पाठ १.८
आभार धन्यवाद
स्कुल र कलेज पढ्ने बेलाका जीवनबाट ममा पैदा भएको र बलियो हुन थालेका ती जिज्ञासाहरुले आफ्नो सही जवाफ पाउन करिब ३० वर्षको अध्ययन लाग्यो । जीवनको यात्राको क्रममा आफुसँगै एउटै विषय पढ्दै गरेकि यस किताब कि सह लेखिकालाई जीवन साथी मेरी श्रीमतीको रूपमा पाएँ । मेरो यस खोज कार्यमा मेरी श्रीमतीको सँधै अविरल सहयोग र सहभागिताको साथ पाएँ । आज यो कुराहरू समाजमा व्यक्त गर्न सक्ने भएको छु । यस यात्रामा मैलै विभिन्न मानिसहरुसँग सङ्गत गर्ने मौका पाएँ । मेरो परिवारले दिएको लालन पालन र बाल्यकालको शिक्षाले जीवनको मुल्य चिन्न र खोज्न सिकायो । मैले जीवनमा सङ्गत गरेका परिवारका सदस्यदेखि सँगै कामगर्नेहरू, साथीहरू, परिचितहरू, अलिअलि मात्र परिचितहरू सबैबाट प्रत्यक्ष र अप्रत्यक्ष सहयोग पाएको छु । कहिले कहीँ नचिनेकाहरूबाट पनि प्रत्यक्ष र अप्रत्यक्ष गरेर सहयोग मिलेको थियो । कसैले छोटो समयसम्म साथ दिए कसैले अलि लामो समयसम्म साथ दिए । बाटोमा सहयोगका हातहरु थाक्थे । मबाट विश्वास कम भएर होला त्यसैले ती सहयोगका हातहरु पछाडि सर्थ्यो तर तुरुन्त अर्को हात अगाडि आइहाल्थ्यो । यत्रो लामो समयसम्म हात दिएर थाम्न कसैको क्षमता हुँदैन त्यो मलाई थाहा थियो । तर मेरी श्रीमतीको हात कहिल्यै थाकेनन् । सबैको सहयोगले म आज अन्तिममा पुग्न सफल भएको छु । मैले पाएको सहयोगको र साथको लेखाजोखा मलाइ थाहा र याद छ । ती सहयोगका मुल्यहरू मैले कसैको भुलेको छैन । यस्तो कठिन उद्देश्यलाई अगाडि सारेर हिँडेको बेलामा ममा पर्याप्त साधन स्रोतहरु थिएनन् । हुन त म लामो समयदेखि यस विषयको खोजीको तयारीमा थिएँ र यस्को लागि आवश्यक सामाग्रीका साथै आवश्यक आर्थिक बचतको काम गर्दै थिएँ । तर विषय यती अप्ठ्यारो र भयानक खतरा, लामो समयको थियो कि मेरो बचत अपुग हुन गयो । अध्ययनको समय लामो हुन गयो त्यसैले मेरा बचतहरू पर्याप्त भएनन् । बाटोमा थुप्रै मानिसको सहयोग लिन बाध्य थिएँ । मलाई सहयोग पुर्याउनेहरूका कतिजनाका विश्वासहरु पुरा गर्न सकिन होला । आफ्ना व्यवहारिक व्यवस्थापन गर्न तिर नलागेर म सँधै आफ्नै किताबका प्रश्नहरूमा बाँधिएर बस्न र त्यसैका बारेमा मात्र सोच्न बाध्य थिएँ । मैले आफ्नो टाउको ठाडो गरेर आफुलाई र वरपरकालाई हेर्ने फुर्सद कहिल्यै भएनन् । मलाई अरूले के भने होलान् भनेर सोच्न कहिल्यै फुर्सद भएन । म भित्र जलेको आगो, मन भित्रको आसुलाई एक जीवन शैली बनाएर अगाडि बढ्दै गएँ । म विवश थिएँ । म भित्र भएको त्यो भयानक आगो कसैलाई देखाउन मिल्दैनथ्यो र अरू कसैलाई देखाइन । कुनै पनि दिन म भित्रको किताबको बारेमा वा आफ्ना दुःख व्यथाका कुराहरुका बारेमा कसैसँग गरिन । मेरा आफन्तहरू वा साथीहरूले हामीलाई यस किताबका बारेमा यतिका दिनसम्म किन नभनेको भनेर सोध्लान् । त्यो मेरो बचन, प्रतिज्ञा र लडाइ थियो । दिमागमा यस्तो बोझ लिएर हिडेको भएर म अरु जस्तो व्यवहारीक, हास खेल गर्ने, मेल मिलाप गर्ने हुन सकिन । कहिले कहीँ म अरु भन्दा धेरै फरक भएर बसेँ र कहिले कहीँ सँगै हुँदा पनि धेरै टाढा भए जस्तै भएर बस्नु पर्यो । त्यसैले होला मलाई पनि मानिसले चिन्न छोडे । म समाजबाट टाढा भएको अनुभवहरु हुन थालेको अनुभवहरू भएपछि पनि झन म एकान्त रुचाउन बाध्य थिए किन कि मलाई एकान्त समयको अझै अभाव थियो र मलाइ सँधै भरी अझै एकान्त समयको अभाव भइरह्यो । म सँधै एकान्तमा थिएँ कसैको नजिक रहेर पनि टाढा थिएँ । यस विषयलाई बुझ्न, प्रमाणहरू सङ्कलन गर्न र ती जानेका कुराहरूलाई क्रमबध्द गरेर मानिसले बुझ्ने गरेर लेख्न अझ कठिनाई थियो । त्यसैको कारण झन म एकिक्रित हुन आवश्यक थियो त्यसैले मैले एकान्तपन रोजेको थिएँ । एकान्तका समय यति लामो भएछ मैले त अरूले जस्तो गरेर हास्न, बोल्न र सोच्न पनि बिर्सिएछु जस्तो लाग्छ ।
म आफ्नो खोजिको कारण अदृस्य चिजहरूको सम्पर्कमा पुगिसकेको थिएँ र तिनै चिजहरू सँग कसरी बाँचेर फर्कने भन्ने संघर्षमा थिएँ । तिनैकुराहरूको सम्पर्क र घेराउमानै मेरो जीवन बितिरहेको रहेछ र मलाई जीवनभरनै सँधै अज्ञात समस्याहरूको सामना गर्नु परेको थियो । म साधारण परिवारको मान्छे बल्ल बल्ल गरेर डक्टर हुन सफल भएको थिएँ । म डक्टर भएर सफलहुनुमा मेरो व्यक्तिगत जीवनमा, सम्पूर्ण परिवारमा र समाजमा वरपरपनि सफलता र खास गरि आर्थिक सम्पन्नता आउला भन्ने आशा थियो । म भने आफुले प्राप्त गरेको अपूर्ण ज्ञानको साथ लिएर आर्थिक सम्पन्नताको बाटोमा लागुँ कि सम्पूर्ण मानव जातीले भोगिरहेको समस्याहरूको समाधानको खोजिमा लागुँ भन्ने दोधारमा परेको थिएँ र त्यस दोधारमा सम्पूर्ण मानव जातीले भोगिरहेको समस्याहरूको समाधानको खोजिमा लाग्नुनै मानव जीवनभएर जन्मेको सहि काम र अर्थ हुन्छ भन्ने निष्कर्षमा पुगेँ र त्यहि बाटो रोजेँ । तर यस खोजिमा लाग्नु ठुलो आर्थिक भार आईपर्छ भन्ने थाहा थियो र त्यस आर्थिक भार बहन गर्न सक्ने हुन विभिन्न कामहरू गरेर आर्थिक परिपक्कता ल्याउन कोसिस गरेँ । धेरै समय त्यसै काममा खर्च भयो । आर्थिक परिपक्कता पुर्णरूपमा आउन भ्याएको थिएन तर मैले गरेका खोजिबाट आउने समस्याहरू आउन थालिहालेछन् र म पूर्ण तयारी विनानै तिनिहरूसँगको लडाइमा भिडिन पर्यो । यस खोजिका लागि भनेर आजसम्म कुने पनि सरकारी गैर सरकारी सँघ सस्थाहरू सँग एक पैसा लिएको छैन, कुनै व्यस्तिहरूबाट पनि सहयोग स्वरूप एक पैसा लिएको छैन । मैले जानेका विज्ञानका तथा व्यवहारिक ज्ञानहरूको प्रयोग गर्दै अरूमानिसहरूमा पुर्याएको सेवाको शुल्कले नै म यहाँ सम्म आउन सफल भएको छु । सबैकुराहरू आफुले सोचेको जस्तो नहुने रहेछ । आर्थिक भार आफुले सोचेको भन्दा बढि पर्न गयो । आवस्यक परेको अवस्थामा विभिन्न सरसापट श्रृणहरूको पनि सहयोग लिनु पर्ने परिस्थितीहरू आईपर्थे ।
म एक अजिव अचम्मको उद्देस्य लिएर अगाडि बढेको मान्छे हुँ र मेरो लागि मेरा उद्देस्य भन्दा अरू कुनैकुराको चर्चाले मेरो मन र ध्यान तान्न सक्दैनथ्यो । मैले यस यात्रामा विभिन्न मानिसहरूको सँगत कुराकानी लेनदेन सरसल्लाह गर्नु पर्थ्यो । मैले सकेसम्म मेरा ज्ञानका कुराहरूका महत्यका बारेमानै बुझाउने प्रयास गर्दथेँ । तर मानिसहरूको पूर्णरूपमा यस कुराको महत्व बुझ्न सक्नेहरू पाइन । जति कुरा गरे पनि जति कुरा बुझेँ भने पनि तिनिहरूको ध्यान र तिनिहरूले दिने महत्वका विषयहरू भनेको तिनिहरूले गर्ने गरेका काम सम्बन्धिनै थिए । मासु पसलेलाई कुखुरा र खसिको मासुको कुरानै बढि महत्व हुन्थ्यो, जग्गा व्यापारीलाई जग्गाकै बेचबिखनका कुराहरू, पैसा वालालाई पैसाकै लेनदेनका कुराहरू, कपडा पसललाई कपडा किन्ने ग्राहकका कुराहरू, परिवारमा झगडा गर्नेलाई पारिवारिक झगडाकै कुराहरू, अरूलाई शोषण गरिराखेकालाई त्यहि शोषणकै कुराहरू, जीवनमा दुख्ख परेकालाई त्यहि दुख्खका कुराहरू मन पर्थे । धर्म र संस्कारमा तल्लिनहरूलाई त्यहि गर्न पाइन्नकि भन्नेकुराको डर थियो । मैले चाहेर पनि सबैकुरा भन्न बुझाउन सकिन जस्तो लाग्यो । तर पनि ति हरेकसँगका सँगतले मैले केहि न केहि सहयोग पाएको हुन्थेँ, तिनिहरूसँगनै धेरै कुराहरू सिक्न पाएको हुन्थेँ । मैले अन्जानमा र अक्षमताका कारण पुर्याएका दुःखका लागि म सबैसँग हृदयदेखि माफी माग्न चाहन्छु तथा मलाई जानेर नजानेर सहयोग पुर्याउनु भएका समस्त सहयोगीहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । ती सबै सहयोगीहरुसँग म आभारी छु ।
किताब कि सहलेखिका मेरी श्रीमती डा. इन्दु श्रेष्ठलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । उनीको सहयोग बिना यो खोजी कार्य र यस किताबलाई अन्तिमसम्म पुर्याउने क्षमता ममा थिएन । खोजिका क्रममा पर्न आएका बाधाहरु बाट बचेर निस्कन सायद उनिको क्षमताको सहयोग नपाएको भए मेरो जीउदो बाचेर निस्कन पनि सम्भव थिएन । यस विषयलाई सुरूमा खोजेको मैले हो । यस असम्भव कुराहरूलाई सम्भव र सफल बनाएको उनीको सहयोगले हो । उनीमा मानिसको क्षमता र कहिले कहीँ मानिसको क्षमता भन्दा बाहिरको क्षमता पनि थियो । मैले खोजेका कुराहरू उनीबाट सिक्ने मौका मिल्यो ।
This post is also available in: English