Sushma Bhandari’s Unhealthy Third Eye. Contact with her Late Grand Mothers

सुष्मा भण्डारीकाे अस्वस्थ तेस्राे नेत्र, पितृ हजुरअामा सँगकाे कुराकानी

ओझेलमा परेका अज्ञात रोग र लक्षणहरु:

यी लक्षणहरु समाजमा वास्तबमा चारै तिर भेटिन्छन् तर अज्ञानताको कारण यस लक्षण र रोगको सही परिचय, जानकारी र उपाय आधुनिक मानव सभ्यतामा बर्णन पाइएको थिएन । यसता खालका लक्षणहरुलाई आजसम्मको चिकित्साशास्त्रमा अर्कै रोगसंग दाँजेर मानसिक रोगको संज्ञा दिने गरिएको छ ।

यसो हुनुको कारण आजसम्मको विज्ञान र चिकित्साशास्त्रले बर्णन गरेको मानव शरीरको रचना र त्यसको कार्य (Anatomy and Physiology of Human Body)नै अपुरो अध्ययन र खोजीहरुका किताबबाट निकालिएको निस्कर्ष रहेछन् । आजसम्मको सम्पूर्ण विज्ञान र चिकित्साशास्त्रले मानव जीवनको रचना, त्यसको कार्य, लक्षण, रोगहरु र उपचारका विधिहरु पूर्णरुपमा सही बर्णन दिनसकेका रहेनछन् । एकातिर विज्ञानले गरेको बर्णन अपुरो थियो भने अर्को तिर बिरामी जाच्ने डाक्टरहरु हतारमा भएर होला उहाँहरुको ध्यान यस समस्या र लक्षण तिर पर्याप्त गएन होला ।

यो बिरामी र बिरामीको वरपरका आफन्तहरुका लागी एक खतरनाक अवस्था हो । यसले मृत्युतिर डोर्याउछ ।

बिरामीको नाम: सुष्मा भण्डारी, घर : ढिकुर पोखरी गाबिस, नाउडाँडा, कास्की जिल्ला, गण्डकी अंचल, नेपाल

मानिसको जीवनमा घटेको विभिन्न घटना, रोग र लक्षणहरुको पूर्ण ज्ञान विज्ञान र चिकित्साशास्त्रलाई थाहा रहेनछ । त्यस्तै एउटा उदाहरण यस भिडियो फिल्मका प्रमुखपात्र बिरामीको छ । उनीलाई धेरै बर्ष देखी घांटी दुख्थ्यो रे । संधै पटक पटक औसधी खाँदा खाँदा पनि सन्चो नभएको र यसपटक पनि अति घाँटीको समस्याले उनी पोखराको मणिपाल शिक्षण अस्पतालमा जचाउन गएकी थिइन् । सम्बन्धीत डाक्टरले जांच गरि tonsil को समस्याहो र operation गर्नु पर्छ र गर्ने भए आजै गराउनुस भन्नुभएको थियो रे । तर बिरामी एक्लै गएको, साथमा पर्याप्त पैसा पनि नभएको भएर डाक्टरलाई पछि घरमा सल्लाह गरेरआउछु भनेर आइछन् । त्यसै दिन उनी हामीकहाँ सरसल्लाह परामर्शमा आइन् । हामीले आफ्नो नया तर्क अनुसार जाच्ने प्रयास गर्दा उनीको अस्वस्थ तेस्रो नेत्र खुलेको र उनी मार्फत उनीको करीब १५ बर्षअगाडी मारिसकेकी हजुरआमा बोल्न थालिन् । यी घटनाहरु भिडियोमा खिचिएको छ । यसरी मरेको हजुरआमा बोलिन् तर पछि बुझ्दै जाँदा हजुरआमा पनि यस्तै घाँटीको समस्याले मरेकी रहिछन् । त्यसदिन पनि ती मरेकि हजुरअामाले घाँटी दुखिराखेको छ भन्दै थिइन् । उनीसंग केही कुराकानी गरी वापस पठाइयो । सुष्मा भोलीपल्ट अपरेशन गर्न भनेर पैसा लिएर मणिपाल अस्पताल जाँदा डाक्टरले फेरी जांच गर्दा अपरेशन गर्नु पर्दैन भनेर केही खाने औषधी दिई फिर्ता पठाएको थियो । यस भिडियोमा तिनै हजुरआमा आएर नातिनीको शरीरबाट बोलिन् । यसलाई बुझ्ने प्रयास गर्न अनुरोध गर्दछु ।

 

This post is also available in: English

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.