शिवजीले दिनुभएको कविता   
  लेखिकाः शोभा ब्रह्मज्ञानी

शीर्षकः  सदाशिव पछिको जीवनको यात्रा

ब्रह्मज्ञानको उच्च शिखर, पुगि सदाशिव ।
जीवनभरि जोगाउनलाई, के गर्ने त अब  ।।
पाउन जति कठिन थियो, गाह्रो झन् जोगाउन ।
ब्रह्मज्ञानकै भावमा बस्नु, मृत्युपछि याद आउन ।।
आकाश पाताल पहिले अहिले, जीवन फरक भयो ।
पहिलाको सोच केही आउदैन, कता गयो गयो ।।
ब्रह्मज्ञानको मिठो अमृत पिइ, जीवन सफल पारेको ।
राम्रो लाउने मिठो खाने, सम्पत्ती कमाउने ।
घर बनाउने जग्गा जोडि, यसैमा रमाउने ।।
समाजमा सबैलाई देखाइ, मै ठुलो हुँ भनी ।
गहना र कपडाले, सजिउला झै ठाँनि ।।
देखावटी गरगहना त, नचाहिने भएछु ।
ब्रह्मज्ञानको बहुमुल्य, गहना पो लाएछु ।।
ब्रह्मज्ञानको मृत्युपछि पारलगाउने अभ्यास गरेको ।।
अरु भन्दा के कम छु झै, गर्थ्यौ प्रतिस्प्रधा ।
भ्रम रहेछ त्यो हट्यो अब, अज्ञानताको पर्दा ।।
सबै मेरो भन्ने सोचिन्थ्यौ, केहि नी रहेनछ ।
सारा संन्सार आफ्नो ठान्ने, भ्रम पो रहेछ ।।
पहिल्यै नि थिए यहिँ छन् अहिले, रहनेछन् पछि पनी ।
मेरो हो भन्ने त सबै, याद मात्रै रहेछनी ।।
ब्रह्मज्ञानमा बिलाउदा आनन्द थियो शदाशिवमा
आफन्त र इश्टमित्र, समाजलाई भनि ।
सबैभन्दा नजिक मेरा, बसेका थियौ ठानि ।।
मिठो अमृत आफन्तलाई, बाड्छु जसैगरि ।
सबैलाई भन्नु पर्छ भन्ने, थियो मनभरि ।।
आफन्तलाई त तिम्रा कुरा, नचाहिने भएछन् ।
तिमीलाई छोडि अर्कैतिर, एकजुट पो भएछन् ।।
ब्रह्मज्ञानको भावलाई कहिल्यै, नबिर्सनु सदाशिवको ।
समाजमा फर्किदा त, आफन्त टेडिएका ।
समान बिचार खोजि बस, नबुझ्ने छोडिएका ।।
समान बिचार आवश्यक छ, ब्रह्मज्ञान टिकाउन ।
बिरोध गर्छन् समाजले, थाल्छन् अनेक भन्न ।।
एकान्तनै प्यारो लाग्छ, आनन्द गहिरो थियो ।
समाजमा फर्किएपछि अलिअलि, बोल्नैपर्ने भयो ।।
ब्रह्मज्ञानको मननगरि भावमा बस्नु सदाशिवको ।।।
आवेसमा नआउनु है, बोल्नु सभ्य बनी ।
पक्ष विपक्ष कतै नलाइ, निस्वार्थ छु जानी ।।
निस्वार्थ भाव राख्नु, बिचलित नहुन ।
कर्तव्य पुरा गरि, ब्रह्मज्ञानी जोगी हुन ।।
सारा धोका पुरा गरि, जोगीपन ल्याइ ।
भित्री भावमा जोगी बनी, बाहिर मोडेल भइ ।।
ब्रह्मज्ञानको मनन गरि, भावमा बस्नु सदाशिवको ।।।
स्वतन्त्र भइ बाच्न सिक्नु, लाग्नु नित्य धनमा ।
अर्काको भर नपरि, जागर निकाल्नु मनमा ।।
सेवाको आश नगर्नु है, कोहीको भर नपरि ।
आफै सक्षम भइ बाच्नु, खुशी मन गरि ।।
नित्य धनको आर्जन गरि, जीवन बिताउनु छ ।
सादा जीवन चेतनालाई, उच्च बनाउनुछ ।।
ब्रह्मज्ञानमा बिलाएको, अनुभव गरे शदाशिवमा ।।
जीवन जिउदा नित्य धनले, अपुग होला भनी ।
सादा जीवन बिताउनु है, भविस्यलाई जानी ।।
आफुसँग जे छ त्यही, बाडिचुडि खानु ।
मन सानो नगर्नु है, छैन केहिनी लानु ।।
पाएका छौ अमृत रस, बुझ्नेलाई भन्नु ।
नबुझ्नेले उल्टो सोच्लान, केही झै नि नमान्नु ।।
ब्रह्मज्ञानको भावलाई कहिल्यै नबिर्सनु सदाशिवको ।।।
जतिबेलै त्यहि ब्रह्म र, सदाशिवको कुरा ।
ब्रह्मज्ञानकै किताबको भाव, कन्ठ पार्नु पुरा ।।
माथि पुग्छौ समाजले, हुन्छन् हेरिराखेको ।
हरेक चिजमा तिमी छुट्टै, स्पेसल पो भएको ।।
कुनैदिन गुहार माग्न, आउनेछन् अवस्य ।
खुशी बन्नु बुझ्न पायौ, सृष्टिको रहस्य ।।
हातमा खेलाइ शिवजीले फुटाल्नु भो, जल्जले अण्डालाई ।।
………………………………………………………………………………………………………………………………………………………………..
सदाशिवजी कि जय
डाक्टर मामा माइजुलाइ हृदय देखिनै धेरै धेरै धन्यवाद
सम्पुर्ण ब्रम्हग्यानी साथीहरू लाई धन्यवाद