DP Introduction test page

यो वेवसाइट हामी डाक्टरहरूका अनुसन्धानका परिणामहरू प्रकाशित गर्ने ठाउँ हो । मानव जीवनका आजसम्म अज्ञात रहेका लक्षणहरू, रोगहरू, समस्याहरू, पारिवारिक तथा सामाजिक सम्बन्धका कारणहरु, समस्याका कारणहरू, सृष्टि हो ? जीवन के हो ? मृत्यु के हो ? तेस्रो नेत्र के हो ? भन्ने वारेमा आजसम्मका विज्ञानले, हस्पिटलका डाक्टरहरूले मानव जीवन सम्बन्धित गरिएका अपूर्णज्ञान तथा त्रुटिहरू के के हुन् ?, संसारभरमा फैलिएर रहेको विभिन्न धर्म सँस्कारहरूले दिने गरेको विचार र विधिहरू के हुन् र तिनिहरूको सत्यता र रूढिवादीहरू के के हुन् ? भन्ने विषयमा उल्लेख गरिएको छ ।                     

यस किताबका लेखकहरू चिकित्साशास्त्रका डाक्टरहरू हौँ  । मानव जीवनमा मानिसहरूले भोग्दै आएका केहि कष्टहरू, लक्षणहरू र रोगहरूका बारेमा उचित जवाफहरू चिकित्साशास्त्रको उच्चशिक्षामा पनि प्राप्त गर्न नसकिएका वा उपलब्ध भएका जवाफहरू पर्याप्त नभएका अनुभवहरू गरिएका थिए । त्यसै भएर त्यस चिकित्शासास्त्रको उच्चशिक्षामा हासिल गरिएका ज्ञानहरूले मानव जीवन र मानव जीवनका स्वास्थका बारेमा कुनै कुनै महत्वपूर्ण विषयमा दिइएका तर्कहरू अपूर्ण भएको जस्तो अनुभव गरिएको थियो । किनकि ती डाक्टरहरूद्वारा दिइएका तर्क, तरिका र विधिहरूले गरिएका उपचार र समाधानका परिणामहरू असफल जस्तै थिए, कुनै कुनै लक्षणहरू, रोगहरुका समाधानका लागि जीवनभर औषधी खानु पर्ने विधि र सुझावहरू दिइएका हुन्थे, कुनै कुनै लक्षणहरू किन आउँछ र किन जान्छ त्यस्को कारण डाक्टरहरूलाई थाहा छैन र जनताहरू पनि कतिपय रोगहरुका उपचारका लागी डाक्टरकहाँ जानु हुँदैन भन्दै अन्य तरिकाहरू अपनाउने चलन हुन्छन् । त्यसैले ती अपूर्णज्ञानका तर्क, तरिका र विधिहरूका साथ लिएर ती विरामीहरूको समस्याको समाधानका बारेमा अल्पज्ञानका सरसल्लाहहरू दिन उचित लागेन र हामी तीनै समस्याहरूका जवाफहरूका खोजिकालाई अझै गहिराइमा गएर अध्ययन र खोजिहरू गर्यौँ । हामी लेखकहरूले गरेका तिनै अध्ययन र खोजिहरूका परिणामहरूलाई यस किताबमा प्रस्तुत गरेका छौँ । हामीले गरेका ती अध्ययन र खोजिका परिणामहरूलाई यस किताबमा पाठहरू, लेखहरू, अनुभवहरू, भिडियोहरुद्वारा प्रस्तुत गरेर लेखकहरूले केही कुरा भन्न र देखाउन खोजेका छौँ  जुनकुरा विज्ञानशास्त्रहरू, चिकित्साशास्त्र र हरेक मानिसहरूसँग सम्बन्धित छन् ।

मानिसहरूले भोग्दै आएका अज्ञात रोगहरू, लक्षणहरू र समस्याहरू

पितृ, देवीदेवता, भुत प्रेतहरूसँगको सम्पर्कबाट अस्वस्थ अवस्थाहरूका प्रत्यक्ष उदाहरणहरू

यी माथीका भिडियोहरूमा देखाइएका मानिसले भोग्दै आएका समस्याहरूका कारणहरु र समाधानहरू के कसरी होलान् त ?

हामीले केहि कुराहरू प्रस्तुत गर्न खोजेका छौँ । जुन कुराहरु केवल कुराहरु मात्र नभएर त्यस कुराहरुका प्रमाणहरू समेत लिखित तर्क, अनुभव र घटनाहरूका प्रत्यक्ष भिडियोहरू समावेश गरेका छौँ । हाम्रो भिडियोहरू नहेरिकन त अझ हामीले भन्न खोजेका कुराहरूमा विश्वास नलाग्न सक्दछन् । त्यसैले हामीले भन्न खोजेका कुराहरुमा कुनै नराम्रा नराम्रा प्रतिक्रिया दिनु भन्दा अगाडि हामीले प्रकाशित गरेका भिडियोहरू हेरिदिनहुन अनुरोध गर्दछौँ । 

विज्ञानशास्त्रहरू र चिकित्साशास्त्रसँग सम्बन्धित अपूर्णज्ञानका कुराहरु

१.  ओझेलमा परेका अज्ञात रोगहरु: 

            मानव समाजमा केही लक्षणहरु र रोगहरु रहेछन् जसका  बारेमा आधुनिक विज्ञान, चिकित्साशास्त्रमा परिचय, नामाकारण र वर्णन गरिएको छैन रहेछ । त्यस्ता लक्षण र रोगहरु भएका बिरामीहरु डाक्टरहरुको गलत उपचारको कारण भयानक कष्टको जीवन बिताएर अकाल मृत्युमा पर्नु परेका रहेछन् । त्यस्ता रोगहरू, लक्षणहरू र उपचारका विधिहरू बारेमा यो किताब उल्लेख गरिएको छ । 

            चिकित्साशास्त्र क्षेत्रमा मानिसहरूले केहि लक्षणहरूका उचित, पर्याप्त  उपचार नभएका अनुभवहरू गर्ने गरेका हुन्छन्, जस्तै कतिपय डिप्रेसन भनिएका लक्षणहरू, सिजोफ्रेनिया भनिएका लक्षणहरू, स्प्लिट पर्सनालिटी भनिएका लक्षणहरू, राती निन्द्रा नलाग्ने, राती निन्द्रा खुलेपछि धेरै बेर सम्म निदाउन नसक्ने, नराम्रा सपनाहरू देख्ने, सपना देखेर झस्कने, निन्द्रामा कराउने, निन्द्रामा कसै सँग बोल्ने, निन्द्रामा हिड्ने, दिउसो होसमा ननिदाएको वेलामा पनि एक्लै बोल्ने, रिसाइराख्ने, झगडाहरू गरिराख्ने, रिसाउदा वा झगडा गर्दा होस नपाउने, काम्ने, देवीदेवताहरू वा पितृहरू आएर बोलेको भन्ने लक्षण भएकाहरू । यी लक्षणहरूका वास्तविक कारणहरू, तर्कहरू, तरिकाहरू र उपचारका विधिहरू विज्ञानले र चिकित्याशास्त्रले वयान गरेको र आज सम्मका धर्म, संस्कार र समाजमा मानिदै आएका तर्क भन्दा फरक रहेछन् ।

           समाजमा अविकशित मुलुक देखि सबै विकशित मुलुकमा पनि मानिसहरूमा विभिन्न लक्षणहरू हुँदा विज्ञानले त्यस्को सहि जवाफ र उपायहरू दिन नसकेको अवस्थामा मानिसहरू अन्य असाधारण क्षमताहरू भएकाहरु कहाँ जाने, एक्ट्रासेन्स भएका भनिनेहरू कहाँ जाने, हेराउने वा भविष्यवाणीहरू गरिदिनेहरू कहाँ जाने देखि पितृ, भुत, प्रेत, बोक्सी लागेको छ भनेर अन्य उपचार र समाधानका उपायहरू खोज्ने चलनहरू हुन्छन् । कतै ति चलनहरू कम होलान् भने कतैकतै अलि बढि होलान् । कतैका मानिसले राहत अनुभव गरे होलान् कतैकाले राहतका अनुभव गरेनन् होलान् । आधुनिक विज्ञान र देशको कानुनले  बैधानिकता नदिएका, नमानेका कुराहरू, त्यस्ता कुराहरू गर्दै हिड्ने व्यक्तित्वहरू र तिनका उपायहरूका पछि पछि लाग्दै मानिसहरु समाजमा अझै पनि छन् र कहिले कहिले त झन् सामाजिक चर्चा, शोषणका साधन बनेका जस्ता उदाहरणहरू देख्न वा सुन्नमा आउँछन् । यो के हो त ? यस्ता कुराहरूमा सत्यता वा झुठा के छन् भन्ने बारेमा बुझ्न आवश्यकता छ र यस किताबमा त्यस विषयमा केहि तर्कहरू पेश गरिएका छन् ।

३. तेस्रो नेत्र के हो ?

            हरेक मानिसको तेस्रो नेत्र हुँदो रहेछ । मानिसहरूलाई यो कुरा थाहा थिएन । तेस्रो नेत्र अज्ञानतामा अस्वस्थ अवस्थामा रहेको हुँदोरहेछ । यस कुरालाई आज सम्मका विज्ञानका शास्त्रहरूले वा चिकित्साशास्त्रले चिन्न, बुझ्न, पत्ता लगाउन सकेका रहेनछन् । यो अज्ञानताका कारण मानिसमा विभिन्न रोग, लक्षणहरू भोग्नु परेको र समाजले अन्योलतामा गलत निर्णयहरू लिनुपरेको रहेछ । मानिसहरु यस्ता अनुभवहरू, लक्षणहरू र यसबाट उत्पन्न भएका समस्याहरू लिएर उपचारका लागी भनेर डाक्टरहरू कहाँ पुगेका थिए । यस्ता समस्याहरू विकशित भनिने वा अविकशित भनिने संन्सारका सबै देशका मानिसहरूले अनुभव गरेका थिए र अझै गर्दैछन् । झन मानिसहरूमा भएको त्यस तेसोनेत्रको लक्षणहरू र त्यसबाट उत्पन्न भएका समस्याहरूलाई विज्ञानशास्त्रका वा चिकित्साशास्त्रका डाक्टरहरूले अर्कै रोगको सँज्ञा दिएर गलत परिचय, गलत नाम र गलत उपचारका विधिहरू अपनाएर विरामीहरूको जीवनलाई झन कष्टमय बनाएका रहेछन् । अझै पनि मानिसहरू उपचारका लागि विभिन्न बाहानामा लामा, झाँक्री, झारफुक, पण्डित, पादरीहरु कहाँ किन जान्छन् ? यस्ता केहि तेस्रोनेत्रका चर्चाहरू मानव जीवनका हरेक गतिविधिहरूसँग र चिकित्साशास्त्रसँग सम्बन्धित छन् कि छैनन् भन्ने कुराहरू यहाँ यस किताबमा पढ्न बुझ्न पाइन्छ । के तेस्रो नेत्र भन्ने हुन्छ त ? यस बिषयमा चर्चा, वर्णन र उदाहरणहरु प्रस्तुत गरेका छौँ ।

 तेस्रो नेत्रका अनुभव गरिसकेका केहि अनुभवीहरू   तेस्रो नेत्र खुलेका मानिसहरू 

४. मानिसको अपूर्ण मृत्यु 

            मानिसको हामीले देख्ने गरेको मृत्यु एक अपूर्ण मृत्यु मात्र हो रहेछ । मानिसहरू मरे पछि पनि केही अपुर्ण भ्रमका चेतना सहित जीवित रहेका हुँदा रहेछन् र त्यस अज्ञानताको अवस्थाबाट पार पाउन आफ्ना नजिकका छोरा छोरी, नातेदार, इष्टमित्र, साथीभाई वा अन्य सम्बन्धितहरूसँग सम्पर्कमा आइ गुहार मागिरहेका हुँदा रहेछन् । त्यसैले मानिसहरूले मरेका मानिसहरूसँगको सम्पर्कको अनुभवहरू आफ्नो आफ्नो तरिकाले गरिरहेका रहेछन् ।

            आज सम्म मानिसको मृत्युका बारेमा गरिएका वर्णनहरू र मृत्युका बारेमा गरिएका कार्यहरू अपूर्ण रहेछन् । मानव जीवनका बारेमा सबैभन्दा बढि जिम्मेवारी पाएका र त्यस जिम्मेवारीलाई सकेसम्म पुरा गर्ने प्रयास गर्नेहरू भनेका डाक्टरहरू हुन् । मानिसको उपचारको क्रममा उपचारका प्रयासहरू असफल भएपछि मानिसको मृत्यु हुन्छ । त्यस मृत शरीरलाई अब के गर्नु पर्छ भन्ने निर्देशन डाक्टरहरुले दिने चलन छैन र डाक्टरलाई सोध्ने चलन पनि छैन । सबै मानिसलाई आफ्नो आफ्नो संस्कार अनुसारको कार्यहरु गर्न छुट छ । मृत्युपछि कानुनी रुपमा मृतकको अधिकारको हस्तान्तरण हुन्छ । मृतकको सम्पतीहरु हकवालालाई दिने कानुनी दायरा र प्रक्रिया छ । मृतकको लागी भनेर अझै केही गर्नु पर्ने, अधिकार सुरक्षित गर्नु पर्ने वा उसको सम्पत्तिको भाग अंश छुट्याएर राख्नु पर्ने, मरिसकेकाहरुलाई खाना दिनु पर्ने, पिउन दिनु पर्ने, कपडा ओड्ने ओछ्याउने दिनु पर्ने सुझाव कुनै अधिकारिक रुपमा डाक्टरहरू वा कानुनहरूबाट कसैले दिएका छैनन् । मरेकाहरुलाई सम्झना गर्ने भनेको हरेक जीवितहरुको मृतक प्रतिको सम्बन्ध हो । त्यो मृतक प्रतिको सम्बन्ध भनेको हरेक मानिसहरुका लागि समान हुँदैन । मरेकाहरु मध्ये कसैलाई छिटो भुल्लान् कसैलाई धेरै दिन सम्म सम्झलान् । ती हस्पिटलका डाक्टरहरू र कानुनले गर्ने गरेका कार्यहरू र कुराहरुले के स्पष्ट पार्दछ भने विज्ञान, डाक्टर र कानुनले मानिस मरे पछि उसको अस्तित्व र अधिकार सिद्धियो भनेको हो । तर हरेक मृतकको लागि हरेक संस्कारहरुमा अझै केही कार्यहरु गरिन्छन् । ती कार्यहरु संस्कार अनुसार फरक फरक हुन्छन् । तर केही कुराहरु सबै संस्कारहरुको एक आपसमा मिल्न आउंछन् । हरेक संस्कारहरूमा मरिसकेकाहरुसँगका सम्पर्कका बारेमा चर्चा गरिएका छन् र मरिसकेकाहरुलाई खान दिने, लाउन दिने, तिनीहरुसंग केही भाव देखाउने चलनहरू छन् । कसैले मरेकाहरुलाई बोलाएका छन् भने कसैले झन् टाढा लान खोजेका छन् । तर यस्ता चलनहरुले भन्न खोजेको के हो भने मृतक अझै कुनै अवस्थामा जीवीत छ । त्यसैले ती संस्कारहरूमा मरेकाहरुको चाहना र इच्छा पुरा गर्ने प्रयास भइराखेको छ, त्यस मरेकाहरुलाई शिक्षा दिन खोजिएको छ र जीवीतहरूलाई पनि मरिसकेकाहरुसंग कस्तो सम्बंध राख्ने भरेर केहि शिक्षाहरु दिन खोजिएको छ । तर संस्कारहरुमा  यी कार्यहरु गर्दा विश्वास गरेको हो कि नगरेको हो जस्तो दोधार हुँदै गर्ने गरेको देखेको छु । यी कार्यहरु सही र सत्य हुन् भनेर प्रमाणित रुपमा कसैले देखाउन सकेका छैनन् भने नकार्ने हिम्मत कसैले गर्न सकेका छैनन् । ठुला ठुला विज्ञानका तर्कदाता, भौतिकवादी वैज्ञानिकहरु पनि जीवनको अन्त्य तिर आइपुग्दा आफ्नो विज्ञानको तर्कमा अडिग हुन नसकेर पग्लन थाल्दा रहेछन् र संस्कारको रुपमा भने पनि आफ्नो लागी पनि मरेपछि गरिने यी सबै खाने, लाउने क्रियाहरू गरिदिनु भनेर व्यवस्था र बजेटको प्रबन्ध गर्ने गरेका हुँदारहेछन् । ती डाक्टर र विज्ञानका दाताहरुले गरेका कार्यहरु अरुको लागी ठिकै भएछ कसैले आपत्ति जनाएनन् । तर मलाई यो मान्य भएन । म एक विज्ञानको छात्र, त्यो विज्ञानको भौतिकवादी तर्कहरुको किताब पढेर र त्यस्मा विस्वास गरेर म आफु भौतिकबादी बनें तर ती विज्ञानका किताब लेख्ने लेखकहरू, विज्ञानका प्रोफेसरहरु, विज्ञान पढाउने गुरूहरु, डाक्टरहरु यो संसार भौतिकवाद हो भनेर अरु मर्दा केहि गर्नु पर्दैन भन्नेहरु सबै त मरेपछि मलाई पनि पानी चढाई देउ, खानेकुरा दिदै गर भन्दा रहेछन् । जीवनभर धर्म र संस्कारका तर्कहरू र त्यस धर्म संस्कार मान्नेहरूलाई रूढिवादी भन्नेहरूलाई पनि मरे पछि तिनै रूढिवादी पण्डित, पादरी, मौला, लामाहरूको विधिको आवस्यकता पर्दोरहेछ त । यसरी जीवनभर भौतिकवादी बनेर काम गरेका र अरुलाई त्यस्तै गर भनेर शिक्षा दिने विज्ञानका दाताहरू र डाक्टरहरु आफु मर्ने बेलामा अध्यात्मवादी बन्दा रहेछन् वा अध्यात्मवादीहरूका सेवा सुविधाको उपयोग गर्दा रहेछन् । यस्ता कार्यहरू एकजनाले होइन सबै वैज्ञानिकहरू, उपचार गर्ने डाक्टरहरू र समाजका भौतिकबादी भनिनेहरूले गरे र अझै त्यसै गर्दारहेछन् । यो त दोहोरो दोधारे कुरा भयो । यो त ठुलो धोका हो विज्ञानको लागी, विज्ञानका बिद्यार्थीहरुका लागी, आफ्ना आफन्तका लागी र विरामीहरु र अन्त्यमा आफ्नै लागी पनि धोका हो । जीवन र मृत्यु जस्तो मानिसको सबैभन्दा प्यारो र महत्वपूर्ण बिषयमा झुटो बोल्नु, ख्याल ख्याल गर्नु र धोका दिनु हुँदैन ।

       मानिसको हामीले देख्ने गरेको मृत्यु अपूर्ण हो रहेछ र मरिसकेका मानिसहरू कुनै अवस्थामा अझै जीवीत हुँदारहेछन र तिनीहरुले जीवीतहरूलाई देख्दा रहेछन्, चिन्न सक्ने, कुराकानी गर्न सक्ने, माग्न सक्ने, सुझावहरू दिन सक्ने अवस्थामा हुँदा रहेछन् र जीवित मानिसहरुका सम्पर्कमा आउन खोजेका हुँदारहेछन् । जीवीतहरूपनि मृत्यु के हो भनेर चिन्न नसकेर मृत्युले मानिसको आफ्नो जीवनमा, आफन्तमा, नजिकका चिनेजानकोहरुका जीवनमा एक ठुलो अज्ञान दुर्घटना ल्याउने गरेको रहेछ । मृत्युलाई सम्झेर डराएर बसेको, मृत्यु पछिको आफन्तमा परेको शोक, रूवाबासी, बिछोड वियोग भन्दा ती मरेकाहरूले बढि दु:खको, डर, त्रास, भय, भोक, प्यास, चाहना, माया, बिछोड, इर्स्याका अनुभवहरू गरेका हुँदारहेछन् ।

           मानिसको हामीले देख्ने मृत्यु अपूर्ण रहेछ भनेर यस किताबमा लिखित रुपमा लेखिए पछि त्यसका प्रमाणहरू पेश गर्न सक्नु हामी लेखकहरूका जिम्मेवारी पर्न आउँछन  विज्ञानका लागी आवश्यक तर्कहरू र प्रमाणहरू विज्ञानका आधिकारिक विभागहरू तथा सँगठनहरू द्वारा हाम्रो परामर्शको केन्द्र क्लास वा क्लिनिकमा विधिगत सम्पर्क तथा सोधपुछ भएमा र विधिवत जवाफहरू उपलब्ध गराइने छन् ।

            यस बिषयमा मृत्युको सही वास्तविकता के हो ? किन मानिसहरु मृत्यु शब्दसंग डराउछन् ? मृत्युसंग अन्य धेरै सम्बन्धित कुराहरुको चर्चा र वर्णन यस किताबमा गरिएको छ ।

मानिसले मृत्युका कुराहरू नबुझेको भएर विभिन्न रोगहरू, लक्षणहरू र समस्याहरू भोग्नु परेको अवस्थाहरू रहेछन् ।

६. सृष्टि के हो  ?

            सृष्टि के हो ? भन्ने बिषयमा आधुनिक विज्ञानले दिएको तर्कहरु सबै पर्याप्त छैन रहेछ । सृष्टिका बारेमा वायोलोशास्त्र, फिजिक्सशास्त्र तथा केमेष्ट्रिशास्त्रहरुले दिएको वर्णन अनुसार यो संसार भौतिक तत्वहरूबाट बनेको हो जस्तै अणु, परमाणु, इलेक्ट्रोन प्रोटोन, न्युट्रोनहरू । अरू त्यसभन्दा सुक्ष्म कुराहरू पत्ता लाग्न सकेको छैन प्रयासहरू भइरहेका छन् तर त्यस सृष्टिको अपूरो बयानलाई वेदशास्त्रहरूमा दिइएको तर्कहरूले केही थप जानकारी दिएको रहेछ । सृष्टि के हो ? कसरी सृष्टिमा ती अणु, परमाणुहरू बनेका हुन् भन्ने तर्कहरू छन् ।  त्यही वेदशास्त्रहरूमा दिइएको नयाँ तर्क र प्रमाणहरू मानव जीवनसँग सम्बन्धित भएका तथ्यहरूलाई यहाँ प्रस्तुत गरिएको छ ।

७. जीवन के हो ?

               जीवन के हो ? भन्ने बिषयलाई जीव विज्ञान र चिकित्साशास्त्रहरुद्वारा  दिइएको तर्क र परिभाषाहरु (Anatomy and Physiology of Human Body) अपुरा रहेछन् ।  यस बारेमा केही नयाँ तर्क र प्रमाणहरु पेश गरिएको छ ।

धर्म र सँस्कारसँग सम्बन्धित अपूर्णज्ञानका कुराहरु

१. धर्म भनेको के हो ?       संस्कार भनेको के हो ?       वेदशास्त्र भनेको के हो ?

          मानिसहरूले समाजमा सृष्टि, जीवन, मृत्यु र तेस्रोसँग सम्बन्धित गरेर विभिन्न तर्कहरू, विधिहरू, उपायहरू बनाएका हुदाँरहेछन् । तर सृष्टि के हो ?, जीवन के हो ? मृत्यु के हो ? र तेस्रो नेत्र भनेको के हो ? भनेर मानिसहरूले लगाएको सुरूको परिभाषा नै अपूर्ण परिभाषा वा कहिले कहिले गलत परिभाषाहरू लगाएका हुँदारहेछन् र सृष्टि, जीवन, मृत्यु र तेस्रो नेत्रका बारेमा गरिएका विधि, उपायहरू गलत हुन जादो रहेछ । त्यसैले मानिसले गर्दै आएका धर्म सँस्कारका कतिपय विधिहरू गलत र रूढिवादी हुन जादोरहेछन् । जीवनको महत्वपूर्ण यात्रामा आफ्नो लागी र आफन्तका लागी गरिएका कार्यहरू रूढिवादी छन् कि छैनन् भनेर बुझ्न मन लागेका, आफुलाई बौध्दिक मानिस हुँ भन्न मन पराउनेहरूले यस किताबका तर्कहरू बुझ्न कोसिस गर्नु उपयुक्त हुनेछ ।

२. बाटो बिराएका वेदहरू

          वेदशास्त्रहरू भनेको के हो ? मानव जीवनमा वेदशास्त्रहरुले के कुरा भन्न खोजेको छ । आजसम्म हामीले गरिआएका धर्म सँस्कारका तर्क विधिहरू मानव जीवनका लागी उपयुक्त छन् त ? के ती विधिहरू वेदशास्त्रहरु कै तर्क अनुसारका छन् त ? यस किताबका लेखकहरूको आफ्नो चिकित्साशास्त्रको र विज्ञानको खोजिको क्रममा सृष्टि, जीवन, मृत्यु र तेस्रो नेत्रका बारेमा उपयुक्त जवाफहरू विज्ञानका किताबहरूमा नभएकाे भएर अन्य स्रोतहरूमा पनि खोजिगर्ने क्रममा वेदशास्त्रहरूका पनि गहिरिएर अध्ययन गर्नु पर्यो । विज्ञान, चिकित्साशास्त्रहरूले भन्न नसकेका कुराहरूका जवाफहरू वेदशास्त्रहरूमा लुकेर बसेकाे रहेछ र त्यही वेदशास्त्रहरूका अर्थ तर्क अनुसारका विधिबाट मानव जीवनका अज्ञात रोगहरू, लक्षणहरू र समस्याहरूका समाधानका उपायहरू निस्कियो तर थाहा पाइयो कि वेदशास्त्रहरूका कुनै कुनै तर्क, विधिहरूले बाटो विराइसकेको रहेछ । त्यसो भए वेदशास्त्रहरुको प्रमुख तात्पर्य के हो त ? वेद शास्त्रहरुका तात्पर्य के हुन यस किताबमा तर्क, अर्थ, अनुभव, प्रमाण सहित प्रस्तुत गरिएको छ ।

      यी वेदशास्त्रका कुराहरू हरेक मानिसहरू सँग सम्बन्धित छन्, हरेकले ती वेदशास्त्रका कुराहरूलाई आफ्नो आफ्नो तरिकाले खोजि, अर्थ र बिधिहरु बनाएका हुन्छन । तर वास्तबिकतामा सहि कुरा के हो भनेर बुझ्ने मौका कम मिल्दछ। फेरि धर्म, संस्कार, वेदशास्त्रहरू भनेर थुप्रै किताबहरु हुन्छन । कुन किताब पढ्नु पर्ने हो ? कुन कुरा सहि हो ? कुन कुरा गलत हो ? भनेर छुट्याउन असम्भव जस्तै छ ।

        पुराना धर्मशास्त्रहरू वा वेदशास्त्रहरूको भनाइहरु, अर्थहरु, तर्कहरु, सुझावहरु र विधिहरूको नाम दिदै आजका धर्म र संस्कारहरू चलेका रहेछन् । तर हाल व्यवहारिकतामा वेदशास्त्रको मार्गमा हिड्न सिकाइने विधिहरू, काम गराइ तरिकाहरू वेदशास्त्रहरूको भनाइहरु, अर्थहरु, उपदेशहरू र भावहरू  वास्तविक भावहरू भन्दा धेरै पर पुगेका रहेछन् । त्यसैले आजको समाजमा चलिरहेका कतिपय अर्थहरु, तर्कहरु, विधिहरूलाई वेदले बाटो बिराएको भनिएको हो । हुनत वेदले आफैले जानिजानि बाटो बिराएको त होइन होला ।  वेदलाई बाटो बिराउने गरि डोर्याउनेहरु वेदशास्त्रका ज्ञाताहरू तथा त्यस्तै धर्म सँस्कारका शिक्षाहरू दिने गुरूहरू होलान् । तर अब यस किताबको ज्ञान द्वारा  वेदशास्त्रहरुको सही अर्थहरु, तर्कहरु र सुझावहरु बुझेर यस वेदशास्त्रहरु द्वारा सृष्टि, जीवन, मृत्यु र तेस्रो नेत्रको वास्तविक अर्थहरु बेलैमा बुझेर सुखि बन्न प्रयास गर्नुछ ।

       वेदशास्त्रहरुका ज्ञाताहरू र त्यस्तै धर्म सँस्कारका शिक्षाहरू दिने गुरूहरूले वेदशास्त्रको चर्चा गर्ने गरेका र ती वेदशास्त्रहरुका अर्थ र विधिहरुलाई आफ्नो जीवनमा अनुशरण गरेका र अरूलाई पनि वेदशास्त्रहरुका अर्थ र विधिहरु सिकाएर हिडेका तर पनि वेदशास्त्रमा भनिएका कुराहरुका अनुसारका कुनै अनुभुति आफुले नि नगर्नु र अरु भक्तहरुलाई नि गराउन नसक्नु भनेको ती वेदशास्त्रहरुका ज्ञान र विधिहरूले बाटो बिराउनु हो । धर्म र सँस्कारका चर्चाहरु गदै विभिन्न विधिहरू सिकाउदै आफुलाई गुरू भन्न मनपराउने भइसकेकाहरू, धर्म सँस्कारका नाम गरिएका कामका ज्याला स्वरूप दक्षिणा लिन लाज नलाग्ने भइसकेकाहरूले आफुले गर्ने गरेका कार्यहरूको परिणाम के कस्तो भयो भनेर भनिदिने, भगवानलाई बोलाउने जिम्मा लिएकाले भगवान आउनु भएको देखेर भक्तहरुसँग कुरा गराइदिने वा पितृका नाममा लिइएका दक्षिणा पितृ कहाँ पुर्याएदिएँ भन्ने प्रमाणहरू दिन सक्ने भए बल्ल जिम्मेवारी पुरा भएको र दिएको ज्याला पचेको भन्न सजिलो हुन्थ्यो । नत्र सामान पुर्याइदिन्छु भनेर लिने अनि आफ्नै घरमा राख्ने, पितृलाई स्वर्ग पुर्याइदिन्छु भनेर भाडा लिने घरकै आडमा नै छोड्ने भए अनि तिनीहरूले वेदको अर्थ लगाएको मिलेनछ र वेदलाई आफ्ना परिवेशमा मोडेछन् कि त भन्न मिल्दछ । भगवान, देवीदेवता, पितृहरूका कुराहरू पढेका, जानेका, तिनीहरूका नाममा केहि गरिदिन्छु भनेर सामाजमा जिम्मेवारीहरू लिएकाहरूले जिम्मेवारीहरू यदि पुरा नगरेकै हुन् भने वेदले बाटो विराएको नै हो भन्न मिल्दछ ।

३.वेदशास्त्रहरुको तात्पर्य: 

वेदशास्त्रहरूको तात्पर्य के हो भनेर छोटकरीमा र विस्तृत वयानहरू, अर्थहरू, उदाहरणहरू सहित, अनुभवहरू सहित, मानव जीवनका लागी रहस्यहरू यस किताबमा उल्लेख छन् । 

वेदशास्त्रहरुको तात्पर्यका महत्वपूर्ण भागहरू: 

१. वेदशास्त्र शिवजीले दिनु भएको हो । २. सृष्टिको सुरू ब्रह्मबाट भएको हो र सृष्टिको अन्त्य पनि त्यही ब्रह्ममा हुन्छ । ३.  ब्रह्म जानाती ब्राह्मण:  ब्रह्मका ज्ञान भएकाहरू ब्राह्मण हुन् । ४. शिवजी, ब्रह्मा र सदाशिव भनेको एउटै हो तर विभिन्न अवस्थाहरूको नाम हो । ५. ब्रह्मज्ञानको ज्ञान भएका र अनुभव भएकाहरूलाई ब्रह्मज्ञानी भनिन्छ । ६. मानिसको शरीर तीनवटा विभिन्न शरीर मिलेर बनेको हुन्छ । ७. मानिसको हामीले देख्ने गरेको मृत्यु अपूर्ण मृत्यु मात्र हो ।८. मानिसको मृत्यु पछि पनि उस्को लिङ्ग शरीर जीवित रहेको हुन्छ । ९.  शान्त , आनन्द, स्वप्रकाश र चेतना ब्रह्मका विभिन्न गुणहरू मध्येका ४ वटा प्रमुख गुणहरू हुन् । १०. शिवजी निराकार अव्यक्त ब्रह्मको देखिने व्यक्त रूप हो । ११. शिव सबैमा छन्, सबै शिवमा छन् । यो बुझेकाले शिव पाउने छन् । १२. हरेक मानिसको तेस्रो नेत्र हुन्छ । १३. वेदशास्त्रको अपूर्ण ज्ञान विभिन्न रोग र समस्याहरूको कारण हुन सक्दछन् र वेदशास्त्रको पूर्ण ज्ञान ती रोग र समस्याहरूको समाधानका उपायहरू हुन् सक्दछन् । १४. ब्रह्मज्ञानी द्वारा ब्रह्मज्ञान बुझ्ने मौका मिल्दछ ।

ब्रह्मज्ञान वेदशास्त्रको तात्पर्य हो । ब्रह्मज्ञान मानव जीवकका लागी अमृत हो । भगवान धर्म सँस्कार भन्दा पर छन् । ब्रह्मज्ञान धर्म सँस्कार होइन यो विसुध्द विज्ञान हो वेदशास्त्रहरुको चर्चा र अनुशरण गरेर त्यसमा उल्लेख भए अनुसारका चिजहरू देख्ने, छुने, सुघ्नने, खाने, माग्ने, दिने, पाउने, बोल्ने, सुन्ने जस्ता प्रत्यक्ष अनुभवका अनुभुतिहरू हुनु र त्यस्को सहि सदुपयोग हुनु भनेको सही मार्ग हो ।

कमलका नपत्याउने कुराहरू के हुन् ?

(kamal’s fabulous = कमलका नपत्याउने कुराहरू)

               यस किताबमा उल्लेख गरिएका कुराहरू, तर्कहरू, भिडियोहरू सुरूमा पत्याउन नसकिने खालका नै छन् र आज सम्म सम्पर्कमा आएकाहरू र यस विषयमा चर्चा गरिदा सबैलाई सुरूमा पत्याउन गाह्रो नै भएको थियो । त्यसैले नयाँ पाठकहरूलाई पनि यस किताबका तथ्यहरूमा सुरूका दिनमा नै देखेर सुनेर पनि विस्वास नलागेमा पनि यो स्वभाविक नै मानिन्छ । यो कुरा नै नपत्याउने कुराहरू जस्तै छन् सुरूसुरूमा । तर यी कुराहरु लिखित रुपमा लेखिएका र शिक्षित डाक्टरहरूद्वारा प्रमाण सहित प्रस्तुत गरिएका छन् ।  

                 हरेक मानिसहरुको तेस्रोनेत्र हुन्छ, त्यस तेस्रनेत्रको अस्वस्थ र स्वस्थ अवस्था हुन्छ, हामीले मरिसके भनेका मानिसहरु पूर्ण रुपमा मरेका छैनन् रहेछ, मानिसले तेस्रो नेत्र द्वारा पितृ, भुत प्रेत, देवी देवताहरुलाई देख्दछन् । स्वस्थ तेस्रोनेत्र भएकाहरूले शिवजी, दुर्गा माता, दुर्गा माताका अन्य विभिन्न रुपहरु, हनुमानजी, गणेशजी, राधा, कृष्ण, राम,सीता जस्ता वेदशास्त्रहरूमा उल्लेख भएका व्यक्तित्वसंग कुराकानी गर्न सक्दछन् । ब्रह्मज्ञानीहरूले  ब्रह्मको अनुभव गर्न सक्दछन्, सदाशिव वा कैवल्य मुक्तिको अनुभव गर्न सक्दछन् ।

                 यो कुराहरु कुनै धर्मसंग सम्बन्धित छैन तर धर्म र संस्कारमा उल्लेखित कुराहरु पनि चर्चा गरिएको हो । यो हरेक विज्ञानहरु र हरेक मानिसहरुसंग सम्बन्धित छन् । समाजमा देवी देवता भन्ने शब्द कुनै अध्यात्मिक चर्चा मात्र नभएर सृष्टिका वास्तविक रुपमा रहेका जीवहरु  हुन् । (This is  in a physical state not in spiritual state ) ती देवी देवताहरुलाई देख्न, छुन, स्पर्श गर्न सकिंछ, ती  देवी देवताहरुसंग बोल्न सकिन्छ र तिनीहरुसंग  मित्रता, शत्रुता गर्न सकिन्छ । मानिसको मृत्यु पूर्ण रुपमा भएको छैन र उ मृत्युपछि पनि मानिसहरुसंग सम्पर्कमा आएको हुन्छ वा आउन चाहिरहेको हुन्छ ।

             हामीबाट परामर्श र शिक्षा पाएका शिक्षित व्यक्तिहरुले आफ्नो स्वस्थ तेस्रोनेत्र खुलाएका छन् । उनीहरु आफ्नो स्वस्थ तेस्रोनेत्र द्वारा मन्दिर, घर वा अन्य आवश्यक स्थानबाट देवी देवताहरुसंग सम्पर्क गरेर कुराकानी गर्ने, आफ्ना प्रश्नहरुका जवाफ प्राप्त गर्ने र तिनीहरुसंगको सम्पर्कबाट प्राप्त हुने दु:ख वा सुखको अनुभव गर्ने गरेका र उनीहरूबाट प्राप्त सरसल्लाह सुझाव अनुसार हरेक दिनको आफ्नो दैनिकि चलाउने गरेका छन् ।

               सृष्टि के हो ? जीवन केहो ? मृत्यु के हो ? तेस्रोनेत्र के हो ? भन्ने बिषय यदि मानिसको लागी महत्वपूर्ण हो भने बेलैमा सजग हुन आवश्यक छ । हामीले देखेका, पढेका र बुझेका कुराहरु कतै अपुरा छन् कि ? सृष्टि, जीवन र मृत्युको वास्तविक रहस्यलाई नबुझी मरेकाहरु आधी बाटोमा अलपत्र परेका हुँदारहेछन् । जीवन र मृत्युको यो अलपत्र देख्नलाई मानिसको स्वस्थ तेस्रोनेत्र चाहिँदो रहेछ ।

       मानव समाजमा चर्चा गरिने मध्येका केहि कुराहरूको रहस्यको जवाफ कतै खोजेर पाइदैन भन्ने चलन थियो त्यहि कुराहरूका केहि रहस्यहरू आज यस किताबमा खोज्यो भने पाइन सक्छन् । मानिसको मृत्युपछि के हुन्छ कस्लाई थाहा छ र ?, मरेर गएकाहरूलाई कस्ले देखेको छ र ?, देवीदेवताहरूलाई कस्ले देख्या छ र ? आदीआदी कुराहरू समाजमा गरिन्छन् । तिनै कुराहरूका केहि जवाफहरू र प्रमाणहरू यहाँ प्रस्तुत गरिएका छन् ।

 यस किताबले मानिसलाई सहि मार्गमा डोर्याउनेछ ।

 लेखकहरूलाई आफ्नो अध्ययन पुरा गरेर यस किताब लेख्न र प्रकाशित गर्ने  सम्म आइपुग्न करिब ३५ बर्षको मिहिनेत लागेको छ

लेखकहरूका निष्कर्ष,सेवा र सुझावहरू 

हामीले हाम्रा खोजिका प्रश्नहरू, खोजिका निष्कर्षहरूलाई तिन तरिकाबाट प्रस्तुत गरेमा छौ ।

१. ब्रह्मज्ञानको किताब (ibook)

Kamalsfabulous-Ebook-Cover

 किताबको नाम :

 ब्रह्मज्ञानः मृत्युलाई चिहाएर हेर्दा भय र मृत्युसँगको सम्पर्क र सँघर्षको रस

लेखकः डा. कमल मान श्रेष्ठ                   लेखिकाः डा. इन्दु श्रेष्ठ

“किताबको विषय सूची”

२. ब्रह्मज्ञानकाे उपचार परामर्श सेवा (Consultation clinic)

jina brahma

I am text block. Click edit button to change this text. Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

३. ब्रह्मज्ञान सिकाउने क्लास

कृष्णा श्रेष्ठ

I am text block. Click edit button to change this text. Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

यो वेवसाइट हामी डाक्टरहरूका अनुसन्धानका परिणामहरू प्रकाशित गर्ने ठाउँ हो । मानव जीवनका आजसम्म अज्ञात रहेका लक्षणहरू, रोगहरू, समस्याहरू, पारिवारिक तथा सामाजिक सम्बन्धका कारणहरु, समस्याका कारणहरू, सृष्टि हो ? जीवन के हो ? मृत्यु के हो ? तेस्रो नेत्र के हो ? भन्ने वारेमा आजसम्मका विज्ञानले, हस्पिटलका डाक्टरहरूले मानव जीवन सम्बन्धित गरिएका अपूर्णज्ञान तथा त्रुटिहरू के के हुन् ?, संसारभरमा फैलिएर रहेको विभिन्न धर्म सँस्कारहरूले दिने गरेको विचार र विधिहरू के हुन् र तिनिहरूको सत्यता र रूढिवादीहरू के के हुन् ? भन्ने विषयमा उल्लेख गरिएको छ ।                     

यस किताबका लेखकहरू चिकित्साशास्त्रका डाक्टरहरू हौँ  । मानव जीवनमा मानिसहरूले भोग्दै आएका केहि कष्टहरू, लक्षणहरू र रोगहरूका बारेमा उचित जवाफहरू चिकित्साशास्त्रको उच्चशिक्षामा पनि प्राप्त गर्न नसकिएका वा उपलब्ध भएका जवाफहरू पर्याप्त नभएका अनुभवहरू गरिएका थिए । त्यसै भएर त्यस चिकित्शासास्त्रको उच्चशिक्षामा हासिल गरिएका ज्ञानहरूले मानव जीवन र मानव जीवनका स्वास्थका बारेमा कुनै कुनै महत्वपूर्ण विषयमा दिइएका तर्कहरू अपूर्ण भएको जस्तो अनुभव गरिएको थियो । किनकि ती डाक्टरहरूद्वारा दिइएका तर्क, तरिका र विधिहरूले गरिएका उपचार र समाधानका परिणामहरू असफल जस्तै थिए, कुनै कुनै लक्षणहरू, रोगहरुका समाधानका लागि जीवनभर औषधी खानु पर्ने विधि र सुझावहरू दिइएका हुन्थे, कुनै कुनै लक्षणहरू किन आउँछ र किन जान्छ त्यस्को कारण डाक्टरहरूलाई थाहा छैन र जनताहरू पनि कतिपय राेगका उपचारका लागी डाक्टरकहाँ जानु हुँदैन भन्दै अन्य तरिकाहरू अपनाउने चलन हुन्छन् । त्यसैले ती अपूर्णज्ञानका तर्क, तरिका र विधिहरूका साथ लिएर ती विरामीहरूको समस्याको समाधानका बारेमा अल्पज्ञानका सरसल्लाहहरू दिन उचित लागेन र हामी तीनै समस्याहरूका जवाफहरूका खोजिकालाई अझै गहिराइमा गएर अध्ययन र खोजिहरू गर्यौँ । हामी लेखकहरूले गरेका तिनै अध्ययन र खोजिहरूका परिणामहरूलाई यस किताबमा प्रस्तुत गरेका छौँ । हामीले गरेका ती अध्ययन र खोजिका परिणामहरूलाई यस किताबमा पाठहरू, लेखहरू, अनुभवहरू, भिडियोहरुद्वारा प्रस्तुत गरेर लेखकहरूले केही कुरा भन्न र देखाउन खोजेका छौँ  जुनकुरा विज्ञानशास्त्रहरू, चिकित्साशास्त्र र हरेक मानिसहरूसँग सम्बन्धित छन् ।

यस किताबले भन्न खोजेका कुराहरू कुन कुन विषयसँग सम्बन्धित छन् ?

हामीले केहि कुराहरू प्रस्तुत गर्न खोजेका छौँ । जुन कुराहरु केवल कुराहरु मात्र नभएर त्यस कुराहरुका प्रमाणहरू समेत लिखित तर्क, अनुभव र घटनाहरूका प्रत्यक्ष भिडियोहरू समावेश गरेका छौँ । हाम्रो भिडियोहरू नहेरिकन त अझ हामीले भन्नखोजेका कुराहरूमा विश्वास नलाग्न सक्दछन् । त्यसैले हामीले भन्न खोजेका कुराहरुमा कुनै नराम्रा नराम्रा प्रतिक्रिया दिनु भन्दा अगाडि हामीले प्रकाशित गरेका भिडियोहरू हेरिदिन हुन अनुरोध गर्दछौँ । 

विज्ञानका चिकित्साशास्त्रसँग सम्बन्धित कुराहरु

१.  ओझेलमा परेका अज्ञात रोगहरु: 

            मानव समाजमा केही लक्षणहरु र रोगहरु रहेछन् जसका  बारेमा आधुनिक विज्ञान, चिकित्साशास्त्रमा परिचय, नामाकारण र वर्णन गरिएको छैन रहेछ । त्यस्ता लक्षण र रोगहरु भएका बिरामीहरु डाक्टरहरुको गलत उपचारको कारण भयानक कष्टको जीवन बिताएर अकाल मृत्युमा पर्नु परेका रहेछन् । त्यस्ता रोगहरू, लक्षणहरू र उपचारका विधिहरू बारेमा यो किताब उल्लेख गरिएको छ । ती रोगहरू, लक्षणहरू प्रभावित बिरामीहरू र उपचारहरुका केही उदाहरणहरु हेर्नका लागि यहाँ जानुस  लेख तथा प्रत्यक्ष भिडियोहरु

            चिकित्साशास्त्र क्षेत्रमा मानिसहरूले केहि लक्षणहरूका उचित, पर्याप्त  उपचार नभएका अनुभवहरू गर्ने गरेका हुन्छन्, जस्तै कतिपय डिप्रेसन भनिएका लक्षणहरू, सिजोफ्रेनिया भनिएका लक्षणहरू, स्प्लिट पर्सनालिटी भनिएका लक्षणहरू, राती निन्द्रा नलाग्ने, राती निन्द्रा खुलेपछि धेरै बेर सम्म निदाउन नसक्ने, नराम्रा सपनाहरू देख्ने, सपना देखेर झस्कने, निन्द्रामा कराउने, निन्द्रामा कसै सँग बोल्ने, निन्द्रामा हिड्ने, दिउसो होसमा ननिदाएको वेलामा पनि एक्लै बोल्ने, रिसाइराख्ने, झगडाहरू गरिराख्ने, रिसाउदा वा झगडा गर्दा होस नपाउने, काम्ने, देवीदेवताहरू वा पितृहरू आएर बोलेको भन्ने लक्षण भएकाहरू । यी लक्षणहरूका वास्तविक कारणहरू, तर्कहरू, तरिकाहरू र उपचारका विधिहरू विज्ञानले र चिकित्याशास्त्रले वयान गरेको र आज सम्मका धर्म, संस्कार र समाजमा मानिदै आएका तर्क भन्दा फरक रहेछन् ।

२. समाजमा अविकशित मुलुक देखि सबै विकशित मुलुकमा पनि मानिसहरूमा विभिन्न लक्षणहरू हुँदा विज्ञानले त्यस्को सहि जवाफ र उपायहरू दिन नसकेको अवस्थामा मानिसहरू अन्य असाधारण क्षमताहरू भएकाहरु कहाँ जाने, एक्ट्रासेन्स भएका भनिनेहरू कहाँ जाने, हेराउने वा भविष्यवाणीहरू गरिदिनेहरू कहाँ जाने देखि पितृ, भुत, प्रेत, बोक्सी लागेको छ भनेर अन्य उपचार र समाधानका उपायहरू खोज्ने चलनहरू हुन्छन् । कतै ति चलनहरू कम होलान् भने कतैकतै अलि बढि होलान् । कतैका मानिसले राहत अनुभव गरे होलान् कतैकाले राहतका अनुभव गरेनन् होलान् । आधुनिक विज्ञान र देशको कानुनले  बैधानिकता नदिएका, नमानेका कुराहरू, त्यस्ता कुराहरू गर्दै हिड्ने व्यक्तित्वहरू र तिनका उपायहरूका पछि पछि लाग्दै मानिसहरु समाजमा अझै पनि छन् र कहिले कहिले त झन् सामाजिक चर्चा, शोषणका साधन बनेका जस्ता उदाहरणहरू देख्न वा सुन्नमा आउँछन् । यो के हो त ? यस्ता कुराहरूमा सत्यता वा झुठा के छन् भन्ने बारेमा बुझ्न आवश्यकता छ र यस किताबमा त्यस विषयमा केहि तर्कहरू पेश गरिएका छन् ।

३. तेस्रो नेत्र के हो ?

            हरेक मानिसको तेस्रो नेत्र हुँदो रहेछ । मानिसहरूलाई यो कुरा थाहा थिएन । तेस्रो नेत्र अज्ञानतामा अस्वस्थ अवस्थामा रहेको हुँदोरहेछ । यस कुरालाई आज सम्मका विज्ञानका शास्त्रहरूले वा चिकित्साशास्त्रले चिन्न, बुझ्न, पत्ता लगाउन सकेका रहेनछन् । यो अज्ञानताका कारण मानिसमा विभिन्न रोग, लक्षणहरू भोग्नु परेको र समाजले अन्योलतामा गलत निर्णयहरू लिनुपरेको रहेछ । मानिसहरु यस्ता अनुभवहरू, लक्षणहरू र यसबाट उत्पन्न भएका समस्याहरू लिएर उपचारका लागी भनेर डाक्टरहरू कहाँ पुगेका थिए । यस्ता समस्याहरू विकशित भनिने वा अविकशित भनिने संन्सारका सबै देशका मानिसहरूले अनुभव गरेका थिए र अझै गर्दैछन् । झन मानिसहरूमा भएको त्यस तेसोनेत्रको लक्षणहरू र त्यसबाट उत्पन्न भएका समस्याहरूलाई विज्ञानशास्त्रका वा चिकित्साशास्त्रका डाक्टरहरूले अर्कै रोगको सँज्ञा दिएर गलत परिचय, गलत नाम र गलत उपचारका विधिहरू अपनाएर विरामीहरूको जीवनलाई झन कष्टमय बनाएका रहेछन् । अझै पनि मानिसहरू उपचारका लागि विभिन्न बाहानामा लामा, झाँक्री, झारफुक, पण्डित, पादरीहरु कहाँ किन जान्छन् ? यस्ता केहि तेस्रोनेत्रका चर्चाहरू मानव जीवनका हरेक गतिविधिहरूसँग र चिकित्साशास्त्रसँग सम्बन्धित छन् कि छैनन् भन्ने कुराहरू यहाँ यस किताबमा पढ्न बुझ्न पाइन्छ । के तेस्रो नेत्र भन्ने हुन्छ त ? यस बिषयमा चर्चा, वर्णन र उदाहरणहरु प्रस्तुत गरेका छौँ ।

 तेस्रो नेत्रका अनुभव गरिसकेका केहि अनुभवीहरू   तेस्रो नेत्र खुलेका मानिसहरू 

४. मानिसको अपूर्ण मृत्यु 

            मानिसको हामीले देख्ने गरेको मृत्यु एक अपूर्ण मृत्यु मात्र हो रहेछ । मानिसहरू मरे पछि पनि केही अपुर्ण भ्रमका चेतना सहित जीवित रहेका हुँदा रहेछन् र त्यस अज्ञानताको अवस्थाबाट पार पाउन आफ्ना नजिकका छोरा छोरी, नातेदार, इष्टमित्र, साथीभाई वा अन्य सम्बन्धितहरूसँग सम्पर्कमा आइ गुहार मागिरहेका हुँदा रहेछन् । त्यसैले मानिसहरूले मरेका मानिसहरूसँगको सम्पर्कको अनुभवहरू आफ्नो आफ्नो तरिकाले गरिरहेका रहेछन् ।

            आज सम्म मानिसको मृत्युका बारेमा गरिएका वर्णनहरू र मृत्युका बारेमा गरिएका कार्यहरू अपूर्ण रहेछन् । मानव जीवनका बारेमा सबैभन्दा बढि जिम्मेवारी पाएका र त्यस जिम्मेवारीलाई सकेसम्म पुरा गर्ने प्रयास गर्नेहरू भनेका डाक्टरहरू हुन् । मानिसको उपचारको क्रममा उपचारका प्रयासहरू असफल भएपछि मानिसको मृत्यु हुन्छ । त्यस मृत शरीरलाई अब के गर्नु पर्छ भन्ने निर्देशन डाक्टरहरुले दिने चलन छैन र डाक्टरलाई सोध्ने चलन पनि छैन । सबै मानिसलाई आफ्नो आफ्नो संस्कार अनुसारको कार्यहरु गर्न छुट छ । मृत्युपछि कानुनी रुपमा मृतकको अधिकारको हस्तान्तरण हुन्छ । मृतकको सम्पतीहरु हकवालालाई दिने कानुनी दायरा र प्रक्रिया छ । मृतकको लागी भनेर अझै केही गर्नु पर्ने, अधिकार सुरक्षित गर्नु पर्ने वा उसको सम्पत्तिको भाग अंश छुट्याएर राख्नु पर्ने, मरिसकेकाहरुलाई खाना दिनु पर्ने, पिउन दिनु पर्ने, कपडा ओड्ने ओछ्याउने दिनु पर्ने सुझाव कुनै अधिकारिक रुपमा डाक्टरहरू वा कानुनहरूबाट कसैले दिएका छैनन् । मरेकाहरुलाई सम्झना गर्ने भनेको हरेक जीवितहरुको मृतक प्रतिको सम्बन्ध हो । त्यो मृतक प्रतिको सम्बन्ध भनेको हरेक मानिसहरुका लागि समान हुँदैन । मरेकाहरु मध्ये कसैलाई छिटो भुल्लान् कसैलाई धेरै दिन सम्म सम्झलान् । ती हस्पिटलका डाक्टरहरू र कानुनले गर्ने गरेका कार्यहरू र कुराहरुले के स्पष्ट पार्दछ भने विज्ञान, डाक्टर र कानुनले मानिस मरे पछि उसको अस्तित्व र अधिकार सिद्धियो भनेको हो । तर हरेक मृतकको लागि हरेक संस्कारहरुमा अझै केही कार्यहरु गरिन्छन् । ती कार्यहरु संस्कार अनुसार फरक फरक हुन्छन् । तर केही कुराहरु सबै संस्कारहरुको एक आपसमा मिल्न आउंछन् । हरेक संस्कारहरूमा मरिसकेकाहरुसँगका सम्पर्कका बारेमा चर्चा गरिएका छन् र मरिसकेकाहरुलाई खान दिने, लाउन दिने, तिनीहरुसंग केही भाव देखाउने चलनहरू छन् । कसैले मरेकाहरुलाई बोलाएका छन् भने कसैले झन् टाढा लान खोजेका छन् । तर यस्ता चलनहरुले भन्न खोजेको के हो भने मृतक अझै कुनै अवस्थामा जीवीत छ । त्यसैले ती संस्कारहरूमा मरेकाहरुको चाहना र इच्छा पुरा गर्ने प्रयास भइराखेको छ, त्यस मरेकाहरुलाई शिक्षा दिन खोजिएको छ र जीवीतहरूलाई पनि मरिसकेकाहरुसंग कस्तो सम्बंध राख्ने भरेर केहि शिक्षाहरु दिन खोजिएको छ । तर संस्कारहरुमा  यी कार्यहरु गर्दा विश्वास गरेको हो कि नगरेको हो जस्तो दोधार हुँदै गर्ने गरेको देखेको छु । यी कार्यहरु सही र सत्य हुन् भनेर प्रमाणित रुपमा कसैले देखाउन सकेका छैनन् भने नकार्ने हिम्मत कसैले गर्न सकेका छैनन् । ठुला ठुला विज्ञानका तर्कदाता, भौतिकवादी वैज्ञानिकहरु पनि जीवनको अन्त्य तिर आइपुग्दा आफ्नो विज्ञानको तर्कमा अडिग हुन नसकेर पग्लन थाल्दा रहेछन् र संस्कारको रुपमा भने पनि आफ्नो लागी पनि मरेपछि गरिने यी सबै खाने, लाउने क्रियाहरू गरिदिनु भनेर व्यवस्था र बजेटको प्रबन्ध गर्ने गरेका हुँदारहेछन् । ती डाक्टर र विज्ञानका दाताहरुले गरेका कार्यहरु अरुको लागी ठिकै भएछ कसैले आपत्ति जनाएनन् । तर मलाई यो मान्य भएन । म एक विज्ञानको छात्र, त्यो विज्ञानको भौतिकवादी तर्कहरुको किताब पढेर र त्यस्मा विस्वास गरेर म आफु भौतिकबादी बनें तर ती विज्ञानका किताब लेख्ने लेखकहरू, विज्ञानका प्रोफेसरहरु, विज्ञान पढाउने गुरूहरु, डाक्टरहरु यो संसार भौतिकवाद हो भनेर अरु मर्दा केहि गर्नु पर्दैन भन्नेहरु सबै त मरेपछि मलाई पनि पानी चढाई देउ, खानेकुरा दिदै गर भन्दा रहेछन् । जीवनभर धर्म र संस्कारका तर्कहरू र त्यस धर्म संस्कार मान्नेहरूलाई रूढिवादी भन्नेहरूलाई पनि मरे पछि तिनै रूढिवादी पण्डित, पादरी, मौला, लामाहरूको विधिको आवस्यकता पर्दोरहेछ त । यसरी जीवनभर भौतिकवादी बनेर काम गरेका र अरुलाई त्यस्तै गर भनेर शिक्षा दिने विज्ञानका दाताहरू र डाक्टरहरु आफु मर्ने बेलामा अध्यात्मवादी बन्दा रहेछन् वा अध्यात्मवादीहरूका सेवा सुविधाको उपयोग गर्दा रहेछन् । यस्ता कार्यहरू एकजनाले होइन सबै वैज्ञानिकहरू, उपचार गर्ने डाक्टरहरू र समाजका भौतिकबादी भनिनेहरूले गरे र अझै त्यसै गर्दारहेछन् । यो त दोहोरो दोधारे कुरा भयो । यो त ठुलो धोका हो विज्ञानको लागी, विज्ञानका बिद्यार्थीहरुका लागी, आफ्ना आफन्तका लागी र विरामीहरु र अन्त्यमा आफ्नै लागी पनि धोका हो । जीवन र मृत्यु जस्तो मानिसको सबैभन्दा प्यारो र महत्वपूर्ण बिषयमा झुटो बोल्नु, ख्याल ख्याल गर्नु र धोका दिनु हुँदैन ।

       मानिसको हामीले देख्ने गरेको मृत्यु अपूर्ण हो रहेछ र मरिसकेका मानिसहरू कुनै अवस्थामा अझै जीवीत हुँदारहेछन र तिनीहरुले जीवीतहरूलाई देख्दा रहेछन्, चिन्न सक्ने, कुराकानी गर्न सक्ने, माग्न सक्ने, सुझावहरू दिन सक्ने अवस्थामा हुँदा रहेछन् र जीवित मानिसहरुका सम्पर्कमा आउन खोजेका हुँदारहेछन् । जीवीतहरूपनि मृत्यु के हो भनेर चिन्न नसकेर मृत्युले मानिसको आफ्नो जीवनमा, आफन्तमा, नजिकका चिनेजानकोहरुका जीवनमा एक ठुलो अज्ञान दुर्घटना ल्याउने गरेको रहेछ । मृत्युलाई सम्झेर डराएर बसेको, मृत्यु पछिको आफन्तमा परेको शोक, रूवाबासी, बिछोड वियोग भन्दा ती मरेकाहरूले बढि दु:खको, डर, त्रास, भय, भोक, प्यास, चाहना, माया, बिछोड, इर्स्याका अनुभवहरू गरेका हुँदारहेछन् ।

           मानिसको हामीले देख्ने मृत्यु अपूर्ण रहेछ भनेर यस किताबमा लिखित रुपमा लेखिए पछि त्यसका प्रमाणहरू पेश गर्न सक्नु हामी लेखकहरूका जिम्मेवारी पर्न आउँछन  विज्ञानका लागी आवश्यक तर्कहरू र प्रमाणहरू विज्ञानका आधिकारिक विभागहरू तथा सँगठनहरू द्वारा हाम्रो परामर्शको केन्द्र क्लास वा क्लिनिकमा विधिगत सम्पर्क तथा सोधपुछ भएमा र विधिवत जवाफहरू उपलब्ध गराइने छन् ।

            यस बिषयमा मृत्युको सही वास्तविकता के हो ? किन मानिसहरु मृत्यु शब्दसंग डराउछन् ? मृत्युसंग अन्य धेरै सम्बन्धित कुराहरुको चर्चा र वर्णन यस किताबमा गरिएको छ ।

मानिसले मृत्युका कुराहरू नबुझेको भएर विभिन्न रोगहरू, लक्षणहरू र समस्याहरू भोग्नु परेको अवस्थाहरू रहेछन् ।

धर्म र सँस्कारसँग सम्बन्धित कुराहरु

१. धर्म भनेको के हो ?       संस्कार भनेको के हो  ?       वेदशास्त्र भनेको के हो  ?

          मानिसहरूले समाजमा जीवनका लागी र मृत्युका लागी भनेर विभिन्न तर्कहरू, विधिहरू, उपायहरू बनाएका हुदाँरहेछन् तर सृष्टि के हो ?, जीवन के हो ? मृत्यु के हो ? र तेस्रो नेत्र भनेको के हो ? भनेर सुरूको परिभाषा नै अपूर्ण र कहिले कहिले गलत परिभाषाहरू लगाएका हुँदारहेछन् र सृष्टि, जीवन, मृत्यु र तेस्रो नेत्रका बारेमा गरिएका विधि, उपायहरू गलत हुन सक्दो रहेछ र मानिसले गर्दै आएका धर्म सँस्कारका कतिपय विधिहरू गलत र रूढिवादी रहेछन् । जीवनको महत्वपूर्ण यात्रामा आफ्नो लागी र आफन्तका लागी गरिएका कार्यहरू रूढिवादी छन् कि छैनन् भनेर बुझ्न मन लागेका, आफुलाई बौध्दिक मानिस भन्न मन पराउनेहरूले यस किताबका तर्कहरू बुझ्न कोसिस गर्नु उपयुक्त हुनेछ ।

२. बाटो बिराएका वेदहरू

          वेदशास्त्रहरू भनेको के हो ? मानव जीवनमा वेदशास्त्रहरुले के कुरा भन्न खोजेको छ । आजसम्म हामीले गरि आएका धर्म सँस्कारका तर्क विधिहरू मानव जीवनका लागी उपयुक्त छन् त ? के ती विधिहरू वेदशास्त्रहरु कै तर्क अनुसारका छन् त ? यस किताबका लेखकहरूको आफ्नो चिकित्साशास्त्रको र विज्ञानको खोजिको क्रममा वेदशास्त्रहरूका पनि गहिरिएर अध्ययन गर्नु पर्यो र थाहा लाग्यो कि वेदशास्त्रहरूका कुनै कुनै तर्क, विधिहरूले बाटो विराइसकेको रहेछ । त्यसो भए वेदशास्त्रहरुको प्रमुख तात्पर्य के हो त ? वेद शास्त्रहरुका तात्पर्य के हुन यस किताबमा तर्क, अर्थ, अनुभव, प्रमाण सहित प्रस्तुत गरिएको छ ।

      यी कुराहरू हरेक मानिसहरू सँग सम्बन्धित छन्, हरेकले आफ्नो आफ्नो तरिकाले खोजि, अर्थ र बिधिहरु बनाएका हुन्छन । तर वास्तबिकतामा सहि कुरा के हो भनेर बुझ्ने मौका कम मिल्दछ। फेरि धर्म, संस्कार, वेदशास्त्रहरू भनेर थुप्रै किताबहरु हुन्छन । कुन किताब पढ्नु पर्ने हो ? कुन कुरा सहि हो ? कुन कुरा गलत हो ? भनेर छुट्याउन असम्भव जस्तै छ ।

        पुराना धर्मशास्त्रहरू वा वेदशास्त्रहरूको भनाइहरु, अर्थहरु, तर्कहरु, सुझावहरु र विधिहरूको नाम दिदै आजका धर्म र संस्कारहरू चलेका रहेछन् । तर हाल व्यवहारिकतामा वेदशास्त्रको मार्गमा हिड्न सिकाइने विधिहरू, काम गराइ तरिकाहरू वेदशास्त्रहरूको भनाइहरु, अर्थहरु, उपदेशहरू र भावहरू  वास्तविक भावहरू भन्दा धेरै पर पुगेका रहेछन् । त्यसैले आजको समाजमा चलिरहेका कतिपय अर्थहरु, तर्कहरु, विधिहरूलाई  वेदले बाटो बिराएको भनिएको हो । हुनत वेदले आफैले जानिजानि बाटो बिराएको त होइन होला ।  वेदलाई बाटो बिराउने गरि डोर्याउनेहरु वेदशास्त्रका ज्ञाताहरू तथा त्यस्तै धर्म सँस्कारका शिक्षाहरू दिने गुरूहरू होलान् । तर अब यस किताबको ज्ञान द्वारा  वेदशास्त्रहरुको सही अर्थहरु, तर्कहरु र सुझावहरु बुझेर यस वेदशास्त्रहरु द्वारा सृष्टि, जीवन, मृत्यु र तेस्रो नेत्रको वास्तविक अर्थहरु बेलैमा बुझेर सुखि बन्न प्रयास गर्नुछ ।

       वेदशास्त्रहरुका ज्ञाताहरू र त्यस्तै धर्म सँस्कारका शिक्षाहरू दिने गुरूहरूले वेदशास्त्रको चर्चा गर्ने गरेका र ती वेदशास्त्रहरुका अर्थ र विधिहरुलाई आफ्नो जीवनमा अनुशरण गरेर र अरूलाई पनि वेदशास्त्रहरुका अर्थ र विधिहरु सिकाएर पनि वेदशास्त्रमा भनिएका कुराहरुका अनुसारका कुनै अनुभुति आफुले नि नगर्नु र अरु भक्तहरुलाई नि गराउन नसक्नु भनेको ती वेदशास्त्रहरुका ज्ञान र विधिहरूले बाटो बिराउनु हो । धर्म र सँस्कारका चर्चाहरु गदै विभिन्न विधिहरू सिकाउदै आफुलाई गुरू भन्न मनपराउने भइसकेकाहरू, धर्म सँस्कारका नाम गरिएका कामका ज्याला स्वरूप दक्षिणा लिन लाज नलाग्ने भइसकेकाहरूले आफुले गर्ने गरेका कार्यहरूको परिणाम के कस्तो भयो भनेर भनिदिने, भगवानलाई बोलाउने जिम्मा लिएकाले भगवान आउनु भएको देखेर भक्तहरुसँग कुरा गराइदिने वा पितृका नाममा लिइएका दक्षिणा पितृ कहाँ पुर्याएदिएँ भन्ने प्रमाणहरू दिन सक्ने भए बल्ल जिम्मेवारी पुराभएको र दिएको ज्याला पचेको भन्न सजिलो हुन्थ्यो । नत्र सामान पुर्याइदिन्छु भनेर लिने अनि आफ्नै घरमा राख्ने, पितृलाई स्वर्ग पुर्याइदिन्छु भनेर भाडा लिने घरकै आडमा नै छोड्ने भए अनि तिनले वेदको अर्थ लगाएको मिलेनछ र वेदलाई आफ्ना परिवेशमा मोडेछन् कि त भन्न मिल्दछ । भगवान, देवीदेवता, पितृका कुराहरू पढेका, जानेका, तिनका नाममा केहि गरिदिन्छु भनेर सामाजमा जिम्मेवारीहरू लिएकाहरूले जिम्मेवारीहरू यदि पुरा नगरेकै हुन् भने वेदले बाटो विराएको नै हो भन्न मिल्दछ ।

३.वेदशास्त्रहरुको तात्पर्य: 

सृष्टि, जीवन, मृत्यु र तेस्रो नेत्रको ज्ञान र मानव जीवनका लागी शिक्षाहरू दिनु वेदशास्त्रहरुको तात्पर्य हो ।

१. वेदशास्त्र शिवजीले दिनु भएको हो ।

२. सृष्टिको सुरू ब्रह्मबाट भएको हो र सृष्टिको अन्त्य पनि त्यही ब्रह्ममा हुन्छ ।

३.  ब्रह्म जानाती ब्राह्मण:  ब्रह्मका ज्ञान भएकाहरू ब्राह्मण हुन् ।

४. शिवजी, ब्रह्मा र सदाशिव भनेको एउटै हो तर विभिन्न अवस्थाहरूको नाम हो ।

५. ब्रह्मज्ञानको ज्ञान भएका र अनुभव भएकाहरूलाई ब्रह्मज्ञानी भनिन्छ ।

६. मानिसको शरीर तीनवटा विभिन्न शरीर मिलेर बनेको हुन्छ ।

७. मानिसको हामीले देख्ने गरेको मृत्यु अपूर्ण मृत्यु मात्र हो ।

८. मानिसको मृत्यु पछि पनि उस्को लिङ्ग शरीर जीवित रहेको हुन्छ ।

९.  शान्त , आनन्द, स्वप्रकाश र चेतना ब्रह्मका विभिन्न गुणहरू मध्येका ४ वटा प्रमुख गुणहरू हुन् ।

१०. शिवजी निराकार अव्यक्त ब्रह्मको देखिने व्यक्त रूप हो ।

११. शिव सबैमा छन्, सबै शिवमा छन् । यो बुझेकाले शिव पाउने छन् ।

१२. हरेक मानिसको तेस्रो नेत्र हुन्छ ।

१३. वेदशास्त्रको अपूर्ण ज्ञान विभिन्न रोग र समस्याहरूको कारण हुन सक्दछन् र वेदशास्त्रको पूर्ण ज्ञान ती रोग र समस्याहरूको समाधानका उपायहरू हुन् सक्दछन् ।

१४. ब्रह्मज्ञानी द्वारा ब्रह्मज्ञान बुझ्ने मौका मिल्दछ ।

ब्रह्मज्ञान वेदशास्त्रको तात्पर्य हो । ब्रह्मज्ञान मानव जीवकका लागी अमृत हो । 

भगवान धर्म सँस्कार भन्दा पर छन् । ब्रह्मज्ञान धर्म सँस्कार होइन यो विसुध्द विज्ञान हो

केहि श्लोकहरु वेदशास्त्रहरुबाट

२. अव्यक्तादभवत्कालः प्रधानपुरुषः परः ।
तेभ्यः सर्वमिदँ जातँ तस्माद्ब्रह्ममयँ जगत् ।।

३. कालः सृजतिभूतानि कालः सँहरते प्रजाः ।
सर्वे कालस्य वशगा न कालः कस्यचिद्वशे ।।

४. “आनन्दब्रह्मज्ञाताँ न विभेती कुतश्चन”

५. न कर्मणामनुष्ठानैर्न दानैस्तपसापि वा ।
कैवल्यँ लभते मत्र्यः किँतु ज्ञानेन केवलम् ।।  

                  यस्तै थुपै वेदशास्त्रहरूका श्लोकहरू जुन मानव जीवनका लागी अति महत्वपूर्ण शिक्षाहरू हुन् ती श्लोकहरू र तीनका अर्थ विश्लेषणहरू समावेश गरिएका छन् । वेदशास्त्रहरुको चर्चा र अनुशरण गरेर त्यसमा उल्लेख भए अनुसारका चिजहरू देख्ने, छुने, सुघ्नने, खाने, माग्ने, दिने, पाउने, बोल्ने, सुन्ने जस्ता प्रत्यक्ष अनुभवका अनुभुतिहरू हुनु र त्यस्को सहि सदुपयोग हुनु भनेको सही मार्ग हो ।

 विज्ञानसँग सम्बन्धित कुराहरू 

सृष्टि के हो  ?

            सृष्टि के हो ? भन्ने बिषयमा आधुनिक विज्ञानले दिएको तर्कहरु सबै पर्याप्त छैन रहेछ । त्यस सृष्टिको अपूरो बयानलाई वेदशास्त्रहरूमा दिइएको तर्कहरूले केही थप जानकारी दिएको रहेछ । त्यही वेदशास्त्रहरूमा दिइएको नयाँ तर्क र प्रमाणहरू मानव जीवनसँग सम्बन्धित भएका तथ्यहरूलाई यहाँ प्रस्तुत गरिएको छ ।

जीवन के हो ?

               जीवन के हो ? भन्ने बिषयलाई जीव विज्ञान र चिकित्साशास्त्रहरुद्वारा  दिइएको तर्क र परिभाषाहरु (Anatomy and Physiology of Human Body) अपुरा रहेछन् ।  यस बारेमा केही नयाँ तर्क र प्रमाणहरु पेश गरिएको छ ।

 

कमलका नपत्याउने कुराहरू के हुन् ?

(kamal’s fabulous = कमलका नपत्याउने कुराहरू)

               यस किताबमा उल्लेख गरिएका कुराहरू, तर्कहरू , भिडियोहरू सुरूमा पत्याउन नसकिने खालकानै छन् र आज सम्म सम्पर्कमा आएकाहरू सबैलाई सुरूमा पत्याउन गाह्रोनै भएको थियो । त्यसैले नयाँ पाठकलाई पनि यस किताबका तथ्यहरूमा सुरूका दिनमानै देखेर सुनेर पनि विस्वास नलागेमा पनि यो स्वभाविकनै मानिन्छ । यो कुरा नै नपत्याउने कुराहरू जस्तै छन् सुरूसुरूमा । तर यी कुराहरु लिखित रुपमा शिक्षित डाक्टरहरूद्वारा प्रमाण सहित प्रस्तुत गरिएका छन् ।  

                 हरेक मानिसहरुको तेस्रोनेत्र हुन्छ, त्यस तेस्रनेत्रको अस्वस्थ र स्वस्थ अवस्था हुन्छ, हामीले मरिसके भनेका मानिसहरु पूर्ण रुपमा मरेका छैनन् रहेछ, मानिसले तेस्रो नेत्र द्वारा पितृ, भुत प्रेत, देवी देवताहरुलाई देख्दछन् । स्वस्थ तेस्रोनेत्र भएकाहरूले शिवजी, दुर्गा माता, दुर्गा माताका अन्य विभिन्न रुपहरु, हनुमानजी, गणेशजी, राधा, कृष्ण, राम,सीता जस्ता वेदशास्त्रमा उल्लेख भएका व्यक्तित्वसंग कुराकानी गर्न सक्दछन् । ब्रह्मज्ञानीहरूले  ब्रह्मको अनुभव गर्न सक्दछन्, सदाशिव वा कैवल्य मुक्तिको अनुभव गर्न सक्दछन् ।

                 यो कुराहरु कुनै धर्मसंग सम्बन्धित छैन तर धर्म र संस्कारमा उल्लेखित कुराहरु पनि चर्चा गरिएको हो । यो हरेक विज्ञानहरु र हरेक मानिसहरुसंग सम्बन्धित छन् । समाजमा देवी देवता भन्ने शब्द कुनै अध्यात्मिक चर्चा मात्र नभएर सृष्टिका वास्तविक रुपमा रहेका जीवहरु  हुन् । (This is  in a physical state not in spiritual state ) ती देवी देवताहरुलाई देख्न, छुन, स्पर्श गर्न सकिंछ, ती  देवी देवताहरुसंग बोल्न सकिन्छ र तिनीहरुसंग  मित्रता, शत्रुता गर्न सकिन्छ । मानिसको मृत्यु पूर्ण रुपमा भएको छैन र उ मृत्युपछि पनि मानिसहरुसंग सम्पर्कमा आएको हुन्छ वा आउन चाहिरहेको हुन्छ ।

                  हामीबाट परामर्श र शिक्षा पाएका शिक्षित व्यक्तिहरुले आफ्नो स्वस्थ तेस्रोनेत्र खुलाएका छन् । उनीहरु आफ्नो स्वस्थ तेस्रोनेत्र द्वारा मन्दिर, घर वा अन्य आवश्यक स्थानबाट देवी देवताहरुसंग सम्पर्क गरेर कुराकानी गर्ने, आफ्ना प्रश्नहरुका जवाफ प्राप्त गर्ने र तिनीहरुसंगको सम्पर्कबाट प्राप्त हुने दु:ख वा सुखको अनुभव गर्ने गरेका र उनीहरूबाट प्राप्त सरसल्लाह सुझाव अनुसार हरेक दिनको आफ्नो दैनिकि चलाउने गरेका छन् ।

               सृष्टि के हो ? जीवन केहो ? मृत्यु के हो ? तेस्रोनेत्र के हो ? भन्ने बिषय यदि मानिसको लागी महत्वपूर्ण हो भने बेलैमा सजग हुन आवश्यक छ । हामीले देखेका, पढेका र बुझेका कुराहरु कतै अपुरा छन् कि ? सृष्टि, जीवन र मृत्युको वास्तविक रहस्यलाई नबुझी मरेकाहरु आधी बाटोमा अलपत्र परेका हुँदारहेछन् । जीवन र मृत्युको यो अलपत्र देख्नलाई मानिसको स्वस्थ तेस्रोनेत्र चाहिँदो रहेछ ।

तेस्रो नेत्र खुलेर ब्रह्मको अनुभव गरि सदाशिवको वा कैवल्य मुक्तिको अनुभव गरेका मानिसहरु    

मानव समाजमा चर्चा गरिने मध्येका केहि कुराहरूको रहस्यको जवाफ कतै खोजेर पाइदैन भन्ने चलन थियो त्यहि कुराहरूका केहि रहस्यहरू आज यस किताबमा खोज्यो भने पाइन सक्छन् । मानिसको मृत्युपछि के हुन्छ कस्लाई थाहा छ र ?, मरेर गएकाहरूलाई कस्ले देखेको छ र ?, देवीदेवताहरूलाई कस्ले देख्या छ र ? आदीआदी कुराहरू समाजमा गरिन्छन् । तिनै कुराहरूका केहि जवाफहरू र प्रमाणहरू यहाँ प्रस्तुत गरिएका छन् ।

 यस किताबले मानिसलाई सहि मार्गमा डोर्याउनेछ ।

 लेखकहरूलाई आफ्नो अध्ययन पुरा गरेर यस किताब लेख्न र प्रकाशित गर्ने  सम्म आइपुग्न करिब ३५ बर्षको मिहिनेत लागेको छ

लेखकहरूका निष्कर्ष र सुझावहरू 

           हामीले हाम्रा खोजिका प्रश्नहरू, खोजिका निष्कर्षहरूलाई यस किताबमा लेखेका छौँ, यस विषयसँग सम्बन्धित विरामीहरूका उपचारका लागी परामर्शका क्लिनिक सँचालन गरेका छौँ र यस ब्रह्मज्ञान किताबमा लेखिएका कुराहरूलाई गहिराइमा बुझ्न, अर्थ लगाउन, मनन गर्न सिकाउन, सपना एक समाचारका माध्यम र स्रोत हो, सपनाका अर्थ लगाएर सपना प्राप्त भएका खबरहरुका अर्थ लगाउन, तेस्रो नेत्रको अवस्था चिनेर त्यसलाई स्वस्थ बनाएर तेस्रो नेत्रद्वारा देख्न, सुन्न, अनुभवहरू गर्न सिकाउन, त्यस अनुभवहरूका अर्थ बुझ्न सिकाउन, सपना र तेस्रो नेत्रको सदुपयोग गर्न सिकाउन क्लास सँचालन गरेका छौँ ।

हाम्रो किताबको नाम :

 ब्रह्मज्ञानः मृत्युलाई चिहाएर हेर्दा भय र मृत्युसँगको सम्पर्क र सँघर्षको रस

लेखकः डा. कमल मान श्रेष्ठ                                     लेखिकाः डा. इन्दु श्रेष्ठ

“किताबको विषय सूची”

(यो एक ईन्टरनेट किताब हो । यस किताबमा  इ बुक, वेवसाइटका  लेखहरू, यु ट्युबका  भिडियोहरू तथा अन्य माध्यममा प्रकाशित सामाग्रीहरू समावेश गरिएको छ )

यस वेवसाइटको किताब पढ्नको लागि यस वेवसाइटमा रजिष्टर गरेर, किताब र सदस्यता किनेर  पढ्न सक्नुहुनेछ ।          

किताबको बनावट:

  •  यो इन्टनेट प्रबिधि, सुविधा मार्फत हेर्ने, पढ्ने, उद्देस्यले बनाइएको हो । यो अति नै महत्वपूर्ण कुराहरूले भरिएको किताब हो र यस किताबलाई हर समय साथमा रहोस, जतिखेर फुर्सद हुन्छ त्यति बेला, घरमा, अफिसमा या यात्रामा जहाँ हुँदा जनि फुर्सद र चाहना हुने बित्तिकै पढ्न मिलोस  भन्ने उद्देस्यले  इन्टरनेट प्रबिधि मार्फत बनाइएको छ । केहि भागहरू तथा पाठकहरुका अनुभवहरु  लगातार थपिदै जानेछन् ।
  •  यो वेब साइटका केही भागहरू विना अनुमती सबैले हेर्न मिल्नेछन् 
  •  यस वेब साइटका केही भागहरू हेर्न अनुमतीको लागी सदस्यता लिनु पर्नेछ ।  
  •   यो किताबको केही भाग ebook को रूपमा छ । यस  ebook लाई स्मार्टफोन वा कम्प्युटरमा download गरेर पढ्न मिल्दछ ।
  •  यस किताबका सचित्र (भिडियो)हरू You Tube, Vimeo,  मा पनि हेर्न मिल्दछ । केहि जानकारीहरू facebook मा हेर्न सक्नुहुनेछ ।

(किताब किन्ने तरिका:) 

१.  Register/ दर्ता     गर्ने: (पहिलो चरणमा -Register भन्ने पानामा गएर त्यहाँ भएको रजिष्ट्रेशन फर्ममा आफ्नो email राखेर रजिष्टर गर्नु होस )

२.   Ebook to Download+Membership/सदस्यता किन्ने:  ( दोस्रो चरणमा – पहिलो चरणमा भनेको जस्तो गरेर रजिष्टर भएपछि  साइटको shop भन्ने पानामा गएर किताब र सदस्यता किन्न अर्डर गर्नु होस, भुक्तानी भएको प्रमाण प्राप्त भए पछि सदस्यहरूलाइ मात्र उपलब्ध पानाहरू खुल्नेछन् । )

अथवा  आफैले रजिष्टर गर्न कुनै कठिनाइ भएमा लेखकहरूलाई contact us मा इमेल गरेर सम्पर्क गरि रजिष्टर गरिदिन सहयोग माग्न वा सुझावहरू लिन सक्नुहुनेछ वा  यस साइटमा भएका कुनै सदस्यहरू सँग सम्पर्क गरि रजिष्टर गरिदिन सहयोग वा सुझावहरू लिन सक्नुहुनेछ । 

⇐विषय सूचीमा फर्कन

तेस्रो नेत्रका अनुभवका प्रत्यक्ष भिडियो

निर्मला थापाको तेस्रो नेत्रको यात्रा

पितृसँगको सम्पर्क

निर्मलाको देविदेवताहरूसँगको सम्पर्क

निर्मला थापाको तेस्रो नेत्रको अनुभव र सदाशिवको अनुभव भाग १

निर्मला थापाको तेस्रो नेत्रको अनुभव र सदाशिवको अनुभव भाग २

लेखकहरूका निष्कर्ष र सुझावहरू 

हाम्रो किताबको नाम :

 ब्रह्मज्ञानः मृत्युलाई चिहाएर हेर्दा भय र मृत्युसँगको सम्पर्क र सँघर्षको रस

लेखकः डा. कमल मान श्रेष्ठ                                     लेखिकाः डा. इन्दु श्रेष्ठ

कन्या गुरूङ्गको अस्वस्थ तेस्रो नेत्र, पितृ र देवीदेवताहरूसँगको सम्पर्क

कृष्णमाया श्रेष्ठ तेस्रो नेत्रको नागिन देखि उपचार सम्म

जीना चौधरीको तेस्रो नेत्र बोक्सी बन्ने चाहना

तेस्रो नेत्रका समस्याहरु र समाधानहरूका अन्य उदाहरणहरू

स्वस्तिका मल्लको तेस्रो नेत्रको समस्या र प्रेतसंगको सम्पर्क 

बाल्कु भण्डारीको तेस्रो नेत्र र पितृसँगको सम्पर्क

बाल्कु भण्डारीको तेस्रो नेत्र र पितृसँगको सम्पर्क

सुष्मा भण्डारीको तेस्रो नेत्र र पितृहरूसँगको सम्पर्क

शर्मिला राना मगरको तेस्रो नेत्र र समस्याहरु

श्याम थापा (मगर बा)को तेस्रो नेत्र र समाधान

स्वेता श्रेष्ठको तेस्रो नेत्र र सदाशिव (कैवल्य मुक्ती )को अनुभव भाग १

स्वेता श्रेष्ठको तेस्रो नेत्र र सदाशिव (कैवल्य मुक्ती )को अनुभव भाग २

चाँदनी माकाजुको तेस्रो नेत्र र सदाशिवको अनुभव भाग १

चाँदनी माकाजुको तेस्रो नेत्र र सदाशिवको अनुभव भाग २

साइटको भित्र शाखा साइटहरूका रूपमा अन्य पानाहरू छन

धन्यवाद 

Kamalsfabulous-Ebook-Cover