किताब पढेपछिको मेरो अनुभव

मेरो किताब पढे देखिको अनुभवहरु र समाधानहरु
मेरो नाम सुमन क्षेत्रि हो। मेरो जन्मभुमि भारतको देहरादुन हो। म अहिले पोखराको गैहृापाटन खेमलाल मार्ग वार्ड न. ४ मा बस्छु।पोखरा आएको मलाई २० वर्ष भईसक्यो।
नमस्कार सर डा. कमल मान श्रेष्ठ, म्याम डा. इन्दु श्रेष्ठ लगायत सम्पुर्ण ब्रहम्ज्ञानी परिवारमा नमस्कार!! मेरो श्रीमान् नशा सम्बन्धि रोगले बिरामी हुनुहुन्छ। डाक्टरको इलाज गर्दागर्दै मलाई कहिले काही नराम्रो अदृश्य चिजहरुले दु:ख त दिएको हैन भन्ने लाग्थ्यो र मैले थुप्रै हेराउने माताहरु तिर धाउदाधाउदै पनि समाधान भएन मेरो श्रीमान राति राति कराउने सपनमा नराम्रो चिज हरु देखे भन्नु हुन्थ्यो। मैले कति माताहरुलाई हेराउने गरे तर केहि उपचार भएन मैले दुइ-तिन बर्ष देखि यो ब्रहम्ज्ञानको बारेमा कृष्ण खड्का बहिनी मार्फत सुनेकी थिए र मलाई उहाँहरुको कुरा सुन्दा राम्रो लाग्थ्यो र मन शान्ति हुन्थ्यो। अनि मैले सुरुमा youtube बाट छोटकरीमा मेरो किताबको पानाहरु पढ्दा पहिलो दिन बेलुका ३-४ बजेको समयमा किताब पढ्दापढ्दै मैले पहिला मेरो र मेरो श्रीमानको शरीर बाट एउटा एउटा बिरालो निस्केर गएको देखे फेरी भोलि पल्ट बिहान ५ बजेको समयमा श्रीमान् काे अनुहारमा आफ्नो पितृ ससुरा बालाई देखे पित्रीले मलाई पिसाब गराहिदेउ भने ( किनभने हाम्रो ससुरा बिरामी हुदाँ मैले नै दिसाब पिसाब गराईदिन्थे। अहिले मेरो श्रीमानको त्यही अवस्था छ। अनि त्यसपछि मैले तेस्रो दिन बेलुका ३-४ बजे बेडमा ढल्केर किताब पढिरहेको बेला एउटा ठुलो कालो सर्प देखे त्यो सर्पलाइ एउटा ठुलो ट्रक आइ किचेर मारी दिएको देखे। यसरी घरमा बसेर किताब पढ्दा मलाई ३ दिन सम्ममा धेरै गर्हो भयो डर पनि धेरै लग्यो तर मैले youtube मा सर डा. कमलमान श्रेष्ठले क्लासमा भएको उपचारको भिडियो जसमा सरले भाइ सुमित द्वालाई भन्नु भएको थियो की तिमिलाई कुनै अदृश्य कुराले सतायो भने सर ( मामा ) लाई भनि दिन्छु भन्यो भने त्यो अदृश्य चिजहरु डराउछ तेस्रो दिनको राति मैले मेरो कोठामा अदृश्य चिजहरु देखे कोठामा ट्याक-ट्याक केहि कराउने आवाज पनि महसुस गरे। त्यो रात मलाई धेरै गार्हो भयो कहिले बिहान हुन्छ जस्तो लाग्यो र मैले रात भरि ब्रह्मज्ञानी शिवजी, हनुमानजी र दुर्गामातालाई सम्झी राखे अनि मोबाईलमा डाउनलोड गरेको हनुमान चालिसा सुनिराखे तर पनि मेरो शरीर डरले फुलिराख्यो। म निडर भएर त्यो डर संग लड़ीराखे र सर (मामा) ले भिडियोमा भने अनुसार त्यो अदृश्य चिजलाई यहाँबाट जा नत्र सर ( मामा ) लाई भनिदिन्छु भन्दा त्यो डर त्रास हराउनदै गयो र मलाई
‘भय र मृत्यु संगको मेरो सम्पर्क र संघर्षको रस भन्ने किताब पुरै पढ्न मन लाग्यो। कृष्ण खड्का बहिनी मार्फत मैले यो किताब किने र मेरो नाम दर्ता गरेपछि आफ्नो मोबाईलमा डाउनलोड गरेर पढ्न पाए। किताब पढ़ने क्रममा अदृश्य चिजहरुले कहिले निधारमा कहिले गालामा हान्ने गर्थे तर मैले किताब पढ्न छोडेन गाह्रो भए जस्तो हुदाँ किताब पढेपछी मन शान्त हुन्थ्यो। मैले सपनामा जिप चलाउदै जादाँ थुप्रै प्रेतहरु मेरो जिपको पछि लाग्दै आयो र म जिप गुडाउँदै गुडाउँदै ठुलो चाक्लो पिच बाटोमा कता कता अलि अप्ठ्यारो खाल्टा खुल्टी बाटो हुँदै फेरी ठुलो पिच बाटो मा जिप गुडाउँदा कृष्णा खड्का बहिनीलाई देखे र ऊहाँले मलाई नडराउनु दिदी भन्नुभयो र बहिनिले ब्रह्मज्ञानी ( माङ्ग ) लाई आफ्नो मोवाईलबाट फोन गरेपछि त्यो प्रेत डरायो र भने ऊहाँ त श्रेष्ठ हुनुहुन्छ ऊहाँलाइ मैले चिन्छु पहिले भनेको भए मैले केही गर्ने थिएन भनेर त्यो प्रेत हरायो। एकदिन बिहान श्रीमान् लाई संन्चो भएन र ऊहाँलाई सुताएपछि बिहानको ३ बजेको रहेछ सरले बिहान किताब पढ्दा राम्रो हुन्छ भनेको सुनेर त्यो दिन बिहान पाठ पढे र ५ बजे तिर मलाई निन्द्रा लागे जस्तो भयो र कोठा बाहिर आएर सधै झैँ एकछिन कुर्चीमा बसे र आखाँ चिम्म गर्दा आफ्नो अगाडी अग्लो आशनमा एउटा सेतो लुगा ( जामा ) लगाएको ओठमा रातो लाली निधारमा रातो टिका लामो कपाल खुल्ला गरेको एउटा केटीलाई देखे ऊहांले आफ्नो दुवै हात माथि उठाउनु भयो र आफ्नो दुवै हात हल्लाएर नआत्ति अब सबै राम्रो हुन्छ भन्नु भयो जस्तो लाग्यो र मैले हजुर माता हुनुहुन्छ मलाई देखिनु भएकोमा हजुरलाई कोटी-कोटी नमस्कार, धन्यवाद दिए र क्षमा पनि मागे र मलाई डोहराई दिनु हुने सर डा. कमलमान श्रेष्ठ ज्यु र म्याम डा. इन्दु श्रेष्ठ ज्युलाई धन्यवाद दिदा मलाई मनमा सरस्वती माता हो भन्न आयो र मातालाइ धन्यवाद दिए एकदिन कृष्ण खड्का बैनीले १०८ चोटी हनुमान चालिसा पढेको हेर्दा म पनि १०८ चोटी पुरयाउछु भन्दा मलाई धेरै गर्हो भयो कहिले के हुने कैले के हुने गर्दा ६५ चोटी मात्र पढे तर पनि आज त हनुमान जी १०८ चोटी त पुराउनछु भनेर कुर्शीमा आखाँ चिम्म गरेर पढदै गरेको बेला यो अग्लो मान्छे मेरो बायाँ हात तीरको रहेछ भनेर हेर्दा हनुमानजीले गाला फुलाउनु भयो र ऊहांले लंगोट जस्तो देखिने लुगा लगाउनु भएको थियो। ऊहांले मलाई आफ्नो दुवै हातले मेरो गाला समाती चुप्पा खानु भएको अनुभव भयो। म सारै खुशि भए र हनुमानजीलाई मलाई डोहराईदिनु भने क्षमा मागे धन्यवाद भने र कोटी-कोटी नमस्कार भने मलाई डोहोराईदिनुहुने सर डाक्टर कमलमान श्रेष्ठ ज्यु र म्याम डाक्टर इन्दु श्रेष्ठ ज्युलाई धेरै-धेरै धन्यवाद र घरमानै बसेर किताब पढ्दा पनि मेरो उपचार गरिदिनुहुने सम्पूर्ण ब्रहम्ज्ञानि देवी देवतालाई कोटि कोटि नमस्कार धन्यवाद र मैले घरमा बसेर किताब पढेपछि मेरो श्रीमन अहिले राम्रो हुनु भएको छ पहिला भन्दा अहिले स्वस्थ हुनु भएको छ। कृष्ण खड्का बहिनिले मलाई यो ब्रहम्ज्ञानको बाटोमा डोहराई दिनु भएकोमा धन्यवाद सम्पूर्ण ब्रहम्ज्ञानि परिवारमा नमस्कार ।। शिव जी कि जय ।। हनुमानजीलाई हात जोडेर बस्दा दिनुभएको टुक्का :
“ शक्ति जसको छ
उही होला सहन ले खडा ।। ”

This post is also available in: Nepali

One thought on “किताब पढेपछिको मेरो अनुभव”

  1. suman di Hajurko post garne kam garda tauko dukhera vomit hola jasto hune ani akha nadekhra akshyar herna nasakne vayo. Hijo pani yastai vako thiyo aaja pani yastai vayo malai suman dee hajurko rupko pretle nagar tesko kam delet gar vanna aayar malai vani rako xa maile hunxa vanda mero xeuma basera heri rako xa delet garyo ki xaina vanera.

Leave a Reply