Featured

ब्रह्मज्ञान पढेर ब्रह्मज्ञानीहरूले गरेका अनुभवहरू ब्रह्मज्ञानीहरूकै तर्फ बाट व्यक्त गरिएका लेखहरू

मेरो बह्मज्ञानको यात्रा सुरुमा कि र कसरी ?

२०74 सालको कुरा हो ाा छोरा कुशल मानसिक रोगीको सिकार को लक्षण हरु देखा पर्न थाल्यो । धामी झाक्ी देबी झारफुक सबै गरीयो । केही नभए पछि पोखरा काठमाण्डौका सबै डाक्टर चारीयो डाक्टरले मानसीक सबन्धि अौषधि चलायो ाा त्यही अौषधीको साहाराले केही महिना बित्यो। कामको सिलिलामा यु के जानू पर्ने भयो र गयो । यु के मा उस्को दाइ किशोर दाजुभाई भेट भए । दाईले भाईले खाने अौषधी थाहा पाई भाईको बारेमा सबै जानाकाी लियो । भाईको कुरा सुनेपछि अौष्धी नखान भन्यो । भाईको सबै लक्षण बुझेपछि उस्लाई अाफ्नो साथीको याद अायो (अनिल )केहीदिनको बसाई पछि नेपाल जा अनिल मेरो साथीसंग भेट भनी पठायो। कुशल नेपाल अाए लगतै अनिलसंग भेट भयो । अनिलले कुशललाई बह्मज्ञानमा ल्याउन मद्धत गरे ।केही दुईचार पटक कुशलका बुढाबुढी मात्र अाए । त्यसपछि ममी हजुर पनि गए मलाई राम्रो हुन्छ रे भनेपछि २०७४! ४ ! २४ गते म अाए । छोराको मायाले म अाए । मामाले सोध्नुभयो छोराको रोग सन्चो हुन्छ भनेर अाउनुभयो ?मैले हो मामा भने मलाई के थाहा जीवन मृत्यु र सृष्टि के हो भनेर। जब मैले किताब पढ्दै बह्मज्ञानकोनियम पालना गर्न थाले केही खुसी छायो छोराको अकाल मृत्यु थियो हास्न थाल्यो उस्का जिवनका नयाँ बाटोहरु खुले । त्यसबेला छोराको बाटो खुल्यो भन्थे अहिले मलाई प्रष्ट थाहा भयो कि मेरै बाटो खुलेको रहेछ । सदा शिबजी कि जय। मामा माइजू हजुरहरुको संघर्ष र त्यागले अकाल मृत्युबाट कति बाचेका छन । धन्वाद मामा माइजू ।

असर लिङ्ग शरिरको

हुन्छ लिङ्ग शरीर मृत्यु पछि जिबित। अज्ञानका कारण पछि लाग्छन हामी शीत।।

परिवर्तन हुन्छन उनीहरु अनुसार चेतनाको । बुझ्दैनन् ति लिङ्ग शरिरले कुरा बह्मज्ञानका।।

शान्त पितृ असान्त पितृ भुत प्रेे त बनी अदृष््य  भई अाउछन यिनीहरु मेरो परिवार भनी।।

अाफन्तहरु सङ्ग गुहार मागी दिन्छन कष्ट दुख यस्लाई हामीले पढेर बुझेउ भने मिल्छ हामीलाई सुख।। अाफुले दुखकष्ट भोग्दै प्रेेहरुत हरु बोलाउछन ।पितृले दुख दिए पछि मानिस टोलाउछन।।मृत्यु पछि जीवन के हो बुझौं यो कुरा । यस्लाई बुझ्न सके मात्र हुन्छ जीवन पूरा ।। यहि अज्ञानतालाई वेदशाश्त्रमा भन्छन भवसागर । अाए म त बह्मज्ञानमा शिबजी लाउनुस है पार ।।शिबजी कि जय ।। no words mama maeju I m going to deeply in this site. Thank u mama maeju.

म ब्रम्हज्ञानको बाटो हिडेको छु

धेरै खुशी छु । म ब्रम्हज्ञानको बाटो हिडेको छु । आर्थीक सम्पन्न त छैन तर जिबन को आन्योलतामा छटपटाएको छैन । मेरो गन्तब्य लाई नाप्न सक्ने भएको छु । जिबन को बास्तबिकता बुझेको छु । जिबन समस्या मा उल्झन को लागी बनेको होइन्, जिबन त जिबन को रहस्य बुझेर खुशी भई जिउन बनेको रहेछ । जिबन को अर्थ नबुझी मर्नु भनेको अलपत्र ज्ञान रहेछ । मनिस सुखी त त्यो रहेछ जस्ले जिबन र मृत्यु लाई चिनेको छ । त्यसैले यो ज्ञान सम्पुर्ण मानब जातिलाई आवस्यक छ । यो ज्ञान प्राप्त भए पछी अरु कुनै ज्ञान पाउन बाकी रहदैन । किनकी यो ब्रम्हज्ञान सृष्टी, जिबन्,  मृत्यु र तेस्रोनेत्रको रहस्यको ज्ञान हो । ब्रम्हज्ञानले मानिसलाई चाहिने सम्पुर्ण ज्ञान दिने रहेछ । यो साइन्स भन्दा पनि माथी छ । यस ज्ञानमा साइन्सले पत्ता लगाउन नसकेको सृष्टी कसरी भयो र अन्त्य कसरी हुन्छ भन्ने कुरा को प्रमाण सहित पेश गर्न सकिन्न्छ । आज सम्म मानिसहरुले मानिसको यात्रा घाट सम्मको मात्र हो र मृत्यु पछी उस्को अस्तित्व सकिन्छ भनेका छन् । तर बास्तबमा त्यसो होइन रहेछ । आज सम्म भन्दै आइरहेको कथन मरे पछीको जिबन कस्ले देखेको छ र ? मरे पछी के हुन्छ कस्ले भनेको छर ? भन्ने प्रश्नको प्रमाण सहित जवाफ दिन सकिन्छ । मृत्युले त मानिसलाई उस्को अधिकारबाट बन्चित बनाएको रहेछ, मृत्यु पछीको जिबन अलपत्रको हुदो रहेछ यो सबै यो सृष्टीको रहस्य नबुझेको कारणले गर्दा हुनेरहेछ । त्यसैले म यो ब्रम्हज्ञान मार्गदर्शन वा भनउ साक्षात भगवानको भाव अनुसार अगाडीको जिबन बिताउन चाहन्छू ।

Continue reading “म ब्रम्हज्ञानको बाटो हिडेको छु”

मैले मेरो जिबनमा अन्जानमा गरेको प्रश्नको खोजाइ,सम्पर्क,भोगाइ,अनी अन्योलता र ब्रम्हज्ञान पाइसकेपछी जिबन को रहस्यको स्पस्टता

म सानो छदा मैले आफै सँग प्रश्न गर्ने गर्थे । मलाई थाहा छैन त्यो प्रश्न किन गर्थे भनेर मैले आफै सँग गरेको प्रश्न अनि त्यो अदृस्यले दिने त्यो बुज्न नसकिने जवाफ । प्रश्न धेरै राख्ने भएर मैले आफ्नो नाम नै “प्रश्ना” राखेको मलाई याद छ सायद मेरो परिवार लाई पनि याद छ होला । पटक पटक मैले आफै सँग प्रश्न गरे “यो आकश नभएको भए, यो जमिन नभएकोभए, यो जङ्गल, खोला, नाला, पानी, खानी कुरा नभएको भए, यो सुर्य उज्यालो नभयकोभए, मेरो मम्मी बाबा नभएको भए के हुन्थ्यो होला ? म काहा हुन्थिए होला ? म यस धर्ती मा आउनु भन्दा आगडी कहाँ थिए होला र मरे पछी कहाँ जान्छु होला भनेर आफै सँग पटक पटक सोधिरहन्थे । जब म यो प्रश्नहरु सोध्थे तब बिस्तारै म त्यो सुन्यतामा पुगेको हुन्थे ।जहाँ म भन्ने भाब नै हुँदैन्थ्यो म तेतिबेला होसमा नभए को अनुभब गर्थे । र म एक्कासी निस्शासिन थाल्थे त्यहाँ समाउने हागो पनि थियन र टेक्ने जमिन पनि थिएन र म एकाएक कुनै उचाइबाट खसेको अनुभब गरेको हुन्थे छ्ट्पटाउदै म होसमा आउँदा पसिनै पसिना भएर बिस्तारामा हुन्थे । यस्तो अनुभब मैले लगभग २ ,३ पटक गरे होला । त्यसपछी डराएर मैले यो प्रश्न गर्न छोडे किनकी मलाई त्यो शुन्यतामा पुग्न डर लाग्न थाल्यो ।

Continue reading “मैले मेरो जिबनमा अन्जानमा गरेको प्रश्नको खोजाइ,सम्पर्क,भोगाइ,अनी अन्योलता र ब्रम्हज्ञान पाइसकेपछी जिबन को रहस्यको स्पस्टता”

ब्रम्हज्ञान बाट मैले पाएको शिक्षा

सृष्टि,जिबन मृत्यु र तेस्रो नेत्रको ज्ञान बुझ्न पाए। र मानिसको तेस्रो नेत्र हुदो रहेछ। देवीदेवता हुदा रहेछन् । त्यस तेस्रो नेत्र माफर्त ति देवदेवता हरुलाई देख्न सकिदो रहेछ,मानिस को शरिर 3 ओटा शरिर मिलेर बनेको हुदो रहेछ,हामिले देख्ने गरेको मृत्यु अपुण मृत्यु मात्र रहेछ, यो आकास सग चेतना हुदो रहेछ, यो आकास सग हरेक प्रश्न को जवाफ पाइदो रहेछ । र आज सम्म भनिदै आएको कथन”मरेपछि को जिबन कसले देखेको छ र?”भन्ने प्रश्न को प्रमाण सहित उत्तर पाउन सकिन्छ।भवसागर भनेको मृत्यु पछिको जिवन के हो ?मृत्यु पछी त्यहा उत्पन्न हुने दुख कष्ट को कारण र उपाय के हो भन्ने अज्ञानता को अवस्था नै भवसागर हो रहेछ । यही कारण कुरा नबुझ्दा,भावना को सागर बुझ्न नसक्दा जिबन मा र मृत्यु पछि पनि दुख पाईदो रहेछु र भन्ने कुरा महसुस गर्न पाए ।र सबै भन्दा मह्त्तोपुर्ण कुरा आज सम्म देबदेवता आध्यात्मिक रुपमा मात्र हुनुहुन्छ भन्ने सोच को बिपरित सात्क्षात भागवान सग भेटेर दोहोरो कुरा गर्न पाईदो रहेछ भन्ने कुराको साक्षात प्रमाण सहित बुझ्न पाए,र मैले पनि देबदेवता लाई भेटेर आफ्नो समस्या भनेर उहा हरु बाट नै उपचार पाए ।आज मैले स्वस्थ तेस्रो खोलेर ब्रम्ह को अनुभब गर्न पाए। सदा शिव जी की जय।
सम्पुण बर्मज्ञानी देबिदेबता की जय।।
र ब्रम्हज्ञान सिकाउने डाक्टर सर कमल मान श्रेष्ठ अनी डाक्टर म्याम इन्दु श्रेष्ठ जी हजुरलाई हरुलाई कोटि कोटि धन्यवाद हजुर हरु बिना यो अनुभव गर्न पाउनु सम्भव थिएन ।

ब्रम्हज्ञानी हुनु भन्दा पहिले र ब्रह्मज्ञानी भएपछी को मेरो अनुभब

सदा शिव जी कि जय।।
सम्पूर्ण ब्रह्मज्ञानी देवी-देवता कि जय।।
कोटि कोटि धन्यवाद डा:कमल मान श्रेष्ठ सर अनि डाक्टर इन्दु श्रेष्ठ म्याम हजुर हरु ले गर्दा आज मैल यो जिबन को महत्तोपुर्ण ज्ञान पाउन सफल भए ।
मेरो नाम रेइना वाग्ले (रेखा) हो । मेरो घर पोखरा मा छ।हाल म स्पेन मा बस्छु. spain बस्ने क्रम मा शोभा पराजुली दिदी सँग भेट भयो ।उहा ब्रम्हज्ञानी हुनुहुदो रहेछ ।उहा सँग कुरा गर्दा मलाई खुशी लाग्थ्यो किनकी उहा सधै खुशी आनन्दिद देखिनुहुन्थ्यो ।तर म आफ्नो जिबन मा आन्योलता निराश अनि कम्जोरिपन ले खुशी हुन बिर्सिएकी थिए ।जब उहा सङ भेटे उहाको बिन्दास पन ले मलाई निकै आकर्सित गर्य्थो ।तर मेरो कसैसँग खासै नबोल्ने बानी हुँदा म उहा सँग खासै नजिक हुन सकेको थिएन । Continue reading “ब्रम्हज्ञानी हुनु भन्दा पहिले र ब्रह्मज्ञानी भएपछी को मेरो अनुभब”

२०७४/०७/२५ गते मनकामना दर्शन

यहि कार्तिक २५ गते कमल्स फ्याबुलस परिवार मनकामना माताको निमन्त्रणा स्वीकार गरि दर्शन गर्न गएका थियौं।कमल्स फ्याबुलसको लेखक र अनुसन्धान कर्ता डाक्टर कमल मान श्रेष्ठ ,डाक्टर इन्दु श्रेष्ठ सहित हामी ११० जना ३ वटा पर्यटक बसहरु रिजर्भ गरेर गएका थियौं।बिहान मनकामना माता हाम्रो क्लिनिकमा हामीलाई लिन आउनुभएको थियो र हामीसंगै यात्रा गर्नुभयो।भगवान हुनुहुन्छ,देख्न सकिन्छ र उहाँ संग दोहोरो कुरा पनि गर्न सकिन्छ।यसको लागी मानिसमा एउटा यन्त्र चाहिन्छ त्यो हो स्वस्थ तेस्रो नेत्र।मैले पनि मेरो स्वस्थ तेस्रो नेत्रद्वारा मनकामना माता हामीलाई लिन आउनुभएको देखेको हो।भगवानहरु चेतनाको शरीर हुन्छ। जाँदा बाटोमा बसमा भगवानहरुसंगत रमाइलो कुराकानी गर्दै गयौं।केबुलकार चढ्ने क्याफे नजिक पिक्निक स्थलमा पिक्निक पनि खायौं,नाच्यौ र निकै रमाइलो गरियो। त्यसपछि ३ घन्टा लाइनमा बसेर मनकामना माताको मन्दिरमा पुग्यौ।गएका मध्ये ८० प्रतिशतले तेस्रो नेत्रद्वारा मनकामना मातालाई देखेर दोहोरो कुराकानी गर्नुभयो।त्यस दिन मनकामना माताले रातो साडी ,रातो ब्लाउज,हातमा रातो र सुनको चुराहरु,निधारमा सादा तर अलि ठुलो टीका लगाउनुभएको थियो। Continue reading “२०७४/०७/२५ गते मनकामना दर्शन”

मनकामना माताकाे सन्देश

ब्रह्मज्ञानी शिवजी कि जय । उहाँलार्इ जिम्मा दिदै देख्न सुरू ।

कार्तिक २५ गते २०७४ सालमा पाेखरा बाट सबै ब्रह्मज्ञानी साथीहरू मनकामना माताकाे दर्शन गर्न, मन्दिर परिसरकाे सरसफाइ गर्न र त्यसै माैकामा क्षमता भएकाहरूले माता सँग प्रत्यक्ष कुरा गर्न भनेर अाएका थिए । म पनि अवसरमा सहभागी हुन भनेर मेराे घर चितवन, पदमपूर बाट गएकाे थिएँ ।  त्यस दिन सबै साथीहरू सँग जम्मा भएर माताकाे दर्शन गरियाे  । तर म धेरै बेर बस्न पाइन र म छिटै फर्केँ । घरमा अाए पछि माता सँग कुरा गरेँ र केहि अनुभवहरू लेख्दैछु ।

माताले भन्नु भयाे । Continue reading “मनकामना माताकाे सन्देश”

काम गाह्राे छ

काम गाह्राे छ । क्लासमा उल्टाे पाल्टाे कुरागरेर बस्नु पर्ने परिस्थिती अाइपर्छ । भर्खरै नयाँ अाएकाहरूले के साेच्लान् भन्ने डर लाग्छ । तरवारकाे धारमा हिडे जस्ताे छ । नबुझिकन बिराेध गर्नेहरूले कुनै कसुर बाँकी राख्दैनन् । हाम्रा बारेका भन्नु सम्म भनिसके । कसै ले त पुलिस पठाउन पनि भ्याए । ब्रह्मज्ञान एकातिर छ भने क्लासमा घरव्यवहार कुरा सुनेर बस्नु पर्छ । घर व्यवहार कुरा नसुन्ने हाे भने ब्रह्मज्ञान सिक्न काेहि अाउने वाला छैनन् र व्यवहार नमिले कसैले ब्रह्मज्ञान बुझ्ने सम्भव छैन । क्लासमा समय हुँदैन । तर पनि यस्तै जानी नजानी गरेका कामले पनि रिजल्ट दिएकाे हुन्छ । ति रिजल्टले खुसि लाग्छ र अझै अगाडि बढ्न हाैसला मिल्दछ । नत्र भने हैट यस्ताे कुरा सुन्ने काम गरेर बस्नु हुँदैन भन्ने लाग्छ कहिले कहिले । अाफुले गरेका कामहरू सफल भएकाे देखेर खुसि लाग्छ र सबै दुःखहरू बिर्सन मन लाग्छ । Continue reading “काम गाह्राे छ”

हस्पिट्ल बस्दा ब्रह्मज्ञानी देबदेवता हरु सँग को मिठो अनुभब्:

सदा शिब जि कि जय्
दुर्गा माता कि जय्
हनुमान जि कि जय्
सर म्याम हजुर हरु लगायत सम्पूर्ण ब्रम्हज्ञानी साथी हरु लाई नमस्कार
मेरो गएको हप्ता को शुक्रबार अप्रेशन भएको थियो ।त्यो दिन को अनुभब सुनाउन मन लागेको थियो ।तर यो अनुभब लेख्ने मेसो पाएकी थिइन ।आज त्यो मिठो अनुभब सुनाउन चाहन्छु । मेरो अप्रेशन गरेर होस मा आउँदा साडे छ घण्टा भैसकेको थियो र मेरो पेट मा ४ ठाउ मा टाका लगाएको थियो । निकै कम्जोर भएकी थिए ।पिसाब नभएको ले डाक्टर ले मलाई घर जान दिएन र रबी लाई घर पढाइ थियो ।मलाई गाह्रो भएको थियो महिले मनमनै हनुमान चलिसा पढे ।घरि घरि ब्रम्ह्ज्ञान पनि पढे मनमनै सबै ब्रम्ह्ज्ञानी देबदेवता लाई सम्झिए निकै रात भैसकेको थियो ।मेरो ओरिपरी थुप्रै बिरामी थिए ।ति मध्य एकजना बुढिआमा दुखेर निकै चिच्चाएर रोएकी थिइन ।तेही भएर पनि निद्रा लागेको थिएन । निदाउने Continue reading “हस्पिट्ल बस्दा ब्रह्मज्ञानी देबदेवता हरु सँग को मिठो अनुभब्:”

किताब पढेपछिको मेरो अनुभव

मेरो किताब पढे देखिको अनुभवहरु र समाधानहरु
मेरो नाम सुमन क्षेत्रि हो। मेरो जन्मभुमि भारतको देहरादुन हो। म अहिले पोखराको गैहृापाटन खेमलाल मार्ग वार्ड न. ४ मा बस्छु।पोखरा आएको मलाई २० वर्ष भईसक्यो।
नमस्कार सर डा. कमल मान श्रेष्ठ, म्याम डा. इन्दु श्रेष्ठ लगायत सम्पुर्ण ब्रहम्ज्ञानी परिवारमा नमस्कार!! मेरो श्रीमान् नशा सम्बन्धि रोगले बिरामी हुनुहुन्छ। डाक्टरको इलाज गर्दागर्दै मलाई कहिले काही नराम्रो अदृश्य चिजहरुले दु:ख त दिएको हैन भन्ने लाग्थ्यो र मैले थुप्रै हेराउने माताहरु तिर धाउदाधाउदै पनि समाधान भएन मेरो श्रीमान राति राति कराउने सपनमा नराम्रो चिज हरु देखे भन्नु हुन्थ्यो। मैले कति माताहरुलाई हेराउने गरे तर केहि उपचार भएन मैले दुइ-तिन बर्ष देखि यो ब्रहम्ज्ञानको बारेमा कृष्ण खड्का बहिनी मार्फत सुनेकी थिए र मलाई उहाँहरुको कुरा सुन्दा राम्रो लाग्थ्यो र मन शान्ति हुन्थ्यो। Continue reading “किताब पढेपछिको मेरो अनुभव”

मेरो अनुभव र ज्ञान

कुरा हिजोको सुत्नु अघि शिवजीसँग भनेको हो।
बरु मर्न सजिलो होला भनेर भन्दा इच्छया मृत्यु मागेको भन्नु भो।।

एकै छिन सोचेर भने हैन शिवजी तृष्णा नमेटाई मर्नु हुँदैन।
आज मरियो भने फेरी यही धर्तीमा पछि आउनु हुँदैन।।

यो कुरा सकिएपछि दिदिलाई फोन गर्न लागें।
नम्बर डायल गर्दा मामाको नम्बर माथि तिर देखें।। Continue reading “मेरो अनुभव र ज्ञान”

बुझ्नेलाई यो कुरा गहिरो छ, न बुझ्नेलाई घर छेउमै पहिरो छ।

छ मलाई सदाशिव छिट्टै गर्नु पर्यो के काम।
शिवजी शिवजी भन्दै हिडे खाने हो हजुरकै माम।।
सृष्टि के हो जीवन के हो थाहा थिएन यो संसारलाई।
हजुरको ज्ञान बुझेर थाहा भयो बल्ल हामिलाई।। Continue reading “बुझ्नेलाई यो कुरा गहिरो छ, न बुझ्नेलाई घर छेउमै पहिरो छ।”

कविता

 

साट्न सक्छौ माया प्रेम, जबरजस्ती कर हुदैन

शिवजीलाई भेटेपछि, समाजको डर हुदैन

ब्रह्मज्ञानी भईसक्दा, धर्म जात र थर हुदैन

जतिबेला पनि आउन सक्छ मानिसको मृत्यु

जिन्दगीको कुनै भर हुँदैन Continue reading “कविता”

जीवनको यथार्थ

लेखकः बुध्दि देवकाेटा, काउँखाेला, पाेखरा

ब्रह्मज्ञानले दिएकाे जीवनकाे यथार्थः

 

यस धर्तिमा जन्मेपछी एकदिन अवस्य मर्नुपर्छ ।

बेद शास्त्रले यहि उपदेश दिएको थियो, भवसागर तर्नुपर्छ ।।

जन्मनु र मर्नु ठुलो कुरा होईन, मृत्यु चिनेर मर्नुपर्छ ।

पारी जाने चाहाना राखेर, वारिको चिज छोड्नु पर्छ ।।

मरेपछीको अनुभव

मिती २०७३/११/२७ गते शुक्रबार को दिन बेलुका ८.१७ बजे मेरो मनमा धेरै नै कुराहरु खेलिरहेको थियो । मैले अरू मानिसलार्इ यस साइटमा दर्ता गर्दा कति गाह्रो हुँदो रहेछ भनेर थाहा पाएँ । कहिले साईड बिग्रने त कहिले आफै गल्ती हुने मैले वा हामीले गरेर हाेकि भनेर सोचेँ । अनि एक्कासी म संग एउटा लिंग शरीरले कविता मार्फत बाेल्न अायाे र मेराे र उसकाे कवितामा नै कुरा भयाे ।

 

कति आउछौ लिङ्ग शरीर मेरो शरीर भित्र ।

कतै छैन उज्यालो देख्छु तिमी भित्र ।। Continue reading “मरेपछीको अनुभव”

शिवजीसंग मेरो अनुरोध

लेखकः जया श्रेष्ठ, पाेखरा                 २६ फागुण २०७३ बिहिबार

 

मेराे स्वस्थ तेस्राे नेत्र खुलेकाे छ र म स्वस्थ तेस्राे नेत्र मार्फत शिवजी लगाएत अन्य ब्रह्मज्ञानी देवी देवताहरूसँग कुराकानी गर्ने, अाफ्नाे दुःख सुखका कुराकानी गर्ने गर्दछु । आज २०७३/११/२६ गतेको दिन मलाई एकदमै टेन्सन भएर म घरमा बसेको बेलामा शिवजीलाई मैले भनेँ शिवजी मलाई शिक्षा हुने खालको कविता दिनुस् भनेर अनुरोध गरेँ । शिवजीले पख भन्नु भयो र केहि बेरपछी मलाई शिवजीले भन्नु भएको कविता ।।

 

कति गर्नु शिवजी अर्काको काम ।

मलाई पनि दिनुस हजुरको माम ।। Continue reading “शिवजीसंग मेरो अनुरोध”

मेरो ब्रह्मको अनुभव कवितामा

लेखकः  मुना गुरूङ्ग, बाझापाटन, पाेखरा

मैले २०७३ माघ ४ गते ब्रह्मज्ञानकाे क्लासमा तेस्राे नेत्र द्वारा शिवजी सँग भेटेकाे र ब्रह्मकाे अनुभव गरेकाे थिएँ । म एकदमै खुसि हुँदै घरमा गएँ ।  ब्रह्मको अनुभव गरेर घरमा आएपछि कविता लेख्न आयो । मैले यस भन्दा अगाडि कहिल्यै कविता लेखेकाे थिइन ।

कैलाशमा पुगेपछि हिउँ खेल्ने आनन्दको खेला भयो |

कैलाशबाट झरेपछि हिंड्दा हिंड्दै खाना खाने बेला भयो || Continue reading “मेरो ब्रह्मको अनुभव कवितामा”

ब्रह्मकाे अनुभव

लेखकः मुना गुरूङ्ग, पाेखरा,  मिति : २०७३/१०/४ , मंगलबार

नमस्कार ! मेरो नाम मुना गुरुङ हो | मेरो जन्म कास्की जिल्ला, सिल्दुजुरे थाक वडा नं- ७, नयाँ गाउँमा भएको हो | हाल म पोखरा बाँझापाटन-१३ मा बस्छु | ब्रह्मको अनुभव गर्नु भन्दा अगाडि मलाई पितृ र प्रेतहरुले छेक्न आए | तिनीहरुलार्इ डा. कमलमान श्रेष्ठ (मामा) को निर्देशन अनुसार तर्काए पछि मैले हनुमानजीको दर्शन पाएँ । Continue reading “ब्रह्मकाे अनुभव”

मेरो सदाशिवको अनुभव

लेखकः पवन श्रेष्ठ, पाेखरा

मेरो तर्फबाट सम्पूर्ण ब्रह्मज्ञानी देवी-देवतालाई कोटी-कोटी ढोग ! मामा-माइजु तथा सम्पूर्ण ब्रह्मज्ञानी साथीहरुलाई नमस्कार !

मेरो नाम पवन श्रेष्ठ हो । मेरो घर पोखराको सितलदेवी वडा न:१२ मा पर्छ । म यस ब्रह्मज्ञानमा आउनु भन्दा अगाडि मेरो अस्वस्थ तेस्रो नेत्र खुलेको छ भनेर मेरो श्रीमती(अनु श्रेष्ठ)को दिदी मार्फतबाट थाहा पाएँ । उहाले मैले भन्दा अगाडि नै ब्रह्मज्ञान बुझिसक्नु भएको हुनाले मलाई पनि उपचार र ब्रह्मज्ञान बुझ्ने आवशयक्ता छ भन्नु भएको थियो तर मैले वास्ता गरिन । एकदिनको कुरा हो म घरको आगनमा घाम ताप्दै थिए र अचानक मलाई मेरो ससुरा बित्नु हुन्छ भन्ने मनमा आयो जुन मैले सोच्दै सोचेको थिएन । सोहि दिनको दिउसो ससुरा बित्नु भयो । Continue reading “मेरो सदाशिवको अनुभव”

अष्ट्रेलियाको राजधानी जाँदाको अनुभव

नमस्ते सबैलाई!

मेरो नाम सुशिला श्रेष्ठ हो। म पोखराको सुन्दर मार्गमा बस्छु। अहिले म घुम्न र परिवार भेटघाट गर्नको लागि अस्ट्रेलियामा गएकाे थिएँ ।

अष्ट्रेलियामा गएरकाे बेलामा विभिन्न ठाउमा घुम्ने क्रममा २०७३-१०-१ गते म, भाईहरु, आमा, बहिनी, ज्वाई र बहिनीको साथीको परिवार भएर अस्ट्रेलियाको राजधानी क्यानबेरा जान तयार भयौं । बिहान सबेरै जाने कुरा भएको थियो। सबै बसमा बस्यौं। शिवजीलाई हिड्ने बेलामा हजुर पनि संगै जानुहुन्छ भनेर सोधें तर हास्नुभयो मात्र। बसमा बसेको ५ मिनेटमा नै आखाँ बन्द भयो र निन्द्रा लाग्यो। धेरै समयसम्म लट्ठ भएँ। खाजा खानको लागी बिचमा ओर्लियौं। त्यति बेला मेरो भाई कुमारलाई सोधें कि हामी घुम्न कस्तो ठाउँमा जान लागेका हौँ भनेर र उसले भन्यो कि एउटा ठाउँ सिक्का पैसा छाप्ने हो र अर्को संग्रहालय हो भन्यो। मैले शिवजीलाई “ल अब हामी त संग्रहालय जाने रहेछौं, के कस्तो छ थाहा छैन, सबै हजुरको जिम्मा” भनें। त्यहाँबाट खाजा खाएर हिड्यौं र पहिला सिक्का पैसा छाप्ने ठाउँमा गयौं। त्यहाँ केही समय घुम्यौं र संग्रहालय तिर लाग्यौं। Continue reading “अष्ट्रेलियाको राजधानी जाँदाको अनुभव”

शिवरात्री मनाउन मन आतुर छ

शिवरात्री मनाउन मन आतुर छ

माताहरु सजिनको लागि आतुर आतुर छन् ।

ब्रम्हज्ञानि हरु सबै मिली तयार पार्दै छन् ।।

बर्थे मेरो आउन लाग्यो गर्ने के होला ।

सबै ब्रम्हज्ञानि मिली आउने होला ।। Continue reading “शिवरात्री मनाउन मन आतुर छ”

मेरो सदाशिवको अनुभव

लेखिका: अनु श्रेष्ठ, पाेखरा

सर्वप्रथम त मेरो तर्फबाट सम्पूर्ण ब्रह्मज्ञानी देवी-देवतालाई कोटी-कोटी ढोग छ । डा. कमल मान श्रेष्ठ (मामा), डा. इन्दु श्रेष्ठ (माइजु) तथा सम्पूर्ण ब्रह्मज्ञानी साथीहरुलाई नमस्कार ।

मेरो नाम अनु श्रेष्ठ हो । मेरो घर पोखराको सितलदेवी वडा न. १२ मा हो । मेराे माइत सुन्दरमार्ग बगाले टोल, पाेखरा हाे । मलाई यस ब्रह्मज्ञानको बारेमा पहिले केही थाहा थिएन । म ब्रह्मज्ञानको कक्षामा मेरो दिदी (शुशिला श्रेष्ठ) मार्फत थाहा पाएँर आएकी हुँ । उहाँले पनि ब्रह्मज्ञानको बारेमा यही ब्रह्मज्ञानको कक्षामा उपस्थित केही साथीहरु मार्फत थाहा पाउनुभएकाे थियाे र त्यहाँ जान थाल्नु भएकाे थियाे । मेरो घर परिवारबाट सबैभन्दा पहिला उहाँ  नै ब्रह्मज्ञान बुझ्न आउनुभएको थियो । उहाँ आफु गएपछि त्यहाँ बुझेका कुराहरु घरमा भन्नु हुन्थ्याे र बिस्तारै-बिस्तारै सबै सदस्यलाई त्यो कुरा बुझ्नुपर्ने रहेछ भनेर त्यहाँ क्लासमा लानुभयो । Continue reading “मेरो सदाशिवको अनुभव”

शिवजीसँग तेस्रोनेत्र मार्फत प्रत्यक्ष कुराकानी

लेखकः सजना तिवारी, पाेखरा             20 Feb 2017

अजालाई नमस्कार अजीलाई नमस्कार र सम्पूर्ण ब्रह्मज्ञानी साथीहरुलाई नमस्कार!!!

आज म अफिस आईसकेपछिको कुरा हो । म ब्रह्मज्ञान क्लास को बुक पढेर हनुमान चालिसा पढ्दै थिए एक्कासि म ब्रह्म मा पुगेको अनुभव भयो। त्यस ठाउँमा अजा र  शिवजी अलि पर बसेर कुराहरू गर्दै हुनुहुन्थ्यो। शिवजीले मलाई देख्नु भएछ। शिवजीले मलाई फोन गर्नु भयो र मैलै फोन उठाएर हेल्लो मात्र  भनेको थिए । प्यारी पाँच मिनेट कुरेर बस म झिल्केसँग बिदा भएर आउछु तिमीलाई भोक लाग्यो होला त्यहाँ खाजा तयार भएको छ जे खान मन लाग्छ त्यही खाउ भन्नुभयो। हुन्न शिवजी अजालाई पनि लिएर आउनुहोस् अनि हामीहरु सगै खाने भनेर मैलै भनेपछि म झिल्केसँग कोक पिउँदै छु म कोक सकाएर आउँछु भन्नुभयो।हुन्छ शिवजी भनेपछि शिवजीले फोन राख्नुभयो। अनि त्यहाँबाट म बगैँचामा गएर फुलहरू हेर्दै बसे ।बगैंचामा रङ्गी बीरङ्गीको फुलहरु थिए । Continue reading “शिवजीसँग तेस्रोनेत्र मार्फत प्रत्यक्ष कुराकानी”

शिवजी र अजा को भलाकुसारी

शिवजीलाई मेरो ढोग छ,अजालाई नमस्कार!अजीलाई नमस्कार!!सम्पूर्ण ब्रह्मज्ञानी साथीहरुलाई नमस्कार!! यो कविता अजा र शिवजीको भलाकुसारी मैलै तेस्रोनेत्र मार्फत प्रत्यक्ष  देखेकी हु।जुन बेलामा शिवजीले मलाई झिल्केको र मेरो चिया गफ हो भन्नु भएको थियो ।

झिल्केले हरेश खाएको र, मैले गार्हो मानेको भए |

पक्कै पनि यो दिन आउने दिन थिएन होला, दुख पीडा नसहेको भए || Continue reading “शिवजी र अजा को भलाकुसारी”

कैवल्य मुक्तिको (सदाशिवको अनुभव)

नमस्कार, म बालकुमारी भण्डारी मेरो घर पुरुन्चौर -३, काउरे हो । हाल पोखरा ३ नदीपुरमा बस्छु ।आज म यस ब्रम्हज्ञानको CLASS मा आएको १ बर्ष भयो । मलाई मेरी माइजूले र दिदिले यहाँ ल्याउनु भएको हो । आज यस क्लासमा जीवन कै अचम्म अनुभव भयो (2073-10-22) । हिजो आज मलाई बिहानै बाट कस्तो कस्तो नैलो अनुभव भएको थियो । हरेक क्षण साथमा शिवजी हुनुहुन्थो । मुखमा कविता गीत भजन शिवजी कै मात्र आएको थियो | शुक्रबार नै शनिबार सदाशिव जाने हो भन्ने भाव आएको थियो । Continue reading “कैवल्य मुक्तिको (सदाशिवको अनुभव)”

शिवजीसंग प्रश्न उत्तर कविता मार्फत

अजालाई नमस्कार !अजीलाई नमस्कार !!र सम्पूर्ण ब्रह्मज्ञानी साथीहरुलाई पनि मेरो नमस्कार!!!यो कविता मलाई शिवजीले दिनुभएको हो।जुन कवितामार्फत शिवजीको र मेरो प्रश्न उत्तर भएको छ ।शिवजीले अजालाई जिम्मेवार सुम्पिनु भएको छ।  झिल्के तिमीले डोर्‍याईदियौ भने अगाडि बढ्छ ।यसको पिर नगर है भन्न खोज्नुभएको छ।मलाई धेरै कुराहरु सम्झाउनु भएको छ ।मलाई जिवन साथी कस्तो रोज्ने भन्ने कुरा समेत शिवजीले भन्नुभएको छ । तिमीले जहिले, जुन बेलामा बोलाउंछौ म त्यही बेला तिम्रो सामु हाजिर हुन आउँछु भन्नु भएको छ ।हाम्रो घर किन्ने बेलामा पनि शिवजीले आफै हेर्न गएर घर रोज्दिनु भएको हो। घर किन्ने बेलामा पनि मैलै शिवजीसँग शिवजी घर किन्ने पैसा पुग्दैन होला जग्गा बेचिदिनु भनेको  थिए उहाँले हुन्छ भन्नुभयो र पछि शिवजीले भनेको मुल्यमा जग्गा बिक्री पनि भयो। यिनै कुराहरुलाई नै कवितामा प्रस्तुत गरेकी छु।

शिवजी: ब्रह्मज्ञानको बाटो राम्रो संग डोर्याइदियौ भने,अगाडि बढ्न सक्छ ।

किन पिर गर्छौ र झिल्के यसको, एउटा न एउटा लुठाले त लगीहाल्छ ।। Continue reading “शिवजीसंग प्रश्न उत्तर कविता मार्फत”