⇐विषय सूचीमा फर्कन

Lesson 1.8

आभार धन्यवाद

             स्कुल र कलेज पढ्ने बेलाका जीवनबाट ममा पैदा भएकाे र बलियो हुन थालेका ती जिज्ञासाहरुले आफ्नो सही जवाफ पाउन करिब ३० वर्षको अध्ययन लाग्यो । जीवनकाे यात्राकाे क्रममा अाफुसँगै एउटै विषय पढ्दै गरेकि यस किताब कि सह लेखिकालार्इ जीवन साथीकाे रूपमा पाएँ । मेराे यस खाेज कार्यमा मेरी श्रीमतीको सँधै अविरल सहयोग र सहभागिताकाे साथ पाएँ । आज याे कुराहरू समाजमा व्यक्त गर्न सक्ने भएकाे छु । यस यात्रामा मैलै विभिन्न मानिसहरुसँग सङ्गत गर्ने मौका पाएँ । मेराे परिवारले दिएकाे लालन पालन र बाल्यकालकाे शिक्षाले जीवनकाे मुल्य चिन्न र खाेज्न सिकायाे । मैले जीवनमा सङ्गत गरेका परिवारका सदस्यदेखि सँगै कामगर्नेहरू, साथीहरू, परिचितहरू, अलिअलि मात्र परिचितहरू सबैबाट प्रत्यक्ष र अप्रत्यक्ष सहगाेग पाएकाे छु । कहिले कहीँ नचिनेकाहरूबाट पनि प्रत्यक्ष र अप्रत्यक्ष गरेर सहयोग मिलेको थियो । कसैले छाेटाे समयसम्म साथ दिए कसैले अलि लामाे समयसम्म साथ दिए । बाटाेमा सहयोगका हातहरु थाक्थे । मबाट विश्वास कम भएर होला त्यसैले ती सहयाेगका हातहरु पछाडि सर्थ्याे तर तुरुन्त अर्को हात अगाडि आइहाल्थ्यो । यत्रो लामो समयसम्म हात दिएर थाम्न कसैको क्षमता हुँदैन त्याे मलार्इ थाहा थियाे । तर मेरी श्रीमतीको हात कहिल्यै थाकेनन् । सबैकाे सहयाेगले म आज अन्तिममा पुग्न सफल भएकाे छु । मैले पाएको सहयोगको र साथको लेखाजोखा मलाइ थाहा र याद छ । ती सहयाेगका मुल्यहरू मैले कसैको भुलेको छैन । यस्तो कठिन उद्देश्यलार्इ अगाडि सारेर हिँडेको बेलामा ममा पर्याप्त साधन स्रोतहरु थिएनन् । हुन त म लामाे समयदेखि यस विषयकाे खाेजीकाे तयारीमा थिएँ र यस्काे लागि अावश्यक सामाग्रीका साथै अावश्यक अार्थिक बचतकाे काम गर्दै थिएँ । तर विषय यती अप्ठ्याभयानक खतराकाे थियाे कि मेराे बचत अपुग हुन गयाे । अध्ययनकाे समय लामाे हुन गयाे त्यसैले मेरा बचतहरू पर्याप्त भएनन् । बाटाेमा थुप्रै मानिसकाे सहयाेग लिन बाध्य थिएँ । मलार्इ सहयाेग पुर्याउनेहरूका कतिजनाका विश्वासहरु पुरा गर्न सकिन होला । अाफ्ना व्यवहारिक व्यवस्थापन गर्न तिर नलागेर म सँधै अाफ्नै किताबका प्रश्नहरूमा बाँधिएर बस्न र त्यसैका बारेमा मात्र साेच्न बाध्य थिएँ । मैले अाफ्नाे टाउकाे ठाडाे गरेर अाफुलार्इ र वरपरकालार्इ हेर्ने फुर्सद कहिल्यै भएनन् । मलार्इ अरूले के भने हाेलान् भनेर साेच्न कहिल्यै फुर्सद भएन । म भित्र जलेकाे अागाे, मन भित्रकाे अाँसुलार्इ एक जीवन शैली बनाएर अगाडि बढ्दै गएँ । म विवश थिएँ । म भित्र भएको त्यो भयानक आगो कसैलार्इ देखाउन मिल्दैनथ्यो र अरू कसैलार्इ देखाइन । कुनै पनि दिन म भित्रकाे किताबकाे बारेमा वा अाफ्ना दुःख व्यथाका बारेमा कसैसँग गरिन । मेरा अाफन्तहरू वा साथीहरूले हामीलार्इ यस किताबका बारेमा यतिका दिनसम्म किन नभनेकाे भनेर साेध्लान्। त्यो मेरो बचन, प्रतिज्ञा र लडाइ थियो । दिमागमा यस्तो बोझ लिएर हिडेको भएर म अरु जस्तो व्यवहारीक, हास खेल गर्ने, मेल मिलाप गर्ने हुन सकिन । कहिले कहीँ म अरु भन्दा धेरै फरक भएर बसेँ र कहिले कहीँ सँगै हुँदा पनि धेरै टाढा भएर बस्नु पर्यो । त्यसैले हाेला मलार्इ पनि मानिसले चिन्न छोडे । म समाजबाट टाढा हुन थालेकाे अनुभवहरू भएपछि पनि झन म एकान्त रुचाउन बाध्य थिए किन कि मलार्इ एकान्त समयको अझै अभाव थियो र मलाइ सँधै भरी अझै एकान्त समयको अभाव भइरह्यो । म सँधै एकान्तमा थिएँ कसैकाे नजिक रहेर पनि टाढा थिएँ । यस विषयलार्इ बुझ्न, प्रमाणहरू सङ्कलन गर्न र ती जानेका कुराहरूलार्इ क्रमबध्द गरेर मानिसले बुझ्ने गरेर लेख्न अझ कठिनार्इ  थियाे । त्यसैकाे कारण झन म एकिक्रित हुन अावश्यक थियाे त्यसैले मैले एकान्तपन राेजेकाे थिए । एकान्तका समय यति लामाे भएछ मैले त अरूले जस्ताे गरेर हास्न, बाेल्न र साेच्न पनि बिर्सिएछु जस्ताे लाग्छ ।

                मैले अन्जानमा र अक्षमताका कारण पुर्याएका दुःखका लागि म सबैसँग हृदयदेखि माफी माग्न चाहन्छु तथा मलार्इ जानेर नजानेर सहयाेग पुर्याउनु भएका समस्त सहयाेगीहरूलार्इ हृदयदेखि धन्यवाद दिन चाहन्छु । ती सबै सहयोगीहरुसँग म अाभारी छु ।

किताब कि सहलेखिका मेरी श्रीमती डा. इन्दु श्रेष्ठलार्इ हृदयदेखि धन्यवाद दिन चाहन्छु । उनीकाे सहयाेग बिना याे खाेजी कार्य र यस किताबलार्इ अन्तिमसम्म पुर्याउने क्षमता ममा थिएन । यस विषयलार्इ सुरूमा खाेजेकाे मैले हाे । यस असम्भव कुराहरूलार्इ सम्भव र सफल बनाएकाे उनीकाे सहयाेगले हाे । उनीमा मानिसकाे क्षमता र कहिले कहीँ मानिसकाे क्षमताभन्दा बाहिरकाे क्षमता पनि थियाे । मैले खाेजेका कुराहरू उनीबाट सिक्ने माैका मिल्याे ।

⇐विषय सूचीमा फर्कन

This post is also available in: Nepali