सरस्वती माताले दिनुभएको कविता
  लेखिकाः शाेभा ब्रह्मज्ञानी

शीर्षकः संस्कार भ्रमको

धन्यवाद छ मठ मन्दिर, मुर्ति नी बनायौ ।
भगवानलाई मान्नुपर्छ, भनेर चिनायौ ।।
अग्रजहरुलाई दोष हैन, धन्यवाद दिन्छौँ ।
सहि सत्य कुरा बुझुन्, भन्ने आशा लिन्छौँ ।।
वेद भनेको शास्त्र रहेछ, अध्ययन गर्नुपर्ने ।
बुझ्नुपर्ने पुज्न थाले, उल्टो भो के गर्ने ।।
हजुरबाले जे गर्याथे, बाउले नि त्यही गरि ।
नातिलेनी गर्न थाले, उनैका भर परि ।।
ब्रह्मको अध्ययन गरेकालाई, ब्राह्मण भनिन्छ ।
अध्ययनका साथ अनुभवलाई, प्रमुख ठानिन्छ ।।
सारा मानवले बुझ्नुपर्ने, वेदको सहि अर्थ ।
जातभातमै सिमित हुदा, हुन गयो ब्यर्थ ।।
जातभातमै कुरा अड्कियो, भगवान चिनेनन् ।
गरि खाने पेशा बनाए, वास्तविक बुझेनन् ।।
तिमीले पुज्ने देवीदेवता, छन् नि दुइथरीका ।
ब्रह्मज्ञानी र अज्ञानी स्तर, भिन्नै छन् तरिका ।।
चिन्न सक्छौ ब्रह्मज्ञानमा, ज्ञानी र अज्ञानी ।
अज्ञानी तर्काइ ज्ञानी तिरै, ध्यान दिने हो मानि ।।
तेतिसकोटी देवीदेवतामा, रहेछन् अज्ञानी ।
ब्रह्मज्ञानी देवीदेवता, ज्ञानी हुन् भन्ने जानी ।।
चोखोनिष्ट  ब्रतपुजा, अज्ञानीले खोज्ने ।
ब्रह्मज्ञानी देवीदेवताले, ब्रह्मज्ञानी रोज्ने ।।
भगवानको रुप लिइ, झुक्याउने अज्ञानी ।
पुजाआजामा सामेल भइ, भ्रम पार्ने बानी ।।
चौतारामा बस्ने अनि, नाग र कुल नाम भन्दै ।
पुज्ने गर्थ्यौ एकै ठाँउमा, वास्तबिक नजान्दै ।।
अज्ञानी आएको ठाँउमा, आउदैनन् है ज्ञानी ।
पुजा गर्नु वास्तबमा, ब्रह्मज्ञान जानी ।।
सक्यौ भने यथार्थमा, दुईथरी छुट्याउन ।
जीवन सुखी मृत्युपछि, सक्नेछौ पार लाउन ।।
ब्रह्मको ज्ञान नभएका, छन् है खतरनाक ।
अकाल मृत्यु जीवनमा, गर्छन् यिनले घात ।।
ब्रह्मको ज्ञान भएकाहरु, छन् नि साक्षात्कार ।
ब्रह्मरुपी गुण उहाँहरुको, रुप निराकार ।।
भगवान नचिनेका, पुजारी मन्दिरमा ।
दक्षिणा र प्रसादमै ध्यान, मनै छैन थिरमा ।।
गुरु पण्डित महाराजा, भन्दै मै हुँ ज्ञानी ।
खुट्टा ढोगाइ मख्ख भाछन्, वास्तविकता नजानी ।।
ब्रह्मज्ञानी शिवजीको, मानसम्मान भएन ।
साक्षात्कार नै हुनुहुन्थ्यो, छन् जस्तै लागेन ।।
नाकमा बदाम ट्वाक्क राखी, खुट्टामा धुप बाल्दै ।
टाउकाबाट दुध खन्याइ, अबिर मुखमा दल्दै ।।
दिनभरी भोकै बसि, लाइन मन्दिरमा ।
रिस डाह कुरा काट्दै, मनजती घरमा ।।
खाटी दुध घरमै राखी, दुधमा पानी हाली ।
शिवजीको टाउकोमा लै, खन्याइदिने खालि ।।
फुल टीका अबिरले, मुखैमा हानेर ।
आटेको सबैकुरा, पुर्याउनु भनेर ।।
चर्को बोल्ने मन दुखाउने, लोभ गर्ने घरी ।
भित्री मनमा राम्रो छैन, मुखले ठिक्क पारि ।।
के चिन्नु र शिवजीलाई, आफ्नै मन कालो ।
ब्रह्मज्ञानको भाव बुझ, आउन सक्छ पालो ।।
माध्यम थिए पुजापाठ, भगवान मान्ने ।
निराकार शिवजिलाई, ब्रह्मज्ञानमै चिन्ने ।।
मृत्युपछि दाहसंस्कार, गए लास लिएर ।
बाटोमा काडो राखे, नफर्कोस भनेर ।।
बाटोमा काडो लगाइ, उल्टो भर्र्याङ् गरि ।
फर्की आउदैन कि भन्दै, ढुक्क मन गरि ।।
किरिया बस्न सुरु भयो, थाले एकछाक खान ।
घरबाहिर नमिठो खाइ, पितृलाई तर्काउन ।।
भन्न त खोजकै हुन्, फर्की नआउ भनी ।
खाना चढाइ सम्झी बस्छन्, कता जाने तनि ।।
पितृलाई तार्न भनी, श्राध्द गर्न थाल्छन् ।
मिठो टन्न आफू खान्छन्, पिण्ड मात्र दिन्छन् ।।
डाडाले छेकेका र, घामले देखेका ।
सबै पितृ आउ है भन्दै, पत्रनै लेखेका ।।
साच्चै पितृ आउछन् भनी, थाहा नपाएका ।
खान आउ घरमा भनी, सँधै झुक्याएका ।।
पितृ आउने आश गरि, हुरुरुरु घरमा ।
के पाउनु र सयौँ आउछन्, त्यही पिण्डको भरमा ।।
पितृमात्र आए त, के हुन्थ्यो र बरु ।
पितृसँगै पछि लागि, आउछन् प्रेतहरु ।।
घरमा बोलाइ झुक्याउदा, रिसाउने रहेछन् ।
साह्रै दुखि हुन्छन् घरमा, एैया आच्छु पार्छन् ।।
सातैदिन पुराण लगाइ, बोलाउथे खान ।
पितृले पाउछन् भन्दै, दिने गर्थे दान  ।।
आश देखाउने काम भएछ, पितृ बोलाइ घरमा ।
तार्न खोज्थे त्यही पिण्ड र, दान दिएको भरमा ।।
दान लाने पण्डित पनि, थिएनन् तरेका ।
हजुरबाले जे गरेथे, पेशा त्यही गरेका ।।
बर्सेनि पण्डित बोलाइ, पितृ तार्न भनी ।
कहाँ पुगेत पितृ भनी, भन्ने नै नजानी ।।
पितृको नामपारि, पण्डितलाई दिने ।
पितृलेनि हात थाप्दै छ, कस्ले बुझिलिने ।।
पण्डितको घरमा पनि, एैया आच्छु भएकोछ ।
के थाहा उस्लाई पितृ रिसाइ, पछि पछि आएकोछ ।।
चाहेका त सबैले थिए, पितृ तार्न भनी ।
अपूर्ण संस्कार भ्रम फैलियो, वास्तविकता नजानी ।।
ब्रह्मज्ञान बुझ्नुपर्छ, वास्तविकता थाहा पाउन ।
मृत्युपछि पर्ने छैन, रुदै घर आउन ।।
ब्रह्मज्ञाननै पूर्ण ज्ञान हो, मोक्ष गर्न सक्छ ।
उही पार हुन्छ जस्ले यस्लाई, सहि रुपमा लिन्छ ।।   …२
………………………………………………………………………………………………………………………………………………………..
डाक्टर कमलमा श्रेष्ठ र डाक्टर इन्दु श्रेष्ठलाई हृदय देखिनै धेरै धेरै धन्यवाद उहाहरुको 30 औ बर्षको बैज्ञानिक खोजको निचोड अमृत ब्रह्मज्ञान बुझ्ने मौका दिनुभयो ।
सदा शिवजी कि जय ।
सरस्वती माताकी जय ।
दुर्गा माताकी जय ।
बज्रङबली हनुमान जि कि जय ।
लक्ष्मी नारायण भगवान कि जय ।
राधा कृष्ण भगवान कि जय ।
गणेश जिकि जय ।
सीता राम जि कि जय ।
सम्पुर्ण ब्रह्मज्ञानी देवीदेवताहरुकी जय ।
सदाशिवजी कि जय ।
—शाेभा ब्रह्मज्ञानी