सुमित द्वाकाे जीवनकाे अँध्याराेबाट यात्रा

Written by  Dr. Kamal Man Shrestha, [19,Janaury 2017, Thursday]

Sumit Dwa, address Dwa complex, Chipledhunga, Pokhara, Nepal.

लेखकः डा. कमल मान श्रेष्ठ, ६ माघ २०७३

सुमित द्वा, बर्ष २६, घर द्वा कम्प्लेक्स, चिप्लेढुङ्गा, पाेखरा, नेपाल

सुमित द्वालार्इ परिचय दिन पर्दा पाेखराकाे केन्द्र महेन्द्र पुल, चिप्लेढुङ्गा वरपर जन्मेर हुर्केकाे पाेखराकाे एक सम्पन्न, भलदमी, व्यापारी परिवार द्वा (नेवार ) परिवारकाे व्यक्ति हुनुहुन्छ । सानैबाट राम्राे स्कुल कुमुदिनी हाेम्समा पढ्नु भएकाे रहेछ म्यानेजमेन्ट बिषणमा ब्याचलर गर्नु भएकाे रहेछ । अाफ्नाे पारिवारिक व्यवसायमा परिवारलार्इ साथ दिदै अाफु पनि त्यही व्यवसायमा लाग्नुभएकाे रहेछ । अाज उहाँकाे उमेर २६ बर्षमा अाइपुग्दा जीवनमा शारीरिक, मानसिक दुःख कष्ट अाइपरेकाे रहेछ । त्यस दुःख कष्टकाे कारण, उपाय तथा उपचारकाे खाेजिमा चारै तिर साेधखाेज गर्नु भएकाे रहेछ । तर कतैबाट पनि सही जवाफ र उपचार नपाउनु भएकाे भएर हरेस खानु भएकाे जस्ताे लक्षण उहाँकाे शारीरिक, मानसिक अवस्थाले पनि देखाउथ्याे । उहाँकाे कुरा गर्ने तरिका, सफासुग्घरकाे  कमी, उसले लगाएकाे कपडाबाट अाएकाे दुर्गन्धकाे अवस्था हेर्दा कतै बाटाेमा मागेर खाने केटाहरू मध्यकाे काेही हाे कि भनेर अडकल काटेछन् क्लासमा उपस्थित अन्य मानिसहरू कसै कसैले । सामाजीक रूपमा पनि उसमा असर परेकाे रहेछ । कसै सँग सम्पर्कमा अाउन नचाहने, साथीभाइहरूबाट टाढा हुन मन लाग्ने रहेछ । परिवारका सदस्यहरू अामा, बुबा, अजी तथा अन्य इष्टमित्रबाट उसकाे अवस्थामा सहयाेगकाे सट्टा झन गाली, हेलाका शब्दहरू पनि सुन्न पर्छ, तर म विवश छु भन्नुभयाे । उनका कुरागराइमा वेदना र अाँसु मिसिएकाे थियाे ।

उपचारकाे क्रममा धेरै डाक्टरहरू कहाँ गएर अाैषधीहरू गरेकाे, लामा झाँक्रिहरू कहाँ गएकाे भन्नुभयाे । अाफैले पनि इन्टरनेट मार्फत अाफ्नाे राेगकाे बारेमा बुझ्ने प्रयास गर्नु भएकाे रहेछ ।

उनका अन्य कतिपय कुराहरू अझ डरलाग्दा थिए । जीवन सँग हार खाएर कुनै बाटाे नपाएर मर्ने, बाैलाउने दिन कुरेकाे र माैका मिले अात्महत्या गर्ने जस्ता बिचारहरू अाउने गरेकाे रहेछ उनमा । अाफ्नाे स्कुटरलार्इ ठुलाे गाडी ट्रक, बसहरूले ठक्कर हानेर किचेर अाफुलार्इ मारिदिए हुन्थ्याे भन्ने साेचहरू अाउने रहेछ । बाटाेमा स्कुटर चलाएर जाँदा अगाडिबाट ठुलाे गाडीहरू ट्रक वा बसहरू अाउदा अाफुलार्इ सिधै पाङ्ग्रामुनि लगेर हालाै कि जस्ताे बिचारहरू अाउथे रे । तर मरिएन र झन अपाङ्ग भइनेेहाेकि भन्ने डरलागेर हिम्मत अाउथेन रे ।

यहाँ एउटा भिडियाे प्रस्तुत गरिएकाे छ । उहाँ हामी कहाँ अाएर परामर्श लिन थालेकाे करिब एक महिना पछिकाे भिडियाे हाे । उहाँमा अाउने भय र त्रासहरू झन स्पष्ट हुन थालेछ र क्लास नहुँदाकाे दिनमा पनि हामीलार्इ भेटेर केहीकुरा भन्न, पाेख्न र उपायहरू साेध्न मन भएर अाउनु भएकाे थियाे । यस एक महिनामा उहाँ अलि बाेल्न सक्ने, उज्यालाे, सफा देखिनु भएकाे थियाे ।

तर याे अाज सम्म अज्ञात रहेकाे एक राेगकाे कारण हाे जुन कुराहरूका बारेमा यस साइट र किताबमा बुझाउन प्रयास गरिएकाे छ । हामी सबैकाे प्रयासहरू सफल भएकाे खण्डमा उ यस अवस्थाबाट फुत्केर निस्कन सफल हुनेछ ।

 

This post is also available in: English

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.