शिवजीले दिनुभएको कविता   
  लेखिकाः शोभा ब्रह्मज्ञानी

शीर्षकः  सदाशिव पछिको जीवनको यात्रा

ब्रह्मज्ञानको उच्च शिखर, पुगि सदाशिव ।
जीवनभरि जोगाउनलाई, के गर्ने त अब ।।
पाउन जति कठिन थियो, गाह्रो झन् जोगाउन ।
ब्रह्मज्ञानकै भावमा बस्नु, मृत्युपछि याद आउन ।।
ब्रह्मज्ञानको, मिठो अमृत पिइ, जीवन सफल पारेको । …..२
आकाश पाताल पहिले अहिले, जीवन फरक भयो ।
पहिलाको सोच केही आउदैन, कता गयो गयो ।।
राम्रो लाउने मिठो खाने, सम्पत्ती कमाउने ।
घर बनाउने जग्गा जोडि, यसैमा रमाउने ।।
बदलियो जीवन, गन्तव्यको टिकट लिइ, खुशी छ मन  । ….२
समाजमा सबैलाई देखाइ, मै ठुलो हुँ भनी ।
गहना र कपडाले, सजिउला झै ठाँनि ।।
देखावटी गरगहना त, नचाहिने भएछु ।
ब्रह्मज्ञानको बहुमुल्य, गहना पो लाएछु ।।
ब्रह्मज्ञानको, वास्तविक गहना लाइयो, शदाशिवको ।… २
अरु भन्दा के कम छु झै, गर्थ्यौ प्रतिस्प्रधा ।
भ्रम रहेछ त्यो हट्यो अब, अज्ञानताको पर्दा ।।
सबै मेरो भन्ने सोचिन्थ्यौ, केहि नी रहेनछ ।
सारा संन्सार आफ्नो ठान्ने, भ्रम पो रहेछ ।।
ब्रह्मज्ञानमा, सबै छोडि जानुपर्छ, शदाशिवमा । …२
पहिल्यै नि थिए यहिँ छन् अहिले, रहनेछन् पछि पनी ।
मेरो हो भन्ने त सबै, याद मात्रै रहेछनी ।।
आफन्त र इश्टमित्र, समाजलाई भनि ।
सबैभन्दा नजिक मेरा, बसेका थियौ ठानि ।।
ब्रह्मज्ञानमा, महतलाई बुझ्न पाइयो, अहिलेको जीवनमा । …. २
मिठो अमृत आफन्तलाई, बाड्छु जसैगरि ।
सबैलाई भन्नु पर्छ भन्ने, थियो मनभरि ।।
आफन्तलाई त तिम्रा कुरा, नचाहिने भएछन् ।
तिमीलाई छोडि अर्कैतिर, एकजुट पो भएछन् ।।
ब्रह्मज्ञानको, भावलाई कहिल्यै नबिर्सनु, सदाशिवको । ….२
समाजमा फर्किदा त, आफन्त टेडिएका ।
समान बिचार खोजि बस, नबुझ्ने छोडिएका ।।
समान बिचार आवश्यक छ, ब्रह्मज्ञान टिकाउन ।
बिरोध गर्छन् समाजले, थाल्छन् अनेक भन्न ।।
ब्रह्मज्ञानको, मिर्त्यु पछि पार लगाउने, अभ्यास गरेको । ….२
एकान्तनै प्यारो लाग्छ, आनन्द गहिरो थियो ।
समाजमा फर्किएपछि अलिअलि, बोल्नैपर्ने भयो ।।
आवेसमा नआउनु है, बोल्नु सभ्य बनी ।
पक्ष विपक्ष कतै नलाइ, निस्वार्थ छु जानी ।।
महतको यात्रा, केही हैन चन्चलता, लम्ब्याएको मात्र । …२
निस्वार्थ भाव राख्नु, बिचलित नहुन ।
कर्तव्य पुरा गरि, ब्रह्मज्ञानी जोगी हुन ।।
सारा धोका पुरा गरि, जोगीपन ल्याइ ।
भित्री भावमा जोगी बनी, बाहिर मोडेल भइ ।।
ब्रह्मज्ञानको, मनन गरि भावमा बस्नु, सदाशिवको ।… २
स्वतन्त्र भइ बाच्न सिक्नु, लाग्नु नित्य धनमा ।
अर्काको भर नपरि, जागर निकाल्नु मनमा ।।
सेवाको आश नगर्नु है, कोहीको भर नपरि ।
आफै सक्षम भइ बाच्नु, खुशी मन गरि ।।
ब्रह्मज्ञानमा, यादहरु मेटिदै थिए, सदाशिवमा ।… २
नित्य धनको आर्जन गरि, जीवन बिताउनु छ ।
सादा जीवन चेतनालाई, उच्च बनाउनुछ ।।
जीवन जिउदा नित्य धनले, अपुग होला भनी ।
सादा जीवन बिताउनु है, भविस्यलाई जानी ।।
ब्रह्मज्ञानमा, बिलाएको अनुभव गरेँ, सदाशिवमा ।… २
आफुसँग जे छ त्यही, बाडिचुडि खानु ।
मन सानो नगर्नु है, छैन केहिनी लानु ।।
पाएका छौ अमृत रस, बुझ्नेलाई भन्नु ।
नबुझ्नेले उल्टो सोच्लान, केही झै नि नमान्नु ।।
ब्रह्मज्ञानमा, बिलाउदा आनन्द थियो, सदाशिवमा ।…२
जतिबेलै त्यहि ब्रह्म र, सदाशिवको कुरा ।
ब्रह्मज्ञानकै किताबको भाव, कन्ठ पार्नु पुरा ।।
ब्रह्मज्ञानकै नजरले, हेरि सबैकुरा ।
महतमै पुगि जीवन, बिताउनु है पूरा ।।
ब्रह्मज्ञानमा, समय नै ट्वाक्क रोकियो, सदाशिवमा । …२
माथि पुग्छौ समाजले, हुन्छन् हेरिराखेको ।
हरेक चिजमा तिमी छुट्टै, स्पेसल पो भएको ।
कुनैदिन गुहार माग्न, आउनेछन् अवस्य ।
खुशी बन्नु बुझ्न पायौ, सृष्टिको रहस्य ।।
हातमा खेलाइ, शिवजीले फुटाल्नु भो, जल्जले अण्डालाई ।…२
………………………………………………………………………………………………………………………………………………………………..
ब्रह्मबाट व्यक्त भएको महत फर्केर सदाशिवमा पुगेर बिलाउनु नै मोक्ष प्राप्त गर्नु हो भनेर जुन अमृतज्ञान सिकाउनु भयो त्यस्काे लागी
हजुरहरुलाइ नमन ।
सदाशिवजी कि जय ।
डाक्टर मामा माइजुलाइ हृदय देखिनै धेरै धेरै धन्यवाद
सम्पुर्ण ब्रह्मज्ञानी साथीहरू लाई धन्यवाद  ।   लेखिका– शाेभा ब्रह्मज्ञानी