Swostika Malla’s unhealthy Third eye

On 13.09.2016/ २८ भाद्र २०७३

अाेझेलमा परेका अज्ञात रोग र लक्षणहरु ।

स्वस्तिका मल्ललाई केही दिनदेखि असन्चो छ भनेर आमाले भनेकी थिइन् । केही दिन अगाडी उनी बाटोमा आमासंग हिड्दा एक्लै बोल्ने वा आमासंग झगडा गर्दै हिडेकी थिइन् रे । आमाले केही बेर पछी किन झगडा गरेको भनेर सोद्धा केही कुरा याद नभएको बताईन् रे । यस्तो घटना पटक पटक भएको जस्तो लाग्छ आमाले भनिन् । आजकल यसको बानी अलि फरक भएको छ र झगडा धेरै गर्छे भनेर आमाले भनेकी थिइन् । यो भिडियो खिचेको दिन पनि उनी बिहानदेखी आमासंग झगडा गरेको र आमाले हामी कहाँ ल्याउन खोज्दा मान्दै नमानेको र अन्त्यमा त्यहाँ गएर केही नभन्ने भए मात्र जान्छु भनेर आमालाई कबुल गराएपछी मात्र आएकी थिइन् रे । क्लासमा आमाले डाक्टरसंग कुरागर्न अगाडी जाने बित्तिकै स्वस्तिका आफ्नो बसेको ठाउँमा रुन थालिन् । मैले उनीलाई पनि म भएको ठाउँमा बोलाएँ । उनी आउन मानिनन् । मैले आमालाई पठाएर करगरेर ल्याउन पठाएँ र आमाले करगरी छोरीलाई बोलाएर ल्याइन् । छोरीसंग कुरा गर्दा पछाडी घाँटी दुखेको छ, खुट्टा दुवै दुखेको छ भनिन् र रुन थालिन् । केही दिन अगाडी पनि यसरी नै खुट्टा दुखेर अरुले बोकेर मोटरसाइकलमा चढाउन परेको थियो रे ।

यी लक्षणहरु समाजमा बास्तबमा चारै तिर भेटिन्छन् तर अज्ञानताको कारण यस लक्षण र रोगको सही परिचय, जानकारी र उपाय आधुनिक मानब सभ्यतामा बर्णन पाइएको थिएन । यसता खालका लक्षणहरुलाई आजसम्मको चिकित्सा शास्त्रमा अर्कै रोगसंग दाँजेर मानसिक रोगको संज्ञा दिने गरिएको छ ।

यसो हुनुको कारण आजसम्मको विज्ञान र चिकित्सा शास्त्रले बर्णन गरेको मानब शरीरको रचना र त्यसको कार्य (Anatomy and Physiology of Human Body)नै अपुरो अध्ययन र खोजीहरुका किताबबाट निकालिएको निस्कर्ष रहेछन् । आजसम्मको सम्पूर्ण विज्ञान र चिकित्सा शास्त्रले मानब जीवनको रचना, त्यसको कार्य, लक्षण, रोगहरु र उपचारका बिधीहरु पूर्णरुपमा सही बर्णन दिनसकेका रहेनछन् । एकातिर विज्ञानले गरेको बर्णन अपुरो थियो भने अर्को तिर बिरामी जाच्ने डाक्टरहरु हतारमा भएर होला उहाँहरुको ध्यान यस समस्या र लक्षण तिर पर्याप्त गएन होला ।

यो बिरामी र बिरामीको वरपरका आफन्तहरुका लागी एक खतरनाक अवस्था हो । यसले मृत्युतिर डोर्याउछ ।

आशा छ आगामी दिनहरुमा विज्ञानको, चिकित्सा शास्त्रको, विरामी जाच्ने डाक्टरहरुको ध्यान यस समस्या प्रती जानेछन् र विरामीहरुले उचित उपचार पाउनेछन् ।

 

This post is also available in: English

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.