पहिलो दिनमा नै !!!

हिजो मिती २०७४/०४/१४ गते शनिबार दिउसोको क्लासमा उपचार गराउन आउने व्यक्ति उदयपुर जिल्ला लेखानी गाँउपालिका बाट सन्तोष दाहाल हुनुहुन्थ्यो ।

उहाँ ईन्द्र घाना मगरको सिफारिसमा आउनु भएको हो । उहाँ करिब चार घण्टा सम्म अर्ध चेत अबस्थामा बोल्नु भएको थियोे । अब हाम्रो ब्रह्मज्ञान क्लासमा अायपछि बाच्चु जस्तो लागेर हसिलो मुहार बनाएर जानुभयो ।

शितला माताको मन्दिर सरसफाई

नमस्कार सर, मेडम र सम्पूर्ण ब्रह्मज्ञानी साथीहरूलाई  मिति २०७४/०३/१७ गते शितला माताको निमन्त्रणा स्वीकार गरी उहाँको मन्दिर सरसफाई गरियो। सरसफाई कार्यक्रममा सम्पूर्ण ब्रह्मज्ञानी साथीहरूको उपस्थिती थियो। सबैजनाले माताको मन्दिर सरसफाई रमाउँदै गर्नुभएको थियो। सरसफाई कार्यक्रम सकिए पछि हनुमान चालिसा पढयौं र सबै ब्रह्मज्ञानी भगवानहरुको जय जयकार गर्यौं। तेस्रो नेत्र खुलेका साथीहरूले जय जयकार गरेको समयमा सबै भगवानहरुलाई देख्नुभएको थियो। सर,मेडम र सबै साथीहरूलाई धन्यवाद।

शितला माताकी जय !!