⇐विषय सूचीमा फर्कन

पाठ १.२

सावधानी

यो किताब यदि अचानक, नजानेर, सन्जोगले वा झुक्किएर कसैको हातमा परेको हो भने त्यस्ताले नपढ्नु होला ।

यो किताब विज्ञानको क्षेत्रमा अध्ययन गरेर, चिकित्साशास्त्रको पनि उच्च शिक्षाको अध्ययन र अनुभवहरू गरेर आजसम्म्का विज्ञानशास्त्रहरू, चिकित्साशास्त्रहरूले पत्ता नलगाएका कुराहरूको खोजिको क्रममा भेटिएका जवाफहरूको निचोडका कुराहरूको सँग्रह हो ।

यो किताबमा सृष्टि के हो ? जीवन के हो ? मृत्यु के हो ? र  तेस्रोनेत्र के हो ? भन्ने विषयका चर्चाहरु उल्लेख गरिएका छन् । यो किताबमा उल्लेख गरिएका चर्चा र बिचारहरु मानिसका लागि अती महत्वपूर्ण विषयहरु हुन तर यो किताबमा उल्लेख भएका कुराहरु सुरुमा बुझ्न कठिन छन् । आज सम्मका विज्ञानशास्त्रहरूले, धर्म संस्कारहरूले, समाजका बुध्दिजीवीहरूले गहिराइमा गएर खोज्न र बुझ्न नसकेका कुराहरू अवश्य  पनि जटिल होलान् ।  यदि  मानसिक रुपमा तयार नभएको बेलामा मानिसहरुलाई  अति चाहिने आवश्यक चिजहरुको पनी मानिसहरूले महत्व नबुझ्ने सम्भावना हुन सक्दछन् । त्यसैले यतिकै इन्टरनेटमा अरुनै कुरा खोज्दै गरेको बेला फुर्सद निकालेर अरुनै विषयको चित्रहरु या समाचार पनि एकै छिन हेरेको जस्तो गरेर हेर्ने वा पढ्ने  अथवा समय काट्न गाह्रो भएको बेलामा नजिकमा भएका किताब पत्रिकाहरु यसो पढ्न खोजेको जस्तो गरेर पढ्ने विषय होइन यो किताब ।
आफ्ना चिने जानेकाहरुका सिफारिसबाट यस किताबका बारेमा अलिकति चर्चा सुनिसकेको र आफुलाई पनि यस विषयमा बुझ्न मन लागेर आफ्नै इच्छाले नै यो किताब पढ्ने निर्णय गरेको हुनु राम्रो हो । त्यस्ता इच्छुक पाठकहरुले ध्यान लगाएर, मन लगाएर, मिहिनेत गरेर, पटक पटक पढ्ने किताब हो यो । यस किताबमा उल्लेखित विषयहरु बरु सुन्दै न सुन्नु बेस हुन्छ कित सुनेर वा पढेर पुरा कुरा जानेको हुनु पर्छ । नत्र कुकुर घरको न घाटको भन्ने नेपालीमा उखान छ त्यसैगरी यी विषयका बारेमा अलि अलि मात्र पढेको, अलिमात्र जानेको अवस्थामा कुकुरको हैन मानिसको घरको न घाटको हुन्छ सक्छन् । हामी लेखकहरु आफै पनि कति बर्षसम्म यस्तै घरको न घाटको जीवन विताउन बाध्य भएका थियौँ ।
जुनसुकै मानिसले पनि यो किताब पढेपछि त्यस मानिसको जीवनमा ठुलो परिवर्तन आउने छ । त्यो मानिस अब यस किताब पढ्नुभन्दा अगाडिको जीवनमा कहिल्यै फर्कन सक्ने छैन । यस किताब पढेपछि  हरेक मानिसको जीवन यस किताब पढ्नुभन्दा अगाडि र यस किताब पढेपछिको जीवनमा फरक हुनेछ । आशा छ इच्छुक पाठकहरुले सही कुरा बुझेर जीवनका लागि अति  आवश्यक अमृत प्राप्त गरेर आफ्ना  आफन्त, वरपरकाहरूलाई  सुखी बनाउन सफल हुनु हुनेछ भन्ने चाहना र विश्वासका साथ लेखकहरु तपाईहरूलाई अगाडिका पानाहरूमा स्वागत गर्दछौँ ।
यो किताबको विषयले पाठकमा ठुलो उथल पुथल ल्याउने छ । आफ्नो जीवनमा त्यस्ता उथल पुथल सहन गर्ने कुनै मानिसको मानसिकता तयार छैन वा जीवनमा नयाँ परिवर्तनका चाहना गरिरहेको छैन भने त्यस्ता पाठकलाई यस किताबले विभिन्न कठिनाइका अवस्थामा पुर्याउने छ ।
तर यदि कुनै मानिसहरु, मानिसको जीवनका महत्वपूर्ण कुराहरु बेलामानै, उमेर छँदै बुझ्न चाहना गर्दछन् भने त्यस्ता व्यक्तिहरुलाई यो किताब पढ्ने हिम्मत जुटाउन सुझाव दिन चाहन्छु । यो किताबमा उल्लेखित विषयहरु एकै पटक पढ्दैमा वा आफु  एक्लै पढेर, आफैले मात्र यस्का विश्लेषण, अर्थ लगाउन खोज्दैमा कसैले पनि पूर्ण रुपमा बुझ्न सक्लान् जस्तो लाग्दैन वा पूर्ण रुपमा बुझ्ने सम्भावना नै छैन । त्यसैले यो किताब एक दुइ पटक पढेर वा अगाडिका केही पानाहरु पढेर किताबका सबै कुराहरुका भाव बुझेँ भनेर घमण्ड नगर्न हुन लेखक हार्दिक अनुरोध गर्दछु ।
करिब ३ महिनाभन्दा बढि समयसम्म यस किताब पढिरहेका र केही भाव बुझेका अनुभवि पाठक अनुयायीहरुको सरसल्लाहहरू लिने गरेकाहरूलाई बुझ्न सजिलो हुनेछ । यस्तो गर्न सुझाव दिनुको मतलव हो हरेक नयाँ पाठकले यस किताबको बेलामा नै उचित भाव बुझ्न सकोस् वा अप्ठ्यारो अवस्थामा ती अनुभविहरु मार्फत केही मार्गदर्शन र सुझावहरु पाउने अवसर मिलोस भन्ने हो । मलाइ विश्वास छ आफु भन्दा अगाडि देखि यस किताब पढिरहेका अनुभवि पाठकहरुको विभिन्न सुझावहरुको आवश्यकताहरु हरेक नयाँ पाठकहरुलाई पटक पटक पाइला पाइलामा पर्ने छन् ।
एकै शब्दमा भन्ने हो भने यो किताब पढ्नु भनेको आगोको आडमा पुग्नु वा कुनै कमिला पोलोमा वा माहुरिको घारमा चलाउन जानु जत्तिक खतरा हो । त्यस्ता ठाउमा पुगेकाहरुलाई पोल्ने, टोक्ने सक्ने सम्भावनाहरु हुन सक्लान् । त्यसैगरी यस किताबका विषयका कारण विभिन्न डर, त्रास सृजना हुन सक्ने सम्भावना, कहिले काहीँ शारीरिक कष्टहरु, चोट पटक, परिवारका सदस्यहरुलाई पनि त्यस्तै खालका कष्ट, लक्षणहरु हुन सक्लान् । त्यसैले सधैँ आवश्यक सावधानी अपनाउन लेखक अनुरोध गर्दछ ।
यो किताबमा उल्लेख भएका विषयहरुको भाव बुझ्न सके मानिसको लागि अमृत हो, बेलैमा भाव बुझ्न नसके यो बिष समान हुन सक्दछ ।

यस किताबमा उल्लेख भएका कुराहरु सत्य हुन्, त्यस सत्यलाई जनता र समाज सामु ल्याउने हामी लेखकहरुको सक्दो प्रयास छ र प्रयास जारी रहने छ । तर पाठकले कति बुझ्ने भन्ने कुराहरु पाठकमा नै भर पर्नेछ । बुझ्न चाहना नभएका, पूर्वाग्रह भएका पाठकहरुलाई बुझ्न अवश्य कठिन हुनेछ ।

यस किताबलाई बुझ्न सजिलो होस भनेर विभिन्न विभाजनहरू गरिएको छ ।

१.  छोटकरी भाग – यस भागमा प्रमुख तथ्यहरु राखिएको छ । जुन कुराहरू मानव जीवनका लागि अति महत्जपूर्ण र हरेक क्षण जान्न आवश्यक छन् । यस भागलाई हरेक दिन पढ्नु पर्दछ र घोक्न प्रयास गर्नु पर्दछ । यस छोटकरी भागलाई धेरै पटक पढेर घोकेपछि मात्रै यस किताबका भावहरू बुझ्रन सजिलो हुँदै जानेछ । यस सानो छोटकरी भागमा लेखिएका हरेर कुराहरू मानव जीवनका लागी सुत्र (फर्मुला) समान हुन् । यस  छोटकरी भागमा लेखिएका कुराहरूलेनै पाठकलाई हरेक मानिसको तेस्रोनेत्र हुन्छ भन्ने कुराको ज्ञान  र अनुभव दिन थाल्नेछ, यस सृष्टिमा हामीले नदेख्ने गरेका तर अलिअलि चर्चाहरू गरिने गरेका अदृस्य जीवहरूको, देवीदेवताहरू छन् भन्नेकुराको  ज्ञान र अनुभवहरू दिन थाल्नेछ  ।

यो छोटकरी भाग जुन ई बुक रुपमा छ त्यसलाई  download गरेर स्मार्ट फोन वा कम्प्युटरमा हेर्न मिल्नेछ ।

२.   विस्तृत भाग – यस भागमा  त्यस छोटकरी भागलाई विभिन्न उदाहरणहरू, थप जानकारी दिएर वर्णन गरिएको छ । यस भागमा ती प्रमुख तथ्यहरुलाई थप जानकारी दिएर बुझाउने, उदाहरणहरु देखाउने, त्यस तथ्यका अन्य प्रभावहरु, महत्वहरु, चुनौतीहरू स्पष्ठ पारिदिने कोसिस भएको छ । यस किताबको नाम  ब्रह्मज्ञान-मृत्युलाई चिहाएर हेर्दा भय र मृत्यसँगको सम्पर्क र संघर्षको रस किन राखियो ?, यस किताबले मानव जीवनमा किन महत्वपूर्ण भुमिका खेल्नेछ, सम्पूर्ण मानव सभ्यतालाई चाहिने कुरा यसमा के छ ? भनेर विस्तृतमा बुझाउन खोजिएको छ । मानव जीवनमा गरिदै आएका समस्याहरू, कष्टहरू, रोग तथा लक्षणहरू र तिनका समाधानहरूका बारेमा केहि महत्वपूर्ण तर्कहरू, उपायहरू, प्रमाणहरू, अनुभवहरू प्रस्तुत गरिएका छन् ।

३. केही भागहरू प्रत्यक्ष भिडियोहरूको रूपमा प्रस्तुत छन् जुन कुरा यस किताबको साइटमा वा You Tube and Vimeo मा हेर्न मिल्नेछ ।

४. पाठकहरूले यस किताब पढेर बुझेर आफ्नो   जीवनमा गरेका अनुभवहरू लेखहरू, कविताहरू मार्फत पेश गर्नु भएका सामाग्रीहरू community post pages भन्ने शाखा साइटमा हेर्न सक्नु हुनेछ ।

५. परामर्श- यस किताबलाई अझै गहिरराइमा बुझ्रन मन भएकाहरूले लेखकहरूसँग अग्रिम अनुमती लिएर परामर्श लिन सकिन्छ  अथवा  अन्य अनुभवि पाठकहरू जसले लेखकका किताब पढेर र पटक पटक परामर्श लिएर अनुभवि भएका छन् तिनीहरूसँग पनि अग्रिम अनुमति लिएर परामर्श लिन सकिन्छ । परामर्शको लागि यहाँ जानुस ⇒ consultation pages   

⇐विषय सूचीमा फर्कन

This post is also available in: English