⇐विषय सूचीमा फर्कन

पाठ ३.५

महत वा पहिलो जीवको थप विकाशक्रम  

The Further Evolution of the First Life (Mahat)

              त्यो  महत वा ब्रह्मको सानो टुक्राको ब्रह्मबाट अलग भएको क्षणिक अवस्था हो । त्यो व्यक्त वा चञ्चलताबाट बन्न गएको अलग भाग त्यहाँ पैदा भएका तरङ्ग रहुन्जेलसम्म मात्र अलग रहने हुन्छ । त्यहाँ पैदा भएको चञ्चलताको कुनै समय आएपछि अवश्य अन्त्य हुन्छ । त्यसरी केही समय अगाडि मात्र ब्रह्ममा उत्पन्न भएको तरङ्गको पुनः अन्त्य हुनुको कारण काल हो । यसको मतलव काल गएर चञ्चलतालाई अन्त्य गराउँछ भन्न खोजिएको हैन । काल भनेको समय हो । हरेक चञ्चलताको आफ्नो समय हुन्छ । त्यो समयको आफ्नो समयपछि अन्त्य हुन्छ । त्यही समयको अन्त्य हुनेलाई काल भनिएको हो । त्यसरी कुनै समय वा कालपछि ब्रह्मका ती तरङ्गहरु समात्त वा निष्किृय भएपछि ब्रह्मको त्यो व्यक्त भाग पुनः अव्यक्त भएर ब्रह्ममा मिल्दछ ।

               त्यसरी नै  महत वा जीवका आवरणहरू  कुनै समय आएपछि अन्त्य हुन्छ र पुनः ब्रह्ममा मिल्दछ । कहिले विभिन्न कारण बस त्यस आवरणमा अरु आवरणहरु थपिन्छन् र जीवको आवरण अझ विकसित हुन जान्छन् । त्यस जीवले अरु जीवहरुसँग सम्पर्क र सम्बन्ध राख्दछ र चञ्चलताको शक्ति लेनदेन र्गदछ । यसरी अरु जीवहरु सँगको सम्बन्ध र लेनदेन कृया नै आवरणहरु थपिदै जानु र त्यस अनुभवका चेतना थपिदै जानुको कारण हो । यिनै प्रक्रियाहरु हुँदै जाँदा जीवको विकास हुँदै जान्छ । त्यस जीवले अन्य जीवहरुसँग गरेको सम्पर्क, सम्बन्ध, लेनदेन सबैको चेतनामा याद राख्दछ । अन्य जीवसँगको सम्बन्धबाट भएको लाभ र घाटाहरुको याद अनुसार भविष्यमा पुनः त्यस जीवसँग सम्बन्ध राख्ने वा नराख्ने सोच्दछ । यसरी अरु जीवहरुसँगको सम्बन्ध र लेनदेनद्वारा जीवले आफ्नो जीवन समय लामो बनाउँछ ।

           त्यस व्यक्त भागको चञ्चलताको अन्त्य हुनुमा विभिन्न अन्य कारणहरु हुन्छन् । जस्तै चञ्चलता भइरहेको भागले आफु भन्दा बढी चञ्चलता भइरहेको अर्कोसँग सम्पर्क, सम्बन्ध राख्न पायो भने त्यस सम्पर्कको चञ्चलताको सहायताले आफ्नो चञ्चलताको समय बढ्न सक्दछ अथवा आफु भन्दा कम चञ्चल भएको अर्कोसँग सम्पर्क र सम्बन्ध हुन गएमा त्यस सम्बन्धको कारण आफ्नो चञ्चलताको समय घट्न जान्छ । त्यसरी दुई चञ्चल जीवहरूको एक आपसमा लेनदेन भइरहेको हुन्छ ।
ब्रह्मको अव्यक्ततामा व्यक्तता आउनु र जीवको उत्पत्ति हुनु, त्यस जीवको स्वभाव अनुसार  प्रकृती प्रति मोहित हुनु, त्यस जीवले अरु जीवहरु सँग सम्बन्ध राख्नु, शक्ति लेनदेन गर्नु, त्यस जीवले अन्य जीवहरुसँग गरेको सम्बन्धको चेतना हुनु वा याद राख्नु, अन्य जीवसँगको सम्बन्धबाट भएको लाभ र घाटाहरुको याद अनुसार भविष्यमा पुनः त्यस जीवसँग सम्बन्ध राख्ने वा नराख्ने गर्नु यी कृयानै सृष्टिको सबभन्दा प्रमुख विधि र विधान हुन् । त्यसपछि जति पनि कृयाहरु सृष्टिमा हुन्छ ती सबै यिनै विधान अनुसार मात्रै हुन्छन् ।

पछिका अध्यायहरु पढ्दै जाँदा बुझिँदै जानेछ ।

⇐विषय सूचीमा फर्कन

 

This post is also available in: English