⇐विषय सूचीमा फर्कन

पाठ ३.२

मानिसकाे अपूर्ण मृत्यु (Men’s incomplete Death)

मानिसको हामीले देख्ने गरेको मृत्यु भनेको त्यस स्थुल शरीरलाई आफ्नो लिँग शरीरले त्यागेको हो । त्यस स्थुल शरीरलाई त्यागेपछि पनि चेतनाको लिँग शरीर जीवित रहन्छ । त्यसैले हामीले देख्ने गरेको मृत्यु अपुर्ण मृत्यु मात्र हो ।
वास्तवमा मानिसको जीवनमा सबै कार्य र कर्महरुको कर्ता कार्य लिँग शरीरले नै गरेको हुन्छ । स्थुल शरीर, लिँग शरीर र आत्मा शरीरको सम्युक्त शरीरले गरेका अनुभवहरु स्थुल शरीरको मृत्युपछि लिँग शरीरमा याद रहेको हुन्छ । त्यसैले मानिसको सँयुक्त शरीरले गरेका कामहरु, कामका यादहरु, कामका सम्बन्धहरु, पढेका बुझेका कुराहरु, नाता सम्बन्धहरु, सुख, दुःख, रोजगार, सम्पत्ति, मित्रता, शत्रुता आदि सबै उसको चेतनाको लिँग शरीरमा याद रहेको हुन्छ र स्थुल शरीरको मृत्युपछि पनि ती यादहरुलाइ साथै लिएर जान्छ ।

यसरी स्थुल शरीरको मृत्यु अथवा त्यागपछि पनि लिँग शरीर जीवित रहेको हुन्छ र मृत्युपछि अपूर्ण चेतनाको अवस्थामा केही भ्रमको चेतना सहित उ आफ्ना परिवारका सदस्यहरुसँग, नातेदारहरुसँग, साथीभाईहरुसँग, रोजगार वा अन्य कुनै सम्बन्धितहरुसँग सम्पर्कमा आइरहेको हुन्छ वा आउन खोजेका हुन्छन् । त्यसैगरी अन्य विभिन्न लिँग शरीरहरु हुन्छन् जसले मानिसहरुसँग सम्पर्क गर्न चाहेका र सम्पर्क गरिरहेका हुन्छन् ।

विज्ञान, चिकित्साशास्त्र र कानुनले मृत्युपछिकाे अस्तित्व अस्विकार गरे पनि र धर्म संस्कारहरूले स्पष्ट गरेर नबुझाए पनि मानिसहरूले सताब्दियाैँदेखि मानिस मरेपछि पनि उ अझै सम्पर्कमा अाइरहेकाे छ भन्ने अाभास पाएका थिए । याे कुरा धर्ममा अास्ता राखे पनि वा नराखे पनि, जुन सुकै धर्मका भए पनि, जुनसुकै देश, जुनसुकै भाषा भएपनि, विकशित वा अविकशित देशका सबैले धेर थाेर अनुभव गरेका थिए । झन अलि उमेर ढल्किसकेकाहरू, अाफ्ना परिवारमा अाफ्ना प्यारा अाफन्तहरू मरेका छन् भने ती मरेकाहरू अझै कुनै अवस्थामा जीवित छन् कित भन्ने अाशँका गरेका हुन्छन् । काेही काेही झन् तिनै मरेकाहरूलार्इ सम्झेर रूनेहरू त झन् गहिराइमा पुगेर ती मरिसकेकाहरूकाे सम्पर्कमा पुग्न सक्ने सम्भावना हुनेरहेछ । तर त्याे सम्पर्क अर्थ र उपाय नभएकाे अवस्थामा जीवीत मानिस अाफै अस्वस्थ भएका रहेछन् ।

ती मरेका मानिसहरूसँगकाे सम्पर्कहरू विभिन्न सन्दर्भमा प्रत्यक्ष देख्न पाइने वा भिडियाेहरूद्वारा अनुभव गर्नसकिने प्रमाणहरू पेश गरिएकाे छ ।

तर मरिसकेकाहरूसँगकाे सम्पर्क कसरी भयाे भन्नेकुरा यस किताबलार्इ अझै गहिराइमा पढेर थाहा हुन्छ भने मरेकाहरूसँगकाे सम्पर्क साँचाे हाे कि हाेइन भन्ने कुरा ती मरेकाहरूकाे अाफन्त चिने जानेकाहरूले चिनेर बताउने हाे ।

⇐विषय सूचीमा फर्कन

This post is also available in: Nepali