लक्ष्मी पुजा – २०७४

२०७४/०७/०६, पोखरा
रमेश शर्मा

मिति २०७४/०७/०२ गते विहिबारका दिन हिन्दूहरूको महान् पर्व तिहारको तेस्रो दिन अर्थात् लक्ष्मी पुजाको दिन परेको थियो । सबै ब्रह्मज्ञानीहरू कोही बिहान सबेरै उठेर, कोही आफ्नो समयानुकूल पारेर आफ्नो घर नजिकैको मन्दिरमा गए र सरसफाईका साथ लक्ष्मी मातासंग कुराकानी पनि गर्नुभयो । सोही दिन बिहान ११:०० बजे आफ्नै क्लिनिकमा भेला भई लक्ष्मी पुजा धुमधामले मनाउने र ध्यौसी  खेल्ने भन्ने सूचना अघिल्लो दिनमै सबैलाई भएको थियो, र खबर अनुसार सबै ब्रह्मज्ञानीहरू बिहान ११:०० बजे बाट क्लिनिकमा आउन थाल्नु भयो ।

सबै जना क्लिनिक कक्षामा पुग्यौं । त्यहाँ पुग्दा लक्ष्मी पुजा मनाउन भनेर सबै ब्रह्मज्ञानीहरू भेला भइसक्नु भएको रहेछ भने कोही आउँदै हुनुहुँदो रहेछ । बगैँचामा टन्न मिलाएर कुर्ची र टेबुल राखेका थिए र उक्त कार्यक्रमको लागि माताले, शिवजीले अघिल्लो दिनमा भने जस्तै खानाका परिकारहरू तयारी अवस्थामा थिए । अघिल्लो दिन किनमेल गरेर, सोहि दिन विहानदेखि १०-१२ जना मिलेर खाना बनाउनुभएको थियो । दिउँसोको खानामा (स्न्याक्समा) वाईन, सेल रोटि, साधेंको बदम र भट्ट, बफ (राँगोको) छोईला, बँदेलको ग्रेभी मासु, मिक्स अचार, प्राउन थिए भने साँझको खानाको लागि पुलाउ, कुखुराको ग्रेभी मासु, टमाटरको चटनी, मिक्स तरकारी, पापड र पिउनका लागी चिसोहरू थिए । यी सबै खाने कुरा शिवजी र माता आफैँले बनाऊ भनेर भन्नुभएको थियो ।

सबैजना कार्यक्रममा उपस्थित भइसकेपछी डा. कमल मान श्रेष्ठले लक्ष्मी पुजाको बारेमा केहि चर्चा गर्नुभयो र स्याम्पेन फोडी त्यस कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रमको पहिलो चरण स्न्याक्स खाइसकेपछी ध्यौसी भैलोको कार्यक्रम सुरु भयो ।

डा. कमल मान श्रेष्ठ र डा. इन्दु श्रेष्ठको प्रमुख अथित्व अनि सजना तिवारी र गोविन्द तिवारीको उद्घोषणमा ध्यौसी भैलोको कार्यक्रम भव्य र सव्य तरिकाले समापन भयो । ध्यौसी भैलो खेल्ने क्रममा सबै भगवानहरु आएर नाच्नुभएको छ भन्दै, कसैले के, कसैले के भन्दै सबै ब्रह्मज्ञानीहरुले आ-आफुले देखेका चित्रहरुको वर्णन गर्नुभयो । लक्ष्मी माता पूर्ण रुपले शिर देखि पाउ सम्म श्रृङगारले सजिएर आउनुभएको थियो । सबै ब्रह्मज्ञानी भगवानहरुले लक्ष्मी मातालाई बधाईका साथै विभिन्न उपहारहरु पनि दिनुभएको थियो । सबै ब्रह्मज्ञानी भगवानहरु खुशी हुदैं ब्रह्मज्ञानीहरुसंग पनि नाच्नुभयो ।

त्यस कार्यक्रम पछि नियमित रुपले हुने जसरी क्लास सुरु भयो । क्लासमा लक्ष्मी माता लगायत सबै ब्रह्मज्ञानी भगवानहरुकोको चर्चा गरियो । लक्ष्मी पुजा भनेको के हो ? लक्ष्मी पुजा कसरी गर्ने ? लक्ष्मी माताको हुनुहुन्छ ? उहाँको पुरा रुप के हो ? उहाँलाई कसरी प्राप्त गर्न सकिन्छ ? यस्तै प्रश्नहरुको चर्चा गर्दै र माताले यिनै प्रश्नका उत्तरहरु सन्देशको रुपमा दिनुभयो । अन्त्यमा डा. इन्दु श्रेष्ठ ज्यू र सुस्मा ढकाल ज्यू बाट इच्छुक भूत, प्रेत, पितृलाई ब्रह्म पठाउने कार्य गरी सो दिनको क्लास बन्द भयो ।

यसरी ब्रह्मज्ञानको चर्चा गर्दै, शिवजी, लक्ष्मी माता र अरु ब्रह्मज्ञानी भगवानहरुसँग प्रतक्ष्य कुराकानी गरेर, ब्रह्मको अनुभव गरेर २०७३ सालको लक्ष्मी पुजा धूमधामले मनाइयो ।

धन्यवाद !

कार्यक्रमका केही झलकहरु:

      

      

             

             

             

             

       

      

        

        

2 thoughts on “लक्ष्मी पुजा – २०७४”

  1. वास्तवमा लक्ष्मीपुजा भनेको उहाँलाई चिन्ने र उहाँको बारेमा राम्रोसङग बुझ्ने रहेछ।यहि कार्य गरेर हामीले माताको नजिक हुने मौका पायौं।लक्ष्मी माताकी जय!!

  2. धन्यवाद रमेश सर लक्ष्मीमाताको राम्रो चर्चा
    गर्नु भएकोमा । यसरीनै लक्ष्मीमाताको चर्चा गर्न
    पाईराखौं । धन्यवाद फेरी पनि।

Leave a Reply