Nirmala Thapa(Hamal)’s Third Eye

Nirmala Thapa(Hamal)’s Third Eye

Nirmala Thapa Magar’s Third Eye and contact with God and Goddess

निर्मला थापा मगरको  तेस्रो नेत्रको अनुभव र देवी देवताहरुसंगको सम्पर्क

बिरामीको जांच र उपचारको क्रममा भएका घटना

परिचय: निर्मला थापा मगर, घर:  पोखरा उप-महानगरपालिका, कास्की जिल्ला, गण्डकी अन्चल, नेपाल

यो सबैका लागी खबर हो । यसलाई बुझ्ने प्रयास गरौँ र पात्रहरुलाई आदर गरौँ ।

 

on 29 March 2016

ओझेलमा परेका अज्ञात रोग र लक्षणहरु ।

आजसम्मको विज्ञान र चिकित्साशास्त्रले बर्णन गरेको मानव शरीरको रचना र त्यसको कार्य (Anatomy and Physiology of Human Body)नै अपुरो अध्ययन र खोजीहरुका किताबबाट निकालिएको निस्कर्ष रहेछन् । आजसम्मको सम्पूर्ण विज्ञान र चिकित्साशास्त्रले मानव जीवनको रचना, त्यसको कार्य, लक्षण, रोगहरु र उपचारका विधिहरु पूर्णरुपमा सही बर्णन दिनसकेका रहेनछन् । एकातिर विज्ञानले गरेको बर्णन अपुरो थियो भने अर्को तिर बिरामी जाच्ने डाक्टरहरु हतारमा भएर होला उहाँहरुको ध्यान यस समस्या र लक्षण तिर पर्याप्त गएन होला ।

Date 07.06.2016

निर्मलाले अाफ्नै अामाकि बहिनी साख्खै सानी अामालार्इ पनि परामर्शका लागि ल्याएका थिए । सानीअामा राधा केसीकाे बर्तुन पाल्पा रहेछ । १० बर्ष जति अगाडि पाेखरामा घडेरी किनेका रहेछन् । हिजाेकाे दिनभर निर्मला सानीअामा सँगै घुमिन रे । तर कसाे कसाे अप्ठ्याराे सुर नपाएकाे जस्ताे घरिघरि हुन्थ्याे भनेर भनिन् । निर्मलाकि अाफ्नै अामा ज्ञानु हमाल पनि क्लासमा उपस्थित थिइन् । दिदी ज्ञानु हमालकै करबलले अाफ्नी बहिनी राधालार्इ क्लासमा ल्याएका रहेछन् । मसँग परिचय र केही कुरा गर्नमात्र के थालेकि थिइन् राधा अान्टीले अलि पर बसेर सुन्दै गरेकि निर्मला अचानक कराउदै बेसरि चिच्याउलै हामी तिर अाइ र अाफ्नी अान्टीलार्इ पिट्न जाला जस्ताे गर्दै थिइन् । सायद म नभएकाे भए त्यसै गर्थिन हाेली । तर म भएकाे भएर म तिर हेरेर अनि अलि हच्के जस्ताे गरिन् र रिसाउदै राधाकाे छेउमा बसेर फलाक्दै गाली गर्न थालिन् । त्यतीखेर सम्म हामीहरू शान्त वाताबरणमा कुरा गर्दै भएकाे भएर हाम्राे क्यामरा चालु थिएन । अनि हामीले छिटाे छिटाे गरेर क्यामरा माइक्राेफाेनहरू तयार गरेर खिच्न थाल्याैँ । त्यसै घटनाकाे प्रत्यक्ष भिडियाे तल प्रस्तुत गिरएकाे छ ।

केही महिना पछि उहाँले भगवान शिवजी,  दुर्गा माताहरूसँग भेटघाट कुराकानी गर्दै सदाशिवकाे अनुभव गर्नु भयाे । उहाँले सदाशिवकाे अनसभव गर्दा शिवजीसँग भेटेकाे, कुराकानी गरेकाे, उहाँसँग घुमेकाे, सँगै खाएकाे अनुभवकाे प्रत्यक्ष भिडियाे ।

सदाशिवकाे अनुभव भाग १

भाग २

 

 

This post is also available in: Nepali

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.