⇐विषय सूचीमा फर्कन

पाठ 1.4

लेखककाे अनुराेध

यी विषयहरु अति सम्वेदनशिल छन् । जीवनको हरेक पाइला पाइलामा घट्न जाने घटनाहरुको सही जवाफको लागि आवश्यक पुर्वाधारका ज्ञान हुन् । जुनसुकै पाठकले पनि यस पुस्तक पढेर पुरा नपढि बिचमा नै यत्तिकै छोड्ने गर्नु हुँदैन । यस पुस्तकलाई पढ्न थालेपछि लगातार दिनको केही घण्टा ध्यान दिएर पढ्दै सबै अध्यायहरु सिध्याउनु र बुझ्न खोज्नु राम्रो हुन्छ । केही पटक पुनः पुनः पढेर बुझ्न खोज्नु राम्रो हुन्छ । यो यस्तो विषय हो, या त यसको बारेमा जान्नै नजान्नु, कोट्याउदै नकोट्याउनु राम्रो कि त पुरा ज्ञान हुनु आवश्यक र राम्रो हुन्छ । अल्प ज्ञानका कारण त्यसैमा अड्किएर अल्झने र विभिन्न दुःख कठिनाइका सम्भावनाहरु हुन्छ सक्दछन् । आजसम्म जीवनका बारेमा एउटै किताबमा यतिका ज्ञानहरु समेटिएका किताबहरु भेटिएको थिएनन् । लेखकलाई यिनै ज्ञानहरु कुराहरु थाहा नहुँदा धेरै दुःख भोग्नु पर्यो । यिनै ज्ञान समेट्न कति भौतारिनु, जोखिम झेल्नु पर्यो । याे किताबकाे रूप दिन लेखकको करिब ३० बर्षको शैक्षिक जीवन र उच्चशिक्षाको अध्ययन र जीवनका अनुभवहरू लगाउनु पर्यो । तर आज यस किताब मार्फत केही हप्ता मानै ती ज्ञानहरु प्राप्त गर्न सक्ने सम्भावना भएको छ । तर ध्यान दिएर अध्ययन र मनन गर्नु पर्नेे आवश्यकता पर्दछ । यदि कसैमा त्यस्तो गहन अध्ययन र मनन गर्नेे इच्छा नभएका, जीवनको रहस्य बुझ्ने, सृष्टिको रहस्य बुझ्ने, पितृ, भुत, प्रेत, देवी देवताहरुको बारेमा बुझ्ने, तिनीहरु साँचैकै छन् कि छैनन्, सत्य कुरा हुन् कि होइनन् भनेर आफु भित्र प्रश्नहरु जागेका छैनन् भने, आफ्नो परिवारमा वा वरपर चिनजान नातागोतामा अदृश्य चिजहरुले दुःख दिएको भनेर घटना र चर्चा हुने गरेका छैनन् भने ती व्यक्तिहरुले यो किताब नपढ्नु भए पनि हुन्छ ।
तर यदि कसैलाई जीवन केहो ?  मृत्यु केहो ? सृष्टि केहो ? धर्म र संस्कारहरु के के हुन् र सही छन् कि छैनन् भन्ने जस्ता प्रश्नहरुले घेरेको छ, त्यस्ता प्रश्नको जवाफको खोजी गरिरहेकोछ र आवश्यक किताब उपलव्ध भएमा ध्यान दिएर पढ्ने इच्छा गर्दछ भने यो किताबमा उसले खोजेका धेरै रहस्यहरुको जरो जवाफ  पाउने छन् ।
विज्ञानले धर्म र संस्कारको कुरा इन्कार गरे पनि सबै जनमानसमा जीवनमा परिपक्व अवस्था वा बुढेसकाल लाग्न थालेपछि धर्म संस्कारको कुरा बढी सुन्न बुझ्न खोज्नुका साथै आत्मा, परमात्मा र कतै कतै ब्रह्मज्ञानका कुराहरु बढी चर्चा हुने गर्दछन् । तर वास्तविकतामा आत्मा, परमात्मा र ब्रह्मको कुरा पुर्णरुपमा बुझेका र बुझाउने क्षमता भएकाहरु मानिस, धार्मिक संस्कारका गुरूहरू मैले भेटेकाे छैन । केवल आफुले मान्दै आएको संस्कारनै एक मात्र सही र सत्य हाे भन्ने कुरा मात्र बुझ्न भ्याएका हुदा रहेछन् प्रायः सबैजसाे धार्मिक गुरुहरुले । यस पुस्तकमा यिनै आत्मा, परमात्मा र ब्रह्मको कुराहरू अलि स्पष्ट बुझिने गरी वर्णन गरिएको छ ।
मानिसहरू आत्मा, परमात्मा र ब्रह्मको ज्ञानले परिपूर्ण भएर घरवार छाेडेर जाेगी बन्छन् भन्ने समाजमा चलन छ । यहाँ पनि त्यस्तै अात्मा, परमात्मा र ब्रह्मको कुराहरूका अध्ययन र ज्ञानको कुरा रहेछन् भनेर मानिसमा यो विद्या धार्मिक विद्या हो र घरवार, कारोवार छोडाउने विद्या हो भन्ने शङ्का जाग्न सक्दछ । कतिपय ठाउँहरुमा त्यस्तै पनि भएको छ । हुन त धर्मको र संस्कारकाे चासो, आत्मा, परमात्मा र ब्रह्मको ज्ञानको खोजीमा आश्रममा धाउदै र धर्म गुरुको पछि लाग्दा लाग्दै बिहे गर्न नभ्याएका मानिसहरू थुप्रै छन् भने कसै कसैको घरमा भएका स्वास्नीले पनि निकालि दिएको घटनाहरु पनि छन् । तर समाजमा भेटिने कतिपय जाेगीहरू आत्मा, परमात्मा र ब्रह्मको ज्ञानले हैन बाध्यताले जोगी बन्न पुगेकाहरु धेरै छन् । कामकाे डरले जाेगी भएँ जाेगी भएकाे भाेली पल्ट भाेकै रहेँ भन्ने नेपालीमा उखान छ । त्यत्रो आत्मा, परमात्मा र भनेर पढ्ने किताब होइन । ब्रह्मको ज्ञान पाएकाहरु ज्ञानीहरू अन्त्यमा घर न घाटका हुनुमा छ सायद तिनले अल्प ज्ञानमात्र पाएका रहेछन् क्यार । विद्वान व्यक्तिको समाजमा अवश्य कदर हुन्छ । आत्मा, परमात्मा र ब्रह्मको ज्ञानीहरु घरबार छोड्नु भनेकाे त्यो गलत विचार हो र अवश्य अल्पज्ञानकाे फल हाे । यदि कतै त्यस्तै घटना भएका थिए भने ती तरिकाहरु सही भएनछन् । पुर्णज्ञानको अभावमा सिकाउने र सिक्नेको गल्ती भएकाे हुनसक्दछ । आत्मा, परमात्मा र ब्रह्मको ज्ञानी हुँ भन्दै जाेगी भेष गर्दै घर घरमा वा मन्दिर वरपर भिक्षा मागेर बस्नेहरू अपूर्ण ज्ञान भएर अाफै अलपत्र परेका गुरूहरूका अलपत्रे चेलाहरू हुन् ।
यो किताब कुनै कथा, कविता, उपन्यास पढ्ने सौखिनको हातमा अन्जानमा परेर यत्तिकै पढौँ भनेर पढ्ने किताब हाेइन । यो त अध्ययन, केही कुरा खोज्ने दृष्टिकोणले, शब्द शब्द, लाइन लाइन, पाठपाठ, दोहर्याएर, पल्टाएर, कोट्याएर, सुँघेर, चाखेर, अनुभव गरेर पुनः पुनः पढ्ने चाहना हुनेहरुले पढ्ने किताब हो । यो किताब एकै दिनमा पढेर वा २–३ दिनमा पढेर सिध्याएर यसको भाव बुझ्न सकिने होइन । हरेक दिन केही पाठहरु पढ्दै, मनन गर्दै जाने हो । केही दिनको अनुभव पछि केही पटक दोहर्याएको हुनु पर्दछ । यसरी केही पटक पढेपछि बल्ल यस किताबका भन्न खोजेका कुराहरु स्पष्ट भएर आउँन थाल्नेछन् ।
यहाँ लेखक वा अन्य बिरामी मानिसहरूकाे अदृश्य चिजहरुसँग हुन गएको अनुभव र स्पर्शहरुको वर्णन गरिएको छ ।  त्यसैले त्यस्ता पाठहरूका चर्चाका कारण पाठकहरुमा विभिन्न स्पर्शहरु आउने पनि हुन्छन् । पाठकहरुलाई सावधान गराउन चाहेको हुँ । पाठकले जति ध्यान दिएर पढ्याे उति त्यस्ता अनुभवहरू हुनसक्दछन् सुरूसुरूमा । बुझ्दै गएपछि ती स्पर्शहरू हराउदै जान्छन् । ती स्पर्शहरुको अर्थ नबुझ्न जाँदा पाठकमा विभिन्न कठिनाइ, समस्या, अश्वस्थताहरु अाउन सक्दछ । पाठक, पाठकका आफन्त, वरपरकाहरुमा पनि यी लक्षणहरु देखिन सक्दछ । त्यस्तो खतरा आउछ भने यो किताबले दिने ज्ञान नजाने पनि हुन्छ कि भन्ने प्रश्न उठ्न सक्ला । पाठकको आफ्नो रोजाइ हो । त्यसैले लेखक पाठकहरूलार्इ सजग गराउन चाहन्छु । मानिसहरू जीवनको अर्थ नबुझेर जुन अन्योलताको अन्धकारमा अल्झिएको छन् र त्यस अन्धकारलार्इ पार गर्न केही कठिनाइ पार गर्ने सहनशिलता, निडरता, किताबको भाब बुझ्ने क्षमता राख्नु पर्दछ र त्यस अन्धकार र कठिनाइको गहिराइबाट निस्कन जान्नु पर्दछ । त्यसपछि बल्ल अन्त्यमा पाठकले सृष्टि, जीव र जीवनको रहस्य बुझ्न र महसुस गर्न सफल हुनेछ । लेखकले यस किताबमा यिनै कठिनाइ पारगर्न सकोस भनेर विभिन्न उपाय र तरिकाहरु जोडेको छ ।
किताबकाे शास्त्र खण्डः  यस पाठहरू जस्मा लेखकले गरेको अध्ययनका अन्तिम चरणका कुराहरु उल्लेख छन् । ती भय र त्रासहरूका कारण, वर्णन र ती कष्टहरुबाट निस्कन सक्ने उपायहरु समावेश छन् । पाठकले यस किताबका अध्ययनका क्रममा केही दिनहरुमा नै लगातार पढेर बिचमा नै अध्ययन नछोडि किताबका शास्त्रका पानाहरुलाई गहिरिएर पढिदिन हुन लेखकको अनुरोध छ । त्यसो गरेमा पाठकहरु अदृश्य चिजहरुको अनुभवका साथै र बचावटका उपायहरु प्राप्त गर्ने छन् । लेखकको उद्देश्य पाठकलाई सजग बनाउनु हो ।
सावधानीका कुरा गर्दा पाठकहरु डराइ हाल्नु पर्देन । हरेक डर त्रासको पनि उपाय हुँदो रहेछ । चलाख मानिसले बेलामानै सावधानी गर्न जानेको हुनु पर्दछ । हामी विवश छाैँ । केही त्रासहरु अवश्य आउँने छन् किनकि हामीहरू जीवनका तिनै अन्जानका पानाहरु कोट्याउन गइरहेका छौँ । यो किताब सृष्टिको अन्जान अदृश्य संसारको बारेमा वर्णन गर्न गइरहेको छ र यस वर्णनमा मानिसको सही अर्थ र रचना के हो ? देवी देवता भनेको के हो ? भुत, प्रेत, पितृ भनेको के हो ? हाम्रो जीवनमा हामीले चाहेर वा नचाहेर, जानेर वा नजानेर पनि ती माथि उल्लेखित चिजहरुसँग तगातार सम्पर्कमा रहेको छ र हाम्रो स्वास्थ, अार्थिक, सामाजिक परिस्थितिहरू तिनीहरूबाट प्रभावित रहेछन् । यिनै कुराहरुको सप्रमाण सहित आधुनिक, वैज्ञानिकहरूले बुझ्न मिल्ने गरेर यी रहस्यका बारेमा वर्णन छ । किताब पूर्ण रुपमा पढेर, पटकपटक पढेर मनन गरेर किताबको भाव बुझेपछि ती त्रास या अन्य लक्षणहरु बन्द हुनेछन् या कम हुनेछन् । ती लक्षणहरु रहिरहे भने पाठकले ध्यान दिएर पढेको छैन र भाव पूर्णरुपमा खुलेको छैन । यो किताबमा भुत, प्रेत, पितृ, देवी देवताहरुका बारेमा उल्लेख गरिएको र वास्तवमा तिनीहरु सृष्टिमा हुँदा रहेछन् र यस किताब पढ्ने क्रममा तिनीहरुले आफ्नो साक्षात्कार(उपस्थिति) देखाउन खोज्ने रहेछन् । यो किताबको उद्देश्य पाठकलाई ती स्पर्शहरु केही सुक्ष्म रुपमा भने पनि अनुभव हुन गएमा ती अदृश्यहरु प्रति बढी जानकारी पाउन सक्ने र जीवनमा आवश्यक सावधानी अपनाउन सक्ने छन् भन्ने हो र भविष्यमा त्यस्ता भय त्रासबाट मुक्त हुनेछन् ।
यस किताबले मानिसलाई असुर अवस्थाबाट सुर अवस्थामा ल्याउन सक्नेछ । भने किताबलाई राम्ररी नपढेर बिचमा नै छोडेमा उ तिनै अदृश्य चिजहरुको सम्पर्कको अवस्थामा रहन सक्ने, विभिन्न कष्टहरु भोग्नु पर्ने सम्भावना हुने र किताब पुरा नपढ्दा किताबमा पछिका पाठहरुमा उल्लेख गरिएका बच्ने उपायहरु, महत्वहरुको ज्ञान नपाउने हुन जान्छ र पाठकलाई वा पाठकका वरपरका लागि हानिकारक हुन सक्दछ । यी किताब पढ्ने बुझ्ने, स्पर्शहरु महसुस गर्ने क्रममा विभिन्न अज्ञात अदृश्यहरुसँग सम्पर्क हुन जाला र पाठक आफ्नो क्षमताले त्यसबाट निस्कन नसक्ने अवस्था आउँन सक्ला । त्यसैले पाठकले यस किताबको अध्ययन गरिरहेको कुरा आफ्ना परिवार, आफन्त, साथीभाइहरुलाई जानकारी गराएको हुनु पर्दछ । यस किताबको अध्ययन क्रममा पाठमा विभिन्न स्पर्शका साथै क्षणिक मानसिक परिवर्तन आएको, डिप्रेसनका लक्षणहरु, पाठकले सानो सानो कुरामा झगडाहरु गर्ने झर्कने, विभिन्न शारीरिक कष्टहरुको अनुभवहरु लामो समयसम्म गर्न थालेमा परिवारका अन्य सदस्य, आफन्त, साथीभाइहरुले बाहिरबाट मद्दत पुर्याउनु पर्ने हुन सक्दछ । पाठकलार्इ  मानसिक रूपमा एक्लै नछोड्ने, सहयोगको वातावरण बनाइ दिने र पाठकलाई उसले पढ्न खोजेको किताब पुरा पढ्न र भाव बुझ्न सक्ने वातावरण मिलाइ दिनु पर्दछ । लेखकले पनि यस्तै दुःख कष्ट खानु परेको धुप्रै अनुभव भाेगेको थियाे । यो किताब आफै कुनै खतरनाक होइन । यस किताब मार्फत हामीले त्यस अन्जान अदृश्यलाई देख्न, बुझ्न, स्पर्श गर्न थालेको हो । ती खतराहरुसँगको सम्पर्क त्यस पाठकमा पहिला देखि नै भएको हुन सक्दछ, तर मानिसलाई सही कारण थाहा थिएन वा ती अदृश्य चिजहरुले कम मात्रामा सम्पर्क र कष्ट पुर्याइ रहेका थिए र अाज हामीले त्यस विषयमा अध्ययन र चर्चा गर्न थालेपछि ती झन् उत्तेजित भएका मात्र हुन् । जस्तै कोही खराव विचार, नियत भएको व्यक्ति हामीले चिनेजानेको जस्तो गरेर आफ्नो खराब नियत लुकाएर वा लुकेर हामीलाई शोषण गरिरहेको छ । सँधै आएर विभिन्न मेलमिलापका कुरा, उठवस गर्ने तर जाँदा केही चोरेर जाने गरेको छ । हाम्रा साधनहरुको गलत प्रयोग गरिरहेको छ, हामीलाई झुक्याइ रहेको छ । कुनै दिन हामीले त्यस व्यक्तिको नियत चिनेर त्यस व्यक्तिकाे आउने बाटो बन्द गरिदियौँ भने उ अर्काे पटक अाउदा बाटो बन्द भएको देखेर ढोका झ्याल ढक्ढक्याने, फाेड्न खोज्ने र जसरी पनि भित्र आउन कोसिस गर्न सक्दछ । तर हामीले किटान गरेर उसलाई चिनेर तैँले फलानो बेलामा वा दिन हामी कहाँ आएर चोरी गरेको रहेछस् अब हामीलाई थाहा भयो । तँ अब हामी कहाँ नआइजा इत्यादि भन्दा पहिला त उसले इन्कार गर्ने आफ्नो कुरा माथि पार्न खोज्ने, अझ उल्टै उसैले गालि, जथाभावी गर्ने गर्न सक्दछ । तर हामीले तँ धेरै नकरा, खुरुक्क जा नत्र भित्र पुलिस साहेब आउँनु भएको अथवा अन्य कुनै व्यक्ति जसले त्यस्ता चोर बदमासहरुलाई समात्ने, सँजाय दिने गर्दछ त्यस्तो व्यक्तिको नाम लिएर आफुसँग भएको भनेपछि त्यो चोर मन नलागे पनि डराएर जान्छ । त्यसैगरी ती अदृश्य चिजहरुले पनि हामीले ती चिजहरुलाई चिन्ह खोज्दा, त्यसबाट बच्न खोज्दा त्यसरी नै इन्कार गर्ने, हामीलाई छोड्न नखोज्ने, हामी जान नखोज्ने, झन उग्र हुने भएको हो । त्यसैले यदि अदृश्यहरुले दुःःख दिएको आभास हुन गएमा त्यत्ति खेर आफुले मानिआएको देवी देवताहरु जस्ले पाैराणिक कथाहरुमा असुरहरुको सँहार गर्नु भएको थियो ती देवीदेवताहरको नाम, आराधना लिनु पर्दछ, गुहार माग्नु पर्दछ । आफुलाई आपद परेको बेलामा ती नामहरु आफ्नाे मुखमा आओस भनेर पटकपटक ती नामहरु लिएर उच्चारण गर्ने अभ्यास गर्नु पर्दछ ।
यस्ता देवी देवताका नाम र स्तुतिहरु हरेक व्यक्तिकाे आफ्नो आफ्नो धर्म संस्कार अनुसार भिन्न भिन्न हाेलान् । हिन्दुहरूकाे हिन्दुको संस्कार अनुसारका देवी देवताका नाम, मुस्लिमले आफ्ना संस्कार अनुसारका देवी देवताका नाम, त्यसै गरि बुध्दिष्ट, क्रिष्चियनहरुले वा अन्य संस्कारकाहरुले आफ्ना धर्म संस्कार अनुसारका देवी देवता वा गुरुहरुको नामहरू छन् । अाफुलार्इ अापद पर्दा तिनै देवी देवताहरूकाे नाम लिनु पर्दछ । हुन त ती भिन्न भिन्न संस्कारका भिन्न भिन्न देवी देवताहरू अाएर कसरी रक्षा गर्छन् भनेर म लेखक यकिनका साथ भन्न सक्दिन । तर पनि काेसिस गर्न त हुन्छ तिनीहरूसँग गुहार मागेर । तर यस किताबकाे लेखकलार्इ थाहा भएकाे नामहरू हुन् हनुमानजी, गणेशजी, दुर्गामाता, बिष्णुजी, रामजी, कृष्णजी, शिवजीहरु । यी देवी देवताकाे नाम र वर्णन वेदशास्त्रहरूमा उल्लेख छन् । यिनीहरू ब्रह्मकाे ज्ञान भएका देवी देवताहरू हुन् । लेखकले आफुलाई समस्याहरु पर्दा यीनै देवी देवताहरूकाे नाम लिने र तिनीहरूले विभिन्न तरिका वा माध्यमद्वारा त्यस भय र त्रासकाे बचाएकाे अनुभव छ । त्यसैले लेखकले यी नामहरुको क्षमता, प्रभाव र परिणाम थाहा पाइसकेको छ । कुनै समस्याहरु आएको आभास भयो डर त्रासहरु आए भने यी नामहरु ती डर र त्रास नजाउँन्जेल लिइराख्नु पर्दछ ।

सुरूमा लेखकले पनि यी नामहरुकाे बारेमा कुनै दिन सुनेको पढेको भए पनि कुनै महत्व दिने गरेको थिएन । लेखकको लागि यी नामहरु कुनै काल्पनिक कथाका पात्रहरूकाे नाम वा अन्य कुनै साधारण अक्षरहरु जति मात्रको महत्व थियो । अाज पनि अरु विश्वास नभएकाहरुलाई पनि त्यत्तिक नै महत्व होला । तर म अब त्यसो होइन रहेछ भन्न गइरहेको छु । यी नामहरु पूर्ण अर्थ, भाव र शक्ति भएका नामहरू हुन् । यही कुरा यस किताबले स्पष्ट पार्न सक्दछ । यी नामहरु आपद कष्ट परेका बेलामा मुखमा आओस भनेर हरेक दिन कमसेकम किताब पढुन्जेलका दिन सम्म पढ्ने, याद गर्ने गर्नु पर्दछ । यी माथि उल्लेखित ब्रह्मदेवी देवता हनुमान, गणेश, दुर्गामाता, बिष्णु, राम कृष्ण, शिवजी नामहरु जुनसुकै अन्य धर्म वा संस्कारकाहरुले लिन मिल्छ । यो नाम लिन कुनै विधि जान्नु पर्दैन, कसैको अनुमति लिनु पर्दैन, आफ्नो धर्म र संस्कार छोड्नु पर्दैन वा आफ्नो मानिआएको संस्कारमा केही घट्ने हुँदैन । यी नामहरु कुनै धर्म र संस्कारसँग मात्र बाँधिएका नामहरु होइनन् र कुनै धर्म र संस्कारको व्यक्तिगत सम्पत्ति भित्र पर्दैनन् । पाठकहरूले यो किताब पढे पछि बुझ्दै जानेछन् । यहाँ लेखकले पाठकलाई पर्न आउँन सक्ने विभिन्न कष्ट र खतराबाट बच्ने उपाय सम्झाउन खोजेको मात्र हो । लेखकले कुनै धर्म र संस्कारको प्रचार प्रसार गर्न खाजेको होइन । लेखक आफै कुनै एक धर्म संस्कारसँग बाँधिएको छैन । देवी देवता, पितृ, भुत, प्रेत वा अन्य थुप्रै अदृश्य चिजहरु हुँदा रहेछन् र सबै देशमा, धर्म, संस्कारहरुमा हुँदा रहेछन्। लेखकलाई ती सबैलाई प्रत्यक्ष देख्ने, स्पर्श गर्ने,सम्पर्क गर्ने मौका मिल्यो । तर यो नबुझेर पनि नहुने बुझ्न पनि अति कठिन, खतरनाक विषय रहेछ । तर लेखकले आफुले थुप्रै दुःख र कष्ठ खाए पनि पछिकाहरुलाई ती अदृश्य चिजहरुका बारेमा बुझ्न, पढ्न, स्पर्श गर्न, देख्न, छुन मिल्छ भनेर विभिन्न उपाय, तरिकाहरु सँगालेको छ । त्यही उपाय साधन, साधनहरु अरुलाई बाड्न खोजेको हाै ।
यस किताबको भाव पूर्णरुपमा बुझ्न सकेमा मानिसहरू ब्रह्मको ज्ञाता र पछि ब्रह्मज्ञानी पनि हुन्छन् । तर त्यस्तो ब्रह्मज्ञानी बन्नलाई कुनै गुरुको चेला बन्न जरुरी छैन, आश्रम धाउन वा अन्य संस्कारहरु मान्न जरुरी छैन । यो  ब्रह्मज्ञान र ब्रह्मज्ञानीकाे अनुभव मानिसले अध्ययन र अभ्यासबाट प्राप्त गर्न सक्नेछन् । हरेक लगनशिल, मिहिनेती पाठकहरूले अाफु ब्रह्मज्ञानी बन्दै गरेकाे प्रमाणहरू अाफ्नो अनुभवबाट  प्राप्त गर्ने छन् भन्ने विश्वास छ । थुप्रै पाठकहरू ब्रह्मज्ञानी भएर अानन्द, सुखकाे जीवन बिताइरहेकाे प्रमाणहरू यस साइटमा उपलब्ध गरिएका छन् ।

⇐विषय सूचीमा फर्कन

This post is also available in: Nepali