मरेपछीको अनुभव

मिती २०७३/११/२७ गते शुक्रबार को दिन बेलुका ८.१७ बजे मेरो मनमा धेरै नै कुराहरु खेलिरहेको थियो । मैले अरू मानिसलार्इ यस साइटमा दर्ता गर्दा कति गाह्रो हुँदो रहेछ भनेर थाहा पाएँ । कहिले साईड बिग्रने त कहिले आफै गल्ती हुने मैले वा हामीले गरेर हाेकि भनेर सोचेँ । अनि एक्कासी म संग एउटा लिंग शरीरले कविता मार्फत बाेल्न अायाे र मेराे र उसकाे कवितामा नै कुरा भयाे ।

 

कति आउछौ लिङ्ग शरीर मेरो शरीर भित्र ।

कतै छैन उज्यालो देख्छु तिमी भित्र ।।

मेरो कष्ट हटाई दिन्छौ तिमिले ब्रम्ह पठाई ।

झिल्केले उद्दार गरेको छ हामी सबै लिङ्ग शरीर लाई ।।

यहि जिवनमा थाहा पाए ब्रह्म र सदाशिवको ज्ञान पाएँ ।

भौतिक शरीर त केही नरहेछ लिङ्ग शरिरको महत्त्व पाएँ ।।

यो ज्ञान नबुझ्दा कति भौतारी हिडेँ ।

यहि ज्ञानले भवसागर तरेँ ।।

अब जानु छ कैवल्य मुक्तिको अनुभव गर्नलाई ।

त्यहीकुरा अझ बुझ्नु छ मरेपछिको जीवन बुझ्नलाई ।।

 

याे कुरा कामगर्ने ठाउँमा भएकाे थियाे । एक जना दिदीलार्इ यस ब्रह्मज्ञानकाे कुरा सिकाउन र किताब पढ्ने बाताबरण मिलायन खाेज्दा त्यस दिदीकाे विभिन्न प्रेतहरूले छेक्न र गालि गर्न अाएका थिए ।

 

अनि त्यसपछी राती म सुत्ने बेलामा ननिदाएकाे बेलामा अाँखामात्र चिम्म गरेकाे बेलामा विभिन्न चित्रहरू अाउन थाल्याे र मैले म आफै मरेको देखेँ । जसरी अरु मान्छेहरु मर्दा हरियो बाँसमा बाँध्छ त्यसरी नै मलाई पनि हरेराम लेखेको कपडाले मेरो सबै शरीर छोपेर बाँधेको देखेँ । मेराे मरेकाे शरीरलार्इ बाँधेको बेलामा म आफैलाई पनि अनुभव भयो कि डोरीले कसेको अनि मेरो शरिरमा फुलहरु छरेको देखेँ । हिजो देखेको कुरा आज बिहान पनि मैले फेरि देखेँ ।

मैले कृष्ण भाउजुसंग सदाशिवको जाने कुराहरु चल्दा भनेको थिएँ । अरुहरुले जसरी सदाशिव जाँदा खाएको लाएको शिवजी संग घुमेको अनुभव गरेको थियो, त्यो कुराहरु गर्न मन त छैन । त्यो अनुभव त मैले पटक पटक ब्रह्म जाँदा गरेको छु । मलाई त म मरेपछि मेरो जीवन कस्तो हुन्छ भनेर अनुभव गर्न मन छ भनेको थिएँ ।

अनि बिहान उठेपछि पछि मैले मामा डा.कमल मान श्रेष्ठसंग मेसेन्जरबाट सोधेँ, मैले यस्तो यस्तो कुरा देखे मामा के होला भनेर । मलार्इ अलि अलि डर पनि लागि रहेकाे थियाे अाफै मरेकाे र अाफ्नाे लासलार्इ बाँधेकाे देखेर । त्यसैले उहाँलार्इ सोधे अनि उहाँले भन्नु भयो ।

सदाशिवकाे अनुभव भनेकाे जीवनकाे सबै रहस्य र महत्व बुझ्नु हाे । जाे मानिस जीवनकाे रहस्य बेलामानै थाहा पाउछ त्याे मानिस साधारण मानिस नभएर अमृत सरह हाे भनेकाे छ शास्त्रमा भन्नु भयो ।

हुन त हामिलाई थाहा थिएन भगवान हुनुहुन्छ, मानिस मरेपछी पनि मरेको हुदैन रहेछ । मरेपछीको जीवनमा पनि जीवित हुँदा जस्तो रोग लागेर बसेकाे, राेगकाे पिडा अनुभव गरिरहेकाे हुँदाेरहेछ । त्यस्तै अनुभव लिएर हिँडेका मरेका मानिसहरू हुन्छन् भन्ने कुरा मामा डा. कमल मान श्रेष्ठ संग उपचार गर्ने क्रममा थाहा पाएँ ।

 

याे अति पत्याउनै नसकिने सही सत्य थियाे । मैले अाफ्नाे जीवनमा याे कुरा बुझ्न पाएर स्वस्थ सुखि हाँसि खुसि गरेर बाच्न पाएकि छु । नत्र म त्यस्तै अन्जानका चिजहरूकाे सम्पर्कमा पुगेर विभिन्न दुःख कष्ट भाेग्दै सँधै अाँखामा अाँसु लिएर मर्न उपाए नजानेर बाचेर बसेकि थिएँ । हरेक दिन कहिँ न कहिँ गएर ह्वाँ ह्वाँ गरेर रूनु मेराे  नित्य कर्म भइसकेकाे थियाे ।

 

मेराे सदाशिवकाे अनुभव गर्ने चाहना अब छिट्टै पुरा हाेस भनेर शिवजीसँग प्राथना गर्दछु ।

 

शिवजी कि जय, सदाशिव कि जय।।

 

मामा डा.कमल मान श्रेष्ठ ज्यु,

माइजू डा.ईन्दु श्रेष्ठ ज्यु लाई

हजुरहरुले मेरो उपचार गरेर स्वास्थ बनाउनु भयो र यहाँ सम्म पुराउनु भएर मरेपछि हामी कस्तो अवस्थामा रहेको हुदो रहेछ भनेर अनुभव गर्न पाएँ । धन्यवाद ।।

This post is also available in: Nepali

Leave a Reply