ब्रह्मकाे अनुभव

लेखकः मुना गुरूङ्ग, पाेखरा,  मिति : २०७३/१०/४ , मंगलबार

नमस्कार ! मेरो नाम मुना गुरुङ हो | मेरो जन्म कास्की जिल्ला, सिल्दुजुरे थाक वडा नं- ७, नयाँ गाउँमा भएको हो | हाल म पोखरा बाँझापाटन-१३ मा बस्छु | ब्रह्मको अनुभव गर्नु भन्दा अगाडि मलाई पितृ र प्रेतहरुले छेक्न आए | तिनीहरुलार्इ डा. कमलमान श्रेष्ठ (मामा) को निर्देशन अनुसार तर्काए पछि मैले हनुमानजीको दर्शन पाएँ । हनुमानजीले आकाशमा उडेर मलाई हेरिरहनु भएको थियो | म चाहिँ केबल कारमा एउटा खुट्टा भित्र एउटा खुट्टा बाहिर निकालेर बसेको थिएँ । प्रेत र पितृहरु फेरी छेक्न आए । मेराे मन दुखाउनेहरु पनि आए । तिनीहरुलाई तर्काए पछि मैले शिवजीको दर्शन पाएँ । अनि शिवजीको बर्णन यसरी गर्छु । शिवजीले कपाल गुजिल्टो पारेर रुद्राक्षको मालाले बाध्नु भएको थियो । शिरमा चन्द्रमा लगाउनु भएको थियो । अनि शिरबाट गंगा पनि बगिरहेको थियो । निधारमा सेतो तेस्रो टिका अनि तेस्रो नेत्र थियो । ओठमा एकदम मिलाएर रातो लिपिस्टिक लगाउनु भएको थियो । घाँटीमा सर्पको माला, पाखुरामा र नाडीमा पनि रुद्राक्षको माला लगाउनु भएको थियो । दाहिने हातमा त्रिशुल लिनु भएको थियो । त्रिशुलमै डमरु र कमण्डलु झुन्ड्याउनु भएको थियो । घुँडा सम्म आउने गरि बाघको छाला लगाउनु भएको थियो । कम्मरमा रातो कपडाको पटुका बाँध्नु भएको थियो । खुट्टामा कल्ली लगाउनु भएको थियो ।

शिवजीले मलाई आउ नाचम भन्नुभयो | मैले मलाई नाच्न आउँदैन भन्दा शिवजीले मेरो हात समाएर घुमाई घुमाई नचाई दिनुभयो । म पनि शिवाजिसंग नाचेँ  त्यस पछि शिवजीले थकाई माराैँ भन्नुभयो अनि हामी चौतारीमा बसेम । शिवजीले खाजा पनि खाम भन्नुभयो । अनि रुस्लान (RUSLAN WINE) बंगुरको मासु , पिज्जा, KFC खाइयो । यिनीहरु एकदमै स्वादिस्ट थियो । मलाई WINE लागेर टाउको रिंगटा लाग्यो । अनि मामाले कागती (lemon) सट्टा किवि (KIWI) खाउ भन्नुभयो । अनि मैले KIWI नै खाएँ । त्यसको स्वाद गुलोयो गुलियो अमिलो अमिलो थियो । यो Light Green Colour मा थियो । त्यसपछि शिवजीले मलाई सपिंङ गर्न ट्रेड महल लैजानु भयो र कालो रंगको सुट पेन्ट र सेतो सर्ट, कालो टाई, कालो जुत्ता किनिदिनु भयो । अनि सोरुमबाट निलो रंगको स्कुटी (भेस्पा) किनिदिनु भयो । स्केटी सुरुमा शिवजीले चलाउनु भयो म पछाडि बसेँ । पछि मैले स्कुटी चलाएँ शिवजी पछाडि बस्नुभयाे र मलाइ सिकाउनु भयाे । शिवजीले नडराइकन चलाउ भन्नुभयो । अफ्ठ्यारो ठाउँमा शिवजीले हेन्डल समाई दिनुभयो ।

त्यसपछि शिवजीसंगको यात्रा समुन्द्र हुदै कैलाश भ्रमण सुरु भयो । शिवजी र म समुन्द्र पार गर्न डुंगा चढ्यौँ । समुन्द्रको पानी सफा र निलो थियो । शिवजीसंग डुंगामा बस्दा मलाई आनन्द लागेको थियो । समुन्द्र पार गरेपछि डुंगाबाट झरेर कैलाश भ्रमण गर्न हिड्यौँ  । आठ/नौ घण्टा हिडे पछि(त्यस्तै लागेकाे थियाे) हिमाल्कों फेदी निर पुग्यौँ र शिवजीले मलाई न्यानो बाक्लो ड्रेस फेर्न लगाउनु भयो । शिवजीले पनि हिमाल चढ्दा लगाउने ड्रेस लगाउनु भयो । जुत्ता पनि नाचिप्लिने काँडा काँडा भएको लगायौँ । अनि हिमाल चढ्न तयार भयौँ | शिवजी त कति छिटो कसरी कसरी माथि हिमालको टुप्पोमा पुग्नु भएछ । म त तलबाट हेरिरहेँ । शिवजीले पहिला नै एउटा किल्ला गाडेर डोरी तल म निर फाली सक्नु भएको रहेछ । मलाई त्यही डोरी समातेर माथि आउ भन्नुभयो । म त्यहि डोरी समातेर माथि गएँ र शिवजीले अब हिउँमा खेल भन्नुभयो । मैले हिउँको बल जस्तो डल्ला डल्ला बनाएँ । अनि शिवजीले हिउँकाे मान्छे बनाउ भन्नुभयो । मैले हिउँ मान्छे बनाएँ । मेरो हात कठान्ग्रीएर चिसो भएको थियो । हिमालमा चिसो हावा सरर लागेको थियो । शिवजीले हिउँ खेल्ने रहर पुग्यो भनेर सोध्नुभयो । मैले पुग्यो शिवजी भनेँ । शिवजीले मलाई अब तिमीलाई अघि आएको बाटो होइन आर्को नयाँ बाटो हुँदै लैजान्छु भन्नुभयो ।  शिवजीले साह्रै जाडो भयो तातो तातो कफी पिउँ भन्नभयो । कफी पियौं र हामी अगाडी बढ्यौँ । नयाँ बाटो सजिलो तेर्सो तेर्सो थियो । हिमालबाट झरे पछि शिवजीले ड्रेस चेन्ज गर भन्नुभयो र मैले सुट पेन्ट लगाएँ । त्यहाँबाट अगाडी बढ्यौँ । बाटो एकदमै सफा हरियो जंगल बोटहरु सबै एकनासको थियो । शिवजीले मलाई अँगालो हालेर हिड्नु भएको थियो । हिड्दा हिड्दा थकाई लाग्यो अब खाना खाउँ है भनेर ठुलो स्ट्याण्डर्ड होटलमा लानु भयो । त्यहाँ कुर्ची, सिसाको टेबल मिलाएर राखिएको थियो । शिवजीले आजको खाना चिकेन ब्रियानी खाउँ भन्नु भयो र अर्डर गर्नु भयो । सिसाको गिलासमा पिउने तातो पानि मगाउनु भयो ।  सफा सेतो प्लेटमा चिकेन ब्रियानी साइडमा चम्चा, काँटा चम्चा, मिक्स सलाद, आँपको अचार, तिल र टमाटरको चट्नी थियो । सबै एकदमै स्वादिस्ट थियो । त्यस पछि त्यहाँबाट अगाडी हिड्यौँ । जादाँ जादाँ साझँ पर्न थाल्यो अनि शिवजीले ले मलाई तिमी जान्छौ कि के गर्छौ भन्नु भयो । मैले हजुर संगै बस्छु भनेँ । शिवजीले मलाई डाँडाबाट आँधि आउदै गरेको घामको प्रकास म तिर पार्दिनु भयो । आफू चाहिँ म तिर हेरेर छेउमा बस्नु भयो । मैले के भन्नु भएको शिवजी मैले बुझिन भनेँ | शिवजीले बोल्नु भएन म तिर हेरेको हेरै गर्नु भयो । मैले शिवजीको भाषा भुझ्नै सकिन । फेरी सोधेँ । एकहोरो मलाई हेरिरहनु भयो । मैले शिवजी संग बिन्ति गरेँ, रोएँ र शिवजी मलाई ब्रह्मको अनुभव गराईदिनुस भनेँ । शिवजीले रातो लिपिस्टिक लगाउनु भएको ओठ मुसुक्क मुस्कुराउनु भयो तर केहि भन्नु भएन । फेरी त्यसरीनै हेरी रहनु भयो । बिन्ति छ शिवजी हजुरलाई मलाई आधि बाटोमा लेराएर नछोड्नुस् मलाई अगाडि बढाई दिनुस भनेँ । तर पनि मलाई हेरी रहनु भयो । मैले मामासंग बिन्ति गरेँ मलाई डोर्याई दिनुस मामा मलाई ब्रह्मको अनुभव गर्न सारै इच्छा छ भनेँ । मामाले भन्नु भयो तिमिले शिवजीसंग माया प्रेम कसरी लायौ, कति लायौ, शिवाजिसंग माया प्रेम गर्यौ कि गरेनौ भन्नुभयो । मलाइ शिवजी प्रति प्रेम जगाउनु पर्छ भनेर अझै बुध्दि अाएकाे रहेनछ । त्यसैले शिवजीले हेरेर मात्रै बस्नु भएकाे रहेछ । मामाले भन्नु भएपछि मेराे बुध्दि अायाे यस्ताे शिवजी प्रतिकाे माया जाग्नु , पाउने नै जीवनकाे सार्थकता हाे भनेर अायाे । अनि मैले शिवजीलाई आत्मा देखि आत्मिय प्रेम गरेँ । त्यसपछि मलाई शिवजीले हिउँको छाप्रो देखाइदिनु भयो मलार्इ त्यहाँ लैजानु भयो । त्यहाँ भित्र जाँदा एकदमै आनन्द भएको थियो । भुइँमा कार्पेटको सट्टामा बाघको छाला बिछ्याईएको थियो । भित्र पार्वती माता सुनको बुट्टेदार कुर्चीमा रातो जाडीले भरेको सारी लगाएर बस्नु भएको थियो । मातालाई मैले ढोग गरेँ र माताले मलाई आशिर्वाद छ भन्नुभयो । माताले शिरमा सुनको श्रीपेच, कानमा झुम्का, निधारमा सीतारा भएको रातो टिका, रातो लिपिस्टिक ओठमा र आखाँमा गाजल मिलाएर लगाउनु भएको थियो । घाँटीमा हार, रानी हार, हातमा रातो चुरा छेउ छेउमा सुनको बाला औँठी, रातो नेल पोलिस, खुट्टामा सुनको पाउजु लगाउनु भएको थियो । माता एकदमै राम्री मिलेको जिउडाल भएको कलिलो एकदमै सुन्दर हुनुहुन्छ र शिवजी पार्वती माताको नजिकको कुर्चीमा बस्नु भयो । मलाई पनि छेउमा बस भन्नु भयो । म पनि शिवजी नजिकैको कुर्चीमा बसे । त्यहाँ बस्दा मैले हिउँको छाप्रो ठुलो ठुलो हुदै गएको देखेँ । जति ठुलो हुन्छ मलाई त्यति सुन्दर र आनन्द लाग्न थाल्यो । हेर्दा हेर्दै त्यो हिउँको छाप्रो  सिसै सिसाको झ्याल भएको ठुलो न ठुलो अग्लो न अग्लो दरबार जस्तै भयो । तलै तला कोठै कोठा बन्यो । हेर्दा हेर्दै सेतो उज्यालो न उज्यालो पो देखेँ । त्यो छाप्राे घर बिस्तारै बिलायो । म बसेकाे ठाउँ त विशाल आकाश मुनि चारै तिर उज्यालो थियो । त्याे उज्यालाे थियाे कि बिजुलीकाे बल्ब भन्दा पनि उज्यालाे थियाे तर चारै तिर । जता फर्के पनि उज्यालो थियो । चारैतिर शान्त, आनन्द र स्व-प्रकास थियो । सधैँ यही बसी राखम जस्तो भएको थियो । अनि शिवजी यो के हो भनेर सोधेँ | शिवजीले यो ब्रह्म हो भन्नु भयो । यसरी मैले पहिलाे चाेटी ब्रह्मकाे अनुभव गरेँ । क्लासमा अरू पुरानाे साथीहरूले ब्रह्मकाे अनुभव गर्दा र बर्णन सुनाउदा रमाइलाे लागे पनि अाफैले नदेखुन्जेल अझै के हाे केहाे जस्ताे लाग्थ्याे । तर अाज अाफैले अनुभव गर्न पाएँ । याे यति रमाइलाे खुसि अानन्दकाे क्षण थियाेकि मलार्इ अाखिरमा पूर्ण बर्णन गर्न अाएन । म याे अानन्द कहिल्यै भुल्ने छैन । अरू साथीहरूकाे अनुभव देखेर चाहना जागेकाे मात्र थियाे तर म गुरूङ्गकाे छाेरी र बुहारीले यस्ताे अनुभव गर्न पाउँछु भनेर मैले साेचेकाे पनि थिइन । जीवन भर काम लाग्ने र मृत्यु पछि काम लाग्ने शिक्षा र अनुभव गर्न पाएर म हृदय देखि धेरै धेरै खुसि छु ।

“शिवजीलाई कोटी कोटी ढोग कोटी कोटी धन्यवाद“ “हनुमानजीलाई कोटी कोटी ढोग कोटी कोटी धन्यवाद“ “ दुर्गा मातालाई कोटी कोटी ढोग कोटी कोटी धन्यवाद“ “सम्पूर्ण ब्रम्हज्ञानी भगवानहरुलाई कोट कोटी ढोग” डा.कमलमान श्रेष्ठ (मामा) र डा.इन्दु श्रेष्ठ(माइजु) लाई मेरो हृदय देखि नै मुरी मुरी धन्यवाद दिन चाहन्छु । मलाई डोर्याई दिनु भएर अगाडी बढाई दिनु भएकोमा र हेमा दिदी र ज्योत्सना दिदीलाई पनि धेरै धेरै धन्यवाद मलाई डोर्याई दिनु भएकोमा र सम्पुर्ण ब्रम्हज्ञानी साथीहरुलाई पनि धेरै धेरै धन्यवाद मलाई सहयोग गर्नु भएकोमा ।

अाज ब्रह्मकाे अनुभव गर्न पाएँ र अब छिटै सदाशिव वा कैवल्य मुक्तिकाे अनुभव गर्न पाउँ भनेर शिवजी सँग अनुराेध गरेकाे छु र उहाँले मैले ब्रह्मज्ञानलार्इ अझै गहिराइमा बुझेपछि त्यसकाे अनुभव गर्न पाउने छाै भनेर अाश्वासन दिनुभइकाे छ र म त्यसै दिनकाे प्रतिक्षामा छु ।

 

धन्यवाद !!!!!!!!!!

This post is also available in: Nepali

Leave a Reply