⇐विषय सूचीमा फर्कन

पाठ ३.१

मानव शरीरकाे रचना (Anatomy of human body)

मानिसको हामीले देख्ने गरेको शरीर तीनवटा विभिन्न शरीर मिलेर बनेको हुन्छ ।
१ — बाहिरबाट देखिने भौतिक तत्वको शरीर हुन्छ —जसलाई स्थुल शरीर  (material body) भनिन्छ ।
२— त्यस बाहिरको स्थुल शरीर भित्र चेतनाको अदृश्य शरीर हुन्छ— जसलाई लिँग शरीर (linga body) भनिन्छ ।
३— त्यस लिँग शरीर भित्र आत्मा शरीर (Atma body) हुन्छ ।
यी तीनवटा शरीर मध्य चेतनाको लिँग शरीर नै मानिसको प्रमुख शरीर हो ।

                         

वर्णन

                 आजसम्म विज्ञान र चिकित्साशास्त्रले मानिसको शरीर एउटा हुन्छ भनेको छ जुन शरीर हामीले देख्न र छुन सक्दछौँ । कुनै स्पष्ट धारणा र प्रमाण दिन नसकेका भए पनि धर्म संस्कारहरुमा मानिसको शरीर दुइवटा हुन्छ भन्ने गरेका छन भौतिक शरीर र आत्मा । तर यो आत्मा भनेको वास्तवमा कस्तो हुन्छ ? यसका रचना कसरी बनेको हुन्छ ? र यसका गुणहरु कस्ता हुन्छन् ? भनेर स्पष्ट बयान र प्रमाणहरु धर्म र संस्कारहरुमा छैनन् । तर यस किताबमा मानिसको शरीर तिनवटा शरीर मिलेर बनेको हुन्छ भनेको छ । यो तर्क नै यस किताबको प्रमुख तर्क हो । त्यसो हुँदा विज्ञान, चिकित्साशास्त्रका सहकर्मीहरु र अन्य मानसिहरु सुरू सुरूमा अचम्म अपठ्यारो अवस्थामा पर्न सक्दछन् । आज सम्म विज्ञान र चिकित्साशास्त्रले अध्ययन र बयान गरेको मानिसको शरीर भनेको यस किताबमा वर्णन गरे अनुसारको बाहिरी भौतिक शरीर (स्थुल शरीर)को वर्णन हो ।

                    यसरी हामीले देख्ने गरेको शरीर तिनवटा विभिन्न शरीरहरु मिलेर बनेको भनेर नयाँ परिभाषा र रचनाको वर्णन गर्दा हालसम्म विज्ञान र चिकित्साशास्त्रमा अध्ययन र वर्णन गरिएका शरीरको रचनामा कुनै परिवर्तन हुँदैन । ती विज्ञान र चिकित्साशास्त्रमा वर्णन गरिएको शरीरको रचना केवल त्यस शरीरको बाहिरी आवरण, स्थुल शरीरको रचनाको अध्ययन र वर्णनहरु हुन् । अब अन्य दुइ शरीर लिँग शरीर र आत्मा शरीरको थप ज्ञान हुन आवश्यक छ । अब अन्य दुइ थप शरीरहरु छन् भनेपछि ती हालसम्म गरिएका भौतिक शरीरको अध्ययन र ज्ञानहरुमा यस नयाँ ज्ञानले के कती थप जानकारी दिन्छ र कति आवश्यक परिवर्तन हुन्छ होला भनेर गहिरिएर अध्ययन हुन जरुरी हुन्छ । पछिका पाठहरुमा यी तीन शरीरहरुको आपसिक सम्बन्धका बारेमा बढी जानकारी मिल्ने छन् ।
त्यसरी हामीले देख्ने गरेको शरीरमा बाहिरको स्थुल शरीर भित्र त्यस्तै अर्को लिँग शरीर हुन्छ । त्यस लिँग शरीरको पनि चेतनाको सबै अँगहरु हुन्छन् । त्यस लिँग शरीरको भित्र एउटा चेतनाको भाग रहेको हुन्छ । त्यसलाई आत्मा शरीर भन्दछन् । जुन चेतना, स्वप्रकाश, शितल, र आनन्द स्वभावको हुन्छ । त्यस आत्माको गुणहरु मध्य एउटा गुण हो स्वप्रकाश । त्यस स्वप्रकाशको गुणमा उर्जा शक्ति रहेको हुन्छ । त्यसैले आत्मा शरीर मानव शरीरको उर्जाको केन्द्र हो । त्यस लिँग शरीर भित्र रहेको आत्माको गुण त्यस प्रकाशको उर्जा शक्तिको प्रयोग गरेर लिँग शरीरले स्थुल शरीरलाई उर्जा शक्ति पुर्याई रहेको हुन्छ र संचालन गरिरहेको हुन्छ । त्यस स्थुल शरीरको सँचालन गरेर त्यस स्थुल शरीरले प्राप्त गरेको सुख वा दुःख, विभिन्न सुविधाको भोग लिँग शरीरले पनि गरिरहेको हुन्छ ।

स्थुल शरीर देखिने शरीर हो । यो एक साधन शरीर हो । यस्को माध्यमबाट शरीरका चाहनाका कार्यहरु पुरा भइ रहेको हुन्छ । तर स्थुल शरीरको आफ्नो चाहना हुँदैन । यस स्थुल शरीरले गर्ने गरेका सबै कामहरुको संचालन, निर्देशन गराउने लिँग शरीरले हो । त्यस स्थुल शरीरले गरेका कामहरुको सबै सुख दुःखको भोग गर्ने लिँग शरीरले हो । त्यस लिँग शरीरले स्थुल शरीरको संचालन, निर्देशन गरेको, सुख दुःखको भोग गरेको यादहरुलाई आत्मा शरीरले आफ्नो चेतनामा सञ्चय गर्दछ । आत्मा शरीर भनेको सञ्चय गर्ने केन्द्र हो । आत्मा शरीरले लिँग शरीरले र स्थुल शरीरले गरेका कामहरुको सुख दुःखको अनुभव गर्दैन । तर लिँग शरीरलाई स्थुल शरीरको संचालानमा आवश्यक चेतना र उर्जाको स्रोत आत्मा शरीरबाट प्राप्त हुन्छ । जस्तै कि कुनै कम्प्युटरको उदाहरण दिउँ । आत्मा शरीर भनेको कम्प्युटरको मेमोरी भाग हार्ड डिक्स हो । लिँग शरीर भनेको त्यस कम्प्युटरको सफ्टओयेरहरु हुन् । त्यस कम्प्युटरमा विभिन्न प्रोग्रामहरु जोडिएको हुन्छ । त्यसै अनुसार त्यस कम्प्युटरले कार्य गर्न थाल्दछ । कम्प्युटर मेसिन भनेको स्थुल शरीर हो । त्यस कम्प्युटर संचालनमा आउन हार्ड डिस्क र उर्जा चाहिन्छ अनि प्रोग्रामहरु चाहिन्छ अनि मात्र कम्प्युटरले काम गर्दछ । त्यसैगरी मानिसको शरीरको पनि संचालनमा लिँग शरीरको चाहना, अनुभवहरु र आत्मा शरीरको चेतना र उर्जाको आवश्यकता रहेको हुन्छ ।

तर अज्ञानताका कारण त्यस लिँग शरीरले अाफ्नाे स्वरूप चिन्न सकेकाे हुँदैन र अाफ्नाे बाहिरकाे स्थुल शरीर वा अाफु भित्रकाे अात्मा शरीरलार्इ देख्न सकेकाे हुँदैन । यसरी बुझ्दै जाँदा मानिसकाे सबै कार्यहरूका कर्ता कार्य त्यस स्थुल शरीरकाे भित्रकाे लिँग शरीरले गरेकाे हुन्छ र कार्यकाे दाेष वा स्यावासी पनि त्यही लिँग शरीरले पाउन हाे ।
उदाहरणकाे लागि एउटा गाडी फ्याक्ट्रिबाट तयार भएर निस्कदा उसको कहाँ प्रयोग हुन्छ भन्ने थाहा हुँदैन । आवश्यक इन्धन र गाडी चलाउने विधिका चेतना चेतना भएको ड्राइभर छ भने त्यस गाडीलाई जहाँ पनि प्रयोग गर्न पनि सकिन्छ । त्यो गाडी चलाउने ड्राइभर त्यस गाडीको मालिक हो । त्यो गाडीको भविष्य अब ड्राइभरको चाहनामा भरपर्दछ । त्यस गाडीले मानिसको लागि आवश्यक औषधी बोक्ने हो कि मानिस मार्ने बन्दुक बोक्ने हो त्यस गाडीलाई केही थाहा हुँदैन । त्यस गाडीले कुनै नराम्रो काम गरेछ वा राम्रो भलो काम गरेछ भने पनि त्यस गाडीले मन दुखाउन वा खुसि हुन जान्दैन । त्यस गाडीको काम प्रति सन्तुष्ट वा दुःखि हुनेहरु त्यस गाडीका ड्राइभरहरु हुन् । कुनै काठको लौरी मानिसलाई उभिन सहयोग पुर्याउन प्रयोग हुन सक्दछ या त्यस लौरी मानिसको खुट्टा भाच्न प्रयोग हुन सक्दछ ।
स्थुल शरीर एक साधन मात्र हो । स्थुल शरीरका भागहरु पनि त्यस्तै विभिन्न साधनहरु मिलेर बनेका हुन्छन् । हाड, मासु, जोर्निहरु मिलाएर एउटा साधन बनेको हुन्छ । लिँग शरीरले आफ्नो अनुभव अनुसार स्थुल शरीर सँचालान गर्ने तरिकाहरु बनाएको हुन्छ ।

⇐विषय सूचीमा फर्कन

This post is also available in: Nepali