⇐विषय सूचीमा फर्कन

 पाठ ३.८.१

मृत्युपछिकाे सम्पर्क (Contact after death)

मानव शरीरको मृत्यु भएकाे भनेर हस्पिटलमा विज्ञानका विभिन्न साधन र विधिद्वारा प्रमाणित गरेपछि, मृत्युको आवश्यक प्रमाणपत्र कानुनी रुपमा बनाएर दिएपछि, मृत शरीरलार्इ आफ्नो संस्कार अनुसार जलाएर वा कसैलाई गाडेर आएपछि पनि ती मरिसकेकाहरू पुनः सम्पर्कमा आउन सक्दछन् । त्यो सम्पर्क कुनै भ्रम नभएर वास्तविक हुन्छन् । ती मरिसकेकाहरुले वास्तविक परिस्थिति, वर्तमान समयका कुरा गर्न सक्दछन् । उनीहरुको मृत्युभन्दा धेरै पछिका घटनाका कुराहरु गर्दछन् । मृत्यु पछिका नाताहरु, परिवारका नयाँ सदस्यहरुलाई जस्तै नयाँ बुहारी, ज्वाइँ, नातिनातिनीहरुलार्इ चिन्दछन् । परिवारका सदस्यले गरेको नयाँ कारोवारका बारेमा चिन्दछन् वा उनीहरुले थाहा पाइसकेका हुन्छन् । परिवारका सदस्यहरूका बिचमा कुनै मनमुटाब, झै झगडा त झन् उनीहरूलार्इ स्पष्ठ थाहा हुँदाे रहेछ । यस्ता घटनाका थुप्रै प्रमाणहरु छन् । यस्ता सम्पर्कका अनुभव समाजमा सबैले देख्ने वा अनुभव गर्न नसके पनि कोहीकोही देख्नेहरु, अनुभव गर्नेहरु पनि सही विश्लेषणको अभावमा चुप रहन वाध्य भएका रहेछन् । मेराे यस विषयमा भएकाे खाेजिकाे क्रममा विभिन्न मानिसहरूसँग भेटघाट कुराकानी गरी यस्ता अनुभव गरेका मानिसहरूकाे अनुभव बटुल्नु थियाे । पत्याउदैनन् भनेर यसाे बिस्तार बिस्तारै कुरा काेट्याउनु पर्छ एक छिन पछि यस्ताे अनुभव त हामीले सँधै गरिराखेका छाैँ भन्दथे थुप्रै मानिसहरूले । खास गरेर नेपाल, भारत जस्ता मुलुकका मानिसहरूमा यस्तो अनुभवहरु प्रशस्त रहेछन् । समाजमा घर घरमा, गाउँ, शहर, देश सबै स्तरमा देवी देवता, पितृ, भुत, प्रेत, बोक्सीका कुरा र चर्चा गर्ने चलन छन् । त्यसका लागि विभिन्न विधि र संस्कारहरु गर्ने चलन छन् । तर त्यसको सही परिभाषा दिन कोही तत्पर छैनन् । किनकि कसैसँग पनि प्रयाप्त जानकारी छैन ।
हामी लेखकहरूमा विज्ञानको ज्ञान, चिकित्साशास्त्रको उच्च शिक्षाको ज्ञान, एक चिकित्सक भएर विभिन्न ठाउँहरुमा काम र सेवाहरु पुर्याइ सकेको अनुभव, समाज र अाफ्नाे शिक्षा प्रतिकाे जिम्मेवारी बुझेर आफुले बाेलेकाे लेखेकाे कुराहरू प्रतिबद्धताको, जिम्मेवारीको र त्यसबाट आइपर्ने सबै दोष, आक्रोष, परिणामहरुको सबै मुल्य थाहा पाएर सबैका सामु यस किताब मार्फत भन्न गइरहेका छाैँ कि हामी सबैले देख्ने गरेको मृत्यु पूर्ण मृत्यु होइन । ती समस्त मरिसकेकाहरु कुनै अवस्थामा जीवित छन् । हामीले देख्ने गरेकाे मृत्यु त मानिसकाे लागि एक ठुलाे दुर्घटना मात्र भएकाे रहेछ जीवनमा । त्यस दुर्घटनाका दिनदेखि उसकाे सबै अधिकारहरू हनन् भएछन् । सबै अाफन्तहरू टाढा भएछन् । अाफुले जाेडेकाे सम्पत्तिहरू अर्काले खान थालेछन् । जस्तैः अाफु त सानाे कामले बाहिर गएकाे बाहिरबाट फर्केर अाँउदा घरमा उसका लागि सबै ढाेका बन्द भएछन् जस्ताे भएकाे रहेछ याे मृत्यु त । हामीले देख्ने मृत्यु त त्यस अज्ञात मृत्युकाे शिकार हुनुपर्दा परेकाे अापदमा गुहार माग्न खाेज्दा अाफन्तहरूबाट अावश्यक गुहार नपाएकाे, धाेका पाएकाे दिनकाे सुरूवात रहेछ । तिनीहरु मानिससँग सम्पर्कमा आउन खोज्छन्, कति आइरहेका छन् र लेखकसँग यो तथ्यको प्रमाणहरू छन् । ती मरिसकेको मान्छेहरुका लिँग शरीरहरूको मानव जातीसँग विभिन्न किसिमको सम्पर्कहरु भइरहेका रहेछन् । त्यस्ता खालका सम्पर्कका कारण मानव जातीको जीवनमा कतिपय राम्रा प्रभाव परेका छन् भने कतिपय नराम्रा असरहरु परेका रहेछन् । यस्ता सम्पर्कहरूले मानव जीवनको सबै स्तर पारिवारिक, सामाजीक, आर्थिकका साथ साथै मानिसको स्वास्थमा पनि ठुलो असर पार्ने गरेको रहेछन् । ती अदृश्य चिजहरुसँगको अन्जानमा हुने गरेको सम्पर्कको कारण मानिसमा विभिन्न रोग र लक्षणहरु देखिने र बेलैमा उपचार र गुहार नपाएकाहरु मृत्युलाई अगाल्नु परेको रहेछन् । कहिले कहिले यस्तै कारणहरूले गर्दा हामी डाक्टरहरुले हस्पिटलमा वा क्लिनिकमा पुर्याउन खोजेको सेवा र उपचारकाे उचित फल बिरामीले नपाएको हुन सक्दछन् । हामी आफै चिकित्सकहरू भएको भएर यस्ता अदृश्य चिजको प्रभाव मानव जातीमा स्वास्थमा हानी पुर्याइरहेको लक्षण र प्रमाणहरु देख्न सफल भयाैँ । यस कुरालार्इ जनमानसमा ल्याएर सार्वजनिक गर्नुभन्दा अगाडि हामी आफैले अझै गहिरिएर अध्ययन र अनुभव र जाँचहरु गर्याैँ । यी अध्ययनका बखतमा जम्मा हुन आएका अनुभवहरु कतिपय उपचारका उपायहरु हुन गएका छन् । ती उपायहरुले धेरै मानिसहरुमा उपचार र स्वस्थ हुन पुगेका अनुभव बटुलेका छाैँ । ती कतिपय उदाहरणहरु पछिका पाठहरुमा उल्लेख गर्ने छाैँ । यो कुराहरू रुढिवादी मात्र नभएर प्रमाण सहितको समस्या हो । त्यसैले समस्त आधुनिक विज्ञान, वैज्ञानिकहरु, डाक्टरहरू सँयुक्त रुपमा मिलेर वैज्ञानिक टुङ्गो लगाउनु पर्ने जरुरी देखेका छाैँ । अचानक यसरी अदृश्य शरीर छ, मृत्यु भइ सकेको र डाक्टरले मृत्युको सर्टिफिकेटमा सही गरिसकेको भनेकाहरु अझै जीवित छन्, तिनीहरुसँग सम्पर्कमा आउन सकिन्छ, तिनीहरुको मृत्यु अघि र मृत्युपछिका सन्दर्भका कुराहरु गर्न सकिन्छ भन्ने कुराको प्रत्यक्ष प्रमाणहरु पेश गर्न लेखकहरू तयार छाैँ । लेखकहरूले आफ्नो अध्ययन र खोजीको क्रममा पटक पटक यस्ता अनुभवहरु बटुलेको छाैँ । ती लिँग शरीरहरुले गर्ने कुराहरुको विश्लेषण, प्रकार, कारणहरुको लेखाजोखा गरीसकेको छाैँ । ती मरिसकेकाहरुसँग सम्पर्क भएकाे बेलामा अर्ध चेतनामा रहेका थिए, तर परिवारका खबरहरु पाएका थिए, उनिहरूका आफ्ना इच्छाहरु अझै रहिरहेका थिए, उनिहरूलार्इ पानीकाे प्यास लागीरहेकाे थियाे, खानाको इच्छा र भोक लागिरहेकाे थियाे, जाडोको अनुभव गरिरहेका थिए, अँध्यारोको डर भइरहेकाे थियाे, आफ्ना, आफन्तहरूलार्इ चिन्दथे, कतिपय खबरहरु तिनलार्इ जीवित अवस्थामा थाहा नभएका खबरहरु पनि थाहा भएको थियाे ।

हामी अाफैले अाफ्ना पितृहरूसँग भेट्न सफल भयाैँ भनेर अन्य पाठहरूमा वर्णन गरेका छाैँ । यिनै ज्ञानहरू अन्य अावश्यक मानिसहरूलार्इ व्यक्त गर्दा अन्य मानिसहरूले पनि अाफ्ना पितृहरूसँग भेटेर कुरा गर्न सफल भए । हुन त याे सम्पर्ककाे अवस्था एक अस्वस्थ अवस्था जस्ताे थियाे । तर पनि वास्तविकतालार्इ बुझ्न हिम्मत राख्नेहरूले याे कार्य गर्न सफल भए । याे एक कठिन कार्य हाे । काेही काेही व्यक्तिमा याे क्षमता अगाडि देखिनै खुलि सकेकाे अवस्था थियाे । म पितृहरूसँग कुरा गर्छु भन्ने मानिसहरू थुप्रै भेटिए । तर त्यस्ता क्षमता भएका मानिसहरू अझै अस्वस्थ अवस्थामा थिए र डाक्टर, लामा, झाँक्री, हेराउने कहाँ पुगेर गुहार माग्दै रहेछन् । अझ कति बिरामीहरू अाफ्नाे अस्वस्थ क्षमताकाे सदुपयाेग गरेर हेराउने काम गर्दै गरेकाे देखियाे ।

विज्ञानकाे क्षेत्रमा र चिकित्साशास्त्रका क्षेत्रमा काम गर्ने अन्य सहकर्मीहरूमा याे ज्ञान किन अाएन हामीले बुझ्न सकेनाैँ । वास्तवमा यस्ता अनुभवहरू गरेर अस्वस्थ भइरहेका बिरामीहरू थुप्रै रहेछन् । ती बिरामीहरू अाफ्ना समस्याहरू लिएर उपचारकाे लागि डाक्टर कहाँ पुगेका थिए । तर बिरामीकाे सही अवस्था बुझन सकिएकाे छैन रहेछ । कतिपय बिरामीहरू पितृ, भुत, प्रेतहरूसँग सम्पर्क भएर बिरामी भएकाहरू रहेछन् । डाक्टरहरूले  त्यस्ता बिरामीहरूकाे अवस्थामा निदाउने अाैषधी दिन हतारिनु भन्दा त्यस बिरामीले भनेका कुराहरू गहिरिएर सुनेर ती कुराहरूमा केही सत्यता छन् कि भनेर साेच्न अावश्यक छ ।

पितृहरूसँग सम्पर्क भएर अस्वस्थ भएका बिरामीहरूकाे उपचारका क्रममा पितृसँग भएका सम्पर्क र कुराकानीका प्रत्यक्ष सचित्र (भिडियाे) यस साइटमा लेखहरूमा हेर्न सकिन्छ ।

⇐विषय सूचीमा फर्कन

This post is also available in: Nepali