⇐विषय सूचीमा फर्कन

पाठ ३.७.१

अात्मा शरीर Soul Body(Atma Sharir)

 

अात्मा र अात्मा शरीरमा फरकः   

                                अात्मा शरीर = अात्मा + अावरण प्रकृती

अात्मा ब्रह्ममा पैदा भएकाे तरङ्गकाे भित्रकाे भाग हाे । अात्मा शरीर अात्मा र तरङ्गले बनेकाे अावरणकाे सम्युक्त नाम हाे । अात्मा शरीरमा अनुभवका अावरण थपिदै गएपछि लिँग शरीरहरू बन्दछन् । अात्मामा ब्रह्मकाे गुण हुन्छ तर अात्मा अाफैले अाफुलार्इ म भन्दैन । अात्मा शरीरले अाफुलार्इ म भनेकाे हुन्छ । उदाहरणकाे लागि जस्तै पानीले अाफुलार्इ अाफैले नापेकाे हुँदैन । तर बाेतलमा हालेपछि एक लिटरकाे बाेतल वा दुइ लिटरकाे बाेतल भनिन्छ ।

त्यसैले ब्रह्मका गुणहरु जस्तैः शान्त, अानन्द, स्वप्रकाश र चेतना त्यस आत्मामा हुन्छन् । आत्मा ब्रह्मबाट छुट्टिएको देखिए पनि केही न केही भाग ब्रह्मसँग जोडिरहेको हुन्छ, जस्तैः पोखरीको पानीमा पैदा भएको तरङ्गले पोखरीको पानीलार्इ बाहिरबाट हेर्दा फरक फरक देखिए पनि पोखरीको गहिराइमा ती पानीहरु जोडिएका हुन्छन् र पोखरीको पानीमा पैदा भएको सबै परिवर्तनहरुको प्रभाव पोखरीमा पैदा भएका सबै तरङ्गले फरक बनाएका पानीमा फैलिएको हुन्छ । त्यसैगरी आत्मा र ब्रह्म एक आपसमा जोडिएर रहेका हुन्छन् र दुबै बिचको सबै गुणहरुको लेनदेनको बाटो खुल्ला रहेको हुन्छ । त्यसरी दुबैको बिचमा अबिरल सम्बन्ध रहिरहेको हुन्छ । कुनै आवरणको भाँडा बनेपछि त्यस भाँडा भित्रको आकाश र भाँडा बाहिरको आकाश छुट्टिएर भिन्नै आकाश बने जस्तै आत्मा ब्रह्मबाट अलग भएर बनेको हो । भाँडा जताजता गयो त्यो भाँडा भित्रको आकाश पनि त्यतात्यता जान्छ । त्यसैगरी लिँग शरीर र आत्माको सम्बन्ध रहेको हुन्छ । लिँग शरीर जहाँजहाँ गयो आत्मा पनि त्यहीँत्यहीँ जान्छ । भाँडामा बाहिर फाेहर मैला भएको भए बाहिरबाट हेर्दा भाँडा भित्रको चिज पनि फाेहर मैला होला भन्ने भ्रम पर्दछ । भाँडा सफा सुग्घर भए भाँडा भित्रको चिज पनि सफा सुग्घर होला भन्ने भ्रम पर्दछ । तर त्यस्तो होईन रहेछ । आकाश सबै एउटै हो । आकाश सँधै निश्चल हुन्छ । त्यस भाँडा फुट्ने बित्तिकै त्यस भाँडा भित्रको आकाश ठुलो आकाशमा मिल्न जान्छ र सानो आकाशको कुनै निशान रहदैन । त्यसैगरी लिँग शरीरको आवरणको नष्ट हुन गएमा त्यस भित्र रहेको आत्मा पछि स्वतन्त्र भइ ब्रह्ममा मिल्न जान्छ ।

अात्मामा अनुभवहरू सँचय भएर बसेकाे हुन्छ । आत्माले आफैले कुनै कार्य गर्दैन र कार्यको भोग गर्दैन । सबै कार्य वा कार्यको फलको भोग गर्ने लिँग शरीरले हो । आत्मा आफु दर्शक भएर बसेको हुन्छ, साँक्षी भएर मात्र बसेको हुन्छ ।
आत्मा आफैले केही काम नगरे पनि आत्मा स्वप्रकाश र चेतना सहित भएकोले यस आत्माको गुणलाई उर्जा र चेतनाको स्रोतको रुपमा प्रयोग गरी लिँग शरीरले आफ्नो स्थुल शरीरसँग सम्पर्क, सम्बन्ध र संचालन गरी राखेको हुन्छ । त्यसरी लिँग शरीरले सबै चेतना र उर्जा आत्माबाट प्राप्त गर्ने गर्दछ ।

लिँग शरीरले सबै चेतना, उर्जा आत्माबाट प्राप्त गर्ने गर्दछ र स्थुल शरीरमा प्रवाह गरेर स्थुल शरीरकाे संचालन गरेकाे हुन्छ । उदाहरणको लागि जस्तै कि बिजुलीको तारमा करेन्ट बगिरहेका हुन्छ । बिजुली उ आफ्नो लागि भनेर केही गर्दैन, उ आफै केही भोग गर्दैन तर त्यस बिजुलीको तारमा जोडेर पँखा, रेडियो वा विभिन्न बिजुलीका यन्त्रहरु चल्ने र ती यन्त्रका सुविधाका भोग अरुले नै भोग्ने गर्दछन् । बिजुलीको करेन्टले त्यस  पँखा, रेडियो वा विभिन्न बिजुलीका साधनहरूको भोग र स्वाद लिदैन । तर बिजुलीको करेन्ट बग्न बन्द भएमा यन्त्र जति महत्वपूर्ण भएपनि चल्न छोड्दछ ।

अात्मा, लिँग शरीर र स्थुल शरीरकाे अापसिक सम्बन्धलार्इ एक बिजुलीबाट चल्ने यन्त्रकाे उदाहरण सँग

जाेडेर केही बुझाउन प्रयास माथि गरियाे । अझै यसै उदाहरणलार्इ नै लिएर दाजेर हेराैँ ।

कुनै बिजुलीबाट चल्ने यन्त्र बिग्रन गएमा त्यसका कारण के के हाेलान र मर्मतका उपायहरू के के हाेलान् भनेर हेराैँ । यदि त्यस यन्त्रमा बिजुलीकाे प्रवाह बन्द हुन गएमा  त्यहाँ बिजुलीको करेन्ट बन्द हुन जानुमा विभिन्न कारणहरु हुन सक्दछन् ।
क. बिजुलीको उत्पादन गर्ने ठाउँमा नै बिग्रन गई तारमा करेन्ट नआएको
ख. बिजुलीको तारमा गडबडी भएकोले करेन्ट नआएको
ग. बिजुलीको तार र करेन्टबाट चल्ने यन्त्र वा साधनमा गडबडी भएको

बिजुलीनै नअाएर त्यस यन्त्र नचलेकाे भए त्यस यन्त्रकाे कुनै दाेष भएन । अब कित यन्त्रसम्म अाउने बिजुलीकाे तारमा खराबी हाेला या त यन्त्र भित्रका तारमा खराबी हाेला । यन्त्र भित्रकाे तारकाे मात्र जाँचबाट निकालिएकाे निष्कर्षले त्यस बिग्रेकाे साधनकाे मर्मत कार्य सफल नहुन सक्दछ कहिले काहीँ यदि यन्त्र बाहिरकाे तारमा खराबी रहेछ भने । त्यसैगरी यदि मानिसकाे शरीर तिनवटा शरीर मिलेर बनेकाे रहेछ भने मानिसकाे स्थुल शरीरमा अाएकाे खराबीकाे कारण पनि त्यसैगरी तिनवटा शरीरकाे जाँचपछि गरिएकाे निष्कर्ष नै जायज हुने हाेला । मानव शरीरमा अात्मा उर्जाकाे केन्द्र रहेछ, लिँग शरीर प्रसारण यन्त्र रहेछ र स्थुल शरीर त्यस्तै साना साना तारहरूले प्रसारण भएकाे पाटपूर्जाहरू रहेछन् । मानव शरीरकाे उर्जाकाे खराबीकाे कारण अात्मा वा ब्रह्ममा उर्जाकाे स्राेत कम भएकाे भएर हाेला भनेर नसाेचाैँ । वेदशास्त्रहरूमा उल्लेख भएकाे जस्तै गरेर ब्रह्ममा हजार सुर्यकाे जस्ताे तेज र प्रकाश थियाे । त्याे प्रकाश चारै तिर माथि अाकाश तिर, तल तिर, अगाडि पछाडि, दायाँ बायाँ थियाे । त्यस तेजमा हेर्दा अाँखा पाेल्दैनथ्याे र त्यहाँ अति शान्त र अानन्द थियाे । याे अनुभव हामी लेखकहरू दुबैले गरेका छाैँ । हुन त अात्मामा वा ब्रह्ममा उर्जाकाे स्राेत कहाँबाट अाएकाे हाे भनेर मैले पनि पत्तालगाउन सकिन र त्याे कुराकाे खाेजि गर्न पनि छाेडिसकेँ । हामीले मानव जातीकाे क्षमता भित्रकाे कुरा गर्नु उत्तम हाेला । अब मानव शरीरमा उर्जाकाे प्रसारणमा खराबी अाउनुमा अब कित लिँग शरीरकाे प्रसारणमा खराबी अायाे कित स्थुल शरीरकाे पाट पुर्जामा खराबी अायाे हाेला । स्थुल शरीर र लिँग शरीरकाे सम्युक्त जाँचबाट लिकालिएकाे निष्कर्ष र उपाय मानव शरीरकाे रक्षाकाे लागि उपयुक्त हाेला ।

स्थुल शरीरमा लिँग शरीरले फैलाएकाे संचारकाे जाल लिँग शरीरले अाफ्नाे अनुभवका अाधारमा बनाएकाे हुन्छ । त्यसैले मानिसको यन्त्र नचल्नुको कारण लिँग शरीरमा गडबडी अथवा स्थुल शरीरको भित्रका सन्चारका तारहरुमा गडबडी आएको हुन सक्दछ । त्यसैले मानिसहरुमा हुने गरेका विभिन्न कठिनाई, कष्ट, दुखाई, ज्वरो, रोगका कारणहरू कतै स्थुल शरीरकाे मात्र नभएर लिँग शरीरकाे कारणहरूले पनि हुन्छन् कि ? त्यसैले गर्दा हाे कि  कहिले कहिले बिरामीकाे राेगकाे कारण पत्ता नलाग्नु अथवा कहिले कहिले कारण पत्ता नलागेका अाशा मरिसकेका बिरामीहरू फेरि अाफै सन्चाे हुन थालेकाे अनुभवहरू छन् डाक्टरहरू र बिरामीहरूसँग । डाक्टर कहाँबाट अाशा मरेर लामा झाँक्री कहाँ बिरामी लगेकाे र ठिक भयाे भनेकाे उदाहरण नेपालमा प्रशस्त छन् ।

व्यवहारमा डाक्टर, डाक्टरका महँगा क्लिनिकका ढोकाबाट, हस्पिटलका ढोकावाट असहाय भएर फर्केका बिरामीहरु केही दिनपछि आफै ठिक भएका वा अन्य कुनै अवैज्ञानिक उपायहरु अपनाएर ठिक भएकाहरु हुन्छन् । केही दिनपछि ती बिरामीहरू केही पनि नभएको जस्तो भएर तिनै डाक्टर र तिनका क्लिनिकका अगाडि हिड्दा पनि ती डाक्टरले देखेका भए पनि नदेखे जस्तो गर्नु परेका घटनाहरु थुप्रै छन् । हुन त डाक्टरी पेशा अति मान्य र विना फुर्सदको हुने भएकोले तिनीहरुले आफ्ना सबै बिरामीका अनुहार सम्झन सक्ने सम्भावना कम हुन्छ । त्यसैले उनीहरुलाई हस्पिटलबाट असहाय भएर फर्केकाहरुको पछि के भयो भनेर थाहा नहुन पनि सक्छ । त्यो कहिले कहीँ स्वभाविकै हुन सक्दछ । तर म आफै डाक्टर भएर यस्तै असाधारण चिजहरुको खोजी र अध्ययन गरिरहेको भएर मसँग यस्ता घटनाहरुका थुप्रै उदाहरणहरु सँकलित हुन पुगेका छन् । चिकित्साशास्त्रले हार मान्न बाध्य भएका रोगहरु, कतिपय लक्षणहरुका अर्कै कारण र उपायहरु रहेछन् भनेर केही उदाहरणहरु पेश गर्दैछु । आज आएर म मा ती कतिपय घटनाका सम्भावित कारणहरुको रहस्य खुलेको छ । त्यस्ता कतिपय उदाहरणहरु पछिका पाठहरुमा बिरामीहरूसँगकाे प्रत्यक्ष अनुभवहरू भिडियाेमा (सचित्रमा) उल्लेख गरेको छु ।

⇐विषय सूचीमा फर्कन

This post is also available in: Nepali