म ब्रम्हज्ञानको बाटो हिडेको छु

धेरै खुशी छु । म ब्रम्हज्ञानको बाटो हिडेको छु । आर्थीक सम्पन्न त छैन तर जिबन को आन्योलतामा छटपटाएको छैन । मेरो गन्तब्य लाई नाप्न सक्ने भएको छु । जिबन को बास्तबिकता बुझेको छु । जिबन समस्या मा उल्झन को लागी बनेको होइन्, जिबन त जिबन को रहस्य बुझेर खुशी भई जिउन बनेको रहेछ । जिबन को अर्थ नबुझी मर्नु भनेको अलपत्र ज्ञान रहेछ । मनिस सुखी त त्यो रहेछ जस्ले जिबन र मृत्यु लाई चिनेको छ । त्यसैले यो ज्ञान सम्पुर्ण मानब जातिलाई आवस्यक छ । यो ज्ञान प्राप्त भए पछी अरु कुनै ज्ञान पाउन बाकी रहदैन । किनकी यो ब्रम्हज्ञान सृष्टी, जिबन्,  मृत्यु र तेस्रोनेत्रको रहस्यको ज्ञान हो । ब्रम्हज्ञानले मानिसलाई चाहिने सम्पुर्ण ज्ञान दिने रहेछ । यो साइन्स भन्दा पनि माथी छ । यस ज्ञानमा साइन्सले पत्ता लगाउन नसकेको सृष्टी कसरी भयो र अन्त्य कसरी हुन्छ भन्ने कुरा को प्रमाण सहित पेश गर्न सकिन्न्छ । आज सम्म मानिसहरुले मानिसको यात्रा घाट सम्मको मात्र हो र मृत्यु पछी उस्को अस्तित्व सकिन्छ भनेका छन् । तर बास्तबमा त्यसो होइन रहेछ । आज सम्म भन्दै आइरहेको कथन मरे पछीको जिबन कस्ले देखेको छ र ? मरे पछी के हुन्छ कस्ले भनेको छर ? भन्ने प्रश्नको प्रमाण सहित जवाफ दिन सकिन्छ । मृत्युले त मानिसलाई उस्को अधिकारबाट बन्चित बनाएको रहेछ, मृत्यु पछीको जिबन अलपत्रको हुदो रहेछ यो सबै यो सृष्टीको रहस्य नबुझेको कारणले गर्दा हुनेरहेछ । त्यसैले म यो ब्रम्हज्ञान मार्गदर्शन वा भनउ साक्षात भगवानको भाव अनुसार अगाडीको जिबन बिताउन चाहन्छू ।

Continue reading “म ब्रम्हज्ञानको बाटो हिडेको छु”

मैले मेरो जिबनमा अन्जानमा गरेको प्रश्नको खोजाइ,सम्पर्क,भोगाइ,अनी अन्योलता र ब्रम्हज्ञान पाइसकेपछी जिबन को रहस्यको स्पस्टता

म सानो छदा मैले आफै सँग प्रश्न गर्ने गर्थे । मलाई थाहा छैन त्यो प्रश्न किन गर्थे भनेर मैले आफै सँग गरेको प्रश्न अनि त्यो अदृस्यले दिने त्यो बुज्न नसकिने जवाफ । प्रश्न धेरै राख्ने भएर मैले आफ्नो नाम नै “प्रश्ना” राखेको मलाई याद छ सायद मेरो परिवार लाई पनि याद छ होला । पटक पटक मैले आफै सँग प्रश्न गरे “यो आकश नभएको भए, यो जमिन नभएकोभए, यो जङ्गल, खोला, नाला, पानी, खानी कुरा नभएको भए, यो सुर्य उज्यालो नभयकोभए, मेरो मम्मी बाबा नभएको भए के हुन्थ्यो होला ? म काहा हुन्थिए होला ? म यस धर्ती मा आउनु भन्दा आगडी कहाँ थिए होला र मरे पछी कहाँ जान्छु होला भनेर आफै सँग पटक पटक सोधिरहन्थे । जब म यो प्रश्नहरु सोध्थे तब बिस्तारै म त्यो सुन्यतामा पुगेको हुन्थे ।जहाँ म भन्ने भाब नै हुँदैन्थ्यो म तेतिबेला होसमा नभए को अनुभब गर्थे । र म एक्कासी निस्शासिन थाल्थे त्यहाँ समाउने हागो पनि थियन र टेक्ने जमिन पनि थिएन र म एकाएक कुनै उचाइबाट खसेको अनुभब गरेको हुन्थे छ्ट्पटाउदै म होसमा आउँदा पसिनै पसिना भएर बिस्तारामा हुन्थे । यस्तो अनुभब मैले लगभग २ ,३ पटक गरे होला । त्यसपछी डराएर मैले यो प्रश्न गर्न छोडे किनकी मलाई त्यो शुन्यतामा पुग्न डर लाग्न थाल्यो ।

Continue reading “मैले मेरो जिबनमा अन्जानमा गरेको प्रश्नको खोजाइ,सम्पर्क,भोगाइ,अनी अन्योलता र ब्रम्हज्ञान पाइसकेपछी जिबन को रहस्यको स्पस्टता”

ब्रम्हज्ञान बाट मैले पाएको शिक्षा

सृष्टि,जिबन मृत्यु र तेस्रो नेत्रको ज्ञान बुझ्न पाए। र मानिसको तेस्रो नेत्र हुदो रहेछ। देवीदेवता हुदा रहेछन् । त्यस तेस्रो नेत्र माफर्त ति देवदेवता हरुलाई देख्न सकिदो रहेछ,मानिस को शरिर 3 ओटा शरिर मिलेर बनेको हुदो रहेछ,हामिले देख्ने गरेको मृत्यु अपुण मृत्यु मात्र रहेछ, यो आकास सग चेतना हुदो रहेछ, यो आकास सग हरेक प्रश्न को जवाफ पाइदो रहेछ । र आज सम्म भनिदै आएको कथन”मरेपछि को जिबन कसले देखेको छ र?”भन्ने प्रश्न को प्रमाण सहित उत्तर पाउन सकिन्छ।भवसागर भनेको मृत्यु पछिको जिवन के हो ?मृत्यु पछी त्यहा उत्पन्न हुने दुख कष्ट को कारण र उपाय के हो भन्ने अज्ञानता को अवस्था नै भवसागर हो रहेछ । यही कारण कुरा नबुझ्दा,भावना को सागर बुझ्न नसक्दा जिबन मा र मृत्यु पछि पनि दुख पाईदो रहेछु र भन्ने कुरा महसुस गर्न पाए ।र सबै भन्दा मह्त्तोपुर्ण कुरा आज सम्म देबदेवता आध्यात्मिक रुपमा मात्र हुनुहुन्छ भन्ने सोच को बिपरित सात्क्षात भागवान सग भेटेर दोहोरो कुरा गर्न पाईदो रहेछ भन्ने कुराको साक्षात प्रमाण सहित बुझ्न पाए,र मैले पनि देबदेवता लाई भेटेर आफ्नो समस्या भनेर उहा हरु बाट नै उपचार पाए ।आज मैले स्वस्थ तेस्रो खोलेर ब्रम्ह को अनुभब गर्न पाए। सदा शिव जी की जय।
सम्पुण बर्मज्ञानी देबिदेबता की जय।।
र ब्रम्हज्ञान सिकाउने डाक्टर सर कमल मान श्रेष्ठ अनी डाक्टर म्याम इन्दु श्रेष्ठ जी हजुरलाई हरुलाई कोटि कोटि धन्यवाद हजुर हरु बिना यो अनुभव गर्न पाउनु सम्भव थिएन ।