DP 6.5 जीवनको यात्राको खाडल हो मृत्यु

 

जीवनको यात्राको खाडल हो मृत्यु—

यो कुरा नजान्दा मानिसलाई के फ्mरक पर्दछ त ?
आधुनिक मानव समाजमा मानिसको सुख, सुविधा, सुरक्षाका अनेक बिधि र तरिका अपनाइएका छन् । तर सबै उपकरणहरुले सज्जित मानव जीवनपनि अझ्mै कतिपय कुराहरुलाई ढाक्न सकेको छैन जस्तो लागेको छ । मानिसको जीवन भनेको जन्म, जीवन अनि मृत्यु हो । मानवको वैज्ञानिक सभ्यताका सबै बिधि र सँस्कारहरुले मानवको जीवनको सुरक्षाका विभिन्न नितिहरु बनाए पनि मानवहरु मृत्युको बारेमा अनभिज्ञ भएर रहेको रहेछन् । मानवको हामीले देख्ने गरेको मृत्युनै जीवनको अन्त्य हो भनेर सबै विज्ञान र वैज्ञानिकहरु ढुक्क भएर बसेका छन् र अरु सबैलाई त्यसै गर्न भनेर सुझ्mाव दिइरहेका छन् । मानिसले आफ्ना आफ्mन्तको मृत्युको बिछोडमा रोइएका रुवाइ र खसालिएको आँसु सायद जायज हुन्थ्यो होला यदि मानिस साँचैकै मरेको भए बरु । यहाँ मानिसको हामीले भनेको, सोचेको जस्तो मृत्यु भएकै छैन । ति हामीले मरेको भनेर किटान गरेर मृत्युको सर्टिफ्mिकेट दिइसकेकाहरु मरेका छैनन् र कुनै अवस्थामा तिनीहरुसँग सम्पर्क गरि कुरागर्न सकिन्छ । तिनीहरु बर्र्तमान कालका अन्य मानिसले सोच्ने जस्तो, अन्य मानिसको चाहनाहरु जस्ता चाहनाहरु बोकेका, भ्रममा रहेको अवस्थामा रुदै गुहार माग्दै गरेको रुपमा जीवितै छन् । लेखक यो कुराको प्रमाणित तथ्यहरु पेश गर्न तयार छ । यो कुरा सँसारका सबै देश, जाती धर्म सँस्कारका लागि समान तथ्य हो । कुनै पनि वैज्ञानिक, प्रोफ्mेसर, डाक्टर, अन्य यस सम्बन्धमा चासो राख्ने गरेकाहरुलाई यो कुरा प्रमाण सहित देखाइ दिनेछु भनेर अगाडिका पाठमा वर्णन गरिसकेको छु । यही कुराहरु हाम्रा विभिन्न धर्म, धर्मका शास्त्र, सँस्कारहरु वर्णन गर्न खोजिएको छ तर ति बिधि र वर्णनहरु यति अष्पष्ट छन् कि ति कुराहरु एक पौराणिक कथाको रुपमा मानिसले बुझ्mेका र पालन गरेका छन् । शास्त्रमा लेखिएका ति कुराहरु ति शास्त्रका ज्ञाता पण्डितहरु, पुजारीहरु, मस्जिदका मौलाहरु, चर्चका पादरीहरु, गुम्बाका लामाहरुलेनै स्पष्ट बुझ्mेका रहेनछन् जस्तो लाग्यो त्यसैले तिनीहरुको विचार र बिधि फ्mरक फ्mरक छन् र एक आपसमा बाँझ्mिने गरेका छन् र ति कसैले पनि मानव जीवन र मृत्युको यस विषयलाई १०० प्रतिसत समेट्न सक्ने गरेर बुझ्mाउन सकेका छैन् । शास्त्रमा लेखिएका यस विषयका धेरै जसो प्रशँगहरुमा शास्त्रका कुराहरुलाई कुरा बङ्गाएर स्वार्थको पुर्तिका उपाय बनाएका छन् भनेर अगाडिका पाठमा वर्णन गरिएको छ ।
त्यसैले यो पुस्तकले कसैको विरोध या समर्थन गर्न तिर नलागेर ति सबै धर्म सँस्कार, अनुभवहरुबाट निचोड निकालेर एक सर्वमान्य चित्रण चित्रित गर्न कोसिस गरेको छ । मानिसको जीवनको महत्वपूर्ण घटना मृत्युलाई अझ्m गहिरिएर हेर्न सबैलाई सावधान गराउन कोसिस गरेको छ । मानिसको मृत्यु भनेको मानिसको जीवनको यात्राकोे बिचमा आउने एक खाडल मात्र हो । मानिसको मृत्यु भनेको जीवनको यात्राको मृत्युको त्यस भयानक खाडलमा परि अन्य आफ्mन्तबाट टाढा हुन पुगेको र आफ्mु त्यस खाडलमा परेर त्यस खाडलको प्रकृति नबुझ्mेर विभिन्न कष्टले भौतारिनु परेको स्थितिमात्र हो । मानिस त्यस खाडलबाट उत्रन खोज्दा कुन किनारामा उत्रने वारि तिर उक्लने वा पारि तिर उक्लने भन्ने कुराले मानिसको जीवनको ठुलो परिवर्तन हुने गरेको छ । मृत्युको खाडलमा परेपछि नजानेर रुदै कराउदै गरिएका बचावटका माध्यमहरुले वारि तिर फ्mर्केर रुने चिच्याउने आफ्mन्तहरुसँगको सम्पर्कमा आउन प्रयास गरेका हुँदारहेछन् भने शास्त्रहरुमा त्यस्ता परिस्थितिमा यता वारि नआइले पारि तिर उक्लन प्रयास गर्नुपर्ने भन्ने आसय दिन खोजेका हुन् । तर कुराहरु स्पष्ट गरेर बुझ्न नसकेको भएर ति शास्त्रका उपदेशहरु एक रमाइला रोचक कथाका रुपमा जीवनमा यता उता अड्किएर अल्झ्mिएर विभिन्न धर्म शास्त्रमा बाँडिएर बसेका छन् । मानिसले आफ्नो मृत्युपछिको गमन, रहस्य, समस्या, यात्रा र उद्देश्य बुझ्न जरुरी हुन्छ । मानिसको जीवन उसको मृत्यु पछि पनि कायम छ भने त्यसको बारेमा बेलैमा बुझ्न पाउनु हरेक सचेत व्यक्तिको लागि भाग्यको कुरा हो जस्तो लाग्दछ । त्यसैले यस किताबको ज्ञान भनेको जीवनका सबभन्दा आधारभुत आवश्यक ज्ञानहरु हुन् । यो मानिसको जीवन र मृत्युको ज्ञान हो । मानिसको सबभन्दा त्रासको विषय हो मृत्यु । मृत्युको कुरा नकोट्याउन पाए अलि धेरै बाचिन्थ्यो कि वा त्यो मृत्यु मेरो र मेरा आफ्mन्तका लागि आउँदैन भन्ने आशामानै मानिस जीवनको अन्तिम घडि सम्म पनि जीउँदै आएको हुन्छन् । हाम्रा पितृहरु यिनै अज्ञानतामा नै जीवन अन्त्य गरेका थिए र आज उनीहरु आफ्नो मृत्युपछिको अन्धकारमा भाँैतारिरहेका छन् र हामी पनि आफ्ना भविष्यको बाटो पनि त्यसरीनैे तयारी गरिरहेका रहेछौँ । हरेक मानिसको चाहेर नचाहेर ठोकिने, ठेस लाग्ने ढुङ्गा र बेहार्नु पर्ने समस्याको रहस्य हो मृत्यु । मृत्युपछिको जीवनको रहस्य बेलैमा बुझ्न सकिएन भने त्यस मृत्यु पछिको बेलामा आइपरेका आपदमा सायद कुनै पनि उपायहरु उपलब्ध नहोलान् । त्यसैले यो ज्ञान विना जीवनमा गरिएका उपलब्धिहरुको अन्तिममा कुनै मुल्य हुँदैन । मानिसले जीवनमा गरि आएको सबै भौतिक प्रगतिहरु केवल स्थुल शरीरको चाहनाका साधन मात्र हुन् । गाउँको डल्लि शहर आएर सभ्यतिक भएर शहरी सृङगार थपेर डल्लिको सट्टा आधुनिक डलि कुमारी वा दिलकुमारी हुने हो वा गाउँको हर्के शहर आएर पैसा गन्न सिकेर हर्केको सट्टा हक बहादुर हुने मात्र हो । चप्पल लगाएर शहर पसेकाको राम्रा जुत्ता लगाएर गाउँ फ्mर्केर आउँदा इज्जत बढेको मात्र हो । यि कुराहरुले जीवनको समस्याको समाधानको उपायमा अरु केही परिवर्तन हुँदैन । मृत्यु पछि जुन समस्याले मानिसलाइ घेरेको छ त्यस समस्याको निचोड र जवाफ्m ज्ञानबाट मात्र पाउन सकिन्छ । त्यहाँ जहाँ हामीलाई मृत्यु पछि ठुलो परिक्षाले कुरिरहेको छ त्यहाँ कुनै अन्य कारण देखाएर टार्न सकिदैन । त्यहाँ अरु कुनै चीजको मुल्य छैन । कुन राजा र कुन नोकरको हिसाब नहुने ठाउँ हो त्यो । मानिसले जीवनमा आर्जन गरेको सम्पत्तिहरु घर, जग्गा, नगद पैसा, नाता, इज्जत या अन्य कुराहरुको केही महत्व हुँदैन । हामीले आर्जन गरेको केही बोरा ढुङ्गगा, केही सिमेन्ट, छड, केही सुन, केही बढी र घटीको त्यहाँ मतलव छैन । केवल आफ्नो बोझ कम र बढी भन्ने मात्र फ्mरक हो । यदि त्यहाँ दिनुपर्ने जाँचको तयारी भएको छैन र फ्mेलखानु भनेको अति महङ्गो पर्न सक्दछ । हामीले बेलामा तयारी नगरेको भए जाँच दिने बेलामा त्यहाँ एउटा प्रश्न सोध्ने हामीले अर्को जानेको मात्र उत्तर दिएर काम नचल्ला । हिसाब विषयको जाँचको दिने दिन अङग्रेजी विषयको तयारी गरेर गएमा पनि कतिक सफ्mल भइएला ? हो त्यस्तै हो । अरु मानिसको लिँग शरीर मरेको हुँदैन रहेछ र हाम्रो लिँगशरीर पनि मर्दैन भन्नेकुरा अति गहन समस्या हो । मानिसको हामीले देखेको मृत्यु र त्यस मृत्युमा रोएको रुवाइ मात्र साँचो भइदिएको भए जीवन धेरै फ्mुर्सदको हुने रहेछ । जसरी पनि केही समय काट्न पाए हुन्थ्यो भनेर मृत्यु कुरेर बस्न पाइन्थ्यो । त्यस पछि मरे पछि डुमै राजा भन्ने हुन्थ्यो । मानिस मृत्युपछि पनि जीवित छ भनेर थाहा पाए पछि अब त मरे पछि डुमै राजा भन्ने उपाय पनि बाँकी रहेन । अब त हरेकले आफ्नो जीवनका ती केही बाँकी रहेका समयको हरेक पल यिनै रहस्यको समाधानको खोजीमा लाग्नु उपयुक्त होला । लिँग शरीर साँचैकै नमर्ने हो त ? त्यसो भए त्यस्ले के के गर्ला त भन्दा सबै कुरा त मलाई पनि थाहा छैन । कति सम्म साँचो हो तर करिव ८४ लाख योनीको जीवन काटेर बल्ल पुनः मानिस हुन पाइन्छ रे भनेर शास्त्रमा लेखेको छ । ति ८४ लाख अचेतन जीवनको अझ कम प्रवाह गर्न मिल्छ मानिसलाई । तर मानिसको मृत्यु पछि चेतना सहितको लिँग शरीर आफ्ना नातेदार, आफ्नो सम्पत्ति कुरेर, बोकेर बसिरहेका हुन्छन् र आफ्ना परिवारमा भएका सबैकार्यहरुमा सहभागी हुन आउँछन् भन्दा अति डर लाग्दो चित्र हुन आउँछ । यस्तो समस्याबाट मुक्त हुने उपाय जान्नु अति आवश्यक हुन्छ । मृत्युसँग डराएर आँखा चिम्म गर्दै खाडलमा खस्नु भन्दा बुझेर मृत्युको खाडलमा खस्नु उपयुक्त होला । यिनै समस्याहरुका केही कुनाहरु, टुक्राहरुलाई कोट्याएर देखाउन सफ्mल भएको छु र यही देखाउन खोजेको हुँ । सबैको आफ्नो आफ्नो इच्छा हो । कसैलाई यो किताब पढिदिन, बुझिदिन अनुरोध र निवेदन गरेको हैन । यस्मा नझुक्किदिन सबैमा अनुरोध गर्दछु ।
मानिसले सुक्ष्मजीवको (ब्याक्टेरिया,भाइरस) बारेमा जानेको दिनदेखि ती सुक्ष्म जीवहरु नै मानिस जीवनसँगसँगै जीवनको छायाँ भएर चारै तिर पिछा गरिरहेको छ । अब मानिसको अदृश्य, लिँग शरीरको बारेमा ज्ञान भए पछि त्यही हाल मानिसको हुनेछ । ती अदृश्य लिँग शरीरहरु मानिसको जीवनमा सँगसँगै रहेको महसुस मानिसलाई हुनेछ ।
मानिसले जीवनमा चाहेर नचाहेर पनि ति अदृश्य शरीरहरुको बारेमा कोट्याउन बाध्य भई रहेको हुन्छन् । विभिन्न धार्मिक सँस्कृति र सँस्कारहरुको पालना गर्दा वा नचाहेर विश्वास नगर्दा नगर्दा पनि सहभागी हुन परिरहेको हुन्छ । तर सबै ती सँस्कारहरुका कर्महरु यिनै अदृश्य लिँग शरीरहरुको नै सम्बन्धलाई ध्यानमा राखेर बनेका हुन्छन् । तिनै अन्जानमा गरिएको सँस्कारहरुनै कतिपय अनावश्यक सम्पर्क र कष्टका कारण बन्न गईरहेको हुन्छ । सँस्कार आफ्mै दोषी नभएर हामीले नबुझिकन गरिएका व्यबहारहरुको बढी दोष देखेको छु । कुन धर्म वा कुन सँस्कार ठिक भन्नेकुराको निचोढ र निष्कर्ष निकाल्न आजसम्म प्राप्त कुनै पनि शास्त्र र शब्दकोश पर्याप्त छैनन् । म आफ्mै तिनै प्रश्नका जबाफ्m खोज्न सबै खोतल्न भ्याएको छु । ती सबैनै आफ्mुमात्र सही भनेर बसेका छन् । जनतालाई सही सुझाब दिन कोही धर्म र धर्म गुरु पुर्ण सफ्mल छैनन् । जीवनमा अगाडि भेटिने आइपर्ने प्रायजसो सस्ँकारहरुको अर्थ र तर्क लगाउन, उपायका सही बिधि निकाल्न सक्ने क्षमता मानिसको लिँग शरीरको ज्ञान र तेश्रो नेत्रको सही ज्ञानबाट मात्र सम्भव हुनसक्दछ ।
हामीले जीवनमा प्राप्त गर्न खोजेको ज्ञानले ति ८४ लाख योनीको भुमरीबाट छुटाउन सक्यो कि सकेन हामीलाई अवश्य थाहा नहुने भयो । त्यस चेतना मात्रको लिँग शरीरको अज्ञानताको पर्दा हटाउन कोसिस गर्दा यदि केही सफ्mलता मिल्न गएछ भने त्यस लिँग शरीरले आफ्mुलाई चिन्न सक्यो भने र अज्ञानताको भारी बोक्न कम गर्न जान्यो भने अवश्य पनि सजिलो होला ।
शास्त्रमा त अझ्m पुर्नजन्मका कुराहरु गरिएका छन् । ति सबैकुराहरुको यहाँ चर्चा गर्नतिर नलागौँ । तर लिँगशरीरको चेतना खुल्न गएमा यसले त्यहाँ भ्रमका कष्टहरु भोग्ने सम्भावनाहरु कम होलान् । पुर्नजन्म हुनेनै हो रहेछ भने पनि सादय पुर्नजन्म लोभ,मोह, भोग, क्रोधहरुनै तृप्त नभएकाहरुले पुनः आफ्ना चाहना पुुतिगर्न अन्य जन्म लिने हुन् कि ? शास्त्रमा यस्तै कुराहरु विभिन्न सन्दर्भमा उल्लेख भएका छन् । भरसक पुनः जन्म लिन नपरोस यदि पुन जन्म भयो भने पनि चेतना भएको मानव शरीर पाइयोस् र त्यस पुर्ण चेतनाको सम्भाव्यता भएको मानव शरीरमा जन्म भएर मानव भावना पुर्णरुपमा बुझ्न सक्ने हुन सकुँ भनेर योगीहरु भगवानसँग प्राथना गर्दछन् ।

नेपालीमा एक कविता छ— यो देह त परमेश्वरको घर हो ।
यो भित्र बस्ने पनि परमेश्वर हो ।।

यो भत्कदा त दुःख अवश्य हुन्छ ।
तसर्थमा सामान सुटुक्क लिएर जान्छ ।।

बेला छँदै टिकटको गरिएन याद ।
जाने बेला भैसक्यो अब भो फ्mसाद ।।

यो एक कविको जीवन प्रतिको भावना र रचना हो । वास्तविकता यति सजिलो छैन रहेछ । मृत्यु पछि आफ्नो सामान सटुक्क लिएर गइदिएको भए टन्टै हुँदैनथ्यो । कमसे कम कोही आएर लगि दिने भएको भए पनि अझ अलिक ठिकै हुन्थ्यो । मृत्यु पछि यमराजका दुत लिन आउँछन् भन्ने चलन र धार्मिक सँस्कार छ र अझ डराउछौँ । त्यस पनि हैनरहेछ । कोही लिन आउँदैनन् । मृत्यु भनेको त यात्राको बिच बाटोको गाडी बिग्रेर धकेल धुकेल गरेपछि पनि गाडी नचले पछि गाडी छोडेर एकान्त बाटोमा कुरेर बसेको, कहिले कहिले अरुको गाडी नजिकैबाट जाँदा लिफ्ट माग्दा कसैले लिफ्ट नदिने गरेको, घर परिवारलाई मोवाइलमा फ्mोन गर्यो कसैले फ्mोन नउठाउने, हुँदा हुँदा आफ्नो मोवाइलको ब्याट्रि पनि सिद्धिने, गोजीमा पैसा पनि सिद्धिएको भने जस्तो रहेछ । भोक, प्यास, डर र त्रासमा आफ्ना भन्नेकाबाट केही गुहार पाइन्छ कि भन्दै दसौँ, बिसौँ, तिसौँ, चालिसौँ बर्ष बिताइ रहेका रहेछन् ।
अगाडिका पाठहरुमा मैले मेरा यि समस्याहरुसँग सम्पर्क हुनुमा मेरा जिज्ञासाहरुको कारण थियो भनेर पटक पटक भनेको छु । कुनै दिन मलाइ सँजोगले त्यस्ता घटनाहरु भएको ठाउमा पुर्याउथ्यो । खास गरेर म नेपालमा हुन्जेल सम्ममा केही पटक अनजानमा त्यस्ता घटनाहरुमा उपस्थित हुन पुगेको थिएँ । तर उच्चशिक्षाको सन्दर्भमा रुसको विभिन्न शहरहरु हुँदै मस्कोमा लामो समय सम्म बसोबास गरेँ । त्यहाँ त अव नियमले त्यस्ता सँजोगहरु नआउनु पर्ने हो जस्तो लाग्ला सबैलाई । तर त्यस्तो होइन रहेछ । ति सँजोगहरुले मेरा पिछा गर्दै म जहाँ जहाँपुग्छु त्यही त्यही आइपुग्दथ्यो क्यार । नत्र मेरो अध्ययन सायद बिचमानै अड्किएर बसेको हुन्थ्यो कि ? तर त्यसो हुन पाएन । त्यस्ता सँजोगहरुले मलाई मस्कोमा पनि घेरिरहन्थ्यो । एक जना परिचित मित्र दिदी हुनुहुन्थ्यो । उहाँ नेपाली डिप्लोम्याट अफ्mिसर कि श्रीमती भएको भए पनि क्षमतामा मलाइ शिक्षा र सँदेश दिन सक्ने खालकि रहिछिन् । उहाँको असाधारण क्षमता अनुसार उहाँले सबै नजिक हुनेहरुको भविष्यबाणी गर्ने गर्नुहुन्थ्यो । मैले जीवनमा कुनै ज्योतिषी कहाँजाने, झ्mारफ्mुक गर्ने, कुनै लामा झ्mाँक्रीकहाँ जाने गरेको थिइन् । यहाँ सम्मकि कुनै देवीका मन्दिरमा पुग्दा पनि मन्दिर भित्र नपसि बाहिरबाटै नमस्कार गरेर फ्mर्कन्थेँ कति पटक । नेपालमा पशुपतिनाथको मन्दिरमा श्रीमती सँग सँगै गएको बेलामा उनी भित्र जान्थिन म बाहिर बसेर कुर्दथेँ श्रीमतीलाई । म मन्दिर भित्र गइन भनेर बाटो भरी लोग्ने स्वास्नीको झ्mगडा हुन्थ्यो । मेरो तर्कमा भगवान छन् भनेर विश्वास भए पछि म मन्दिर भित्र जानेछु नत्र अरुको लहैलहैमा गर्नु पर्ने कुरा मैले गरि सकेको छु, बाहिरबाटै दर्शन गरिसकेको छु भनेर श्रीमतीलाई भन्थेँ । ति डिप्लोम्याट परिचित मित्र दिदी एक दिन म कहाँ पाउना भएर खाना खान आउनु भएको थियो । खाना खाइ सकेर सँगै बसेर गफ्m गर्दै थियौँ अचानक मेरो बारेमा भन्न थाल्नु भयो र कोही मानिसको चित्रको वर्णन गर्न थाल्नु भयो । अचानक मेरो नेपाल घरको आसपासको चित्रण गर्न थाल्नुभयो । उहाँले मेरो घर देख्नु भएको पनि छैन र मेरो परिवारको वारेमा पनि थाहा छैन उहाँलाई । उहाँको वर्णन अनुसार उहाँले देख्नु भएको मानिस मेरो करिव १२ बर्ष अगाडि बिति सक्नु भएको बुबा हुनुहुन्थ्यो । अचानक मेरो बारेमा, मेरो घरको बारेमा प्रश्न उत्तरहरु हुन थाले । त्यस्ता दुर्घटना बसनै भने पनि मेरो आफ्ना पितृसँग त्यस अज्ञान स्थितिमा सम्पर्क र भेट हुनु पर्दा र त्यस परिस्थितिको सामना गर्न सक्ने कुनै तर्क र उपाय मैले जानिसकेको थिइन त्यसबखत सम्म । केही समय करिव आधा घण्टा जति केही अष्पष्ट कुराहरु भए पछि भोलि पल्ट पनि अलि समय निकालेर कुराकानि गर्ने निर्णय गरेर उहाँलाई पुनः घरमा बोलाएँ । यतै कहीँ नजिकै भएकाहरु जस्तो गरेर उहाँले बोलाउने वित्तकै पितृहरु आउनु भयो र आमा पनि आउनु भयो । पितृहरुमा बुबा मृत्युको १२ बर्ष पछि आफ्ना जीवनमा मृत्युका समयमा भोगेका रोगको कष्टबाट ग्रसित हुनुहुन्थ्यो । बुबा घाँटिमा क्यान्सर भएर बित्नु भएको थियो भने १२ बर्ष पछि भेटहुँदा त्यसरीनै पिडाले बोल्न कठिन हुँदै स्वर खुल्न गाह््रो हुँदै बोलिरहनु भएको थियो र घाँटि दुखिरहेको छ भन्नुभयो । आमा करिव २० बर्ष अगाडि जिब्रोको पारालाइसिस सिव्डोवाल्वारपाल्सि भन्ने सिन्ड्रोमबाट बित्नु भएको थियो र बोल्न सक्नु हुन्थेन मर्ने बेलमा । २० बर्ष पछिभेट हुँदा त्यसैगरि बोल्न नसकि नसकि बल्ल बल्ल गरेर रुदै बोल्नु भयो र सोध्नु भयो बुबा खै ? मलाइ बुबा सँग भेटाइदे भनेर भन्नु भयो । मेरो लागि त्यो समय सर्वस्व लुटिए जस्तो भएको थियो । आफ्ना आमा बुबा आफ्ना अगाडि आएर रुँदै गुहार्दा आफ्mुमा त्यस सम्बन्धि केही ज्ञान नभएको भएर केही उत्तर दिन नसकेको अवस्थामा मैले आफ्mुलाई सँसारको सबैभन्दा असहाय पाएको थिएँ । आफ्mुले त्यस बेलासम्म जीवनमा प्राप्त गरिएका ज्ञान प्रयाप्त नभएको र गुहार माग्न र सोध्न जाने ठाउँ कतै नभएको बखत थियो । न अगाडि बढ्नु, न पछाडि हट्नुु भएको थियो । केही समय पछि मैले आफ्mैले त्यस भेटको कार्यक्रम बन्द गर्न लगाएँ । कता कता मलाइ मैले गर्न खोजेको खोजीले बाटो पक्डेको जस्तो लाग्यो भने आफ्नो हातमा कुनै साधन नभएको चाल पाएँ । ति पितृ बोलाइदिने मित्र दिदीले त अलिक पनि त्रास, महत्व, खतराको महसुस गरेकि थिइनन् । मानौँ कि उनीलाई रमाइलो भइरहेको छ । अझ्m फ्mेरी पनि त्यस्ता मौका पाए बोलाइदिन्थँे जस्तो मानसिकता थियो । त्यो क्षमता उहाँमा कताबाट आयो उनीलाई मतलब थिएन । तर मेरो लागि ठुलो जिम्मेवारि ल्याएर अगाडि टक्रयाएर छाडेकि थिइन ति मित्र दिदीले । त्यसपछिका मेरा जीवन त्यसैकुराको रहस्यको खोजीमा व्यस्त रह्यो, सबै व्यक्तिगत जीवन अस्तव्यस्त भयो तर मैले त्यो सम्पर्कको सानो डोरी पक्डेको पक्ड्यै गरेर यि कुराहरुको निचोड निकाल्न सफ्mल भएको हुँ । त्यस घटनाको करिब ५—६ बर्षको निरन्तर अध्ययन, मनन र अभ्यास पछि त्यस विषयका रहस्य र उपायहरु खुल्न गएका थिए । पछि पछिका पाठहरुमा यसबारेमा बढी स्पष्टरुपमा बयान गरिनेछ । त्यसैले माथिको कवितामा कविजीले भन्नु भए जस्तो गरेर सुटुक्क आफ्नो सामान जतन गरेर लिएर गइ दिएका भए अझ राम्रै हुन्थ्यो । यहाँ मृत्यु पछिको दुइ चार दिनको रुवाबासी पछि पैतृक सम्पत्ति कुन छोराले धेरै लिने भन्ने कुराको तानातानिमा छिटै भुल्ने थियौँ होला । तर यस मृत्युमा त कसैले आफ्नो सामान लिएर गएको नभएर सामान छुटेको पो रहेछ र अलपत्र परेको रहेछ । लिँग शरीर त स्थुल शरीरले छोडे पछि अलपत्र परेको रहेछ । यताको लागि उ अलपत्र, उताकाको लागि उसको आफ्ना र सम्पत्तिहरु यहाँ अलपत्र भएको रहेछ । जति बुझ्यो त्यति कठिन झन झन बुझ्यो झन कठिन भनेको यसैलाई हो । त्यसैले यि कुराहरु नजान्दा जीवन सुखी थियो जस्तो लाग्छ । हो ! त्यसै हो ! यो कुरा नजान्दा जीवन सुखी थियो तर त्यो सुखी भ्रमको थियो । भोलि पल्ट जाँच छ भनेर नजानेका विद्यार्थीहरु अवश्य सुखी हुने, हाँसि खेल्ने गरेका, राती राम्ररी सुत्ने गरेका देखेका छौँ । जाँचको परिक्षाफ्mल आउँदाको दिनमा फ्mेल भएर तिनीहरुको रुवाइ पनि देखेका छौँ । रातभर नसुति, खेल्न नगइ ढोका लगाएर एकान्तमा बसेर पढ्ने र जाँचको तयारी गर्ने विद्यार्थीलेनै अवीर घस्ने गरेका छन् जीवनमा । मानिसको जीवन यात्रामा जीवको रचना, लिँग शरीरको महत्व, मानिसको झुटो मृत्यु, मृत्यु पछिको गमन र भ्रमण, साँचो मृत्यु, मानिसको पुर्ण यात्राको ज्ञान र त्यसको लागि तयारी हुनु आवश्यक हुन्छ । हरेक मानिसको आफ्नो जीवनको यात्रा र त्यस्को तयारीको परिक्षा दिने दिन आउने छ । त्यसैले त्यस परिक्षाफ्mलको दिन रुने वा अवीर घस्ने भन्ने अब हरेकको आफ्नो आफ्नो रोजाइ हो । मृत्यु पछिको परिक्षामा उतिर्ण भएर जीवनको सफ्mल यात्राको विजयको अविर घस्न सकोस् भनेर यो किताबले आवश्यक ज्ञान, सरसल्लाह, सुझ्mावहरु दिन कोसिस गरेको अवश्य हो ।
त्यसैले अब मानिसले जीवनको सँघर्षका दिनहरुमा डाक्टरको ट्याब्लेट र सुइको मात्र नाम याद नगरेर यदि कुनै कारणले यस जीवनको अन्त्य हुन गयो भने त्यस लिँगशरीर मात्रको जीवनमा पर्न आउन सक्ने समस्याहरुका बारेमा सचेत हुन खोज्नु पर्दछ । त्यसको लागि हामीले आफ्ना, मेरो, प्यारो ,अहम, घमण्ड, क्रोध, लोभहरुका भावनाको विसर्जन यही जीवनमा गरेर जान जानेको हुनु पर्दछ । यो तरिका नै त्यस लिँग शरीरको बोझ्m हल्का गर्ने मन्त्र हो । यसो गर्न जान्नेहरुको यस जीवनमानै धेरै हलङ्गो महसुस गर्न थाल्नेछन् । डाक्टरहरुले दिएको ट्याब्लेट र सुइको प्रभाव पनि बढी प्रभावकारी हुनआइ कतिपय रोग र कष्टबाट मुक्त हुन सक्नेछन् ।