IMPORTANT SERMON

⇐विषय सूचीमा फर्कन

महत्वपूर्ण उपदेशहरु

हिन्दु वेदशास्त्रहरुबाट

वेद र ब्रह्मज्ञानः

 १. ब्रह्मको अध्ययनका साथ ब्रह्मको अनुभव गरेकाहरुलाई ब्रह्मज्ञानी भनिन्छ ।

२. ब्रह्मको अध्धयन गरेकाहरुलाई ब्राह्मण भनिन्छ ।

३. ब्रह्मको अध्ययन र चर्चा गर्ने बिषयलाई ब्रह्मज्ञान भनिन्छ ।

४. वेद भनेको शास्त्र हो ।

५. कुनै बिषयको अध्धयन गर्ने शास्त्रलाई वेद भनिन्छ ।

६. ब्रह्मज्ञान ब्रह्मज्ञानी द्वारा मात्र सिक्न सकिन्छ ।

वेदमा भगवानको प्रमुख उक्त्ति:

सबैमा म छु सबै ममा छन् ।

जसले यो बुझ्छ त्यसैले मलाई पाउछन् ।

गुरुको उपदेशहरुबाट

मानिसले जीवनमा सफल र सुखी हुन महत्वपूर्ण शिक्षा लिनुपर्दछ । दुइटाकुरा बिर्सनु पर्दछ दुइटाकुरा बिर्सनु हुँदैन ।

दुइटा बिर्सनु पर्ने कुराहरु

1.आफुलाई कसैले नराम्रो गरेको बिर्सनु पर्दछ ।

2.आफुले अरुलाई राम्रो गरेको बिर्सनु पर्दछ ।

दुइटा बिर्सनु नहुने कुराहरु

1.मानिसको मृत्यु हुन्छ र जति खेर पनि हुन् सक्दछ भनेर बिर्सनु हुँदैन ।

2.भगवान छन् भनेर बिर्सनु हुँदैन ।

जीवनको अनुभवबाट लिनुपर्ने उपदेशहरु

1. यो यात्रा कहाँबाट सुरु भयो र कहाँ गएर सिद्धिन्छ थाहा पाउन सकिएन ।

2.हरेक पल यहाँ मन लगाएर जिउनु छ । भोली भन्ने आउन वा नआउन पनि सक्दछ ।

नेपाली उखानबाट लिनुपर्ने उपदेशहरु

“बुझ्नेलाई यो कुरा गहिरो छ नबुझ्नेलाई घरछेउमै पहिरो छ “

यो किताबको सहि अर्थ र भाव  तुरुन्तै बुझ्न सकिदैन  । यो किताब संधै पढ्ने गर्नु पर्दछ अनि अर्थ र भावहरु  बिस्तारै बुझिन थाल्दछन् । निरन्तर प्रयास गरेकाहरुले  यसको अर्थ र भाव बुझ्न सकेको प्रमाणहरु छन् । प्रयास गर्नु होला नत्र माथीको उखान जसतै हुन सक्दछ  ।

                                                 धन्यवाद !

⇐विषय सूचीमा फर्कन