Srijana Shrestha wants to be Nagin(Snake)

सृजना श्रेष्ठ, अन्जानमा नागिन बन्ने चाहना

लेखक डा. कमल मान श्रेष्ठ,          पाेखरा,  ७ माघ २०७३

सृजना श्रेष्ठ, घर बाग्लुङ्ग, श्रीमानकाे नाम कमल प्रसाद श्रेष्ठ,  अाफ्नाे जीवनमा एक अज्ञात, भयानक राेग, लक्षण लिएर जीवनलार्इ अकाल मृत्युकाे नजिकमा पुर्याएकाे घटनाहरूकाे सम्झना र यादहरू बाेकेर विवश भएर बाँच्दै हुनु हुँदाेरहेछ ।

उहाँ सँग क्लासमा भेट भएर परिचय गर्ने क्रममा उहाँमा एकदम भलादमी, सभ्य, सफा सुग्घर, मिजासपन थियाे । लामाे समय ४-५ घण्टा सम्म विभिन्न कुराकानीहरू भए उहाँ सँग र अरू उपस्थितहरू पनि उहाँ सँग कुराकानी गर्दा सबै कुराकानीहरू हाेसमा गर्नु भयाे तर केही कुराकानीका विषय र उहाँले गर्ने गरेकाे अनुभवहरू अजिव थिए ।

मलार्इ एकदम रिस उठ्छ र कसैलार्इ माराैँ जस्ताे लाग्छ भन्नु भयाे । छाेराछाेरीहरूलार्इ माया नलाग्ने र अाफ्नाे हाेइन जस्ताे लाग्छ रे । लाेग्नेलार्इ मार्न मन लाग्छ रे र अाफ्नाे मनपरेकाे नाग सँग बिहे गरेर बस्न मन छ भन्ने भावहरू अाउँछ रे मनमा । अाफु सँग सँगै हरियाे रङ्ग गरेकाे नाग अाएर बसेकाे र त्यस नाग सँग माया प्रिती लगाउन मन लाग्छ रे । त्यस नागले छाेएकाे वा टाेकेकाे स्पर्शहरूले अानन्द अाउने गरेकाे भएर यस अनुभवलार्इ उनीले अाजसम्म कसैलार्इ भनेकि थिइनन् रे । तर अाज यस विषयमा बुझ्ने मानिस अगाडी देखेकाे जस्ताे लागेर विश्वास लागेर मात्र भनेकि हाे रे । पटक पटक रिसाउने, झगडा गर्ने र घरबाट निस्केर कताहाे कता जान मन लाग्ने हुन्थ्याे रे  धेरै पटक घरबाट निस्केर हिँडकाे पनि हाे रे । अाफ्नाे लाेग्ने सँग रिसाएकाे बेलामा रिस थाम्न नसकेर बाथरूममा गएर कम्मरमा बाध्ने पेटिले बाथरूमकाे भित्तामा हिर्काएर धेरै बेर भए पछि बल्ल शान्त हुन्छ रे । अझै पनि अाफ्नाे घरकाे वाथरूमकाे भित्तामा पेटिले हानेका डामहरू छन् रे ।

उहाँलार्इ हाम्राे क्लासकाे बारेमा खबर गरिदिएकाे दिपेन्द्र श्रेष्ठले हाे । दिपेन्द्र र सृजना कलेजमा सँगै पढ्ने साथीहरू रहेछन् । त्यसैले सृजनालार्इ कलेज पढ्दा खेरि भएका केही लक्षणहरू यस हाम्राे क्लासमा चर्चा गरिएकाे जस्तै हाे जस्ताे लागेर दिपेन्द्रले अाफ्नाे पुरानाे साथी तर बिहेभए देखि करिब २१ बर्ष देखि सम्पर्कमा नभएकाे साथीलार्इ सम्पर्क गरेर साेधेछ । सृजनामा त्यस्तै खालका बुझ्न नसकिएकाे लक्षणहरू अझै रहेछन् । त्यस्ता लक्षणहरू एक अज्ञात राेग हाे र त्यसकाे उपचार पनि हुन सक्छ भन्ने थाहा भएछ र म सँग परामर्शमा अाउने चाहना भएछ ।

याे अाजसम्म मानवजातीलार्इ अज्ञात रहेकाे तर हरेक मानिसलार्इ प्रभावित पार्न सक्ने राेग र लक्षण हाे रहेछ । यस्ता लक्षण भएका विरामीहरूलार्इ अर्कै राेगकाे नामका सँग दाँजेर गलत नाम र उपचार भइरहेकाे रहेछ ।

अब अर्काे पटक अाउँदा श्रीमानलार्इ पनि साथै ल्याउने सरसल्लाह भएर उहाँ  घर जानु भयाे ।

१३ माघ २०७३, शनिबार, अर्काे पटक श्रीमानलार्इ लिएर सँगै अाउनु भएकाे थियाे । केही कुराकानीमा साथै अाफ्नाे अस्वस्थ तेस्राे नेत्रकाे माध्यमबाट हेर्न खाेज्दा नपत्याउदा नपत्याउदा अाफ्नी मरेकि अामालार्इ देखिन र केही अन्य व्यक्तिहरू पनि देखेकि थिइन । अाफ्नाे अस्वस्थताकाे केही बर्णन अझै थपिन ।

क्रमशः     उहाँकाे उपचारकाे क्रममा भइका प्रगती तथा अन्य खबरहरू पछिका दिनहरूमा थप हुँदै जानेछ ।

 

This post is also available in: Nepali

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.