाई धेरै धेरै धन्यवाद । हजुरहरुले 30 औँ बर्ष लगाएर वैज्ञानिक तरिकाले खोजी गरि जुनअमृत लिएर आउनुभयो कुनै शब्दमा धन्यवाद दिए पनि पुग्दैन, स्वस्थ तेस्रो नेत्र खोलेर भगवानहरु सँग भेट्न् र कुरा गर्न सिकाउनु भयो, हजुरहरु प्रती नमन🙏 , सम्पुर्ण ब्रह्मज्ञानी साथीहरूलाई धन्यवाद 🙏🙏 लेखिकाः शाेभा ब्रह्मज्ञानी